• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

कोरोना संक्रमित कांग्रेस महामन्त्री शशांक कोइराला आइसियूमा

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 1.1K
    SHARES
  • कोरोना संक्रमित कांग्रेस महामन्त्री शशांक कोइराला आइसियूमा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

    केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

    उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। हाल उनको आइसियूमा उपचार भइरहेको छ । कोइरालामा ज्वरो कम हुँदै गएको अस्पतालले जनाएको छ ।


    भाद्र ३१, २०७७ बुधवार ०९:४४:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शशांक कोइराला

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - पर्सामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षका पुरुष रहेका छन् । उनको बिहीबार राति नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    स्वास्थ्यमा समस्या भएपछि ती पुरुष असोज ७ गते  नारायणी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि स्वाब संकलन गरि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । 

    उनी मुटु र मिर्गौलाको समस्याबाट पीडित रहेको बताइएको छ । यससँगै पर्सामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 


     


    आश्विन ९, २०७७ शुक्रवार ११:३९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पर्सा
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    काठमाडौं - बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनीका ५२ वर्षीय पुरुष रहेका छन् । 

    कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । 

    कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०९:०९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बाँके

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह


    काठमाडौं - शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

    अहिले  कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का बर्षा भइरहेको छ । 
     
    आज दिउँसोपछि देशभर सामान्य बदली रही देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान र  बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाका सम्भावना रहेको छ। 

    त्यस्तै आज राति पनि देशभर सामान्य बदली रही  मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

    आज देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 


    आश्विन ९, २०७७ शुक्रवार ०७:४४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

    एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । पछिल्लो समय एसिड आक्रमणको घटना बढीरहेको समयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकमा सरकारले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी कानुन ल्याउने निर्णय गरेको हो । 

    सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देशन गरेको बताइएको छ ।   
      


    आश्विन ८, २०७७ बिहिवार २२:१९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एसिड आक्रमण

  • क्यानाडानेपाल डेस्क

    कोरोनाको भ्याक्सिन नेपाल ल्याउन भारत, रुस र चीनसँग दुईपक्षीय कुराकानी

    कोरोनाको भ्याक्सिन नेपाल ल्याउन भारत, रुस र चीनसँग दुईपक्षीय कुराकानी

    काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भइरहेका छन् । नेपालमा पनि कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । 

    कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले सुरक्षाका मापदण्डहरुबारे जानकारी गराइरहेको छ । कोरोना संक्रमण फैलिरहेको समयमा रुस, भारत, चीन लगायत विभिन्न देशमा बनेका खोपले मानिसहरुलाई केही आशा दिएको छ । 

    यस्तै कोरोनाको खोप बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन खोप उत्पादन गरेका देशहरुसँग नेपालले सम्झौता गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपालमा उपलब्ध गराउन भारत, रुस र चीन लगायतका देशसँग दुईपक्षीय कुराकानी भइरहेको बताएका छन् । 

    उनले संसद्‍को राष्ट्रिय सरोकार तथा समन्वय समितिमा यसबारे जानकारी गराएका हुन् । उक्त छलफलमा डा। गुणराज लोहनीले पनि आयुर्वेदिक औषधिको परीक्षण र प्रयोग नेपालमा पनि भइरहेको बताउदै यसको प्रयोगले छिट्टै नै रिपोर्ट नेगेटिभ आउने गरेको पनि बताए । 

    छलफलमा सांसदहरुले कोरोनाका बिषयमा तथ्यगत जानकारी भन्दा भ्रम फैलाउने कामहरु भइरहेको पनि बताइएका थिए । 


    आश्विन ८, २०७७ बिहिवार २१:२८:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • क्यानाडानेपाल डेस्क

    बाढीपहिरो प्रभावितको उद्दार र राहतको काममा खटिन बरिष्ठ नेता पौडेलको निर्देशन 

    बाढीपहिरो प्रभावितको उद्दार र राहतको काममा खटिन बरिष्ठ नेता पौडेलको निर्देशन 

    काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  बाढी पहिरोका कारण धेरै जनधनको क्षति भएको समाचारले त्यन्तै दुखित बनाएको बताएका छन् । 

    उनले सामाजिक सञ्जालमार्फत केही दिनदेखिको अविरल वर्षाका कारण स्याङ्जा, पाल्पा, कपिलवस्तु लगायत देशका विभिन्न भागमा बाढी पहिरोका कारण धेरै जनधनको क्षति भएको समाचारले दुखित बनाएको बताएका छन् ।

    त्यस्तै उनले जोखिम क्षेत्रका जनतालाई बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा सार्न र तत्काल उद्दार गरेर घाइतेलाई उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै उनले बाढीपहिरो प्रभावितको उद्दार र राहतको काममा खटिन नेता–कर्याकर्तालाई निर्देशन पनि दिएका छन् । 

    उनले आफुले भन्दै आएको ‘बस्ती सुधार कार्यक्रम’ सञ्चालन नगर्दासम्म बाढीपहिरोका कारण मानवीय क्षतिको क्रम नरोकिने बताएका छन् । 
     


    आश्विन ८, २०७७ बिहिवार २१:०४:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडानेपाल डेस्क

    images
    ताजा खबर