शनिबार
७ मङ्सिर
२०७६

तिहारमा प्रचण्डको गर्जन र चेतावनी, पार्टी फुटाउन खोज्ने बारे मुख खोले (भिडियो)

आइतबार कार्तिक १०, २०७६/ Sunday 10-27-19

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् ।

आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यार्पण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पार्टी एकीकरणमा वाधा पुर्याउन खोज्ने देखि सरकारको कार्यलाई बदनाम गराउन खोज्नेहरु बारेमा टिक्का टिप्पणी गरेका छन् । प्रचण्डले कार्यक्रमलाइ सम्वोधन गर्दै भने: “अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।”