• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

श्राद्धको खाना खाँदा एक जनाको मृत्यु, १५ जना बिरामी

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 832
    SHARES
  • श्राद्धको खाना खाँदा एक जनाको मृत्यु, १५ जना बिरामी

    काठमाडौं - कैलालीमा मंगलबार श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका– १० खमौराका सुरेश बोहरा रहेका छन् । 

    उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्राद्धको खाना खाँदा अन्य १५ जना बिरामी भएका छन् । 

    बिरामी भएका १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । उनीहरु फुड प्वाइजनिङका कारण बिरामी भएको अस्पतालले जनाएको छ ।  


    भाद्र ३१, २०७७ बुधवार १३:३९:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # श्राद्धको खाना खाँदा

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने भए ?

    क्यानाडानेपाल

    आश्विन १२

  • 124
    SHARES
  • किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने भए ?

    बीबीसी। कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ।

    मन्त्रिपरिष्‌दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ। हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको आर्थिक अवस्था अनुकूल नहुनु रहेको जनाइएको छ।

    अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले बीबीसी नेपालीसँग कुरा गर्दै भने, "हामीले नदिने भनेका छैनौँ, केही समय पर्खिनुहोस् भनेका छौँ। अहिलेको सङ्क्रमणका कारण सरकारसँग स्रोतको अभाव छ। यो स्थिति सहज भयो र सरकारको आर्थिक अवस्थामा सुधार भयो भने दिन्छौँ।"

    तीन अर्बभन्दा बढी माग

    तीनवटै सुरक्षा निकायले भत्ता निकासा गर्न माग गर्दै तीन अर्ब रुपैयाँभन्दा बढीको विवरण अर्थ मन्त्रालयमा बुझाएका छन्। उक्त भत्ताका लागि गृह मन्त्रालयले नेपाल प्रहरीका ५० हजार र सशस्त्र प्रहरीका ३५ हजार सुरक्षाकर्मीलाई गरी झन्डै सवा दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको जनाएको छ।

    नेपाली सेनाले पनि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि खटिएका सेनाका लागि ९६ करोड रुपैयाँ माग गरेको जनाएको छ। जसको बारम्बार ताकेता गरिएको तर हालसम्म अर्थ मन्त्रालयले रकम निकासा नगरेको ती निकायहरूले जनाएका छन्।

    सरकारको निर्णयमा उनीहरूको परिचालन अनुसार दैनिक ३ सयदेखि शत प्रतिशतसम्म भत्ता दिने उल्लेख छ। मन्त्रिपरिषद्को गत वर्ष चैत्र १६ गतेको बैठकले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो।

    मापदण्ड बन्नै बाँकी

    सुरक्षाकर्मीहरू लकडाउनको कार्यान्वयन, क्वारन्टीन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा शव गाड्ने तथा जलाउनेदेखि सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजीजस्ता काममा परिचालन गरिएका थिए।

    सहसचिव शर्माले कसले पाउने भन्ने बारेमा मापदण्ड समेत बनाउनुपर्ने अवस्था रहेको बताएका छन्। उनले भने, "सबै सुरक्षाकर्मीले पाउने भन्ने हैन। स्वास्थ्यकर्मीलाई मापदण्ड बनाएर भत्ता दिएजस्तै सुरक्षाकर्मीलाई कति समयसम्म खटिएको, कुनकुन काममा खटिएको जस्ता कुरा तोकेर भत्ताको मापदण्ड बनाउनुपर्छ। त्यो काम पनि गर्दै छौँ।"

    काममै खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका गरेर पाँच हजारभन्दा बढी सुरक्षाकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको बताइएको छ।

    दशैँ, तिहार र छठजस्ता पर्व नजिकिएका बेला भत्ता पाउने आशामा सुरक्षाकर्मी रहेका देखिन्छन्। सङ्क्रमणसँग जुझ्दै काम गरिरहेका सुरक्षाकर्मीले बेलामै भत्ता पाए उनीहरूको मनोबल बढने सुरक्षा अधिकारीहरू बताउँछन्।


    आश्विन १२, २०७७ सोमवार १४:४३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुरक्षाकर्मी
  • # प्रोत्साहन भत्ता

  • क्यानाडानेपाल

    पद्मश्री साधना सम्मान नलिने मोदनाथ प्रश्रितको घोषणा

  • 454
    SHARES
  • पद्मश्री साधना सम्मान नलिने मोदनाथ प्रश्रितको घोषणा

    काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्यश्री सम्मान नलिने घोषणा गरेका छन् । सम्मान घोषणा भएलगत्तै आफ्ना बारेमा फैलाइएको अपवाहले भ्रम उत्पन्न भएको भन्दै साहित्यकार प्रश्रितले सम्मान नलिने घोषणा गरेका हुन् ।

    सोमवार विज्ञप्ति प्रकाशित गरी उनले सम्मानका लागि आफूलाई छनोट गरेकोमा आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानप्रति आभार व्यक्त पनि गरेका छन् ।

    ‘तर समाचार प्रकाशित भए लगत्तै अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो व्यक्तिगत चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निर्णय गरेको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

