• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

पीएसजी छाड्न चाहन्छन् एम्बाप्पे

क्यानाडानेपाल डेस्क भाद्र २९ २०७७
  • 442
    SHARES
  • पीएसजी छाड्न चाहन्छन् एम्बाप्पे

    एजेन्सी - विश्व चर्चित खेलाडी तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार केलियन एम्बाप्पेले क्लब छाड्ने भएका छन् । २१ वर्षीय एम्बाप्पेले आगामी बर्ष क्लब छाड्न लागेको बताएका छन् ।

    एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेको बताइएको छ । सन् २०२१–२०२२ को सिजन सकिए लगत्तै उनको पीएसजीसँगको सम्झौता सकिदैछ । उनी पीएसजीमै रहन नयाँ कन्ट्रयाक्ट थप्ने बिषयमा कुरा भएको छैन । 

    mbape.jpg

    उनले क्लबका डाइरेक्टर लियोनार्दोलाई  पनि आप्नो कन्ट्रयाक्ट सकिन एक बर्ष मात्र रहेको जानकारी गराएको बताइएको छ । गएको बर्ष उनी रियल म्याड्रिडमा जाने चर्चा चलेको थियो । 

    कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि आर्थिक अवस्थाका कारण महंगा एम्बाप्पेलाई क्लबले धेरै रकम खर्चेर अनुबन्ध गर्न सकेनन् ।

    Mbappe.png

    अहिले भने एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्ने चर्चा चलिरहेको छ । त्यस्तै उनलाई अन्य क्लबले पनि अनुबन्ध गर्ने सोच बनाइरहेका छन् । 
     
      


    भाद्र २९, २०७७ सोमवार १४:४०:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एम्बाप्पे

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    काठमाडौं - बिहीबार राति कारबाओ कप अन्तर्गत भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले लिङ्कन सिटीलाई ७(२ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा लिभरपुलका लागि टाकुमी मिनिमाओ र कर्टिस जोन्सले दुई दुई गोल गरे भने जेर्दन शाचिरी, मार्को ग्रुजिक, डिभोक ओरिगीले एक एक गोल गरे । त्यस्तै लिङ्कन सिटीका लागि टायो इडुन र लेविस मोन्टस्माले एक एम गोल गरे । 

    खेलमा लिभरपुलका जोन्सको प्रदर्शन निकै सानदार रहेको थियो । उनको प्रदर्शनले लिभरपुलका प्रशिक्षकले पनि तारिफ गरेका थिए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:४८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिभरपुल
  • # कारबाओ कप

  • क्यानाडानेपाल डेस्क

    बायर्नले जित्यो यूईएफए सुपर कपको उपाधि

    बायर्नले जित्यो यूईएफए सुपर कपको उपाधि

    काठमाडौं - च्याम्पियन्स लिग लगायत तीन लिग जितको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ। 

    बिहीबार राति भएको खेलमा सेभियालाई पराजित गर्दै  बायर्नले उपाधि हात पारेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा बायर्नले सेभियालाई २–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा बायर्नका लागि लियोन गोरेट्जका र जावी मार्टिनेजले गोल गरी टिमलाई जित दिलाएका थिए । खेलको १३औं मिनेट सेभियाका लुकास ओकाम्पोसले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । 

    त्यसपछि खेलको ३४औं मिनेटमा  बायर्नका गोरेट्जले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलमा थप गरिएको समयमा बायर्नका मार्टिनेजले गोल गरी टिमलाइ जित दिलाए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:०१:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख
  • # यूईएफए सुपर कप
  • # सेभिया

  • क्यानाडानेपाल डेस्क

    युरोपा लिग : स्केन्डिजामाथि टोटनहमको सानदार जित

    युरोपा लिग : स्केन्डिजामाथि टोटनहमको सानदार जित

    एजेन्सी । बिहीबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब टोटनहमले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा टोटनहमले स्केन्डिजालाई ३–१ गोलले पराजति गरेको हो । उक्त खेलमा टोटनहमकोका लागि एरिक लामेला, सन हिउङ मिन र ह्यारी केनले एक एक गोल गरे भने स्केन्डिजाका लागि भाल्मिर नाफ्लुले एक गोल गरे । 

