• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

बहराइनका राजकुमारसहित १८ जनाको टोली काठमाडौंमा

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 1.1K
    SHARES
  • बहराइनका राजकुमारसहित १८ जनाको टोली काठमाडौंमा

    काठमाडौं - बहराइनका राजकुमारसहित १८ जनाको टोली बुधबार काठमाडौं आइपुगेको छ । मनास्लु र लोबुचे हिमाल आरोहण गर्न राजकुमारसहित १८ जनाको टोली आज काठमाडौं आइपुगेको हो ।

    उक्त टोलीमा राजपरिवार सदस्य र तीनजना बेलायती नागरिक रहेका छन् । काठमाडौं आइपुगेका राजपरिवार सदस्य सहितको टोली मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछन् ।

    बहराइनका राजपरिवारले पहिलोपटक हिमाल चढ्न लागेका हुन् । बहराइनबाट आएका टोलीलाई आज बिहान परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उक्त टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्ने जनाइएको छ । 

      


    भाद्र ३१, २०७७ बुधवार १२:५०:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बहराइनका राजकुमार

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अमेरिकामा चुनावी सरगर्मी : जो बाइडेन र आफ्नो ड्रेग टेष्ट गर्न डोनाल्ड ट्रम्पको माग

  • 164
    SHARES
  • अमेरिकामा चुनावी सरगर्मी : जो बाइडेन र आफ्नो ड्रेग टेष्ट गर्न डोनाल्ड ट्रम्पको माग

    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनको बहस सुरु हुनुभन्दा अघि जो बाइडेनलाई फेरि निशाना बनाएका छन्।

    ट्रम्पले फेरि उनी र डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन दुई उम्मेदवारहरू बीच बहस सुरु हुनुभन्दा अघि ड्रग टेस्ट गर्नुपर्ने सुझाव दिएका छन्।

    बहस सुरु हुनुभन्दा अघि सामाजिक संजाल ट्वीटर मार्फत कडारुपमा प्रस्तुत हुँदै ट्रम्पले ड्रग टेस्टको माग गरेका छन्। उनले लेखे, ’मंगलबार राति हुन लागेको बहसको शुरुवात वा बहस सकिए पश्चात जो बाइडेनको ड्रग टेस्ट होस्।

    त्यसैगरी, उनले भने, ’ यस सन्दर्भमा मेरो पनि ड्रग टेस्ट होस् भन्ने चहान्छु। ’ ट्रम्प र बाइडेनको प्रेसिडेन्सियल बहस सेप्टेम्बर २९ अर्थात भोलि हुन गइरहेको छ।

    जसमा बहस सुरु हुनुभन्दा अघि वा पछि जो बाइडेनको ड्रग टेस्टको माग ट्रम्पले गरेका हुन्। उनकाअनुसार आफ्नो अभियान र बहसको क्रममा सबै प्रकारको पारदर्शिता कायम राख्न प्रतिबद्ध छन्।

    उनी भन्छन्, ’बहसको लागि उनी पूर्णरुपमा तयार छन् र बाइडेनको ड्रग टेस्ट गर्नुको मुख्य उद्देश्य भनेको सबै जनमानसमा उनको विसंगतिबारे थाहा होस् भनेर हो।’


    आश्विन १२, २०७७ सोमवार १२:१०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिकामा चुनाव
  • # जो बाइडेन
  • # ड्रेग टेष्ट

  • क्यानाडानेपाल डेस्क

    धनाढ्य व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर नतिरेको आरोप

    क्यानाडानेपाल

    आश्विन १२

  • 88
    SHARES
  • धनाढ्य व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर नतिरेको आरोप

    बीबीसी।  न्यू योर्क टाइम्स पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा सङ्घीय आयकर बापत जम्मा सातसय पचास डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेका रहेछन्। उनी त्यसबेला राष्ट्रपतीय उम्मेदवार बनेका थिए र विजयी भएर ह्वाइट हाउसमा पहिलो वर्ष विताएका थिए।

    डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउने न्यू योर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ।

