• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

रोनाल्डो र नेयमारलाई पछि पार्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाउने फटबलर, कसको कमाई कति ?

क्यानाडानेपाल डेस्क भाद्र ३० २०७७
  • 576
    SHARES
  • रोनाल्डो र नेयमारलाई पछि पार्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाउने फटबलर, कसको कमाई कति ?

    काठमाडौं -  विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी बनेका छन् । 

    उनले अर्का चर्चित खेलाडी तथा  पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फोब्सको सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचिको पहिलो नम्बरमा परेका हुन् । 

    messi ronaldo nyamar.jpg

    फोर्बसले सोमबार जारी गरेको सन् २०२० मा सर्वाधिक कमाई गर्ने फुटबल खेलाडीको सुचीमा मेस्सी पहिलो नम्बरमा परेका हुन् । 

    फोर्बसले जारी गरेको सुची अनुसार मेस्सीको वार्षिक कमाई १२६ मिलियन डलर रहेको छ । उनले उक्त कामाई पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर र इन्डोर्समेन्टबाट ३४ मिलियन आम्दानी गरेका हुन् ।

    messi ronaldo nyamar.jpg

    त्यस्तै अर्का खेलाडी रोनाल्डो भने धेरै कमाई गर्ने फटबल खेलाडीको दोस्रो नम्बरमा रहेका छन् । उनको कमाई ११७ मिलियन डलर रहेको छ । उनले उक्त कमाई ७० मिलियन डलर पारिश्रमिकबाट र इन्डोर्समेन्टबाट  ४७ मिलियन आम्दानी गरेका हुन् । 

    त्यस्तै धेरै कमाई गर्नेको तेस्रो नम्बरमा ब्राजिलयन खेलाडी नेयमार जुनियर रहेका छन् । उनको वार्षिक कमाइ ९६ मिलियन डलर रहेको छ । त्यस्तै चौ्रथो स्थानमा फ्रेन्च खेलाडी किलियन एम्बापे रहेका छन् । उनको माई ४२ मिलियन डलर रहेको छ । 

    messi ronaldo nyamar.jpg

     


    भाद्र ३०, २०७७ मंगलवार १२:४७:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेयमार
  • # रोनाल्डो
  • # मेस्सी

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    म्यानचेस्टर सिटीको पोस्टमा लेस्टर सिटीको पाँच गोल, लेस्टर शीर्षस्थानमा 

  • 160
    SHARES
  • म्यानचेस्टर सिटीको पोस्टमा लेस्टर सिटीको पाँच गोल, लेस्टर शीर्षस्थानमा 

    एजेन्सी। सन् २००५ यता म्यानचेस्टर सिटीले पहिलोपटक घरेलु मैदानमा पाँच गोल खाएको छ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको हो । 

    घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगेको हो । 

    यो जितसँगै लेस्टर लिगको शिर्षस्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार ब्यहोरेको छ । जितसँगै शीर्ष स्थानको लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ । सिटीको दुई खेलमा तीन अंक छ ।


    आश्विन १२, २०७७ सोमवार ०९:३२:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर–सिटी
  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    कवाडी बेच्नेदेखि क्रिकेटका धुरन्धर खेलाडी क्रिस गेलको कहानी

  • 1.0K
    SHARES
  • कवाडी बेच्नेदेखि क्रिकेटका धुरन्धर खेलाडी क्रिस गेलको कहानी

    काठमाडौँ। क्रिस गेलको पुरा नाम क्रिस्टोफर हेनरी गेल हो। उनीएक जमैकन क्रिकेटर हुन्, जो वेस्टइन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्छन्। उनको जन्म सन् १९७९ मा भएको थियो। उनी एक मध्यमवर्ग परिवारमा जन्मेका थिए। ६ जना भाइबहिनी भएका गेल पाँचौ सन्तान हुन्।

    उनका बुवा प्रहरीमा जागिर थिए भने उनकी आमाले बदाम बेच्ने गर्थिन्। परिवारको नाजुक आवस्था देखेर गेल कुनैबेला कवाडी सामानहरु बेचेर परिवारलाई आर्थिक सहायता गर्थे। गेलको आफ्नो परिवारमा कोही पनि क्रिकेटसँग आवद्ध छैनन् । तर उनका हजुरबुवा भने एक श्रेणीका क्रिकेट खेलाडी थिए।

    जमैकामा स्नातक गर्ने बेला उनी लुकास क्रिकेट क्लबमा आवद्ध भए। र, यहि क्लबबाट उनको करियरको शुरुवात भएको हो। गेल भन्छन्, “यदि लुकास क्लबमा मैले नखेलेको भए, मलाई थाहाछैन म कहाँ हुन्थे भनेर । सायद म जमैकाको सडकमा भौँतारी रहेको हुन्थे। “

    ६ फिट ४ इन्च उचाइ भएका गेललाई उनका साथीहरुले माया गरेर गेल स्ट्रम भनेर बोलाउने गर्दछन्। गेल आफ्नो जीवनलाई विन्दास पारामा बिताउने गर्छन्। उनी पार्टी गर्न र नाच्न निकै सौखिन छन्।

