• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परिन्, घुँडा र टाउकोमा चोट

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 858
    SHARES
  • अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परिन्, घुँडा र टाउकोमा चोट

    काठमाडौं नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परेकी छिन् । मंगलबार सानेपामा विपरित दिशाबाट आएको स्कूटरले  उनको स्कूटरलाई ठक्कर दिएको हो । 

    दुर्घटनामा घाइते भएकी उषा सामान्य उपचार गरी घर फर्किएकी थिइन् । तर पछि दुखाई बढेपछि परिवारले नख्खुस्थित मेडिसिटी अस्पतालमा भनर्जा गरेको बताइएको छ । उनको घुँडा र टाउकोमा चोट लागेको बताइएको छ । 

    उनको स्कूटरलाई ठक्कर दिने स्कूटर चालकको लाइसेन्स नभएको बताइएको छ । उनले वान डे, इकु : द जंगल म्यान, कुसुमे रुमाल २, कठपुतली लगायतका फिल्महरुमा अभिनय गरेकी छिन् । 


    भाद्र ३१, २०७७ बुधवार १३:१४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उषा रजक

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    चर्चित गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

    क्यानाडानेपाल

    आश्विन १२

  • 154
    SHARES
  • चर्चित गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

    काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्रमा इन्ट्री गरेका छन् । यसअघि दीपकराज गिरीको चलचित्र ‘छ माया छपक्कै’ मा प्रोमोसनल गीतमा देखिएका दुर्गेशले अब नायकको भूमिका निभाउने भएका छन् ।

    उनी नयाँ चलचित्र ‘ए मेरो हजुर ४’मा जोडिएका छन् । उनी गायक र मुख्य एक भूमिकामा अनुबन्धित भएका छन् । 

    ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

    यो चलचित्रको छायाँकन आगामी शुक्रबारबाट सुरु गर्ने निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

    चलचित्रको निर्देशन झरना थापाले गर्दैैैछिन् । यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाइएको छैन ।


    आश्विन १२, २०७७ सोमवार १२:२७:०४ बजे : प्रकाशित

    मेलिना राईको गीतमा अभिनेता ध्रूब दत्त र निरु कोइरालाको रोमान्स

  • 320
    SHARES
  • मेलिना राईको गीतमा अभिनेता ध्रूब दत्त र निरु कोइरालाको रोमान्स

    काठमाडौँ । गीतकार ज्योति गुरुङको शब्द रहेको 'यो कस्तो माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गुरुङको  आफ्नै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोले प्रेम वियोगको कथालाई मर्म स्पर्शी ढंगले प्रस्तुत गरेको छ । 

    लामो समयदेखि बेलायतमा नै बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा निरन्तरता दिने बताएकी छिन् । शनिबार सार्वजनिक गीतमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । जसमा संगीत अर्जुन सुनमको रहेको छ  भने एरेन्ज बिबी अनुरागीको रहेको छ । 

    एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई पछिल्लो पुस्ताका चर्चित निर्देशक कुशल श्रेष्ठले कलात्मक शैलीमा सं्रब्य दृश्य मार्फत प्रस्तुत गरेका छन् ।

    जसमा अभिनेता  ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको जिवन्त अभिनय देख्न सकिन्छ । बेलायतमा नै छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै रहेको छ ।  निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्रका गीत र म्युजीक भिडियो गरी ३ दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।


    आश्विन १०, २०७७ शनिवार १७:४७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलिना राई
  • # यो कस्तो माया

  • क्यानाडानेपाल डेस्क

    प्रमोद खरेलको 'ओइ कान्छी' मा पल र पूजाको अभिनय (भिडियो)

  • 422
    SHARES
  • प्रमोद खरेलको 'ओइ कान्छी' मा पल र पूजाको अभिनय (भिडियो)

    काठमाडौं - गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेल र सुजता केसीको सुमधुर स्वरमा 'ओइ कान्छी' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने एरेञ्ज सहस शाक्यको रहेको छ । भिडियोमा पल शाह र पूजा शर्माको धमाकेदार अभिनय रहेको छ । 

    काजिस श्रेष्ठको कोरियोग्राफी एंव निर्देशन रहेको छ यस भिडियोलाई अर्जुन तिवारी खिचेका हुन् । भिडियोको सम्पादन भने दिपक विष्टले गरेका हुन् ।


    आश्विन १०, २०७७ शनिवार १३:००:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडानेपाल डेस्क