    उक्त पत्रिकाका अनुसार ती कर अभिलेखले "निरन्तरको घाटा र वर्षौँको कर छली" लाई उजागर गर्दछन्। डोनल्ड ट्रम्पले उक्त समाचारलाई "फेक न्यूज" अर्थात मिथ्या समाचार भनेका छन्।

    "वास्तवमा मैले कर तिरेको छु। मेरो कर भुक्तानी सम्बन्धी विवरण आउने बित्तिकै तपाईँले त्यो देख्न सक्नुहुन्छ त्यसको अहिले अडिट भैरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा छन्।" आइतवार न्यू योर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो स्पष्टिकरण दिएका हुन्।

    "आइआरएस (आन्तरिक राजस्व सेवा) ले मलाई राम्रो व्यवहार गर्दैन….. तिनीहरूले मसँग नराम्रो व्यवहार गर्छन्। आइआरएसमा त्यस्ता मान्छेहरू छन् जसले मलाई एकदमै नराम्रो व्यवहार गर्छन्," डोनल्ड ट्रम्पले भने।

    कानुनी चुनौती

    डोनल्ड ट्रम्पले उनको सम्पत्ति र व्यापारिक कारोबारसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक गर्ने विषयमा विभिन्न कानुनी चुनौतीहरूको सामना गरेकाछन्। न्यू योर्क टाइम्सले उसको समाचारमा भएका सूचना तथा जानकारीहरू "कानुनी रूपमा नै त्यस्ता जानकारीमा पहुँच भएका स्रोतहरूबाट" प्राप्त भएको जनाएको छ। 

    न्यू योर्क टाइम्सले भनेको छ उसले राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीहरूको सन् १९९० को दशक देखिका कर भुक्तानी विवरण र सन् २०१६ र २०१७ को राष्ट्रपतिका निजी कर विवरणहरूको अनुसन्धान गरेको हो।


    आश्विन १२, २०७७ सोमवार १०:५४:०० बजे : प्रकाशित

    कोरोनाको कहरमा अमेरिकालाई अर्काे आपत्, दिमाग खाने एमोबियाका के हो ? ८ शहरमा हाइअलर्ट

  • 434
    SHARES
  • कोरोनाको कहरमा अमेरिकालाई अर्काे आपत्, दिमाग खाने एमोबियाका के हो ? ८ शहरमा हाइअलर्ट

    काठमाडौँ। कोरोनाभाइरसको सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा फेला परेको एमोबियाका कारण आठवटा शहरमा हाइअलर्ट जारी गरिएको छ। वास्तवमा यस एमोबिया मानिसको दिमाग खाने गरेको अन्तराष्ट्रिय समाचार माध्यम बीबीसीले जनाएको छ।

    उक्त एमोबिया घरमा आपूर्ति गरिएको पानीमामा पत्ता लागेको हो। घरको धारामा आउने पानीमा सो एमोबियाको उपस्थितिबारे थाहा पाएपछि टेक्सासको लेक ज्याक्सन शहरमा पनि आपतकालीन घोषणा गरिएको छ।

    नेइग्लेरिया फाउलेरी नामको यो एमोबिया नाकमार्फत शरीरमा प्रवेश गर्यो भने निकै घातक हुने विज्ञहरु बताउँछन्। नाकबाट प्रवेश गरेर शरीरमा संक्रमित हुनेहरु मध्ये ९० देखि ९५ प्रतिशतको ज्यान समेत जान सक्ने बताइएको छ।

    अमेरिकाको टेक्सासमा सेप्टेम्बर ८ मा ६ वर्षीय बालकको यहि एमोबियाको कारण मृत्यु भएको थियो । अनुसन्धानको क्रममा बालक एमोबियाकोबाट संक्रमित भएको पाइएको थियो । स्थानीय अधिकारीहरूकाअनुसार उक्त नेइग्लेरिया फाउलेरी नामक एमोबिया तालमा खेलिरहेको बेला वा घरमा आपूर्ति गरिएको पानीमार्फत बालकको शरीरमा प्रवेश गरेको हो।

    अगष्टमा पनि फ्लोरिडामा १३ वर्षीय किशोरको पनि उक्त एमोबिया कारण मृत्यु भएको थियो । जसका कारण टेक्सासका आठ शहरका मानिसहरूलाई चेतावनी जारी गर्दै घरमा आपूर्ति गरिएको पानी प्रयोग नगर्न भनिएको थियो । यद्यपि पानी सफा गरिसकेपछि यो चेतावनी अधिकांश शहरहरूमा फिर्ता लिइएको छ ।

