• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

जापानको नयाँ प्रधानमन्त्री बने योशिहिदे सुगा

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 798
    SHARES
  • जापानको नयाँ प्रधानमन्त्री बने योशिहिदे सुगा

    काठमाडौं । जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । तत्कालीन प्रधानमन्त्री सिन्जो आबे ले गएको महिना पदबाट राजिनामा दिएका थिए ।

    उनले राजिनामा दिएपछि सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । आबेले स्वास्थ्यको कारण देखाउदै गएको महिना पदबाट राजिनामा दिएका थिए ।

    आबेले पदबाट राजिनामा दिए लगत्तै पार्टीका बरिष्ठ नेताहरुले सुगालाई नयाँ प्रधानमन्त्री बन्न आग्रह गरिरहेका थिए । बुधबार सम्पन्न मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।  

     


    भाद्र ३१, २०७७ बुधवार १८:१३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जापान
  • # योशिहिदे सुगा

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बाइडेनले भने, 'विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो'

  • 70
    SHARES
  • बाइडेनले भने, 'विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो'

    बीबीसी।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन्।

    बाइडनले आफ्नो समूहको घोषणा गर्दै भनेका छन्, 'विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।' यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुनेछन्।

    राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्।तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्‍याइरहेका छन्।

    ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी बाइडनले पाउने जनाएको छ।

     बाइडनले के भने?

    राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुन: एकताबद्ध गराउने बताए। गृह राज्य डेलावेरमा बोल्दै बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे।

    आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाइ छ। तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडनले बताए। उनले भने, "यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने छ। यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ।"

    को-को परे बाइडनको रोजाइमा?

    उनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिए। बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताएका छन्। अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उनको भनाइ छ।

    होमल्यान्ड सिक्युरिटीमा बाइडनद्वारा मनोनित क्युबामा जन्मिएका अलेहान्ड्रो मयोर्कसले आफ्ना अभिभावकले कम्युनिज्म छल्न आफूलाई अमेरिका ल्याएको बताउँदै देशको सेवामा रात दिन खटिने प्रण गरे। पहिलो महिला डिरेक्टर अफ नेसनल इन्टेलिजेन्समा मनोनित एभ्रिल हेन्सले असुविधाजनक र अप्ठेरो नै भए पनि उनले सत्य बोल्ने वाचा गरिन्।

    अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ। यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ। साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन्।


    मंसिर १०, २०७७ बुधवार ११:०६:५३ बजे : प्रकाशित

    विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

    विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

    काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १ लाख ५ हजार ७ सय ४० पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख १४ हजार ८ सय ६८ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ४ करोड १५ लाख ५३ हजार ७ सय ७३ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ६५ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड २९ लाख ५५ हजार ७ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या ७६ लाख ३६ हजार ६ सय ८४ पुगेको छ । 

    त्यस्तै भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३४ हजार ७ सय ४३ पुगेको छ भने संक्रमितको संख्या ९२ लाख २२ हजार २ सय १६ पुगेको छ । 

    त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार १ सय ७९ पुगेको छ भने संक्रमितको संख्या ६१ लाख २१ हजार ४ सय ४९ पुगेको छ । 

    6.PNG


    मंसिर १०, २०७७ बुधवार १०:१७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ जना घाइते

    निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ जना घाइते

    मनागउ - निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मंगलबार निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

     सञ्चारमाध्यमहरुमा यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको मृत्यु भएको बताइएको छ । 

    दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी रहेको बताइएको छ । उक्त दुर्घटनाको अनुसन्धान शुरु भएको जनाइएको छ । 


    मंसिर ९, २०७७ मंगलवार २२:१७:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • क्यानाडानेपाल डेस्क

    बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति 

    बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति 

    काठमाडौँ। स्पेसएक्स का प्रमुख कार्यकारी अधिकारी र टेस्लाका प्रमुख एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

    ४९ वर्षीय मस्क  कुल सम्पत्ति अहिले १२७ दशमलव ९ अर्ब अमेरिकी डलर भएको छ।  टेस्लाको सेयरमा भएको ठुलो मुनाफाका कारण उनको कुल सम्पत्ति ७ दशमलव २ अर्ब डलरले वृद्धि भएको हो।  

    कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र ठप्प भएको बेला एलन मस्कलाई यो साल निकै फाइदाजनक देखियो। उसले यो वर्ष मात्र १०० अरब डलर कमाएका छन्। 

    ब्लूमबर्गको इन्डेक्सका अनुसार यस वर्षको जनवरी महिनामा विश्वको सबैभन्दा धनी व्यक्तिको सुचीमा ३५औँ स्थानमा राखिएको थियो।  तर, सालको अन्त्य तिर आइसक्दा उनी विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्।  


    मंसिर ९, २०७७ मंगलवार १८:०४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सबैभन्दा धनी व्यक्ति
  • # एलन मस्क

  • क्यानाडानेपाल डेस्क

    संक्रमण बढेपछि चीनले गर्‍याे लाखौं मानिसको स्वास्थ्य परीक्षण

    संक्रमण बढेपछि चीनले गर्‍याे लाखौं मानिसको स्वास्थ्य परीक्षण

    काठमाडौँ। चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि लाखौं मानिसको परीक्षण गरिएको छ। संक्रमणका केहि घटना देखिएपछि चीनका तीन शहरका लाखौं मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

    संक्रमणको रोकथाम गर्न यी शहरहरुमा विद्यालय तथा सामूहिक रुपमा भिडभाड गर्न प्रतिवन्ध लगाइएको छ। अमेरिका तथा अन्य देशहरूमा संक्रमणको नयाँ लहरको तुलनामा चीनको शहर टियानजिन, शंघाई र मनजौलीमा थोरै केसहरु भए पनि भाइरसको रोकथाम गर्न विभिन्न कदम उठाइएको चिनियाँ अधिकारीहरुले घोषणा गरेका छन् ।

    यसैगरी, चीनका विज्ञ तथा सरकारी अधिकारीहरूले जाडो मौसममा संक्रमणको उच्च जोखिम हुने चेतावनी दिएका छन्। चीनले कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रगति गरे पनि अहिले देखिएका घटनाहरूबाट हुन सक्ने सम्भावित भयावहको अवस्था रोक्न आवश्यक कदम चालिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

    त्यसैगरी, आयोगका अनुसार शांघाईमा पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण देखिएको छ भने शुक्रबारदेखि यहाँ सात जनामा संक्रमण भएको छ। गत वर्ष वुहानमा पहिलोपटक संक्रमणको संक्रमण भएदेखि चीनमा कूल ८६ हजार ४ सय ४२ जनामा संक्रमण भएको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।


    मंसिर ९, २०७७ मंगलवार १२:१०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संक्रमण बढेपछि
  • # चीन

  • क्यानाडानेपाल डेस्क

    अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

  • 308
    SHARES
  • अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

    काठमाडौँ।  साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको छ। साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको आफैँ अस्वस्थ भएका थिए।

    अल वतन दैनिक वेवसाइटले खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात भएको उल्लेख गरेको छ। शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए ।

    शल्यक्रिया गर्ने अडान

    इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन। अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, "एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ।"

    इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन्। अन्तत: उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो। त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ।

    "आफ्नो कर्तव्य निर्वाहका क्रममा उनको मृत्यु भयो," गल्फ न्यूज वेवसाइटका अनुसार डा. शहरीले भनेका छन्। यो समाचार बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो। 


    मंसिर ९, २०७७ मंगलवार ११:३७:०५ बजे : प्रकाशित