• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

दुरुस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने मानिस भेटिए

क्यानाडानेपाल डेस्क भाद्र ३० २०७७
  • 454
    SHARES
  • दुरुस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने मानिस भेटिए

    काठमाडौं - हामिलाई थाहा नै छ, उस्तै अनुहार भएकाहरु पनि हुने गर्छन् । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार सँग मिल्ने मानिस पनि भेटिएको छ । 

    तपाईलाई अचम्म लाग्ला, तर मोदीको जस्तै अनुहार भएका व्यक्ति भारतमै फेला परेका छन् । उनको नाम पनि उस्तै छ । भारतिय मिडियाका अनुसार मोदीसँग मिल्ने हनुहार भएका मानिसको नाम पनि नन्दन मोदी नै हो । 

    उनलाई झट्ट हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिन्छन् । उनी एक भाषणमा बोल्दै गर्दा भेटिएको थियो । भ्रष्टाचार मुक्त न्याय दलको  तर्फबाट बिहार पुगेका उनलाई देखेर धेरै चकित परे । उनी प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिएका थिए ।


    भाद्र ३०, २०७७ मंगलवार २१:४५:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    आइसले भरिएको बाकसमा साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखे यी व्यक्तिले

    आइसले भरिएको बाकसमा साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखे यी व्यक्तिले

    एजेन्सी - विश्वमा धेरै अनौठा प्रतिभा भएका मानिसहरु छन् । धेरैले विश्वलाई नै चकित पार्ने अनौठो कार्य गरेर विश्व किर्तिमान पनि राखेका छन् । यस्तै अष्ट्रियाका एक व्यक्तिले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । 

    अष्ट्रियाका एक पुरुषले आइस भित्र साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखेका हुन् । आइस क्युव भरिएको काँचको बाकसमा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन राख्ने व्यक्ति कोयवर्ल हुन् । 

    उनको यो कार्यले अहिले विश्व नै चकित छ । उनले पौडी खेलको कटु मात्र लगाएर आइसले भरिएको काँचको बाकसमा बसे । आइस उनको काँधसम्म आएको थियो । 

    सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्न ४ सय ४० पाउन्ड आइस थपेका थिए । उनले उनले उक्त कार्य मेल्क शहरमा आयोजित एक कार्यक्रममा पनि देखाएका थिए । 

    पत्रकारको प्रश्नमा उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताए
     


    आश्विन ७, २०७७ बुधवार २२:०६:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइस
  • # विश्व किर्तिमान

  • क्यानाडानेपाल डेस्क

    सार्वजनिक यातायातमा यी व्यक्तिले ज्यूँदो सर्पलाई मास्क बनाएर हिँडेपछि ...

    सार्वजनिक यातायातमा यी व्यक्तिले ज्यूँदो सर्पलाई मास्क बनाएर हिँडेपछि ...

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउने र नियमित साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने लगायतका उपायहरु अपनाइरहेका छन् । 

    कोरोनाको संक्रमणबाट जोगिन विभिन्न देशमा मास्क अनिवार्य गरिएको छ । अहिले मानिसहरुले कपडा र कागजको मास्क लगाएको देखेका छौ । तर एक व्यक्तिले सर्पको मास्क लगाएका छन् । 

    सुन्दा अचम्म लाग्ला, तर बेलायतको म्यानचेस्टर सहरस्थित सार्वजनिक यातायातमा एक व्यक्तिले ज्युँदो सर्पले नै मुख छोपेर मास्कको काम चलाएका छन् । अहिले उनको यो तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

    ती व्यक्तिले सर्पले नै नाक छोपेका छन् । सार्वजनिक यातायातमा मानिसहरुले फन्नि मास्क सम्झिए तर केही छिन् पछि सर्प चल्न थालेपछि मानिसहरु अचम्म माने । 

    किनकी सर्प निउँदो थियो । ती व्यक्तिले जिउँदो सर्प भिरेको खबर भाइरल भएपछि उनलाई कारबाहीको दायरामा ल्याइएको छ ।  


    आश्विन ६, २०७७ मंगलवार २१:००:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्यूँदो सर्पलाई मास्क