    खेलको ५ औं मिनेटमा टोटनहमका एरिकले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५५ औं मिनेटमा स्केन्डिजाका भाल्मिरले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।

    त्यसपछि टोटनहमका लागि खेलको ७० औं मिनेटमा सनले र ७९ औं मिनेटमा केनले गोल गरी टिमलाई जित दिलाए । 
     


    आश्विन ९, २०७७ शुक्रवार ०७:२२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडानेपाल डेस्क

    अष्ट्रेलियाका क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण निधन 

    अष्ट्रेलियाका क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण निधन 

    काठमाडौँ।  अष्ट्रेलियाका महान क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण मृत्यु निधन भएको छ। आफ्नो समयली प्रख्यात क्रिकेट खेलाडी डीन जोन्सको बिहिबार मुम्बईमा हृदयघातका कारण निधन भएको हो।

    डीन जोन्स आईपीएल कमेन्टरी टीमको हिस्सा थिए। उनी आईपीएलमा कमेन्ट्री गर्न मुम्बईमा आएका थिए। ५९ वर्षीय जोन्सले खेल जीवनबाट सन्यास लिएपछि, कमेन्ट्री गर्ने गर्थे। यहि समयमा पनि उनि अहिले आईपीएलको १३ औं संस्करणका लागि  कमेन्ट्री गर्न मुम्बई आएका थिए।  

    अष्ट्रेलियाका दिग्गज क्रिकेटर डीन जोन्स सन् १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाई टीमका एक महत्वपुर्ण खेलाडी थिए । उनले अष्ट्रेलियाका लागि ५२ टेस्ट म्याच र १६४ एकदिवसीय खेलहरु खेलेका थिए । सन् १९९७ मा अष्ट्रेलियालाई पहिलो पटक विव्श्वकप जिताउने टिममा उनि पनि समिल थिए।  

     


    आश्विन ८, २०७७ बिहिवार १७:५५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • # क्रिकेटर
  • # डीन जोन्स

  • क्यानाडानेपाल डेस्क

    काराबाओ कप : आर्सनल सानदार जित

    काराबाओ कप : आर्सनल सानदार जित

    काठमाडौं - गएराति काराबाओ कप अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब आर्सनलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो ।

    उक्त खेलको पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ५७ औं मिनेटमा लेस्टरका क्रिस्टियन फुच्सले आफ्नै पोष्टमा गोल हाने । 

    लेस्टरको उपहार गोलले अग्रता पाएको आर्सनलले खेलको अन्तिम समयका एक गोल थप्यो । खेलको अन्तिम समयमा आर्सनलका एडवार्डले गोल गरी टिमलाई जित दिलाए । 
     


    आश्विन ८, २०७७ बिहिवार ०९:१२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काराबाओ कप

  • क्यानाडानेपाल डेस्क

    आईपीएल : मुम्बईसँग कोलकाता ४९ रनले पराजित

    आईपीएल : मुम्बईसँग कोलकाता ४९ रनले पराजित

    काठमाडौं - बुधबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई  ४९ रनले पराजित गरेको हो । 

    खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य पक्ष्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

    पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईले कोलकातालाई भेट्टाउन मुस्कील पर्यो । 

    उक्त खेलमा कोलकाताका लागि प्याट कमिङ्सले १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए । त्यस्तै दिनेश कार्तिकले ३० रन, नितिश रानाले २४ रन, मोर्गनले १६ रन र रसेलले ११ रन बनाए ।

    त्यस्तै बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले दुई दुई विकेट र किरोन पोलार्डले १ विकेट लिए । त्यस्तै खेलमा मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । 

    त्यस्तै सूर्यकुमार यादवले ४७ रन, सौरभ तिवारीले २१ रन र  हार्दिक पाण्डेयले १८ रन जोडे । कोलकत्ताका लागि बलिङतर्फ शिवम माभीले २ विकेट, सुनिल नारिने र आन्द्रे रसेलले एक एक विकेट लिए । 

     


    आश्विन ८, २०७७ बिहिवार ०७:५३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडानेपाल डेस्क