• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

एसिड पीडितको लागि राम्रो काम गरेको भन्दै अमिताभले दिए नेपालका उज्ज्वललाई बधाई

क्यानाडानेपाल डेस्क भाद्र २९ २०७७
  • 740
    SHARES
  • एसिड पीडितको लागि राम्रो काम गरेको भन्दै अमिताभले दिए नेपालका उज्ज्वललाई बधाई

    काठमाडौं - बलिउड महानायक अमिताभ बच्चनले नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् । एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको भन्दै अमिताभले सामाजिक सञ्जालमार्फत सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापालाई बधाई दिएका हुन् । 

    उनले सामाजिक सञ्जाल ट्विटरमा एसिड पीडितको लागि गरेको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ समग्र नेपाललाई गौरव महसुस गराएको बताएका छन् ।

    उनले भनेका छन् - 'एसिड पीडितको लागि तपाईँले गर्नुभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ । धेरै धेरै बधाई यो राम्रो काम गर्दै जानु'

    amit.PNG

    उज्जवलेले केहि बर्षदेखी एसिड आक्रमणमा परेका पीडितहरुको उपचार लगायत दोषीलाई कारबाहीको लागि पहल गर्दै आइरहेका छन् ।  

     


    भाद्र २९, २०७७ सोमवार २१:५५:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    स्लो प्वाइजनका कारण तीन महिना गीत गाउन नसकेकी लता मंगेशकरको आज जन्मदिन

  • 140
    SHARES
  • स्लो प्वाइजनका कारण तीन महिना गीत गाउन नसकेकी लता मंगेशकरको आज जन्मदिन
    काठमाडौँ। भारतीय गायन क्षेत्रकी वरिष्ठ गायिका लता मंगेशकरको आज जन्मदिन परेको छ। उनको जन्म सन् १९२९ आजको दिन भएको थियो। मंगेशकरको आज ९१ औँ जन्मदिन परेको छ। उनी भारतको एक वरिष्ठ तथा सम्मानित गायिका तथा सङ्गीत निर्देशक हुन्। पण्डित दीनानाथ मंगेशकरकी जेठी छोरीको रूपमा जन्मेकी लताको जन्म इन्दौरमा भएको थियो। लताले १३ वर्षको उमेर हुँदा  सन् १९४२ मा आफ्नो पहिलो गीत रेकर्ड गराएका थिइन्।  रेकर्ड गरिएको गीत एक  मराठी फिल्मको लागि थियो तर पछि उक्त एल्बम हटाइएको थियो। उनले ७ दशकमा २५ हजार भन्दा बढी गीतहरू गाएकी छिन्।  
     
    ६० को दशकमा लता मंगेशकरको अप्रत्याशित घटना घटेको थियो। यस समयमा उनले झन्डै ३ महिनासम्म बेडरेस्ट गर्नुपरेको थियो। भारतका चर्चित लेखक पद्मा सचदेवले आफ्नो पुस्तक ' ऐसा कहाँ से लाउँ' मा लताको जीवनबारे केहि तथ्यहरू सार्वजनिक गरेका छन्। पुस्तकको एक अध्यायमा सन् १९६२ मा लतालाई स्लो प्वाइजन दिएको उल्लेख भएको छ। स्लो प्वाइजनका कारण उनले तिन महिनासम्म बेडरेस्ट गर्नु परेको पुस्तकमा उल्लेख छ।   
     
     
    पद्मा सचदेवले आफ्नो पुस्तकमा गायिकाको भनाइलाई उद्धृत गर्दै लेखे, 'जब उनी ३३ वर्षकी भएकी थिइन, एक बिहान उनको पेटमा गम्भीर समस्या देखा पर्‍यो र उनले दुई  देखि तीन पटक बान्ता गरिन्।  उनको अवस्था यस्तो भयो की उनी एक ठाउँबाट अर्को ठाउँसम्म हिँडडुल गर्न पनि सकिनन्। उनले यति बेला असह्य पिडा भोग्नु परेको थियो। '
     
    लेखकले त्यस बेला लता मंगेशकर साह्रै कमजोर भएकी थिइन्। उनले तीन महिनासम्म ओछ्यानमा आराम गर्नु परेको थियो। उनले राम्रोसँग खान सकेकी थिइनन्। उनी त्यस समयमा चिसो सूपमा बाँची रहेको पुस्तकमा उल्लेख गरेका छन्।  
     
    यद्यपि, लता मंगेशकरलाई कसले स्लो प्वाइजन दिएको घटना अझै पनि रहस्यमयी रहेको छ।  तर, यस घटना पश्चात् उनको कुकले आफ्नो तलब लिए बिना जागिर छोडेको थियो। उक्त कुकले लता मंगेशकरको घरमा काम गर्नु अघि बलिउडका अन्य कलाकारहरूको लागि पनि काम गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।  


