• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

कोरोनाबाट युएईमा थप ५ जना नेपालीको ज्यान गयो

क्यानाडानेपाल डेस्क भाद्र २१ २०७७
  • 572
    SHARES
  • कोरोनाबाट युएईमा थप ५ जना नेपालीको ज्यान गयो

    काठमाडौँ - पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

    विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ ।

    सङ्घ र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा ५८ देशबाट ३ ५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो । सोही अवधिमा विदेशमा विभिन्न कारणले निधन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको सङ्घले जनाएको छ । रासस


    भाद्र २१, २०७७ आइतवार १८:०३:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युएई
  • # कोरोना भाइरस
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कोरोना संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीले ज्यान गुमाए

    कोरोना संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीले ज्यान गुमाए

    काठमाडौँ - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ६४५ नेपालीले ज्यान गुमाइसकेका छन् । नेपालमा मात्र हालसम्म ४०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । 

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा रहेका २४४ नेपालीको  कोरोना संक्रमणबाट मृत्यु भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

    कोरोना संक्रमणबाट हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको मृत्यु भइसकेको छ । 

     


    आश्विन ४, २०७७ आइतवार १५:१७:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    रुसमा बनेको कोरोनाको खोप लगाउने यी पहिलो नेपाली  

  • 1.1K
    SHARES
  • रुसमा बनेको कोरोनाको खोप लगाउने यी पहिलो नेपाली  

    काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् ।

    यस्तो अवस्थामा रुसमा बनेको खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् ।  

    नेपालमा सल्यान घर भएका रुसको राजधानी मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको खोप लिएका हुन् । रुसी सरकारले अनलाइनबाट लक्की ड्र गरी उनको नाम छनोट भएपछि खोप लगाएका हुन् ।  

    रसियन सरकारले पहिलो चरणमा खोप दिने ३० हजार जनामध्ये बाट उनी छानिएका हुन् । कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा सामाजिक सञ्जालमा उनले खुशी व्यक्त गरेका छन् । 

    sss.JPG
     


    आश्विन ४, २०७७ आइतवार १२:५७:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाको खोप

  • क्यानाडानेपाल डेस्क

    ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपालीको मृत्यु

  • 1.0K
    SHARES
  • ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक जना नेपालीको मृत्यु

    काठमाडौं - यूएईमा एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा घैरुङ ५ गोर्खाका सरन कुँवर रहेका छन् । उनको यूएईको आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा मृत्यु भएको हो । 

    आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा  उनप्सहित अन्य ५ जनाको मृत्यु भएको हो । उक्त घटना गएको भदौ १५ गते भएको र उक्त घटनामा एक जना नेपालीसहित पाँच जनाको मृत्यु भएको कम्पनीले जनाएको छ । 

    नेपालीसहित अन्य मृत्यु हुनेमा एक भारतिय, २ जना फिलिपिनो र एक जना श्रिलंका नागरिक रहेको जनाइएको छ । ग्याँस सिलिण्डर पड्किँदा मृत्यु भएका नेपालीको शव ३ दिनपछि  रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा फेला परेको जनाइएको छ । 
     


    भाद्र २७, २०७७ शनिवार १५:३०:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यूएई
  • # नेपालीको मृत्यु

  • क्यानाडानेपाल डेस्क

    घाँटीमा अंगुरको दाना अड्किँएर जापानमा एक नेपाली बालकको ज्यान गयो  

  • 1.4K
    SHARES
  • घाँटीमा अंगुरको दाना अड्किँएर जापानमा एक नेपाली बालकको ज्यान गयो  

    काठमाडौं - आमिले साना साना केटाकेटीलाई धेरै नै ध्यान दिनुपर्छ । खेल्ने क्रममा केटाकेटीले विभिन्न कुराहरु टिपेर मुखमा हाल्ने गर्छन् । जसका कारण कुनै पनि बेला दुर्घटना हुन सक्छ । 

    यस्तै जापानमा एक घटना भएको छ । जापानमा बस्दै आएका ४ वर्षीय नेपाली बालकको घाँटीमा अंगुरको दाना अड्किँएर मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका गेन्की थाम्सुहाङ नाम गरेका बालक रहेका छन् । 

    उनको घाँटीमा अंगुरको दाना अड्किँएर मृत्यु भएको हो । दिउँसोको खाजा खाने क्रममा घाँटीमा बालकको घाँटीमा अंगुरको दाना अड्किँएको बताइएको छ । सेप्टेम्बर ७ तारिखको दिन अनुभव थाम्सुहाङ र फुनबसी केइकीको छोरा गेन्कीको घाँटीमा अंगुरको दाना अड्किएको हो । 