    यो एमोबिया स्वाभाविक रूपमा ताजा पानीमा पाइन्छ र यो संसारभरि फेला पर्दछ। सामान्यतया मानिसहरूमा पानी नाकमार्फत प्रवेश गर्दछ र यो विस्तारै मस्तिष्कसम्म पुग्ने गर्दछ। अमेरिकी सीडीसीकाअनुसार माटो, ताल , नदी, झरना र राम्रोसँग सफा नगरिएका पौडी पोखरीहरुमा यस्तो दिमाग खाने एमोबिया भेटिन्छ।

    यद्यपि सीडीसीले उक्त एमोबियाबाट अपवादमा मात्र मृत्यु हुने जनाएको छ। सीडीसीकाअनुसार अमेरिकामा सन् २००९ र २०१८को बीचमा यस एमोबियाले ३४ जनामा संक्रमण भएको थियो। यसैगरी, सन् १९६२ देखि २०१८ सम्म यस एमोबियाले १४५ जनालाई संक्रमित गरायो जसमा केवल ४ जना मात्र बाच्न सफल भए।


    आश्विन ११, २०७७ आइतवार २०:१५:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दिमाग खाने एमोबिया
  • # अमेरिका

  • क्यानाडानेपाल डेस्क

    १०० वर्षअघि एउटा घातक रोगबाट जोगिन कक्षा कोठा बाहिर यसरी गरिएको थियो पठनपठान 

    क्यानाडानेपाल

    आश्विन ११

  • 1.0K
    SHARES
  • १०० वर्षअघि एउटा घातक रोगबाट जोगिन कक्षा कोठा बाहिर यसरी गरिएको थियो पठनपठान 

    बीबीसी।  एउटा सम्भावित घातक रोग जसको खोप विकास भएको थिएन। र विद्यार्थीहरूको सिकाइ प्रभावित नहोस् भनेर उनीहरूलाई सुरक्षित रूपमा विद्यालयमा फर्काउनुपर्ने समस्या थियो।

    यो अहिलेकै अवस्थासँग मिल्दोजुल्दो सुनिन्छ हैन? विश्वले यस्तो खालको अन्योल १०० वर्षअघि बेहोरेको थियो जुनबेला घातक क्षयरोगले ठूलो क्षति निम्त्याइरहेको थियो। २० औँ शताब्दीको शुरूमा क्षयरोगले युरोप र अमेरिकामा प्रत्येक ७ जनामध्ये एकको ज्यान लिएको अमेरिकी सङ्क्रामक रोग नियन्त्रण निकाय यूएस सेन्टर फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ।

    क्षयरोगको खोपको विकास सन् १९२१ मा मात्रै भएको थियो र त्यसको वर्षौँपछि मात्रै त्यो विश्वभर उपलब्ध भएको थियो। त्यसबेला विद्यार्थीहरूले पढ्न सकुन् भनेर स्वच्छ हावा, बाहिरको वातावरण र पर्याप्त हावाको प्रवाह हुने भेन्टिलेशनको व्यवस्था गरेर विद्यालयहरू सञ्चालन गरिएका थिए।

    बोक्न मिल्ने टेबुल र कुर्सीहरूलाई बगैँचामा सारिएको थियो जहाँ शिक्षकहरू र विद्यार्थीहरूले विज्ञान, भूगोल र कला प्रकृतिलाई हेरेर सिक्थे र सिकाउँथे।शुरूमा जर्मनी र बेल्जियममा सन् १९०४ मा सुरू भएको यो अवधारणाले त्यसपछि अभियानकै रूप लिएको थियो।

    खुल्ला स्थानमा शिक्षा दिने अभियान लिग फर ओपन एअर एजुकेशनको पहिलो अन्तर्राष्ट्रिय कङ्ग्रेस सन् १९२२ मा प्यारिसमा आयोजना गरिएको थियो। द न्यूयोर्क टाइम्स अखबारका अनुसार रोड आइलेण्ड राज्यका दुई जना चिकित्सकहरूले सुझाव दिएपछि सन् १९०७ मा संयुक्त राज्य अमेरिकामा त्यस्ता विद्यालयहरू सञ्चालनमा आएका थिए।