  • क्यानाडानेपाल डेस्क

    अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

  • 1.5K
    SHARES
  • अनौठो जातको बाख्रा, जुन फल खान रुखमा चढ्ने गर्छन्

    काठमाडौं - हामिले रुखमा बाँदर, लोखर्के, चितुवा चढेको देखेका र सुनेका छौं । तर के तपाइले बाख्रा रुखमा चढेको सुन्नुभएको छ । हामिलाई थाहाँ छ ? बाख्रा जमिनमा मात्र दौडन र हिड्न सक्छ । 

    तपाईलाई पत्यार नलाग्ला ! तर यस्तो बाख्रा पनि हुन्छ, जुन रुखमा चढ्न सक्छ । रुखमा चढ्ने यो अनौठो बाख्राको जाति अफ्रिकी देश मोरक्कोमा पाइने गर्छ । 

    यी बिशेष जातिका बाख्राले रुखमा चढेर नै फलहरु खाने गर्छन् । भोक लागेमा बाख्राहरु रुखमा चढेर भोक मेटाउने गर्छन् । तपाईलाई थाहाँ छ यो बाख्राको मल अर्थात बड्कौँला निकै महँगो हुन्छ । 

    यो जातिका बाख्रा पाल्ने किसानले मल बेचेरै करोडौँ कमाउने गर्छन् । अल्जेरियाका केही क्षेत्रमा पाइने आर्गन नामको वनस्पती यी बाख्राले धेरै नै मन पराउने गर्छन् । यस वनस्पती बाख्राले खान्छन् तर बिज पचाउन सक्दैनन् । 

    किसानले बाख्राको मलबाट पचाउन नसकेको उक्त बिज  छुट्टाउने गर्छन् । यस बिजबाट तेल पनि निकाल्ने गरिन्छ । यसको तेल कस्मेटिक उद्योगमा महँगोमा बिक्रि हुने गर्छ । 
     


    आश्विन ५, २०७७ सोमवार २१:४२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुखमा चढ्ने
  • # बाख्रा

  • क्यानाडानेपाल डेस्क

    वर्षौंदेखी हराएका बोल्न र सुन्न नसक्ने बुबा टिकटककै कारण भेटिएपछि ...

    वर्षौंदेखी हराएका बोल्न र सुन्न नसक्ने बुबा टिकटककै कारण भेटिएपछि ...

    काठमाडौं । अहिले धेरैले टिकटक भिडियो बनाएर रमाइलो गर्ने गर्छन् । टिकटकमा बालबालिकादेखी उमेर पुगेका मानिसहरुलाई पनि देखिन्छन् ।

    फेसबुक, ट्वीटर, युट्युब भन्दा पनि अहिले टिकटकका फ्यानहरु धेरै भएका छन् । धेरै युवायुवतीहरु खाली समयमा टिकटकमा नै व्यस्त हुने गर्छन् । 

    यस्तै टिकटक भिडियोले नै हराएका मानिस भेटिएका छन् । लामो समयदेखी हराएका मानिसले टिकटकले नै गर्दा आफ्नो परिवार फेला परेका छन् । यो  घटना भारतको तेलंगानाको हो । 

    तेलंगनाको भद्रादी कोठागुडममा बस्ने५५ वर्षका एक व्यक्ति हराए । बोल्न र सुन्न  नसक्ने ती व्यक्ति पञ्जावको लुधियाना शहरमा पुगे । बोल्न र सुन्न नसक्ने हुनाले आफ्नो घर फेला पार्न सकेनन् । 

    घर जाने बाटो नपाएपछि उनी फ्लाईओभर भन्दा तल अरु मानिसहरु पनि बस्ने ठाउँमा बस्न थाले । बोल्न र सुन्न नसक्ने हुनाले उनले आफ्नो बारेमा कसैलाई जानकारी गराउन सकेनन् । उनी हराएको बर्ष बित्यो । कोरोना महामारी पनि आयो । 

    कोरोनाका कारण लकडाउन हुँदा उनले खानेकुरा पनि पाउन सकेनन् । उनी भोकै पनि रात बिताउन थाले । त्यसपछि एक दिन पञ्जाव पुलिसले कन्सटेबल अजैव सिंहले त्यहाँ रहेकाहरुलाई खाना खुवाउन पुगे । खाना खुवाएको भिडियो खिचे र सामाजिक सञ्जालमा राखे । 

