• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

'हुतुतु' अगाडी दिनेश राउतको चलचित्र गर्दै प्रदिप खड्का

क्यानाडानेपाल डेस्क भाद्र ३० २०७७
  • 446
    SHARES
  • 'हुतुतु' अगाडी दिनेश राउतको चलचित्र गर्दै प्रदिप खड्का

    युवापुस्ताका सफल अभिनेता प्रदिप खड्का अभिनित चलचित्र 'प्रेमगीत ३' रिलिजको पर्खाईमा रहेको छ।  कोभिडका कारण फैलिएको सन्त्रास र लकडाउनका कारण ठप्प बनेको चलचित्र क्षेत्र कहिले सुचारू हुने हो त्यो अन्योलता कायम रहेको छ।   यो बिचमा प्रदीपले सन्तोष शेन निर्मित चलचित्र 'हुतुतु' साईन गरिसकेका छन्।  


    यहि बिचमा निर्देशक दिनेश राउतको चलचित्रमा प्रदिप अनुबन्धित भएका छन्। प्रदिप र दिनेश मिलेर गायक अरुण थापाको जीवनीमा चलचित्र बनाउने तयारी रहेको थियो।  यो चलचित्र अहिले नबन्ने भएपछि प्रदिप र दिनेश अर्को चलचित्रमा सहकार्य गर्दैछन्।   स्थिति सहज भएर सरकारले अनुमति दिएपछि चलचित्रको छायाकन गर्ने सोचमा निर्माण टिम रहेको छ।  


    भाद्र ३०, २०७७ मंगलवार १४:०४:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदिप खड्का
  • # दिनेश राउत

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    चर्चित गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

    क्यानाडानेपाल

    आश्विन १२

  • 118
    SHARES
  • चर्चित गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

    काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्रमा इन्ट्री गरेका छन् । यसअघि दीपकराज गिरीको चलचित्र ‘छ माया छपक्कै’ मा प्रोमोसनल गीतमा देखिएका दुर्गेशले अब नायकको भूमिका निभाउने भएका छन् ।

    उनी नयाँ चलचित्र ‘ए मेरो हजुर ४’मा जोडिएका छन् । उनी गायक र मुख्य एक भूमिकामा अनुबन्धित भएका छन् । 

    ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

    यो चलचित्रको छायाँकन आगामी शुक्रबारबाट सुरु गर्ने निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

    चलचित्रको निर्देशन झरना थापाले गर्दैैैछिन् । यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाइएको छैन ।


    आश्विन १२, २०७७ सोमवार १२:२७:०४ बजे : प्रकाशित

    मेलिना राईको गीतमा अभिनेता ध्रूब दत्त र निरु कोइरालाको रोमान्स

  • 320
    SHARES
  • मेलिना राईको गीतमा अभिनेता ध्रूब दत्त र निरु कोइरालाको रोमान्स

    काठमाडौँ । गीतकार ज्योति गुरुङको शब्द रहेको 'यो कस्तो माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गुरुङको  आफ्नै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोले प्रेम वियोगको कथालाई मर्म स्पर्शी ढंगले प्रस्तुत गरेको छ । 

    लामो समयदेखि बेलायतमा नै बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा निरन्तरता दिने बताएकी छिन् । शनिबार सार्वजनिक गीतमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । जसमा संगीत अर्जुन सुनमको रहेको छ  भने एरेन्ज बिबी अनुरागीको रहेको छ । 

    एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई पछिल्लो पुस्ताका चर्चित निर्देशक कुशल श्रेष्ठले कलात्मक शैलीमा सं्रब्य दृश्य मार्फत प्रस्तुत गरेका छन् ।

    जसमा अभिनेता  ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको जिवन्त अभिनय देख्न सकिन्छ । बेलायतमा नै छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै रहेको छ ।  निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्रका गीत र म्युजीक भिडियो गरी ३ दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।


    आश्विन १०, २०७७ शनिवार १७:४७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलिना राई
  • # यो कस्तो माया

  • क्यानाडानेपाल डेस्क

    प्रमोद खरेलको 'ओइ कान्छी' मा पल र पूजाको अभिनय (भिडियो)

  • 408
    SHARES
  • प्रमोद खरेलको 'ओइ कान्छी' मा पल र पूजाको अभिनय (भिडियो)

    काठमाडौं - गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेल र सुजता केसीको सुमधुर स्वरमा 'ओइ कान्छी' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने एरेञ्ज सहस शाक्यको रहेको छ । भिडियोमा पल शाह र पूजा शर्माको धमाकेदार अभिनय रहेको छ । 

    काजिस श्रेष्ठको कोरियोग्राफी एंव निर्देशन रहेको छ यस भिडियोलाई अर्जुन तिवारी खिचेका हुन् । भिडियोको सम्पादन भने दिपक विष्टले गरेका हुन् ।