    त्यसपछिका दुई वर्षमा ६५ वटा विद्यालयहरू खुलेका थिए जसले खुला प्रवेशद्वार, अग्ला भवनका छाना र प्रयोग नगरिएका पानी जहाजलाई पनि पढाउनमा प्रयोग गरिएका थिए।

    शरीर र मस्तिष्क

    बीसौँ शताब्दीको शुरूतिर रक्तअल्पता र कुपोषण सँगसँगै बच्चाहरूमा क्षयरोग ठूलो चिन्ताको विषय थियो। कोभिड-१९ भन्दा फरक क्षयरोग हावाका माध्यमबाट सर्ने रोग हो। सीडीसीका अनुसार यसले हावामा कैयौँ घण्टा निष्क्रिय भएर रहिरहने ब्याक्टेरियालाई सास फर्ने क्रममा निल्ने मानिसहरूलाई सङ्क्रमण गर्छ।

    कोभिडचाहिँ सङ्क्रमित व्यक्तिबाट निष्कने ठूला 'ड्रपलेट्स' हरूसँग प्रत्यक्ष वा उनीहरू पुगेका स्थानको सतहको सम्पर्कमा आउँदा सर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यद्यपि डब्लूएचओले हालै हावामा रहेका सुक्ष्म कणहरूबाट पनि कोरोनाभाइरस सर्नसक्ने प्रमाण देखा परिरहेको स्वीकार गरेको थियो।

    "रोगहरू मध्ये रक्तअल्पता र कुपोषण बाहेक क्षयरोग बालबालिकाको लागि ठूलो चुनौती रहेको थियो," फेडेरल युनिभर्सिटी अफ साओ पाउलोका सहप्राध्यापक एन्ड्री डलबेन भन्छिन्। उनका अनुसार ती विद्यालयहरूले गरिब परिवारका केटाकेटीलाई पढाउने गर्थे जसले आफ्नो शरीर बिरामी भएको ठान्ने गर्थे। तर भिडभाड हुने अस्वस्थ्य ठाउँबाट पर प्रकृतिमा रम्न दिएर विद्यालयहरूले विद्यार्थीहरूको सिकाइलाई मात्रै सम्बोधन गरेनन्, बालबालिकाको रोगप्रतिरोधी क्षमतालाई पनि बलियो बनाए।

    नयाँ आदर्श

    युनिभर्सिटी अफ साओ पाउलोकी शिक्षाको इतिहासबारेका प्राध्यापक डियाना भिडाल दुई वटा विश्वयुद्धको बीचको अवधिमा त्यस्ता विद्यालयहरू फस्टाएको र उनीहरूले समाज र शिक्षाबारे नयाँ सोचहरू विकास गराएको बताउँछन्।

    उनका अनुसार पहिलेको परम्परा तोडिएपछि विद्यालयका संरचनाहरू मैत्रीपूर्ण भए र उनीहरूले लोकतन्त्रलाई प्रवर्द्धन गरे जसले एउटा थप शान्तिप्रेमी र सहयोगी पुस्ता तयार पार्‍यो।

    ब्राजिलमा सन् १९१६ देखि सन् १९२० र ३० को दशकमा कैयौँ त्यस्ता विद्यालय भएको अभिलेख पाइन्छ। साओ पाउलोको एउटा विद्यालयमा त्यसबेला माथिल्लो वर्गका परिवारका विद्यार्थीले पनि पढ्ने गरेको पाइएको छ। एउटा विन्दुमा इएएएल नामक एक विद्यालयमा ३५० जना विद्यार्थी रहेको र अरूले भर्नाको लागि कुरिरहेको बताइन्छ।

