• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३९ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 684
    SHARES
  • विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३९ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं - कोरोनाभाइरसका कारण विश्वभर ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिका, भारत, ब्राजिल, रसिया लगायतका देशहरु बढी प्रभावित भएका छन् । 

    यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ३९ हजार १ सय ८५ पुगेको छ भने संक्रमितको संख्या २ करोड ९७ लाख २७ हजार २ सय ५३ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २ करोड १५ लाख ४२ हजार ३ सय ६१ जना उपचारपछि निको भएका छन् । 

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख  १ सय ९७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६७ लाख ८८ हजार १ सय ४७ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३३ हजार २ सय ७ पुगेको छ भने संक्रमितको संख्या ४३ लाख ८४ हजार २ सय ९९ पुगेको छ ।

    त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या १० लाख ७३  हजार ८ सय ४९ पुगेको छ ।

    ww.PNG


    भाद्र ३१, २०७७ बुधवार १०:५९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बेलायतमा खोप परीक्षणका लागि 'स्वयंसेवकहरूलाई भाइरस दिइन सक्ने'

  • 84
    SHARES
  • बेलायतमा खोप परीक्षणका लागि 'स्वयंसेवकहरूलाई भाइरस दिइन सक्ने'

    बीबीसी।  कोभिड-१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ। "च्यालेन्ज ट्रायल" भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बताइएको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ।

    यस विषयमा द फाइनान्सीयल टाइम्सले पहिलोपटक समाचार प्रकाशन गरेको थियो। यूके सरकारले "ह्यूमन च्यालेन्ज स्टडीज" मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ। तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीको बुझाइ छ।

    'महामारीबाट निस्कने बाटो'

    त्यस्तो किसिमको परीक्षण गर्नका लागि सहमति दिइएमा स्वयंसेवक बन्न १८ वर्षे विद्यार्थी एलास्टेर फ्रेजर-उरक्युहार्ट तयार छन्। उनले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भने, "मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।"

    त्यसै कार्यक्रममा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पीटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोग बारे वास्तविक बुझाई प्राप्त गर्ने क्षमता रहेको बताए। उनले भने: "हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ।"

    "हामीले यसबारे पहिले पनि शङ्का गरेका थियौँ तर हामीसँग यस्तो किसिमको परीक्षण अघि बढाउनका लागि प्रमाण थिएन। तर अब, मलाई लाग्छ कि हामीसँग स्पष्ट तथ्याङ्क छ।" "अर्को कुरा के छ भने हामीसँग अहिले केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा मिलेको छ। त्यसकारण परीक्षणमा सामेल कसैमा समस्या देखियो भने उनीहरूलाई सुरुवाती चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।"

    प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वंयमसेवकहरूलाई नजिकबाट नियालिने छ र उनीहरूले भाइरस प्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरोध प्रणालीको अनुगमन गरिनेछ। एकजना सरकारी प्रवक्ताले त्यस्तो परीक्षण बारे छलफल भइरहेको जानकारी दिए।

    कोरोनाभाइरस विरुद्ध खोप विकास गर्नका लागि विश्वभर तीव्र गतिमा पहल भइरहेको छ। हालसम्म ३६ वटा खोप क्लिनीकल परीक्षणका चरणमा छन्। त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको छ। सफल खोपले भाइरस विरुद्ध सुरक्षा प्रदान गर्ने छ जसले गर्दा लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो पार्दै लान सकिने छ।


    आश्विन ९, २०७७ शुक्रवार १०:५५:३२ बजे : प्रकाशित

    भियतनाम प्रहरीद्वारा प्रयोग भइसकेका तीन लाख बढी कन्डम बरामद

    भियतनाम प्रहरीद्वारा प्रयोग भइसकेका तीन लाख बढी कन्डम बरामद

    बीबीसी।  भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो।भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ।

    प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो।उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ।

    ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ। त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ।

    भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन्।

    अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन।


    आश्विन ९, २०७७ शुक्रवार १०:२५:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कन्डम

  • क्यानाडानेपाल डेस्क

    विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिका, भारत, ब्राजिल, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् । 

    यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ७ सय ४२ पुगेको छ भने संक्रमितको संख्या ३ करोड २४ लाख १३ हजार ८ सय ८७ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २ करोड ३९ लाख २८ हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन् । 

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ७ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७१ लाख ८५ हजार ४ सय ७१ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३९ हजार ८ सय ८३ पुगेको छ भने संक्रमितको संख्या ४६ लाख ५९ हजार ९ सय ९ पुगेको छ ।

