• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

हर्ड इम्युनिटी भनेको के हो, के यसले कोरोनाभाइरस संक्रमण निको पार्न मद्दत गर्छ ?

रोहित शर्मा भाद्र ३१ २०७७
  • 1.0K
    SHARES
  • हर्ड इम्युनिटी भनेको के हो, के यसले कोरोनाभाइरस संक्रमण निको पार्न मद्दत गर्छ ?

    काठमाडौँ। कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या विश्वव्यापीरूपमा बढ्दै गएको छ। विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोनाभाइरसविरुद्धको खोपको विकासका लागि संसारभरका वैज्ञानिक दिन रात काम गरिरहेका छन्।

    त्यसैगरी, विश्वभरका स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरुले मानिसलाई यस घातक रोगबाट जोगाउनको लागि उत्तम उपाय वा तरिका पत्ता लगाउन काम गरिरहेछन्। यसैक्रममा अहिले विश्वभर हर्ड इम्युनिटीबारेमा धेरै चर्चा भइरहेको छ। 

    विश्वव्यापीरूपमा संक्रमित हुनेको संख्या बढ्दै गएको समयमा हर्ड इम्युनिटीले महामारीको मार्गलाई कसरी बदल्न सक्छ, के यो पद्धति  ठिक हो या होइन, हर्ड इम्युनिटीलाई कसरी हासिल गर्ने, के एकपटक हर्ड इम्युनिटी हासिल गरेपछि यसले मास्क र सामाजिक दूरीको आवश्यकता कम गर्दछ, के यसले मानिसहरुलाई फेरि आफ्नै पुरानो जीवनशैलीमा फर्कन मद्दत गर्छ जस्ता यावत प्रश्नहरु उठिरहेका छन्।  

    आखीर के हो हर्ड इम्युनिटी ?

    सामान्य भाषामा हर्ड अर्थात् बथान वा झुण्ड र इम्युनिटी भन्नाले प्रतिरक्षा प्रणाली हो । हर्ड इम्युनिटी वा समुदायिक इम्युनिटी भनेको एउटा झुण्ड वा समुदायको ठूलो जनसंख्यामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु हो । 

    जोन हप्किन्स विश्वविद्यालयकाअनुसार जब अधिकांश जनसंख्या संक्रामक रोगबाट प्रतिरक्षित हुन्छन्, यसले अप्रत्यक्ष सुरक्षा प्रदान गर्दछ । हर्ड इम्युनिटी जसलाई हर्ड संरक्षण पनि भनिन्छ, विकास हुने गर्दछ । यस्तो अवस्थामा हर्ड इम्युनिटीले रोगसँग लड्ने क्षमता कम भएका मानिसहरुमा पनि सुरक्षा प्रदान गर्न सक्दछ।  

    उदाहरणको लागि यदि जनसंख्याको ८० प्रतिशतसँग भाइरससँग लड्ने प्रतिरोधात्मक छ भने प्रत्येक पाँच व्यक्तिमध्ये चार जना यस्ता भाइरसको जोखिमबाट बच्ने गर्दछन् र भाइरस फैलिने दर कम हुने गर्दछ। यस तरिकाले संक्रमणको असर अनुसार संक्रामक रोगहरूको प्रसार तथा फैलावटलाई नियन्त्रणमा राख्न सकिन्छ।

    प्रायः ७० देखि ९० प्रतिशत मानिसहरुमा प्रतिरक्षा प्रणालीको विकास भएमात्र हर्ड इम्युनिटीलाई प्राप्त गर्न सकिन्छ। दादुरा, पोलियो, गलगाँड, ठेउलाजस्ता रोगहरु संक्रामक रोगहरूको उदाहरण हो, जुन विश्वमै महामारी हुने गर्थ्यो। तर अहिले यस रोगबाट पीडित हुने कमै भेटिन्छन् ।