    शिक्षाको नमुना भनिएपनि प्रोफेशर डाल्बेनका अनुसार त्यस्ता विद्यालयका कतिपय विशेषता परम्परागत विद्यालय सरह नै थिए। आफूले अहिले ८० को दशकमा रहेका ती विद्यालयका पूर्व विद्यार्थीहरूसँग कुरा गरेको भन्दै उनले त्यहाँ कडा शिक्षकहरू रहेका उल्लेख गरे। उनले खुला विद्यालयहरूलाई पुच्छ्रे तारासँग तुलना गर्दै उनीहरूले सबैको ध्यान एकदमै आकर्षण गरेपनि सन् १९६० देखि बिर्सिँइँदै गएको जनाए।

    त्यसपछि विद्यालयहरूले कारखानाको जस्तो ढाँचा अवलम्बन गर्ने क्रममा विद्यालय शुरू हुने र अन्त्य हुने समय तोकेको र श्रोतको अधिकतम उपयोग सुनिश्चित गर्न उपलब्ध भौतिक क्षेत्रफलमा बढी भन्दा बढी बालबालिका अटाएको उनको भनाइ छ।

    पछिल्लो अध्ययनहरूले खुल्ला ठाउँमा कोभिड-१९ को जोखिम उल्लेख्य रूपमा घटाउन सकिने सङ्केत दिइरहँदा अनुसन्धानकर्ताहरूले खुल्ला आकाशमुनि विद्यालय चलाउने अभ्यास ब्युँताइनुपर्ने बताएका छन्।

    आकाशमुनि विद्यालय कहाँ चलिरहेका छन्

    भारत प्रशासित कश्मीरमा यस्ता विद्यालयहरू चलिरहेका छन् जहाँ विद्यार्थीहरूले हिमालयको काखमुनि अध्ययन गरिरहेका छन्। सिङ्गापुरले आफ्ना साना नागरिकहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन बर्षौँदेखि बाहिर अध्यापन गराउने अभ्यासलाई बढावा दिएको छ। 

    फिनल्याण्डमा जङ्गलमा अध्यापन गराउने अभ्यास लोकप्रिय छ किनभने त्यहाँ बन र प्रकृति देशको संस्कृतिका अभिन्न अङ्ग हुन्। र डेनमार्कमा त्यसरी बाहिर बिद्यालयमा पढाउने दिनको नाम नै तोकिएको छ र धेरै शिक्षक र विद्यालयहरूले त्यसलाई नियमित रूपमा अवलम्बन गर्छन्। कोभिड-१९ महामारीमाझ उक्त अभ्यासलाई कसरी प्रोत्साहन गर्ने भनेर उक्त देशले प्रस्तावहरू माग गरिरहेका छन्।

    प्रोफेशर डा्ल्बेन भन्छन्, "मैले अनुसन्धान सुरु गरेका बेला बच्चाहरूको वातावरणीय शिक्षाबारे केन्द्रित थिएा तर अहिले महामारीको समस्या थपिएको छ।" उनी भन्छन्, "हामीले पुरानै किसिमको खुला विद्यालय नक्कल गर्नुपर्छ भन्ने छैन तर तीनको फरक स्वरूप भने बनाउन सक्छौँ।"


    आश्विन ११, २०७७ आइतवार १८:३४:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # घातक रोग
  • # १०० वर्षअघि
  • # पठन पठान

  • क्यानाडानेपाल

    हजारौंको जीवन बचाउने मुसालाई ‘वीरताको सम्मान’

  • 1.2K
    SHARES
  • हजारौंको जीवन बचाउने मुसालाई ‘वीरताको सम्मान’

    काठमाडौँ। संसारभरका जनावरहरूको बहादुरीका कथाहरू सुन्ने र देख्ने गरिन्छ। यसैबीच, बेलायतको एक संस्थाले बहादुरीका लागि एक अफ्रिकी जातको विशाल मुसालाई वीरताको सम्मानका खातिर ‘गोल्ड मेडल’ प्रदान गरेको छ।

    समाचार संस्था द गार्जियनकाअनुसार मगावा नामको उक्त विशाल मुसाले कम्बोडियामा आफ्नो सुँघ्ने क्षमताका कारण ३९ वटा बारुदको सुरुङहरु पत्ता लगाएको थियो। यसैगरी उक्त मुसाले २८ वटा विष्फोटक पदार्थ पनि पत्ता लगाएर हजारौं मानिसको ज्यान बचाएको छ। जसका कारण सो मुसालाई वीरताको सम्मान दिँदै सुनको तक्मा प्रदान गरिएको हो ।

