• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

आईपीएलमा सन्दीप लामिछाने खेल्न पाउने सम्भावना कति ?

क्यानाडानेपाल भाद्र ३० २०७७
  • 1.5K
    SHARES
  • आईपीएलमा सन्दीप लामिछाने खेल्न पाउने सम्भावना कति ?

    भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी र अहिले एक चर्चित खेल कमेन्टेटर आकाश चोपडालाई अघिल्लो हप्ता नेपाली क्रिकेट समर्थकहरूले र्‍याखर्‍याखती पारे, विषय पात्र सन्दीप लामिछाने थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडिओमा नेपाली समर्थकहरूको प्रश्न थियो, दिल्ली क्यापिटल्समा रहेका चार स्पिनरहरूमध्ये नियमित रूपमा टीममा पर्नसक्ने दुईजना को हुन्?

    लामिछानेप्रति नेपाली समर्थकहरूको चासो सहजै बुझेका उनले भने, "मलाई थाहा छ, तपाईँहरूको चासो दिल्लीलाई कस्तो वा कुन प्रकारको स्पिनर आवश्यक छ भन्नेमा होइन, लामिछाने टीममा पर्छन् वा पर्दैनन् भन्ने मात्रै हो।" त्यो चासो सम्बोधन गर्दै चलाखीपूर्ण जवाफ दिए, "मेरो विचारमा मिश्रा, पटेल, आश्विन र लामिछाने सबै स्पिनर एकैपटक मैदानमा खेल्न सक्छन्।"

    चोपडाको विचारमा थुप्रै योग्य घरेलु खेलाडीहरू रहेकाले दिल्ली क्यापिटल्सले चार जनाको सट्टा तीन विदेशी खेलाडी मात्र खेलाउन सक्छ। क्यारेबियन प्रिमियर लीग (सीपीएल) मा करिअरकै राम्रो प्रदर्शन गरेका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित व्यवसायिक क्रिकेट आईपीएल खेल्न त्यहाँबाट सीधै यूएईतर्फ लागेका छन्।

    दुईवर्ष अगाडि आईपीएलबाट नै व्यावसायिक क्रिकेटमा छाएका सन्दीपले त्यसयता विश्वका प्राय: सबै फ्रेञ्चाइज क्रिकेटमा आफूलाई उतारिसकेका छन्। तर थुप्रै भारतीय क्रिकेट पण्डितहरू भन्छन्: यसपटक दिल्लीमा स्थान पाउन लामिछानेको निम्ति चुनौती देखिन्छ।

    ठाउँ नपाउन सक्ने कारण के ?

    मुख्य कारण हो, दिल्लीले लामिछानेसँगै स्पिनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेललाई टोलीमा राखेको छ। नियमित लेग स्पिनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ।

    भारतीय क्रिकेट पण्डितहरूका अनुसार राम्रो ब्याटिङ क्षमता भएका किङ्ग्स-११ पन्जाबका पूर्व कप्तान आश्विन दिल्लीको पहिलो रोजाइ मा पर्नेछन्। उनीमाथि साढे ७ करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ।

    त्यस्तै उनीहरू ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रा मानिने अलराउण्डर अक्षर पटेललाई पनि बेन्चमा बस्ने खेलाडी मान्दैनन्। विशुद्ध बलर मिश्रा र लामिछाने दुवै लेग स्पिनर हुन्। दिल्लीले ४ करोड भारतीय रूपियाँमा अनुबन्ध गरेका मिश्रा अनुभवी खेलाडी हुन्। गतवर्ष उनको इकोनोमी रेट ६ दशमलब ७५ थियो। तीन वर्षका लागि २० लाख भारतीय रूपियाँमा अनुबन्धित लामिछानेको इकोनोमी रेट गत वर्ष ८ भन्दा माथि थियो। ब्याटिङमा दुवै कमजोर देखिन्छन्।

    लामिछानेको सबल पक्ष

    कडा टक्करका माझ पनि केही परिस्थिति लामिछानेको पक्षमा देखिन्छ। त्यसमा प्रमुख हो, सीपीएलमा लामिछानेले गरेको लोभलाग्दो प्रदर्शन। सीपीएलमा जमैका तलावासबाट खेलेका उनले ११ खेलमा १२ विकेट लिए र टोलीलाई सेमीफाइनलमा पुर्‍याउन सहयोगी बने। 