    घाँटीमा अंगुरको दाना अड्किए लगत्तै अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बताइएको छ । उनका परिवारका अनुसार बिहान फोन आए लगत्तै अस्पताल पुगे पनि गेन्कीको मृत्यु भइसकेको बताएका छन् ।


    भाद्र २५, २०७७ बिहिवार २१:४२:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अंगुरको दाना अड्किँएर
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    साउदीमा नेपाली श्रमिकको नाराबाजी– ‘केपी ओली देश छोड्, दूतावास मुर्दावाद’

    साउदीमा नेपाली श्रमिकको नाराबाजी– ‘केपी ओली देश छोड्, दूतावास मुर्दावाद’

    काठमाडौं। कोरोनाभाइरस संक्रमणले विश्वलाई अस्तव्यस्त बनाएको छ । माओवादी सशस्त्र संघर्ष र अस्थिर राजनीतिक संक्रमणकालमा नेपालबाट लाखौं युवा वैदेशिक रोजगारीमा विश्वको कुना कुनामा पुगेका छन् ।

    गणतन्त्र आएको एक दशक नाघिसक्दा पनि उनै श्रमिकले पठाएको पैसाले मुलुकको अर्थतन्त्रलाई जोगाउन सक्यो । तर, अहिले कोरोनाको कहरले भोगभोगै विदेशी भूमि बस्नुपर्दा आफ्नो सरकारको उपस्थिति महसुस नहुने गरी उद्धारमा नलागेपछि प्रदर्शनमा उत्रिएका छन् । 

    महिनौं दिनदेखि स्वदेश फर्किने आशा र तयारीमा साउदीको अरेबियामा रहेका नेपाली श्रमिकहरुको मंगलबार (हिजो) नेपाल आउने मिति तय गरिएको थियो ।

    तर, उक्त मितिमा नेपाल फर्किन नपाउनुे भएपछि आइतबार अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा उनीहरुले नेपाल सरकार र साउदीमा रहेको नेपाली दूतावासविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा प्रदर्शनकारी नेपाली श्रमिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै नारा लगाए । 

    केपी .., देश छोड’, ‘नेपाली दूतावास, मूर्दावाद’जस्ता आक्रोशित नारा लगाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उक्त सेमास्को कम्पनीमा करिब १० हजार नेपाली श्रमिक कार्यरत थिए । तर, कोरोनाको कहरसँगै करिब ८ सय कामविहीन भएका छन् ।

    रोजगारी गुमाएपछि स्वदेश फर्कने पर्खाइमा रहेका उनीहरुले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरुको आक्रोशित नाराबाजी र प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

    नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् । कामविहीन र अलपत्र परेका श्रमिकलाई स्वदेश फर्काउन शुक्रबार कम्पनीले ८ सेप्टेम्बरको उडानका लागि हवाइ टिकटबापतको पैसा बैंकिङ च्यानलमार्फत नेपाल एयरलाइन्सको खातामा पठाउन खोजे पनि बैंकिङ च्यानलबाट पैसा जम्मा हुन सकेन । 

    नेपाली दूतावासका कारण नेपाली श्रमिक फर्काउन समस्या भएको भन्दै सूचना टाँसेर कम्पनीले श्रमिकलाई विकल्प खोज्न भनियो । यसपछि आक्रोशित नेपाली श्रमिकले प्रधानमन्त्री ओली र दूतावासविरुद्ध नाराबाजी गरेका हुन् । 

    यता साउदीस्थित नेपाली दूतावासले सेप्टेम्बर ८ तारिखमा स्वदेशश फर्किन नपाएकाहरुलाई १८ तारेखको उडानमा नेपाल पठाउने जनाएको छ । 

    यसरी नेपाली श्रमिक अलपत्र परेको यो प्रतिनिधि घटनामात्रै हो  । लेवनान, कतार, यूएई, कुवेतलगायत अन्य मुलुकमा पनि नेपाली श्रमिक स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् । 


    भाद्र २४, २०७७ बुधवार १५:३३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साउदी
  • # श्रमिक

  • क्यानाडानेपाल डेस्क

    कोरियामा पहिलो पटक १८ नेपालीमा कोरोना सङ्क्रमण

    कोरियामा पहिलो पटक १८ नेपालीमा कोरोना सङ्क्रमण

    सउल - दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । 

    कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।रासस


    भाद्र १८, २०७७ बिहिवार १९:४२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरिया
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    images
    ताजा खबर