    २०७६ को पद्यश्री पुरस्कार आख्यानकार डा.सञ्जीव उप्रेतीलाई दिने निर्णय भएको छ । उप्रेतीले प्रश्रितसँगै उभिएर आफूले पुरस्कार लिन नसक्ने घोषणा गरेपछि विवाद देखिएको थियो ।

    bigyapti.jpg


    आश्विन १२, २०७७ सोमवार १४:३२:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोदनाथ प्रश्रित
  • # पद्मश्री साधना

  • क्यानाडानेपाल डेस्क

    स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा देखियो कोरोना

    क्यानाडानेपाल

    आश्विन १२

  • 340
    SHARES
  • स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा देखियो कोरोना

    सिन्धुली । स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पठनपाठनको तयारीका लागि कार्यथलो फर्केका हरिहरपुरगढी गाउँपालिकाका आठ शिक्षकमा कोरोना पुष्टि भएको हो ।

    संक्रमित शिक्षकहरु जिल्ला बाहिरबाट सिन्धुली फर्केका हुन् । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिएका छन् ।

    आइतबार मात्रै सिन्धुलीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एकै परिवारका ६ जना संक्रमित समेत भेटिएका छन् । 

    लकडाउनको अवधिमा घर गएका शिक्षकहरु विद्यालय खोल्ने तयारीका लागि गाउँपालिका फर्केपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो । 

    सिन्धुलीका सबै स्थानीय तहले विद्यालय खोल्ने तयारी गरिरहेका छन् । जिल्ला बाहिर रहेका शिक्षकहरु धमाधम भित्रन थालेका छन् ।

    जिल्लाका नौ वटै स्थानीय तहले विद्यालय खोल्नुपूर्व बाहिरबाट आउने शिक्षकहरुलाई क्वारेन्टाईनमा राखि परिक्षण गर्ने भएका छन् ।


    आश्विन १२, २०७७ सोमवार १२:१३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # विद्यालय

  • क्यानाडानेपाल

    आहा ! कति आकर्षक र मनमोहक म्याग्दीको ‘झरना’

    क्यानाडानेपाल

    आश्विन १२

  • 164
    SHARES
  • आहा ! कति आकर्षक र मनमोहक म्याग्दीको ‘झरना’

    काठमाडौं । नेपाल प्रकृतिको सुन्दर अनुपम उपहार मानिन्छ । तराईदेखि हिमालसम्म प्रकृतिका अनुपम उपहारका रुपमा हरियाली घनाजंगलदेखि हिमतालसम्म रहेका छन् ।

    नदी, ताल, झरनाले मानिसलाई आकर्षित गर्नेगर्छ । तराईको समथर हरियाली जंगल र त्यस जंगललाई बासस्थान बनाएर बसेका जनावर हेरेर उकालो लागेको केही घण्टामै सुन्दर हिमताल हेर्न पाइने भएर विदेश पर्यटकलाई नेपालले लोभ्याएको छ । 

    प्रकृतिका अनेकन सुन्दर अनुपम उपहारमध्ये एक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको छहरा खोला झरना पनि हो । निकै आकर्षक रहेको सो झरनाले आन्तरिक पर्यटकलाई लोभ्याउन थालेको छ । 

    उक्त झरनालाई अवलोकन गर्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको नजरमा पर्न थालेपछि स्थानीय तहले पर्यटन पूर्वाधारको निर्माण गर्ने तयारी गरेको जनाइएको छ । 

    तस्बिर : कमल खत्री


    आश्विन १२, २०७७ सोमवार ११:५८:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झरना

  • क्यानाडानेपाल

    डिएसपीसहित आठ जना प्रहरीमा कोरोना संक्रमण

    क्यानाडानेपाल

    आश्विन १२

  • 208
    SHARES
  • डिएसपीसहित आठ जना प्रहरीमा कोरोना संक्रमण

    चितवन । चितवनमा नेपाल प्रहरीका नायव उपरीक्ष (डीएसपी)सहित आठ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबार राति चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित आठ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । 

    आइतबार राति आएको रिपोर्टमा कोरोना पोजेटिभ आएसँगै सबै संक्रमित प्रहरी कार्यालयमै आइसोलेसनमा बसेका छन् ।

    कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको चितवन प्रहरीले जनाएको छ । चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।


    आश्विन १२, २०७७ सोमवार ११:१९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    जसपा अध्यक्ष महन्थ ठाकुरको मुटुको शल्यक्रिया

    क्यानाडानेपाल

    आश्विन १२

  • 526
    SHARES
  • जसपा अध्यक्ष महन्थ ठाकुरको मुटुको शल्यक्रिया

    काठमाडौं । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको मुटुको शल्यक्रिया गरिएको हो । 

    सांसदसमेत रहेका ठाकुरको मुटुको सामान्य शल्यक्रिया गरिएको जसपाले जनाएको छ । मुटुको माइनर सर्जरी गराएका उनी हाल नर्भिक अस्पतालमै रहेर स्वास्थ्य लाभ गरिरहेका छन् । 

    दुई वर्ष अघि उनको मुटुको धमनीमा समस्या देखिएपछि भारतमा उपचार गरिएको थियो । 


    आश्विन १२, २०७७ सोमवार १०:४१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर

  • क्यानाडानेपाल