    आईपीएलको मुखमा उक्त प्रतियोगितामा ५ दशमलब २७ को 'इकोनोमी रेट' मा बल फ्यालेर 'फर्म' चुस्त रहेको देखाउन सक्नु लामिछानेको सबल पक्ष देखिन्छ। आईपीएल यसपटक भारतको सट्टा यूएईमा हुनु उनको निम्ति अर्को राम्रो पक्ष हो।

    यूएईको 'पिच' स्पिनरहरूका निम्ति सुहाँउदो मानिन्छ र राष्ट्रिय टोलीबाट लामिछानेले त्यहाँ थुप्रै खेल खेलिसकेका छन्। अनि, त्यहाँ लामिछानेको प्रदर्शनमा विश्वास राख्ने भनिएका प्रशिक्षक रिक्की पोन्टिङ पनि छन्।

    लामिछानेको आत्मविश्वास

    लामिछाने आईपीएलको तेस्रो सिजनमा आफूले राम्रो छाप छोड्ने विश्वासमा देखिन्छन्। सीपीएल सकिएपछि उतैबाट दुबई लागेका उनले क्रिकेटिङ नेपाललाई दिएको एक अन्तर्वार्तामा लामिछानेले आफू टोलीबाट खेल्ने र सक्दो योगदान गर्ने बताएका छन्।

    उनले भने, "खेल्न पाउने अवसरको बारेमा अहिले नै भन्दा अलिक हतार होला, तर राम्रो लयमा छु भने मैले थुप्रै खेल खेल्न पाँउछु होला।" दुबई पुगेका लामिछाने त्यहाँ ६ दिन क्वारन्टीन बसेर अभ्यासमा सम्मिलित हुने बताइएको छ। आईपीएल असोज ३ गते अर्थात् सेप्टेम्बर १९ बाट सुरु हुनेछ। दिल्लीले उद्घाटनको भोलिपल्ट किङ्ग्स-११ पन्जाबसँग खेलेर आईपीएलको यात्रा सुरु गर्नेछ।

    समाचार : बीबीसी नेपाली सेवा 


    भाद्र ३०, २०७७ मंगलवार ११:४७:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल
  • # सन्दीप लामिछाने

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    काठमाडौं - बिहीबार राति कारबाओ कप अन्तर्गत भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले लिङ्कन सिटीलाई ७(२ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा लिभरपुलका लागि टाकुमी मिनिमाओ र कर्टिस जोन्सले दुई दुई गोल गरे भने जेर्दन शाचिरी, मार्को ग्रुजिक, डिभोक ओरिगीले एक एक गोल गरे । त्यस्तै लिङ्कन सिटीका लागि टायो इडुन र लेविस मोन्टस्माले एक एम गोल गरे । 

    खेलमा लिभरपुलका जोन्सको प्रदर्शन निकै सानदार रहेको थियो । उनको प्रदर्शनले लिभरपुलका प्रशिक्षकले पनि तारिफ गरेका थिए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:४८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिभरपुल
  • # कारबाओ कप

  • क्यानाडानेपाल डेस्क

    बायर्नले जित्यो यूईएफए सुपर कपको उपाधि

    बायर्नले जित्यो यूईएफए सुपर कपको उपाधि

    काठमाडौं - च्याम्पियन्स लिग लगायत तीन लिग जितको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ। 

    बिहीबार राति भएको खेलमा सेभियालाई पराजित गर्दै  बायर्नले उपाधि हात पारेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा बायर्नले सेभियालाई २–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा बायर्नका लागि लियोन गोरेट्जका र जावी मार्टिनेजले गोल गरी टिमलाई जित दिलाएका थिए । खेलको १३औं मिनेट सेभियाका लुकास ओकाम्पोसले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । 

    त्यसपछि खेलको ३४औं मिनेटमा  बायर्नका गोरेट्जले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलमा थप गरिएको समयमा बायर्नका मार्टिनेजले गोल गरी टिमलाइ जित दिलाए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:०१:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख
  • # यूईएफए सुपर कप
  • # सेभिया

  • क्यानाडानेपाल डेस्क

    युरोपा लिग : स्केन्डिजामाथि टोटनहमको सानदार जित

    युरोपा लिग : स्केन्डिजामाथि टोटनहमको सानदार जित

    एजेन्सी । बिहीबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब टोटनहमले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा टोटनहमले स्केन्डिजालाई ३–१ गोलले पराजति गरेको हो । उक्त खेलमा टोटनहमकोका लागि एरिक लामेला, सन हिउङ मिन र ह्यारी केनले एक एक गोल गरे भने स्केन्डिजाका लागि भाल्मिर नाफ्लुले एक गोल गरे । 

