शुक्रबार
२९ कार्तिक
२०७६

कुवेतमा एक नेपालीको ज्यानगयो, शोकमा परिवार

आइतबार कार्तिक १०, २०७६/ Sunday 10-27-19

कुवेत - कुवेतमा एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । उनको गत बुधवार आफू कार्यरत  कम्पनीमा ज्यान गएको हो । ६ महिना अघि कुवेत आएका उनको बुधबार  कार्यस्थलमै ज्यान गएको जनाइएको छ । 

उनलाई कार्यस्थलमा नै भुँईमै लडेको अवस्थामा भेटिएको जनाइएको छ । उनको के कारणले ज्यान गएको हो भन्ने बारे अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।