    आश्विन १०, २०७७ शनिवार १३:००:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडानेपाल डेस्क

    सौगात र सृष्टिको चलचित्र 'तीन जन्तु' को टिजर सार्वजनिक

  • 270
    SHARES
  • सौगात र सृष्टिको चलचित्र 'तीन जन्तु' को टिजर सार्वजनिक

    काठमाडौं । अर्पण थापाको नयाँ चलचित्र 'तीन जन्तु' को टिजर सार्वजनिक भएको छ । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ को मूख्य अभिनय रहेको चलचित्र 'तीन जन्तु' को टिजर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

    यस चलचित्रमा पैसाको लुटपाटका पछाडिको कथा देखाइनेछ । चलचित्रमा सौगात मल्ल, अर्पण थापा, रोविन तामाङ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 
     
    चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्र २०२१ को जनवरी १ मा रिलिज गरिने बताइएको छ । 

     


    आश्विन १०, २०७७ शनिवार ११:५६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तीन जन्तु

  • क्यानाडानेपाल डेस्क

    साम्राज्ञी राज्यलक्ष्मी शाह: हटेन निर्माताको रोजाई , घटेन उनको व्यस्तता

  • 398
    SHARES
  • साम्राज्ञी राज्यलक्ष्मी शाह: हटेन निर्माताको रोजाई , घटेन उनको व्यस्तता

    साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हो । 'ड्रिम्स' चलचित्रबाट डेव्यु गरेकी शाहले आफ्नो उपस्थिति नेपाली चलचित्र क्षेत्रमा शिर्ष स्थानमा राख्न सफल भएकी छिन्।  मिडियामा पनि साम्रागी अनेक हिसाबले छाईरहेकी हुन्छिन् । चर्चा र विवादको बिचमा रहने साम्राज्ञी पछिल्लो पुस्तामा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री मध्येमा पर्छिन् । लकडाउनको बिचमा उनले दिएको अभिव्यक्तिले चलचित्र  क्षेत्र र आम दर्शकमाझ तरंग पैदा गर्यो । उनले आफुले चलचित्र क्षेत्रमा प्रवेश गर्दा भोगेका पिडा खुलस्त पोखिन् । ह्यारेस्मेन्ट देखि धेरै बिषयमा उनले उठाएको आवाजले उनलाई चलचित्रमा लिन निर्माता निर्देशक सोचनीय हुने आवाज उठ्न थाल्यो ।

    तर यसको ठिक विपरित अभिनेत्री शाह एकपछी अर्को चलचित्रमा लगातार अनुबन्धित भैरहेकी छिन् । उनले मनिष राउत र आना शर्मा साथ रहने एक चलचित्र केहि समय अगाडी साइन गरेकी थिइन् । केहि दिन अगाडी मात्र उनले पल शाहसंग जोडी बाधिने एक चलचित्रमा साईन गरेकी छिन् । यही बिचमा निर्देशक मिलन चाम्सको चलचित्रमा उनि अनुबन्धित भएको खबर बाहिरिएको छ । त्यस्तै एक ठुलो व्यानरको मल्टिस्टारर चलचित्रको लागी पनि उनको नाम अगाडी आइरहेको छ ।

    आफुलाई प्रमाणित गरेरे 'टप पेड' अभिनेत्रीको रुपमा  स्थापित गर्न सफल भैसकेकी शाहको नेपाली चलचित्रमा उपस्थिति अझ दरिलो र बलियो रहने पक्कापक्की जस्तै देखिन्छ । पछिल्ला केहि चलचित्र कर्मसियल हिसाबले सफल हुननसके पनि उनको माग र चर्चा भने अझ बढ्दो रहेको छ ।


    आश्विन १०, २०७७ शनिवार ११:५६:१३ बजे : प्रकाशित

    प्रताप दासको 'खेल रैछ माया' सार्वजनिक 

  • 292
    SHARES
  • प्रताप दासको 'खेल रैछ माया' सार्वजनिक 

    काठमाडौं - सौगात श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दासको सुमधुर स्वरमा 'खेल रैछ माया' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । 

    गीतमा सौगात श्रेष्ठको शव्द र वल्सन श्रेष्ठको संगीत रहेको छ । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा उदाएका प्रतापको गीत धेरैले रुचाउने गर्छन् । गीतको भिडियोमा प्रताप आफै देखिएका छन् । 

    गीतको भिडियोमा प्रदाप दासलाई मात्र देखिएको छ । भिडियोलाई कृष्ण मगरले छायाँकन, वल्सन श्रेष्ठको निर्देशन र बिक्रम शाक्यको सम्पादन रहेको छ । 

     


    आश्विन १०, २०७७ शनिवार ११:११:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रताप दास

  • क्यानाडानेपाल डेस्क

    images
    ताजा खबर