    सौगात र सृष्टिको चलचित्र 'तीन जन्तु' को टिजर सार्वजनिक

  • 272
    SHARES
  • सौगात र सृष्टिको चलचित्र 'तीन जन्तु' को टिजर सार्वजनिक

    काठमाडौं । अर्पण थापाको नयाँ चलचित्र 'तीन जन्तु' को टिजर सार्वजनिक भएको छ । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ को मूख्य अभिनय रहेको चलचित्र 'तीन जन्तु' को टिजर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

    यस चलचित्रमा पैसाको लुटपाटका पछाडिको कथा देखाइनेछ । चलचित्रमा सौगात मल्ल, अर्पण थापा, रोविन तामाङ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 
     
    चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्र २०२१ को जनवरी १ मा रिलिज गरिने बताइएको छ । 

     


    आश्विन १०, २०७७ शनिवार ११:५६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तीन जन्तु

  • क्यानाडानेपाल डेस्क

    साम्राज्ञी राज्यलक्ष्मी शाह: हटेन निर्माताको रोजाई , घटेन उनको व्यस्तता

  • 400
    SHARES
  • साम्राज्ञी राज्यलक्ष्मी शाह: हटेन निर्माताको रोजाई , घटेन उनको व्यस्तता

    साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हो । 'ड्रिम्स' चलचित्रबाट डेव्यु गरेकी शाहले आफ्नो उपस्थिति नेपाली चलचित्र क्षेत्रमा शिर्ष स्थानमा राख्न सफल भएकी छिन्।  मिडियामा पनि साम्रागी अनेक हिसाबले छाईरहेकी हुन्छिन् । चर्चा र विवादको बिचमा रहने साम्राज्ञी पछिल्लो पुस्तामा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री मध्येमा पर्छिन् । लकडाउनको बिचमा उनले दिएको अभिव्यक्तिले चलचित्र  क्षेत्र र आम दर्शकमाझ तरंग पैदा गर्यो । उनले आफुले चलचित्र क्षेत्रमा प्रवेश गर्दा भोगेका पिडा खुलस्त पोखिन् । ह्यारेस्मेन्ट देखि धेरै बिषयमा उनले उठाएको आवाजले उनलाई चलचित्रमा लिन निर्माता निर्देशक सोचनीय हुने आवाज उठ्न थाल्यो ।

    तर यसको ठिक विपरित अभिनेत्री शाह एकपछी अर्को चलचित्रमा लगातार अनुबन्धित भैरहेकी छिन् । उनले मनिष राउत र आना शर्मा साथ रहने एक चलचित्र केहि समय अगाडी साइन गरेकी थिइन् । केहि दिन अगाडी मात्र उनले पल शाहसंग जोडी बाधिने एक चलचित्रमा साईन गरेकी छिन् । यही बिचमा निर्देशक मिलन चाम्सको चलचित्रमा उनि अनुबन्धित भएको खबर बाहिरिएको छ । त्यस्तै एक ठुलो व्यानरको मल्टिस्टारर चलचित्रको लागी पनि उनको नाम अगाडी आइरहेको छ ।

    आफुलाई प्रमाणित गरेरे 'टप पेड' अभिनेत्रीको रुपमा  स्थापित गर्न सफल भैसकेकी शाहको नेपाली चलचित्रमा उपस्थिति अझ दरिलो र बलियो रहने पक्कापक्की जस्तै देखिन्छ । पछिल्ला केहि चलचित्र कर्मसियल हिसाबले सफल हुननसके पनि उनको माग र चर्चा भने अझ बढ्दो रहेको छ ।


    आश्विन १०, २०७७ शनिवार ११:५६:१३ बजे : प्रकाशित

    प्रताप दासको 'खेल रैछ माया' सार्वजनिक 

  • 292
    SHARES
  • प्रताप दासको 'खेल रैछ माया' सार्वजनिक 

    काठमाडौं - सौगात श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दासको सुमधुर स्वरमा 'खेल रैछ माया' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । 

    गीतमा सौगात श्रेष्ठको शव्द र वल्सन श्रेष्ठको संगीत रहेको छ । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा उदाएका प्रतापको गीत धेरैले रुचाउने गर्छन् । गीतको भिडियोमा प्रताप आफै देखिएका छन् । 

    गीतको भिडियोमा प्रदाप दासलाई मात्र देखिएको छ । भिडियोलाई कृष्ण मगरले छायाँकन, वल्सन श्रेष्ठको निर्देशन र बिक्रम शाक्यको सम्पादन रहेको छ । 

     


    आश्विन १०, २०७७ शनिवार ११:११:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रताप दास

  • क्यानाडानेपाल डेस्क