    विशेषगरी कम तथा अल्पविकसित तथा गृह युद्धमा फसेका मुलुकमा बढी देखिन्छन्। यसबाहेक अन्य विकसित मुलुकहरुमा नगन्य मात्रामा देखिन्छन्, यसको प्रमुख कारण मानिसमा आएको चेतना, यसकाविरुद्ध लगाइने खोप मानिँदै आएको छ । जसले विश्वभर एक किसिमको हर्ड इम्युनिटी स्थापित गर्न सहयोग पु¥यायो ।

    विश्वस्वास्थ्य संगठनले विश्वभरका सबै मुलुकमा विभिन्न रोगविरुद्धका खोप लगाउने अभियानकै रुपमा कार्यक्रम गर्दै आएको छ ।जोन हप्किन्स विश्वविद्यालयका अनुसार खोप नभएका संक्रामक रोगहरुको खण्डमा यदि धेरै वयस्कहरूले पहिले संक्रमणको कारण प्रतिरक्षा विकास गरेको छ भने पनि बालबालिका तथा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई संक्रमित गर्न सक्छ। जुन भ्याक्सिनहरू विकास हुनु पूर्व धेरैजसो माथि उल्लिखित रोगहरूको लागि देखिएको थियो।  

    हर्ड इम्युनिटी कसरी प्राप्त हुन सक्छ ?

    वेभएमडीकाअनुसार सामान्यतया हर्ड इम्युनिटीलाई प्राप्त गर्न दुईवटा तरिकाहरु रहेका छन्।  

    प्राकृतिकरूपमा प्रतिरक्षा क्षमताको विकास गर्न सकिन्छ – जब जनसंख्याको एक ठूलो अनुपात संक्रमित हुन्छन् तब शरीरले संक्रमणसँग लड्न एन्टिबडीहरू बनाउँछ । र जब संक्रमणमुक्त भइन्छ, यस्तो अवस्थामा शरीरले विकास गरेको उक्त एन्टिबडीहरूलाई सुरक्षित साथ शरीरले राख्दछ र अर्को संक्रमणबाट बचाउँदछ।

    यसकै एक उदाहारण हो, ब्राजिलमा फैलिएको जीका भाइरस । जसको प्रकोप सुुरु भएको दुई वर्षपछि ब्राजिलमा ६३ प्रतिशत जनसंख्या यस भाइरसबाट संक्रमित भएका थिए। यस सन्दर्भलाई ध्यानमा राख्दै अन्वेषकहरुले समुदायले हर्ड इम्युनिटी सहि तहमा पुगेर विकास भएको विश्वास गर्छन्। 

    खोपहरूले पनि प्रतिरोध क्षमताको निर्माण गर्छन् – कुनै संक्रामक रोगको खोप विकास भएको छ र यसलाई मानिसहरुमा दिएको छ भने पनि यसले शरीरमा प्रतिरोधात्मक क्षमताको निर्माण गर्न मद्दत गर्दछ। उदाहरणको लागि, कुनै एक व्यक्ति भाइरस वा ब्याक्टेरियाले संक्रमित भएको छ भने उसलाई खोप दिएर निको पारियो । तर, पछि फेरि उसलाई त्यस्तै खालको संक्रमण भयो भने खोपले निर्माण गरेको एन्टिबडीहरूद्वारा ऊ सुरक्षित हुनसक्छ।  जसको प्रत्यक्ष उदाहरण हो अमेरिकामा रोकिएको पोलियो रोग ।   

    समुदाय हर्ड इम्युनिटीमा कति बेला पुग्छ ? 

    समुदाय हर्ड इम्युनिटीमा पुग्न पुनः उत्पादन संख्या वा आरजिरो (R0) मा निर्भर गर्दछ। आरजिरोलाई भन्दा आर नट भनेर भनिन्छ। आरजिरो एक गणितीय शब्द हो, जसले संक्रामक रोग कति संक्रामक क्षमता हो भन्ने संकेत गर्दछ। यसलाई पुनरुत्पादन नम्बर पनि भनिन्छ ।

