• Sep 25 2020 | २०७७, आश्विन ९गते

२०७७, आश्विन ९गते

यो साता चर्चामा:

प्रधानमन्त्री ओलीका मतदातालाई घरमा जस्तापाता हाल्न एक अर्ब ३६ करोड !

रासस भाद्र ३१ २०७७
  • 374
    SHARES
  • प्रधानमन्त्री ओलीका मतदातालाई घरमा जस्तापाता हाल्न एक अर्ब ३६ करोड !

    सुरुङ्गा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ। सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो।

    यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ।

    विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन्।

    सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए।

    झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६१६ र गौरादह नगरपालिकामा ६६३ विपन्नका लागि छानो फेरिँदैछ।

    त्यस्तै कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई रु ५० हजार उपलब्ध गराइने भएको छ ।

    त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि रु तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए।

    दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८/२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि रु ४२ करोड खर्च हुने बताइएको छ ।

    यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् ।

    आवास योजनाअन्तरगत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ ।


    भाद्र ३१, २०७७ बुधवार ११:२८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जस्तापाता

  • अर्कोसमाचार

    झलनाथ खनालले गरे गृह जिल्लाको अस्पताललाई पिपिइ सहयोग

    झलनाथ खनालले गरे गृह जिल्लाको अस्पताललाई पिपिइ सहयोग

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन् । 

    इलाम क्षेत्र नं १ का सङ्घीय सांसद समेत रहेका खनालले जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आइरहेका छन् । उनले स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भन्दै गृह जिल्लामा सहयोग गरेका हुन् । 

    खनालले २५ थान पिपिइ र १०० थान गगल्स वितरण गरेका हुन् । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई उनले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण  गरेका हुन् ।

    यसअघि पनि खनालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स अस्तानत्रण गरेका थिए । 


    आश्विन ९, २०७७ शुक्रवार १२:२८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल

  • क्यानाडानेपाल डेस्क

    स्याङ्जामा फेरि पहिरो : तीन घर पुरिए  

    स्याङ्जामा फेरि पहिरो : तीन घर पुरिए  

    काठमाडौं - स्याङ्जामा शुक्रबार पनि पहिरो जाँदा तीन घर पुरिएका छन् । बिहीबार पनि स्याङ्जा वालिङ(१४ तमादीमा एकै परिवारका ९ जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । 

    सोही स्थानमा शुक्रबार पनि पहिरो जाँदा तीन घर पुरिएका हुन् । अबिरल बर्षासँग आएको पहिरोले पुरिएका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । 

    पहिरो गएको स्थानमा अवलोकन गर्न वालिङ नगरपालिकाको प्राविधिक र जनप्रतिनिधिकोसहितको टोली त्यस तर्फ गएको बताइएको छ । 

    बिहीबार गएको पहिरोमा परी स्याङ्जाको वालिङ नगरपालिका तमादीका ९ जना र कालीगण्डकी गाउँपालिकाका एक जनाको मृत्यु भएको थियो । 


    आश्विन ९, २०७७ शुक्रवार १२:१२:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्याङ्जा
  • # पहिरो

  • क्यानाडानेपाल डेस्क

    पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - पर्सामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षका पुरुष रहेका छन् । उनको बिहीबार राति नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    स्वास्थ्यमा समस्या भएपछि ती पुरुष असोज ७ गते  नारायणी अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि स्वाब संकलन गरि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । 

    उनी मुटु र मिर्गौलाको समस्याबाट पीडित रहेको बताइएको छ । यससँगै पर्सामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 


     


    आश्विन ९, २०७७ शुक्रवार ११:३९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पर्सा
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    काठमाडौं - बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनीका ५२ वर्षीय पुरुष रहेका छन् । 

    कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । 

    कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

     


    आश्विन ९, २०७७ शुक्रवार ०९:०९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बाँके

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

    आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह


    काठमाडौं - शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

    अहिले  कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का बर्षा भइरहेको छ । 
     
    आज दिउँसोपछि देशभर सामान्य बदली रही देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान र  बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाका सम्भावना रहेको छ। 

    त्यस्तै आज राति पनि देशभर सामान्य बदली रही  मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

    आज देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 


    आश्विन ९, २०७७ शुक्रवार ०७:४४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

    एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । पछिल्लो समय एसिड आक्रमणको घटना बढीरहेको समयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकमा सरकारले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी कानुन ल्याउने निर्णय गरेको हो । 

    सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देशन गरेको बताइएको छ ।   
      


    आश्विन ८, २०७७ बिहिवार २२:१९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एसिड आक्रमण

  • क्यानाडानेपाल डेस्क