    भिडियो टिकटकमा पनि भाइरल बन्यो । टिकटक भिडियो देखेपछि गाउँका मानिसहरुले परिवारलाई खबर गरिदिए । त्यसपछि परिवारले उनलाई घर लगको भारतिय मिडियामा बताइएको छ । 


    आश्विन ४, २०७७ आइतवार २२:०४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टिकटक
  • # हराएका

  • क्यानाडानेपाल डेस्क

    महँगो सिक्का, जसको मूल्य २ करोड डलर पर्‍यो

  • 1.3K
    SHARES
  • महँगो सिक्का, जसको मूल्य २ करोड डलर पर्‍यो

    एजेन्सी - हामिले सामान्य ठानेका केही बस्तुहरु निकै महँगा हुन्छन् । हेर्दा मूल्य नपर्ने जस्तो देखिने पुराना बस्तुहरु मूल्यवान हुने गर्छन् । यस्तै एक सिक्का निकै महँगो पर्न गएको छ । तपाईलाई पत्यार नलाग्ला, तर एक चाँदीको डलर २ करोड डलर पर्न गएको छ । 

    सन् १७९४ को चाँदीको डलर सन् २०१३ मा लिलामीमा राखिएको थियो । त्यतिबेला एक करोड डलर परेको मूल्य राखिएको थियो । ब्रस मोरिलेन नामका व्यक्तिले यस सिक्कालाई सपनाको सिक्का पनि भने । 

    विश्व किर्तिमान राखेको यस सिक्काको मूल्य यसअघि कुनैपनि सिक्काको मूल्य तिरिएको थिएन । ती व्यक्तिले सात वर्षपछि सिक्का विक्रीमा राख्दा मूल्य २ करोड डलर राखेका थिए । उनी महँगो सिक्का बेच्नुपर्दा दुखी पनि थिए । 
     


    आश्विन ४, २०७७ आइतवार २१:१७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगो सिक्का

  • क्यानाडानेपाल डेस्क

    यी जुत्ता पोलिस गर्ने मानिस, जसले कमाउछन् महिनामै १८ लाख 

  • 2.9K
    SHARES
  • यी जुत्ता पोलिस गर्ने मानिस, जसले कमाउछन् महिनामै १८ लाख 

    काठमाडौं - मानिसहरुले जस्तो काम पनि गरिररहेका हुन्छन् । काम अनुसार पैसा पनि थारै र धेरै हुने गर्छ । भनिन्छनी काम ठुलो र सानो हुँदैन भने । यस्तै सानो कामबाट शुरु गरेमा भोली ठुलो हुँदै जान्छ । 

    सानै कामबाट पनि धेरैले राम्रो कमाई गरिरहेका छन् । जुत्ता पालिस गर्ने काम हामि धेरै नै सानो मान्छौ । तर जुत्ता पालिस गरेर नै एक जनाले लाखौ कमाइरहेका छन् । तपाईलाई पत्यार नलाग्ला, तर डान वार्ड नामका एक व्यक्तिले जुत्ता पालिस गरेर नै लाखौ कमाउछन् । 

    उनी अमेरिकाको मैनहट्टन शहरमा बस्ने गर्छन् । उनी पहिले फोटो स्टुडियोमा काम गर्थे । तर उनलाई यस कामले गुजारा चलाउन नै गाह्रो भयो । उनले त्यो काम छोडेर जुत्ता पालिस गर्ने काम गरे । 

    जुत्ता पालिस गरिरहेका उनी अहिले आफ्नो कामबाट सन्तुष्ट छन् । उनी रमाइला छन् । जुत्ता पालिस गर्ने समयमा उनले सबैलाई हसाइरहने गर्छन् । तपाईलाइृ अचम्म लाग्ला, उनले जुत्ता पालिस गरेर महिनामै १८ लाख रुपैयाँ कमाउँदै आएका छन् । 

    उनी पसलमा बसेर हाँस्दै मानिसहरुलाई जुत्ता पोलिस गर्न आग्रह गर्छन् । उनले यस काम गर्दा धेरै मजा आएको र साथिहरुले गरेको देखेर आफुले यो काम गरेको बताएका छन् ।


    आश्विन ३, २०७७ शनिवार २०:१५:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जुत्ता पोलिस

  • क्यानाडानेपाल डेस्क