    आश्विन १२, २०७७ सोमवार १४:०१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लता मंगेशकर
  • # स्लो प्वाइजन

  • क्यानाडानेपाल डेस्क

    कोरोनाको असर : लोकप्रिय टिभी सिरियल ‘बालिका वधु’का निर्देशक ठेलामा तरकारी बेच्दै

  • 616
    SHARES
  • कोरोनाको असर : लोकप्रिय टिभी सिरियल ‘बालिका वधु’का निर्देशक ठेलामा तरकारी बेच्दै

    काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विश्वभर ठुलो जनधनको क्षति भएको छ। यसले ठूल्ठूला व्यक्तिहरुलाई पनि करोडपतिबाट रोडपति बनाएको छ। यसैबीच कोरोना भाइरसको प्रत्यक्ष असर भारतीय सिनेमा जगतमा पनि देखिन थालेको छ।

    कोरोनाकै कारण चर्चित टेलिभिजन सिरियल बालिका वधुका निर्देशक रामवृक्ष गौर ठेलामा तरकारी बेच्न बाध्य भएका छन्। भारतीय संचार माध्यमहरुकाअनुसार रामवृक्षले आफ्नै गृह जिल्ला आजमगढमा परिवारको पेट पाल्न ठेलामा तरकारी बेच्न बाध्य भएका हुन्।

    लकडाउनको बेला आफ्नो बालबच्चाको परीक्षा परेका बेला रामवृक्ष अहिले मुम्बई जान नपाएको संचार माध्यमहरुले जनाएको छ। परिवारको जिम्मेवारी बढेपछि उनी अहिले तरकारी बेचिरहेका छन् ।

    लकडाउनको कारण यति बेला मुम्बईमा चलचित्रका कामहरु पनि ठप्प भएको छ। रामवृक्षले यशपाल शर्मा, मिलिन्द गुनाजी, राजपाल यादव, रणदीप हुडा, सुनील शेट्टी जस्ता ठूला कलाकारहरुसँग चलचित्रमा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्। रामवृक्षसँग सिनेमा जगतमा २२ वर्षको अनुभव रहेको छ।


    आश्विन १२, २०७७ सोमवार ११:३१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालिका वधु
  • # तरकारी बेच्दै
  • # निर्देशक

  • क्यानाडानेपाल डेस्क

    यस कारण ट्विंकल खन्नाले अक्षय कुमारसँग विवाह गरेकी थिइन्

  • 388
    SHARES
  • यस कारण ट्विंकल खन्नाले अक्षय कुमारसँग विवाह गरेकी थिइन्

    काठमाडौँ । लोकप्रिय अभिनेता राजेश खन्नाकी जेठी छोरी हुन्, ट्विंकल खन्ना । उनको जन्म २९ डिसेम्बरको दिन १९७४ मा भएको थियो । पछिल्लो समय उनले आफूलाई चलचित्र जगतबाट टाडा राख्दै आएकी छिन् ।

    थुप्रै सफल चलचित्रमा काम गरिसकेकी ट्विंकल हिजोआज लेखन जगतमा आफ्नो नाम स्थापित गर्न लागिरहेकी छिन्। उनले हालसम्म १४ वटा मात्र हिन्दी चलचित्रमा काम गरेकी हुन्।

    थोरै चलचित्रमा काम गरे पनि उनी सधैँ चर्चामा रहने गरेकी छिन्। बरसात, बादशाह, जब प्यार किसी से होता है, इतिहास, मेला, लव के लिए कुछ भी करेगालगायत उनका सफल चलचित्रहरुमा गणना हुने गरेको छ।

    सन् १९९५ मा हिन्दी फिल्म उद्योगमा प्रवेश गरेकी ट्विंकलले सन् २००१ मा बलिउडका अभिनेता अक्षयकुमारसँग लगनगाँठो गाँसेकी थिइन्। उनलाई कारण जोहरको ’कुछ कुछ होता है’ मा जुन रानी मुखर्जीले गरेको भूमिका अफर भएको थियो ।

    तर उनले त्यस चलचित्रलाई अस्वीकार गरेपछि उक्त रोल रानी मुखर्जीले पाएकी थिइन्। उनको र अक्षयको विवाहबारे बोल्दै उनी भन्छिन्, ’मैले मेला फिल्म फ्लप भएपछि मात्र अक्षयकुमारसँग विवाह गरेकी हुँ’ ।

    यसअघि उनीहरुको दुईपटक इन्गेजमेन्ट भइसकेको थियो। जब अक्षयले ट्विंकलसामु विवाहको प्रस्ताव राखे त्यतिबेला ट्विंकलको मेला भन्ने फिल्म आउने क्रममा थियो ।