    खेलको ५ औं मिनेटमा टोटनहमका एरिकले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५५ औं मिनेटमा स्केन्डिजाका भाल्मिरले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।

    त्यसपछि टोटनहमका लागि खेलको ७० औं मिनेटमा सनले र ७९ औं मिनेटमा केनले गोल गरी टिमलाई जित दिलाए । 
     


    आश्विन ९, २०७७ शुक्रवार ०७:२२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडानेपाल डेस्क

    अष्ट्रेलियाका क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण निधन 

    अष्ट्रेलियाका क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण निधन 

    काठमाडौँ।  अष्ट्रेलियाका महान क्रिकेटर डीन जोन्सको मुम्बईमा हृदयघातका कारण मृत्यु निधन भएको छ। आफ्नो समयली प्रख्यात क्रिकेट खेलाडी डीन जोन्सको बिहिबार मुम्बईमा हृदयघातका कारण निधन भएको हो।

    डीन जोन्स आईपीएल कमेन्टरी टीमको हिस्सा थिए। उनी आईपीएलमा कमेन्ट्री गर्न मुम्बईमा आएका थिए। ५९ वर्षीय जोन्सले खेल जीवनबाट सन्यास लिएपछि, कमेन्ट्री गर्ने गर्थे। यहि समयमा पनि उनि अहिले आईपीएलको १३ औं संस्करणका लागि  कमेन्ट्री गर्न मुम्बई आएका थिए।  

    अष्ट्रेलियाका दिग्गज क्रिकेटर डीन जोन्स सन् १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाई टीमका एक महत्वपुर्ण खेलाडी थिए । उनले अष्ट्रेलियाका लागि ५२ टेस्ट म्याच र १६४ एकदिवसीय खेलहरु खेलेका थिए । सन् १९९७ मा अष्ट्रेलियालाई पहिलो पटक विव्श्वकप जिताउने टिममा उनि पनि समिल थिए।  

     


    आश्विन ८, २०७७ बिहिवार १७:५५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • # क्रिकेटर
  • # डीन जोन्स

  • क्यानाडानेपाल डेस्क

    काराबाओ कप : आर्सनल सानदार जित

    काराबाओ कप : आर्सनल सानदार जित

    काठमाडौं - गएराति काराबाओ कप अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब आर्सनलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो ।

    उक्त खेलको पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ५७ औं मिनेटमा लेस्टरका क्रिस्टियन फुच्सले आफ्नै पोष्टमा गोल हाने । 

    लेस्टरको उपहार गोलले अग्रता पाएको आर्सनलले खेलको अन्तिम समयका एक गोल थप्यो । खेलको अन्तिम समयमा आर्सनलका एडवार्डले गोल गरी टिमलाई जित दिलाए । 
     


    आश्विन ८, २०७७ बिहिवार ०९:१२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काराबाओ कप

  • क्यानाडानेपाल डेस्क

    आईपीएल : मुम्बईसँग कोलकाता ४९ रनले पराजित

    आईपीएल : मुम्बईसँग कोलकाता ४९ रनले पराजित

    काठमाडौं - बुधबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई  ४९ रनले पराजित गरेको हो । 

    खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य पक्ष्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

    पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईले कोलकातालाई भेट्टाउन मुस्कील पर्यो । 

    उक्त खेलमा कोलकाताका लागि प्याट कमिङ्सले १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए । त्यस्तै दिनेश कार्तिकले ३० रन, नितिश रानाले २४ रन, मोर्गनले १६ रन र रसेलले ११ रन बनाए ।

    त्यस्तै बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले दुई दुई विकेट र किरोन पोलार्डले १ विकेट लिए । त्यस्तै खेलमा मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । 

    त्यस्तै सूर्यकुमार यादवले ४७ रन, सौरभ तिवारीले २१ रन र  हार्दिक पाण्डेयले १८ रन जोडे । कोलकत्ताका लागि बलिङतर्फ शिवम माभीले २ विकेट, सुनिल नारिने र आन्द्रे रसेलले एक एक विकेट लिए । 

     


    आश्विन ८, २०७७ बिहिवार ०७:५३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडानेपाल डेस्क