    जब संक्रमण एक नयाँ व्यक्तिमा हुन्छ, यसले आफैं पुनः उत्पादन गर्दछ। (R0) अर्थात् आर नटले एक संक्रमित व्यक्तिले कति जना नयाँ संक्रमण गर्न सक्छ, त्यसको हिसाब गर्दछ।  उदाहरणका लागि कुनै एक संक्रमणको यदि आर नट अर्थात ((R0) भ्यालु एकभन्दा कम भए,  यस्तो अवस्थामा संक्रमित व्यक्तिले एक भन्दा कम मानिसलाई संक्रमण फैल्याउँदछ र यसलाई सामान्य रुपमा लिन सकिन्छ।  किनभने  आर नटको भ्यालु एकभन्दा कम भए यसमा मृत्यु पनि धेरै कम हुन्छ।  

    त्यसैगरी, आर नटको भ्यालु एकभन्दा बढी भए, यस्तो अवस्थामा संक्रमित व्यक्तिले एकभन्दा बढी मानिसलाई संक्रमित गर्न सक्छ, जसले महामारीको रुप धारण गर्छ। 

    कोरोनाभाइरस संक्रमणमा आर नट कति छ ? 

    सन् २०२० अप्रिल २० मा प्रकाशित इमर्जिङ इन्फेक्सियस डिजिजेजकाअनुसार त्यतिबेला कोरोनाभाइरसको आरनट भ्यालु ५ दशमलव ७ को मध्यिका रहेको थियो।  जसलाई वैज्ञानिकहरुले त्यो समयमा २ दशमलव २ र ७ को बीचमा रहने अनुमान गरेका थिए, तर त्यो अनुपात दोब्बरमा परिणत भयो। 

    आरनट ५.७ भन्नाले एक संक्रमित व्यक्तिले कम्तिमा ५ देखि ७ जनालाई संक्रमण गर्न सक्छन्, जुन पहिला वैज्ञानिकहरुले एक व्यक्तिले औसत २ देखि ३ व्यक्तिलाई संक्रमण गर्ने दावी गरेका थिए।

    त्यसैगरी, कतिपय अन्वेषकहरुले कोभिड १९ को आर नट भ्यालु २ देखि ३ सम्म रहेको पनि बताएका छन्, जुन विश्व समुदायमा अझै पनि अन्योलता छाएको छ। यदि आरनट भ्यालु २ देखि ३ हो भने कुनै पनि समुदाय वा बथानको ६० देखि ७० प्रतिशत जनसंख्याले कोरोनाभाइरसको प्रतिरक्षा प्रणाली विकास गर्नुपर्दछ अनि मात्र एउटा समुदाय वा झुण्डमा हर्ड इम्युनिटीको विकास हुन्छ।  

    कोभिड १९को केसमा हर्ड इम्युनिटी प्राप्त गर्ने चुनौती के ? 

    कोभिड १९को केसमा हर्ड इम्युनिटी प्राप्त गर्ने मुख्य चुनौती भनेको यो भाइरस विश्वका लागि ’नोभेल’ अर्थात् नयाँ हो। यसको मतलव भाइरसबाट यस पूर्व कोही पनि संक्रमित भएका थिएनन्, जसका कारण विश्वका सबै मानिसहरु यस भाइरसबाट संक्रमित हुने खतरा रहेको छ।

    यसका साथै यस भाइरसविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली अहिलेसम्म कसैले विकास गरेको छैन।  त्यसैगरी यसको अर्को सम्भावित अवरोध भनेको अहिलेसम्म कोभिड – १९ को प्रतिरोधात्मक क्षमता कत्तिको बलियो र कति लामो समयसम्म मानव शरीरमा टिक्न सक्नेबारेमा पत्ता लागेको छैन।  

    प्रारम्भिक चरणमा बाँदरहरूमा गरिएको अनुसन्धानमार्फत पत्ता लाग्यो कि बाँदरहरूले भाइरसविरुद्ध लड्ने एन्टबडीहरू बनाए र उक्त  एन्टबडीले बाँदरलाई दोस्रो संक्रमणबाट बचाएको थियो। यसर्थ, यदि कोरोनाभाइरस फ्लू जस्तै हो भने हामीले केहि महिना सुरक्षाको आशा गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

