• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

रुसमा परीक्षण गरिएको कोरोनाभाइरस विरुद्धको खोपले काम गर्ने देखियो, साइड इफेक्ट के छ ?

भाद्र २० २०७७
  • 3.1K
    SHARES
  • रुसमा परीक्षण गरिएको कोरोनाभाइरस विरुद्धको खोपले काम गर्ने देखियो, साइड इफेक्ट के छ ?

    बीबीसी - रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्। खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन्।

    मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ।

    _114251376_002f9f8c-62fa-4552-b839-b9159f5b21a9.jpg

    खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो।

    विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन्। तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ।

    केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ छ।

    साइड इफेक्ट के छ?
    गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए।

    स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ।

    प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्‌सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो।

    सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो। उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो।

    उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको छ।

    लामो प्रक्रिया बाँकी
    प्रतिवेदनमा भनिएको छ, "कोभिड-१९ को सङ्क्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक छ।"

    जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा 'फरक-फरक उमेर र जोखिम समूह' बाट ४०,००० स्वयम्‌सेवक सहभागी हुनेछन्।

    तर विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन्।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा अहिले १७६ वटा सम्भावित खोपको विकास गरिँदैछ।

    ती मध्ये ३४ वटा मानिसहरूमा परीक्षणका क्रममा छन्। जसमध्ये आठवटा तेस्रो चरणको परीक्षणमा छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    भाद्र २०, २०७७ शनिवार १६:५१:३७ बजे : प्रकाशित

    अर्कोसमाचार

    भारतमा एकैदिन ५ सय ६१ कोरोना संक्रमितले ज्यान गुमाए, ३६ हजार निको

    श्रावण २०

  • 360
    SHARES
  • भारतमा एकैदिन ५ सय ६१ कोरोना संक्रमितले ज्यान गुमाए, ३६ हजार निको

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ । 

    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५  सय ६१ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन ४ सय २० जनाको कोरोनाबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २५ हजार ७ सय ८९ पुगेको छ ।  

    पछिल्लो २४ घण्टामा ४२ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३० हजार ३१ जना संक्रमित थपिएका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १७ लाख ६७ हजार ९ सय ६५ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६ सय ४६ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड ९ लाख २५ हजार ३ सय ४८  कोरोना संक्रमित निको भइसकेका छन् । 


    श्रावण २०, २०७८ बुधवार ०७:४७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अफगानिस्तानका रक्षामन्त्रीको निवासमा हमला, ४ जनाको मृत्यु

    श्रावण २०

  • 342
    SHARES
  • अफगानिस्तानका रक्षामन्त्रीको निवासमा हमला, ४ जनाको मृत्यु

    अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ। आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन्।

    बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए।n साथसाथै उनीहरूले गोली पनि चलाएका थिए।

    रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरियो।उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन्।

    हिंसा अन्त्यको आह्वान
    मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो।

    सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन्।

    इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ।उक्त आक्रमणमा सहभागी चार बन्दुकधारीहरू पनि मारिएको बताइएको छ।

    "आत्तिनु पर्ने कुरा छैन, सबै ठिकठाक छ," रक्षामन्त्री मोहम्मदीले घटनापछि ट्वीट गरेका छन्।अमेरिकी विदेश मन्त्रालयले उक्त हमला तालिबानले गराएको देखिने सबै लक्षणहरू भएको बताएको छ।

    आक्रमणको घण्टौँपछि काबुल निवासीहरू सडकमा निस्किएर र घरका छतहरूमा उभिएर तालिबानको आक्रमणलाई हाँक दिइरहेको सामाजिक सञ्जालमा साझा गरिएको भिडिओमा देखिएको छ।

    हालैका दिनमा कडा लडाइँ भइरहेको हेरत सहरमा पनि सोमवार त्यस्तैखाले दृश्य देखिएको थियो।अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ।

    लश्कर गाहमा मृत्यु
    संयुक्त राष्ट्रसङ्घले मङ्गलवार लश्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ।"यहाँ सडकमा शवहरू रहेका छन्। हामीलाई थाहा छैन ती सर्वसाधारणका हुन् कि तालिबानका हुन्," उक्त सहरका एकजना बासिन्दाले बीबीसी अफगान सेवालाई ह्वाट्सएपमार्फत भने।

    सुरक्षाका कारण नाम गोप्य राखिएका ती व्यक्तिका अनुसार उक्त क्षेत्रबाट कैयौँ मानिसहरू सुरक्षित क्षेत्रमा भागेका छन्।बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू-भागहरू कब्जा गरिरहेको छ।

    हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो।उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ।

    यदि लस्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजनधानी हुनेछ।तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहको छ।

    त्यहाँको विमानस्थलनमा आइतवार रकेट हमला भएको थियो।कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ।त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    श्रावण २०, २०७८ बुधवार ०८:१७:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    श्रावण २०

  • 324
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या २० करोड २ लाख ५९ हजार २ सय ३ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४२ लाख ५८ हजार ६ सय ७९ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वभर १८ करोड ५ लाख २६ हजार ७ सय ४७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ३० हजार ४ सय ९७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ६० लाख ४९ हजार १५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ९७ लाख ५६ हजार ५ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ५८ हजार ५ सय ९७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९९ लाख ८६ हजार ७३ पुगेको छ ।

    scsd.PNG


    श्रावण २०, २०७८ बुधवार ०८:५८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • युएई सरकारले हटायो नेपालसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध 

