• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

धितोपत्र बजार : नेप्से झिनो अङ्कले ओरालोतर्फ

क्यानाडानेपाल डेस्क भाद्र ३० २०७७
  • 312
    SHARES
  • धितोपत्र बजार : नेप्से झिनो अङ्कले ओरालोतर्फ

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए । 
     
    स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । 

    स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीले रु १३ करोड १३ लाख ८२ हजार ८५० बराबरको कारोबार गरेको छ । यस्तै, नेको इन्सुरेन्स रु सात करोड २५ लाख ८१ हजार ५५८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड १७ ५७ हजार ३०८, कुमारी बैंक रु सात करोड १४ लाख १५ हजार ९९७ र नेपाल बैंक रु छ करोड ९३ लाख ५४ हजार ७१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

    दिव्यश्वरी हाइड्रोपावर १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९२, रिलायन्स लाइफ इन्सुरेन्स ९.८६, खानीखोला हाइड्रोपावर कम्पनी ९.८४, घलेम्दी हाइड्रो ९.५९ र युनियन हाइड्रो पावरका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । यस्तै, माउण्टेन हाइड्रो ४.८५, राधी विद्युत् कम्पनी ४.०२, गोर्खाज फाइनान्स ३.८३, एचआइडिसिएल ३.८२ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए । रासस
     


    भाद्र ३०, २०७७ मंगलवार १९:४७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सुनको मूल्य फेरि ओरालो, हेर्नुहोस् आजको बजार भाउ

    क्यानाडानेपाल

    आश्विन ११

  • 1.4K
    SHARES
  • सुनको मूल्य फेरि ओरालो, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । केही दिनयता सुनचाँदीको मूल्यमा घटबढ हुने क्रम चलिरहेको छ । दुई तीन दिन घट्छ भने फेरि ओरालो लाग्न थालिहाल्छ । साताको पहिलो दिन सुनको मूल्य घटेको छ ।

    सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन तोलाको ९३ हजार नौ सय रुपैयाँ थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर ११ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।


    आश्विन ११, २०७७ आइतवार १२:२८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनचाँदीकाे मूल्य

  • क्यानाडानेपाल

    यस बर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

    यस बर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

    काठमाडौं – यस बर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु नबाड्ने भएको छ । नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजनामा रहेको बताइएको छ । 

    नेपालमा कोरोनाभाइरसको जोखिम बढ्दै गइरहेकोले यस बर्षको दशैमा भीडभाड हुने हुनाले नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको बताइएको छ ।

    दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा  राष्ट्र बैंकले आधिकारिक जानकारी भने दिएको छैन । राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैया दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो । 
     


    आश्विन ९, २०७७ शुक्रवार १९:२५:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक

  • क्यानाडानेपाल डेस्क

    महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा सञ्चालन 

    महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा सञ्चालन 

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाइ सजिलो बैकिङ्ग सेवा प्रदान गर्न बैंकले सिराहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पु-याउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । 

    बैंकले आज शुक्रबार देखि गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै महालक्ष्मी विकास बैंकका शाखा १ सय ३ पुगेको छ । 

     


    आश्विन ९, २०७७ शुक्रवार १८:४७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महालक्ष्मी विकास बैंक

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर  

    हेर्नुहोस् यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर  

    काठमाडौं - शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

    त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।  

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १० पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ ।   

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ २७ पैसा तोकिएको छ।  

    nrb_m7iKhfIgl2.jpg

     


    आश्विन ९, २०७७ शुक्रवार ११:२४:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    आठ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

  • 800
    SHARES
  • आठ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । केही दिनयता लगातार घटेको सुनचाँदीको मूल्य शुक्रबार बढेको छ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार तोलामा १२ सयले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ९३ हजार नौ सय कायम भएको छ । यस्तै, तेजाबी सुन पनि बढेको छ । आज ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

    केही दिनदेखि घटेको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाले वृद्धि भई ११ सय ६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।


    आश्विन ९, २०७७ शुक्रवार ११:१७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल

    ह्वात्तै घट्यो प्याजको मूल्य

  • 5.9K
    SHARES
  • ह्वात्तै घट्यो प्याजको मूल्य

    काठमाडौं - केही समयअघि ह्वात्तै बढेको प्याजको मूल्य पछिल्लो दिनहरुमा घट्दै गइरहेको छ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि बढेको प्याजको मूल्य सरकारले बजार अनुगमन गर्न थालेपछि घट्दै गएको हो । 

    भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले अनुगमन शुरु गरेको थियो । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकोमो बढ्दै गई प्रतिकिलो १ सय १९ रुपैयाँसम्म पुगेको थियो ।

    त्यस्तै खुद्रा व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म प्याज बिक्रि गरिरहेका थिए । कालीमाटी बजारमा अहिले प्याजको मूल्य घटेर प्रतिकिलो १ सय २ रुपैयाँ पुगेको छ ।
     


    आश्विन ९, २०७७ शुक्रवार ०९:२४:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्याजको मूल्य

  • क्यानाडानेपाल डेस्क