    साथै उनी विश्वस्थ थिइन् कि उक्त चलचित्रले सफलता हाँसिल गर्छ भन्ने । जसअनुरुप उनले अक्षयसँग एक प्रस्ताव राखेकी थिइन्। यदि चलचित्र असफल भएको खण्डमा मात्रै आफू वैवाहिक सम्बन्ध गाँसिने शर्त खन्नाको थियो।

    अन्ततः चलचित्रले खासै सफलता हाँसिल गर्न सकेन र उनी अक्षयसँग विवाह वन्धनमा वाँधिएकी हुन्।


    आश्विन ११, २०७७ आइतवार १७:५१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्विंकल खन्ना
  • # अक्षय कुमार
  • # विवाह

  • क्यानाडानेपाल डेस्क

    बलिउडमा ड्रग्स कनेक्सन, दीपिका पादुकोणेको मोबाइल जफत

  • 492
    SHARES
  • बलिउडमा ड्रग्स कनेक्सन, दीपिका पादुकोणेको मोबाइल जफत

    एजेन्सी । ड्रग्स कनेक्सनले बलिउडमा धक्का लागेको छ । एक से एक कलाकार यो काण्डमा मुछिँदै गएका छन् । अभिनेता सुशान्तसिंह राजपुत आत्महत्याले सबैभन्दा अप्ठेरो अवस्थामा बलिउडलाई पारेको छ ।

    यसैक्रममा लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) अभिनेत्री दीपिका पादुकोणेसहित तीन बलिउड अभिनेत्रीको फोन जफत गरेको छ। हिन्दूस्तान टाइम्सका अनुसार एनसिबीले दीपिकासँगै सारा अलि खान तथा श्रद्धा कपुरको फोन जफत गरेको हो।

    एनसिबीको नियन्त्रणमा रहेकी सुशान्तसिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिकालगायतका अभिनेत्री लागुऔषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन्।

    एनसिबीले लागुपदार्थको प्रयोग र खरिद गरेको तथा सोका कारोबारीसँग सम्पर्क रहेको आशंकामा उनीहरूसँग सोधपुछ गरिरहेको छ।


    आश्विन ११, २०७७ आइतवार १२:४८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड
  • # दीपिका पादुकोणे

  • क्यानाडानेपाल डेस्क

    बलिउडका चर्चित अभिनेत्रीहरू किन तानिए लागुऔषध सम्बन्धी अनुसन्धानमा

    क्यानाडानेपाल

    आश्विन ११

  • 252
    SHARES
  • बलिउडका चर्चित अभिनेत्रीहरू किन तानिए लागुऔषध सम्बन्धी अनुसन्धानमा

    बीबीसी।  बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ। गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो।

    उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ। यसै महिनाको सुरुमा राजपूतकी केटीसाथी/प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो।

    उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन्। राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटनाबारे थुप्रै खालका अनुमानहरू गरिएका छन्। नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आफ्नो अनुसन्धान बृहत् बनाएको छ र उसले शनिवार पादुकोणसँग मुम्बइमा ६ घण्टा सोधपुछ गरेको थियो।

    यसैबीच, अन्य दुई अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरलाई पनि एनसीबीकै अर्को कार्यालयमा छुट्टै सोधपुछ गरिएको थियो। अर्की अभिनेत्री रकुल प्रीत सिंहसँग शुक्रवार यसैगरी सोधपुछ गरिएको थियो। तर अधिकारीहरूले उनीहरूमाथि कुनै आरोप भने लगाएका छैनन्। गत जुन १४ तारिखमा ३४ वर्षीय राजपूत मुम्बइस्थित उनकै निवासमा मृत फेला परेका थिए र त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो।

    तर पछि उनका परिवारले प्रेमिका चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको लगायत अन्य अपराध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो। यी सबै आरोपलाई चक्रवर्तीले अस्वीकार गर्दै आएकी छन्। अहिले यो मामिलालाई तीनवटा सङ्घीय निकायहरूले अनुसन्धान गरिरहेका छन्।

    मामिला के हो?

    नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अहिले दुईवटा छानबिन गरिरहेको छ। पहिलो रिया चक्रवर्ती, उनका भाइ र राजपूतका पूर्व व्यवस्थापकमाथिको अनुसन्धान पहिलो हो। तीनैजनालाई पक्राउ गरिएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार अर्को अनुसन्धान भनेको बलिवुडमा लागुऔषधको व्यापक प्रयोग हुन्छ भन्ने दाबी बारे हो।  अधिकारीहरूले उक्त अनुसन्धानबारे थोरै विवरणहरू सार्वजनिक गरेका छन् जसका कारण सञ्चारमाध्यममा व्यापक अनुमानहरू गरिएका छन्।

    अनुसन्धानको एउटा हिस्साको रुपमा एनसीबीका अधिकारीहरूले चक्रवर्तीको ह्वाट्सएप मेसेजहरूको अध्ययन गरिरहेका छन् जसमा उनले नार्कोटिक्सबारे छलफल गरेको आरोप छ।

    अनुसन्धानमा दीपिका कसरी तानिइन्?