    त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ९ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ११ लाख २८ हजार ८ सय ३६ पुगेको छ ।

    987.PNG


    आश्विन ९, २०७७ शुक्रवार १०:०१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # विश्व

  • क्यानाडानेपाल डेस्क

    भारतमा एकैदिन ११ सय बढीको कोरोना संक्रमणबाट मृत्यु

    भारतमा एकैदिन ११ सय बढीको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट भारतमा मृत्यु हुने र संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमित फेला पर्न थालेका छन् । 

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ८५ हजार ९ सय १९ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ५८ लाख १६ हजार १ सय ३ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ४४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार ३ सय १७ पुगेको छ । 

    त्यस्तै हालसम्म ४७ लाख ५२ हजार ९ सय ९१ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।  


    आश्विन ९, २०७७ शुक्रवार ०८:१७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

    विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

    न्युयोर्क, सिन्ह्वा - विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ ।

    इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जानकारी दिइएको छ ।

     कोभिड १९ ले पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ । जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रुपमा प्रदर्शन हुदै आएको सो प्रतिवेदनमा जनाइएको छ ।

    उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्काे गर्दै जोखिमको मात्रा बढाइदिएको प्रमाणित भएको पनि जनाइएको छ । सन् २०२० मा अहिलेसम्मको  मौसमी  प्रकोपका १३२ घटनाहरुमा ९२ ओटा कोभिड १९ को महामारीको साथ भएको पनि देखिएको बताइएको हो ।

    कम्तीमा ५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोभिड १९ बाट प्रत्यक्ष प्रभावित भएको तथ्यांक सो प्रतिवेदनमा उल्लेख गरिएको छ । बाढी, खडेरी वा आँधीबेहरीबाट ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएका सोे प्रतिवेदनमा देखाइएको छ ।

    यस प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको यी दुई देशको करिब ४ करोड व्यक्ति बाढी, आँधी र कोभिड १९ वाट प्रभावित भएका छन् ।


    आश्विन ८, २०७७ बिहिवार २०:१८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जलवायु परिवर्तन

  • क्यानाडानेपाल डेस्क

    राहुल गान्धीले भने, किसान र मजदुरको समस्या समाधान नगरेर मोदी पिआर बटुल्दै छन्

  • 134
    SHARES
  • राहुल गान्धीले भने, किसान र मजदुरको समस्या समाधान नगरेर मोदी पिआर बटुल्दै छन्

    काठमाडौँ। भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सस्तो लोकप्रियता बटुलेको आरोप लगाएका छन्। उनले मोदीले किसान र मजदुरको कुरा सुनेर समस्याको समाधान नगरेर  पिआर बटुल्न व्यस्त रहेको आरोप लगाएका हुन्।

     प्रधानमन्त्री मोदीको एक कार्यक्रममा उनले क्रिकेटर विराट कोहलीसँग कुराकानी गरेका थिए। गान्धीले उक्त कार्यक्रममा भएको कुराकानीलाई संकेत गर्दै मोदीलाई निशाना बनाएका हुन्।  

    फिट इण्डिया मुभमेन्टको पहिलो वार्षिकोत्सवका अवसरमा आज प्रधानमन्त्री मोदीले फिटनेस-सचेत हस्ति र विज्ञसँग कुरा गरेका हुन्, जसमा क्रिकेटर विराट कोहली पनि यस कार्यक्रममा सहभागी थिए। 

    यसैक्रममा विराट कोहलीलाई प्रधानमन्त्री मोदीले भने, ' तपाईंको फिट्नेस जागरणले दिल्लीको छोले भटुरे बिक्न कम भएको हुनुपर्छ।' राहुलले यसै विषयलाई लिएर मोदी प्रति कडा टिप्पणी गरेका हुन्। 

    सामजिक संजाल ट्वीटरमा एक समाचारको स्क्रिनसट सार्वजनिक गर्दै गान्धीले भने, "मोदी सरकारको प्राथमिकता किसान र मजदुरकोको समस्या समाधान गर्नुको सट्टा पीआरमा बटुल्नमा व्यस्त छन्। पछिल्लो समय भारतीय कंग्रेस पार्टीले लगातार कृषि विधेयकको संसदमा विरोध गर्दै आएका छन्।  


    आश्विन ८, २०७७ बिहिवार १८:५५:१८ बजे : प्रकाशित