    श्रावण २०

  • 302
    SHARES
  • युएई सरकारले हटायो नेपालसहित छ देशका यात्रुमाथिको प्रतिबन्ध 

    नयाँ दिल्ली - संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् । 

    यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , “यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।” तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ ।

    मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन । संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो ।एएनआई


    श्रावण २०, २०७८ बुधवार ०९:१४:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युएई
  • फेरि इरानमाथि औँला ठडियो , पानीजहाज छोडेर अन्यत्र गए सन्दिग्ध अपहरणकारी 

    श्रावण २०

  • 352
    SHARES
  • फेरि इरानमाथि औँला ठडियो , पानीजहाज छोडेर अन्यत्र गए सन्दिग्ध अपहरणकारी 

    पानामाको झण्डा भएको एउटा पानीजहाजलाई सशस्त्र व्यक्तिहरूले ओमानको खाडीबाट "अपहरण गरेर इरानतिर जान आदेश दिएको" घटना टुङ्गिएको अधिकारीहरूले बताएका छन्।

    सशस्त्र व्यक्तिहरू अहिले उक्त पानीजहाजबाट छोडेर अन्यत्र गइसकेका र त्यहाँ भएका अरू सबै मानिस सुरक्षित भएको बताइएको छ।यूकेको पानीजहाजको सुरक्षा हेर्ने निकायले उक्त सम्भावित अपहरणको घटना अब टुङ्गिएको जनाएको छ। तर उसले त्यसबारे विस्तृत जानकारी दिएको छैन।

    अलकत्रा बोकेको एमभी आस्फल्ट प्रिन्सेस नामक उक्त पानीजहाज मङ्गलवार एउटा भिडभाडयुक्त साँघुरो मार्गबाट स्ट्रेट अफ होर्मुजतिर गएको लोयड्स लिस्ट म्यारिटाइम इन्टेलिजेन्सले जनाएको थियो।

    पानीजहाजलाई कसले कब्जामा लिएको थियो भन्ने अझै स्पष्ट नभए पनि विश्लेषकहरूले इरानी फौजमाथि औँला ठड्याएका छन्। इरानको रेभुलूशनरी गार्ड्सले आफ्नो संलग्नताबारे प्रकाशित समाचार खण्डन गर्दै त्यो तेहरानविरुद्ध "शत्रुतापूर्ण व्यवहारको" बहाना भएको जनाएको छ।

    घटनाका शृङ्खला कस्तो?
    इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको एक साताभन्दा कम समयमै यो घटना सार्वजनिक भएको हो।

    पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए।अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

    बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले एमभी आस्फल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको र त्यसको एउटा पानीजहाजलाई इरानी सेनाले दुई वर्षअघि पनि अपहरण गरेको जनाएका छन्।

    समाचारहरूका अनुसार एमभी आस्फल्ट प्रिन्सेस स्ट्रेट अफ होर्मुजको प्रवेशबिन्दुनजिकै पुग्दा नौ जनाजति सशस्त्र पुरुषहरू त्यसमा चढेको गार्डनरले बताए। त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ।

    कसले के भने?
    यसअघि यूकेको समुद्री व्यापार सञ्चालन सम्बन्धी निकाय (यूकेएमटीओ)ले ओमानको खाडीमा फुजारानजिकै पानीजहाजलाई लैजाँदा विशेष ध्यान दिन भन्दै सजग गराएको थियो।

    यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले यूएईको तटनजिकै भएको उक्त घटनाको आफूहरूले आपत्कालीन अनुसन्धान गर्ने बताएका छन्। ह्वाइटहाउसले सो घटनालाई "निकै अशान्तिकारक"को सङ्ज्ञा दिएको छ।

    यूकेएमटीओले सुरुमा पानीजहाजहरूलाई उक्त घटनाबारे सचेत गराउँदै त्यसको केही घण्टामा त्यसलाई "राजनीतिक अपहरण" घोषणा गरेको थियो। सोही समयमा समुद्रमाथि ओमान एअर फोर्सको एउटा हवाई गस्ती भइरहेको flightradar24.com को विवरणले देखाउँछ।

    इरानको विदेश मन्त्रालयले मङ्गलवार कयौँ पानीजहाजहरू संलग्न भएका समाचारलाई "सन्देहपूर्ण" भन्दै तेहरानविरूद्ध "कुनै गलत माहोल’ नबनाउन चेतावनी दिएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    श्रावण २०, २०७८ बुधवार १५:०६:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इरान
  • अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी

    श्रावण २०

  • 356
    SHARES
  • अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी

    माले - माल्दीभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्। कोरोनाभाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उनले आग्रह गरे। 

    राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोनाभाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए। राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ। 

    जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरे।  माल्दीभ्समा कोरोनाभाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन। 

    यही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन्। अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् । 

    देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन्।रासस   
     
     


    श्रावण २०, २०७८ बुधवार २१:४०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • ताजा खबर