    यो अहिलेसम्म स्पष्ट छैन। नार्कोटिक्सका अधिकारीहरूका अनुसार ह्वाट्सएप मेसेजमा दीपिका र उनकी व्यवस्थापक पनि सहभागी छन्। त्यसैकारण उनीहरूलाई सोधपुछका लागि बोलाइएको हो। तर ती मेसेजहरूमा के छ भन्ने अझै खुलेको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले किन यो मामिलामा अभिनेत्रीहरूलाई मात्रै एनसीबीमा बोलाइएको र किन अभिनेतालाई नबोलाइएको भनेर प्रश्नहरू उठाएका छन्।

    प्रतिक्रिया कस्तो रहेको छ?

    टेलिभिजन च्यानलहरूको समाचार दिने आक्रामक तरिकालाई लिएर धेरैले आलोचना गरेका छन्। राजपूतको मृत्युयता सञ्चारमाध्यमले उनका थेरापिष्ट, साथीहरू, परिवार, सहकर्मीदेखि उनका पूर्व भान्सेको समेत अन्तर्वार्ता लिइसकेका छन्।

    र, आधिकारिक जानकारी कम मात्रै सार्वजनिक भएका कारण समाचार च्यानलहरूले जति पनि सूचना चुहिन्छ त्यसको विभिन्न कोणबाट विश्लेषण गर्न समय खर्चिएका छन्।

    यसरी एउटा विषयमा धेरै समय खर्चिँदा अन्य सान्दर्भिक र गम्भीर मुद्दाहरूबाट आममानिसको ध्यान अन्यत्र मोडेको भन्दै थुप्रै मानिसहरूले आवाज उठाइरहेका छन्। विश्वमै कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या भारतमा दोस्रो नम्बरमा छ। अहिले त्यहाँको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ भने छिमेकी देश चीनसँगको सम्बन्ध पनि नराम्ररी बिग्रिएको छ।


    आश्विन ११, २०७७ आइतवार ११:२६:१५ बजे : प्रकाशित

    बलिउड ड्रग्स प्रकरण : एनसीबीले लियो दीपिकाको बयान, ड्रग्स च्याट बारे बोलीन् 

  • 588
    SHARES
  • बलिउड ड्रग्स प्रकरण : एनसीबीले लियो दीपिकाको बयान, ड्रग्स च्याट बारे बोलीन् 

    काठमाडौँ। सुशान्त सिंह राजपुत प्रकरणको अनुसन्धानका क्रममा ड्रग्सको विषय प्रवेश भएपछि अहिले बलिउडका धेरै कलाकारहरु यस केसमा मुछिएका छन् । ड्रग्स केसमा एकपछि अर्को गरी बलिउडका २५ कलाकारहरु मुछिएका छन् । 

    यस केसमा भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायतले विभिन्न शैलीमा अनुसन्धान गरिरहेको छ ।  यसैबीच यस केसलाई लिएर शनिवार बलिउड अभिनेत्री दीपिका पादुकोणसँग एनसीबीले बयान लिएको छ । 

    बयानको क्रममा दीपिकाले ड्रग्स च्याट आफुले नै गरेको स्वीकार गरेकी छिन् । भारतिय मिडियाका अनुसार साढे ५ घण्टा लिइएको बयानमा दीपिकाले आफुहरुको वाट्सअप ग्रुप रहेको बताएकी छिन् । उनले उक्त वाट्सअप ग्रुपको आफु एडमिन रहेको र ड्रग्स सम्बन्धी कुराकानी हुने गरेको स्वीकार गरेकी छिन् । 

    बयानमा उनले ड्रग्सको बिषयमा म्यानेजर करिष्मा प्रकाश, जया शाह लगायत बलिउडका कलाकारहरुको ग्रुपच्याट हुने गरेको बताएकी छिन् । भारतिय मिडियाका अनुसार सोधिएको धेरै प्रश्नमा दीपिकाले सिधा उत्तर नदिएको बताइएको छ । 

    ड्रग्स केसमा सुशान्तकी प्रेमीका रिया चक्रवर्ती समेत छिन् । उनलाई यही केसमा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । अहिले उनी न्यायिक हिरासतमा छिन् ।


    आश्विन १०, २०७७ शनिवार १७:२७:३३ बजे : प्रकाशित