• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल 

क्यानाडानेपाल डेस्क भाद्र ३१ २०७७
  • 1.5K
    SHARES
  • कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल 

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ ।

    अस्पतालले दिउँसो स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै तीनजना चिकित्सक उपचारमा खटिएको उल्लेख गरेको छ । डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र बाबुकाजी कार्की उनको उपचारमा खटिएका छन् ।

    केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

    ltr shashank.jpg


    भाद्र ३१, २०७७ बुधवार १३:५९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा.शशांक कोइराला

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा देखियो कोरोना

    क्यानाडानेपाल

    आश्विन १२

  • 254
    SHARES
  • स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा देखियो कोरोना

    सिन्धुली । स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पठनपाठनको तयारीका लागि कार्यथलो फर्केका हरिहरपुरगढी गाउँपालिकाका आठ शिक्षकमा कोरोना पुष्टि भएको हो ।

    संक्रमित शिक्षकहरु जिल्ला बाहिरबाट सिन्धुली फर्केका हुन् । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिएका छन् ।

    आइतबार मात्रै सिन्धुलीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एकै परिवारका ६ जना संक्रमित समेत भेटिएका छन् । 

    लकडाउनको अवधिमा घर गएका शिक्षकहरु विद्यालय खोल्ने तयारीका लागि गाउँपालिका फर्केपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो । 

    सिन्धुलीका सबै स्थानीय तहले विद्यालय खोल्ने तयारी गरिरहेका छन् । जिल्ला बाहिर रहेका शिक्षकहरु धमाधम भित्रन थालेका छन् ।

    जिल्लाका नौ वटै स्थानीय तहले विद्यालय खोल्नुपूर्व बाहिरबाट आउने शिक्षकहरुलाई क्वारेन्टाईनमा राखि परिक्षण गर्ने भएका छन् ।


    आश्विन १२, २०७७ सोमवार १२:१३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # विद्यालय

  • क्यानाडानेपाल

    आहा ! कति आकर्षक र मनमोहक म्याग्दीको ‘झरना’

    क्यानाडानेपाल

    आश्विन १२

  • 136
    SHARES
  • आहा ! कति आकर्षक र मनमोहक म्याग्दीको ‘झरना’

    काठमाडौं । नेपाल प्रकृतिको सुन्दर अनुपम उपहार मानिन्छ । तराईदेखि हिमालसम्म प्रकृतिका अनुपम उपहारका रुपमा हरियाली घनाजंगलदेखि हिमतालसम्म रहेका छन् ।

    नदी, ताल, झरनाले मानिसलाई आकर्षित गर्नेगर्छ । तराईको समथर हरियाली जंगल र त्यस जंगललाई बासस्थान बनाएर बसेका जनावर हेरेर उकालो लागेको केही घण्टामै सुन्दर हिमताल हेर्न पाइने भएर विदेश पर्यटकलाई नेपालले लोभ्याएको छ । 

    प्रकृतिका अनेकन सुन्दर अनुपम उपहारमध्ये एक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको छहरा खोला झरना पनि हो । निकै आकर्षक रहेको सो झरनाले आन्तरिक पर्यटकलाई लोभ्याउन थालेको छ । 

    उक्त झरनालाई अवलोकन गर्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको नजरमा पर्न थालेपछि स्थानीय तहले पर्यटन पूर्वाधारको निर्माण गर्ने तयारी गरेको जनाइएको छ । 

    तस्बिर : कमल खत्री


    आश्विन १२, २०७७ सोमवार ११:५८:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झरना

  • क्यानाडानेपाल

    डिएसपीसहित आठ जना प्रहरीमा कोरोना संक्रमण

    क्यानाडानेपाल

    आश्विन १२

  • 178
    SHARES
  • डिएसपीसहित आठ जना प्रहरीमा कोरोना संक्रमण

    चितवन । चितवनमा नेपाल प्रहरीका नायव उपरीक्ष (डीएसपी)सहित आठ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबार राति चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित आठ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । 

    आइतबार राति आएको रिपोर्टमा कोरोना पोजेटिभ आएसँगै सबै संक्रमित प्रहरी कार्यालयमै आइसोलेसनमा बसेका छन् ।

    कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको चितवन प्रहरीले जनाएको छ । चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।


    आश्विन १२, २०७७ सोमवार ११:१९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    जसपा अध्यक्ष महन्थ ठाकुरको मुटुको शल्यक्रिया

    क्यानाडानेपाल

    आश्विन १२

  • 482
    SHARES
  • जसपा अध्यक्ष महन्थ ठाकुरको मुटुको शल्यक्रिया

    काठमाडौं । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको मुटुको शल्यक्रिया गरिएको हो । 

    सांसदसमेत रहेका ठाकुरको मुटुको सामान्य शल्यक्रिया गरिएको जसपाले जनाएको छ । मुटुको माइनर सर्जरी गराएका उनी हाल नर्भिक अस्पतालमै रहेर स्वास्थ्य लाभ गरिरहेका छन् । 

    दुई वर्ष अघि उनको मुटुको धमनीमा समस्या देखिएपछि भारतमा उपचार गरिएको थियो । 


    आश्विन १२, २०७७ सोमवार १०:४१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर

  • क्यानाडानेपाल

    कांग्रेस सांसद प्रकाश स्नेही सवार स्कुटरलाई माइक्रोले दियो ठक्कर, नर्भिकमा उपचार हुँदै

  • 584
    SHARES
  • कांग्रेस सांसद प्रकाश स्नेही सवार स्कुटरलाई माइक्रोले दियो ठक्कर, नर्भिकमा उपचार हुँदै

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही दुर्घटनामा परेका छन् । उनी सवार स्कुटरलाई सोमबार बिहान टेकुमा माइक्रोले ठक्कर दिएको हो । 

    नेविसंघका नेता सागर परियारले सांसद स्नेहीको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेसका युवा नेता सांसद दाजु प्रकाश  स्नेही आज सवारी दुर्घटना परि घाइते भई नर्भिक हस्पिटलमा उपचारको क्रममा भएकोले स्वास्थलाभको कामना,’ परियारले सांसद स्नेही उपचारको तस्बिरसहित राखेर फेसबुकमा लेखेका छन् ।

    सांसद स्नेहीको कुम र खुट्टामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

     


    आश्विन १२, २०७७ सोमवार १०:१३:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस–सांसद–प्रकाश–स्नेही
  • # दुर्घटना

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस सांसद प्रकाश स्नेही सवार स्कुटरलाई माइक्रोले दियो ठक्कर, नर्भिकमा उपचार हुँदै

  • 112
    SHARES
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही दुर्घटनामा परेका छन् । उनी सवार स्कुटरलाई सोमबार बिहान टेकुमा माइक्रोले ठक्कर दिएको हो । 

    नेविसंघका नेता सागर परियारले सांसद स्नेहीको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेसका युवा नेता सांसद दाजु प्रकाश  स्नेही आज सवारी दुर्घटना परि घाइते भई नर्भिक हस्पिटलमा उपचारको क्रममा भएकोले स्वास्थलाभको कामना,’ परियारले सांसद स्नेही उपचारको तस्बिरसहित राखेर फेसबुकमा लेखेका छन् ।

    सांसद स्नेहीको कुम र खुट्टामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

     


    आश्विन १२, २०७७ सोमवार १०:०९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस–सांसद–प्रकाश–स्नेही
  • # दुर्घटना

  • क्यानाडानेपाल डेस्क