    मगावा नाम गरेको सो मुसा सात बर्षको छ । उक्त प्रतिवेदनकाअनुसार शुक्रबार बेलायतका एक संस्था पीडीएसएले सो मुसालाई सम्मान गरेको हो। मगावाले दक्षिण पूर्व एशियाली देश कम्बोडियामा मुसाले १५ लाख वर्ग फुटको क्षेत्रमा बारुदी सुरुङलाई निष्क्रिय गर्न मद्दत गरेको हो।

    उक्त विस्फोटक पदार्थहरू सन् १९७० र १९८० दशकको हो, जतिबेला कम्बोडियामा बर्बर गृहयुद्ध भएको थियो। यस समयमा शत्रुलाई परास्त गर्न ठूलो मात्रामा बारुदी सुरुङहरु बनाइएको थियो। तर, गृहयुद्ध समाप्त भएपछि निस्क्रिय नबनाइँदा यी सुरुङहरूले अहिले मानिसको ज्यान लिइरहेको छ।


    आश्विन ११, २०७७ आइतवार १८:२४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीवन बचाउने मुसा
  • # मगावा

  • क्यानाडानेपाल डेस्क

    पाकिस्तानले आयोजना गर्ने सार्क शिखर सम्मेलन संकटमा, माल्दिभ्सले भन्यो– अहिले उपयुक्त समय होइन

  • 174
    SHARES
  • पाकिस्तानले आयोजना गर्ने सार्क शिखर सम्मेलन संकटमा, माल्दिभ्सले भन्यो– अहिले उपयुक्त समय होइन

    काठमाडौँ। पाकिस्तानले आयोजना गर्ने भनिएको १९औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनको आयोजना संकटमा पर्ने देखिएको छ । सदस्य राष्ट्र माल्दिभ्सको प्रतिक्रिया आएसँगै पाकिस्तानले आयोजना गर्न लागेको सार्क शिखर सम्मेलनको भविष्य अन्योल देखिएको हो ।

    सार्क शिखर सम्मेलनका लागि आयोजक राष्ट्र पाकिस्तानले सदस्य राष्ट्रहरुसँग मिति र समयका लागि सहमति जुटाउन सकेको छैन । जस कारण सम्मेलन संकटमा परेको हो । हालै भएको सदस्य राष्ट्रको परराष्ट्र मन्त्रीहरूको अनौपचारिक बैठकमा माल्दिभ्सले कोरोनाभाइरस संक्रमणको महामारीका बेला शिखर सम्मेलन आयोजना गर्नु उचित नहुने बताएको हो ।

    भर्चुअल बैठकमा बोल्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले भने, “माल्दिभ्स क्षेत्रीय सहयोगप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ। मार्च २०२० मा माल्दिभ्सले १९ औं सार्क शिखर सम्मेलनको आयोजनाका लागि एउटा सहमतिमा पुग्न अनुकूल वातावरणको निर्माण गर्न आह्वान गरेको छ।’

    यसलाई अझ स्पष्ट पार्दै उनले भने, “यस समयमा हामी कोरोना महामारीको नियन्त्रण गर्नमा व्यस्त छौं र यो शिखर सम्मेलनको लागि छलफल गर्ने उपयुक्त समय हो जस्तो मलाई लाग्दैन।’

    इस्लामावादमा १९औं सार्क शिखर सम्मेलन गर्ने योजना सार्क एफएमसको भर्चुअल बैठकको एजेन्डामा थियो। शिखर सम्मेलन सन् २०१६मा इस्लामाबादमा हुने भनिएको थियो । तर भारत लगायत अन्य सार्क देशहरुले उरी आतंकी हमलाको कारण पाकिस्तान आधारित आतंकवादीद्वारा यसको बहिष्कार गरिएको थियो। पाकिस्तानले ४ वर्षदेखि शिखर सम्मेलन आयोजना गर्ने कोशिस गरिरहेको छ ।


    आश्विन ११, २०७७ आइतवार १७:१९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सार्क शिखर सम्मेलन

  • क्यानाडानेपाल डेस्क