    गेलले सन् १९९९ मा आफ्नो पहिले वानडे क्रिकेट म्याच भारतसँग खेलेका थिए, जहाँ उनले केवल १ रन बनाए। गेल ३३३ नम्बरलाई निकै भाग्यशाली नम्बर ठान्दछन्, जसकारण उनको जर्सी र टोपीमा सोही नम्बर अंकित हुन्छ।

    गेल एक यस्ता खेलाडी हुन्, जसले टेस्ट म्याचको पहिलो बलमै छक्का प्रहार गरेका थिए । साथै उनले आइपीएलमा सबैभन्दा कम बलमा एक सतक रन बनाएका थिए । उनले केवल ३० बलमा एक सय रन बनाएका थिए।


    आश्विन ११, २०७७ आइतवार १३:१६:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्रिस गेल

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : रियल मड्रिडको जित

  • 398
    SHARES
  • स्पेनिस ला लिगा : रियल मड्रिडको जित

    काठमाडौं - शनिवार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडले जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रियल मड्रिडले रियल बेटिसलाई  ३-२ गोलले पराजित गरेको हो । उक्त खेलको १४ औं मिनेटमा रियल मड्रिडका फेड्रेरिको भालभर्डेले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ३५ औं मिनेटमा बेटिसका एइसा मण्डीले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसको २ मिनेटमा नै फेरि बेटिसका विलियम कार्भलोले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि दोस्रो हाफमा ४८ औं मिनेटका बेटिसका डिफेण्डर इमर्सनले आफ्नै पोष्टमा गोल गरे । त्यसपछि खेलको ८२ औं मिनेटमा मड्रिडका सर्जियो रामोसले गोल गरे। उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । 
     


    आश्विन ११, २०७७ आइतवार ०७:४३:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • # रियल मड्रिड
  • # रियल बेटिस

  • क्यानाडानेपाल डेस्क

    प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

  • 302
    SHARES
  • प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

    एजेन्सी । शनिबार राति प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा नव प्रवेशी क्लब वेस्ट ब्रोमसँग चेल्सी ३-३ गोलको बराबरीमा रोकिएको हो । 

    उक्त खेलको पहिलो हाफमा वेस्ट ब्रोमले लगातार तीन गोल गरेको थियो । खेलको चौथो मिनेटमा ब्रोमका कालुम रोबिन्सनले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २५ औं मिनेटमा रोबिन्सनले नै अर्को गोल गरी ब्रोमलाई अग्रता दोब्बर बनाए । त्यसपछि रोबिन्सनले गोल गरेको २ मिनेटमा नै ब्रोमका किले बार्टलेले गोल गरे । 

    त्यसपछि दोस्रो हाफमा चेल्सीका लागि ५५ औं मिनेटमा मोसन माउन्टले,  ७० औं मिनेटमा कलुम हुड्सन ओडाईले र अन्तिम समयमा टमी अब्राहमले गोल गरे । खेल बराबरी भएसँगै  चेल्सीले तीन खेलबाट चार अंक र  ब्रोमले एक अंक जोडेको छ ।
     


    आश्विन ११, २०७७ आइतवार ०७:१४:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    आईपीएल : दिल्ली क्यापिटल्ससँग चेन्नई ४४ रनले पराजित

  • 1.5K
    SHARES
  • आईपीएल : दिल्ली क्यापिटल्ससँग चेन्नई ४४ रनले पराजित

    काठमाडौं - शुक्रबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

    यूएईमा सम्पन्न उक्त खेलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले चेन्नईलाई  ४४ रनले पराजित गरेको हो । 

    टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । 

    दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले साझेलारी गर्दै क्रमश ३५ रन  र  ६४ रन बनाए । त्यस्तै ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले पनि ५८ रन बनाए ।

    बलिङतर्फ चेन्नईका पिउस चावलाले २ विकेट लिए ।  १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो । 

    चेन्नईका लागि लागि फाप डु प्लेसिसले ४३ रन, केदार जादवले २६ रन, रवीन्द्र जडेजाले १२ रन र कप्तान महेन्द्रसिंह धोनीले १५ रन जोडेका थिए । 
     

     


    आश्विन १०, २०७७ शनिवार ०७:३६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडानेपाल डेस्क

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    कारबाओ कपमा लिभरपुलको गोलको बर्षा

    काठमाडौं - बिहीबार राति कारबाओ कप अन्तर्गत भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले लिङ्कन सिटीलाई ७(२ गोलले पराजित गरेको हो । 

    उक्त खेलमा लिभरपुलका लागि टाकुमी मिनिमाओ र कर्टिस जोन्सले दुई दुई गोल गरे भने जेर्दन शाचिरी, मार्को ग्रुजिक, डिभोक ओरिगीले एक एक गोल गरे । त्यस्तै लिङ्कन सिटीका लागि टायो इडुन र लेविस मोन्टस्माले एक एम गोल गरे । 

    खेलमा लिभरपुलका जोन्सको प्रदर्शन निकै सानदार रहेको थियो । उनको प्रदर्शनले लिभरपुलका प्रशिक्षकले पनि तारिफ गरेका थिए । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०८:४८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिभरपुल
  • # कारबाओ कप

  • क्यानाडानेपाल डेस्क