    जसकारण, कोरोनाभाइरसको खोप नभएको खण्डमा हर्ड इम्युनिटी विकास गर्न विश्वमा करिब ६० देखि ७० प्रतिशत मानिसहरुलाई यस भाइरसले प्रभावित गुर्नपर्छ, बिरामी पार्नु पर्दछ र प्रतिरोधात्मक क्षमताको विकास गर्नुपर्दछ। अनि मात्र, यस भाइरससँग लड्ने शरीरमा प्राकृतिक प्रतिरक्षा प्रणालीको विकास हुन्छ।


    भाद्र ३१, २०७७ बुधवार ०९:३६:१९ बजे : प्रकाशित

    अर्कोसमाचार

    कोरोनाबाट निधन हुनेको संख्या संसारभर १० लाख नाघ्यो, कुन देशमा कति ?

    क्यानाडानेपाल

    आश्विन १२

  • 652
    SHARES
  • कोरोनाबाट निधन हुनेको संख्या संसारभर १० लाख नाघ्यो, कुन देशमा कति ?

    काठमाडौं । विश्वभर कोरोना भाइरस महामारी सुरु भएको झन्डै १० महिना पुग्न लागेको छ । यस अवधिमा संसारभर १० लाख मानिसले ज्यान गुमाएका छन् । 

    सोमवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वमा तीन करोड ३२ लाख ९७ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ र दुई लाख ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

    अहिलेसम्म संक्रमितको संख्यामा कमी आउन सकेको छैन । केही देशमा दोस्रो लहर सुरु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या अमेरिकामा छ । अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् । हालसम्म कोरोना भाइरसका कारण दुई लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

    अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित छन् । कूल संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् । हालसम्म ९५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    ब्राजिलमा ४७ लाख ३२ हजार कूल संक्रमित पुगेका छन् ।अमेरिका, भारत, ब्राजिलपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा रसिया, कोलम्बिया पेरु, स्पेन लगायत छन् ।

    कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी अमेरिकी मुलुकहरु प्रभावित बनेका छन् । युरोपेली मुलुकमा पनि कोरोना भाइरसको दोस्रो लहर फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

    युरोपेली मुलुकमा कूल संक्रमितको संख्या ४८ लाख ४८ हजार रहेको छ भने पछिल्लो २४ घण्टामा मात्र ४५ हजारभन्दा बढी संक्रमित थपिएका छन् । युरोपेली मुलुकमा हालसम्म २ लाख २० हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २४ लाख ८८ हजार संक्रमणपछि निको भइसकेका छन् ।

    उत्तर अमेरिकामा कोरोना संक्रमणको संख्या ८७ लाख ३५ हजार पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या भारतमा रहेको छ। त्यसपछि इरान, बंगलादेश, इराक, साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

    एसियाली मुलुकमा कूल संक्रमितको संख्या एक करोड पुगेको छ । एसियाली मुलुकमा हालसम्म मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ भने निको हुनेको संख्या ८५ लाख ८७ हजारभन्दा बढी छ ।


    आश्विन १२, २०७७ सोमवार १०:४८:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 

  • 602
    SHARES
  • हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 

    काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,५७३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १,५७३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

    उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका ३, भोजपुरका १, मोरङका १५२, सुनसरीका ३, धनुषाका १, पर्साका १७, बाराका २०, महोत्तरीका ३, रौतहटका १६, सप्तरीका ८, सर्लाहीका १, सिरहाका १, काठमाडौंका ६३३, चितवनका ८३, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ७२, मकवानपुरका १, रसुवाका १, रामेछाप १, ललितपुरका १०४, सिन्धुपाल्चोकका ३, कास्कीका २८, गोरखाका १, तनहुँका ४, नवलपरासी पुर्वका ८, लमजुङका २०, बागलुङका ३२, स्याङजाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ३०, नवलपरासीका १, प्युठानका २, बर्दियाका ३३, बाँकेका ३३, रुपन्देहीका ४७, रोल्पाका ५, दैलेखका ४, सल्यानका १२, सुर्खेतका ७६, अछामका २, कन्चनपुरका १३, कैलालीका ५६, डोटीका १, बझाङका २४, र बैतडीका १ जना रहेका छन् । जसमा पुरुष १०४९ र महिला ५२४ रहेका छन् । 

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७३,३९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५३,८९८ पुगेको छ ।  यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ । 


    आश्विन ११, २०७७ आइतवार १६:३६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुन जिल्लामा कति
  • # नयाँ कोरोना संक्रमित

  • क्यानाडानेपाल डेस्क

    नेपालमा थप १,५७३ जनामा कोरोना संक्रमण

  • 258
    SHARES
  • नेपालमा थप १,५७३ जनामा कोरोना संक्रमण

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार पाँच सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । 

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४  पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । साथै ५३ हजार ८ सय ९८ जनाले कोरोनालाई जितेका छन् । 


    आश्विन ११, २०७७ आइतवार १६:२१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    त्रिभुवन विश्वविद्यालयले बनायो स्यानिटाइजर

    क्यानाडानेपाल

    आश्विन ११

  • 426
    SHARES
  • त्रिभुवन विश्वविद्यालयले बनायो स्यानिटाइजर

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्यानिटाइजर बनाएको छ । कोरोनाभाइरस संक्रमणको महामारी बढेसँगै विश्वभर स्यानिटाइजरको माग बढिरहेको छ । 

    यसैक्रममा नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले स्यानिटाइजर बनाएको छ । त्रिविको एग्रो बायोमेटेरियल रिसर्च सेन्टरले ह्याण्ड स्यानिटाइजर बनाएको हो । 

    डा. गिरिराज त्रिपाठीको नेतृत्वको एग्रो बायोमेटेरियल रिसर्च सेन्टरले ह्याण्ड स्यानिटाइजर बनाएको हो । 


    आश्विन ११, २०७७ आइतवार १२:११:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्यानिटाइजर

  • क्यानाडानेपाल

    हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 

    हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 

    काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,३१३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

    उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा खोटाङका  ३, झापाका १४, ताप्लेजुङका १, तेह्रथुमका १, मोरङका ६९, सुनसरीका २८, धनुषाका ११, पर्साका १५, बाराका १०, महोत्तरीका ५५, रौतहटका १, सप्तरीका ३, सर्लाहीका ३९, सिरहाका १३, काठमाडौंका ५०३, काभ्रेका ७, चितवनका ६७, दोलखाका १, धादिङका ४, नुवाकोटका ३, भक्तपुरका ५१, मकवानपुरका ९, रामेछापका ४, ललितपुरका ९१, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका १९, गोरखाका १६, तनहुँका १, नवलपरासी पुर्वका २४, लमजुङका ५, बागलुङका ८, स्याङजाका ४, अर्घाखाँचीका ४, कपिलवस्तुका ६, गुल्मीका ६, दाङका ९, नवलपरासीका २, पाल्पाका ६, प्युठानका १३, बर्दियाका ६, बाँकेका ३२, रुपन्देहीका ६१, दैलेखका १, सल्यानका १४, सुर्खेतका ९, अछामका २५, कन्चनपुरका १, कैलालीका ६, डोटीका २, दार्चुलाका १ र बझाङका २५ जना रहेका छन् । जसमा पुरुष ८६० र महिला ४५३ रहेका छन् । 

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७०,६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा १,४५५ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५१,८६६ पुगेको छ ।  यसैबीच पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको छ । 


    आश्विन ९, २०७७ शुक्रवार १६:४७:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुन जिल्लामा कति
  • # कोरोना संक्रमित

  • क्यानाडानेपाल डेस्क

    नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण

    नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार तिन सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । 

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार तिन सय १३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । साथै ५१ हजार ८ सय ६६ जनाले कोरोनालाई जितेका छन् । 


    आश्विन ९, २०७७ शुक्रवार १६:२१:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क