• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

इटालियन सिरी ‘ए’ : मिलानको सानदार जित

क्यानाडानेपाल डेस्क आश्विन ६ २०७७
  • 406
    SHARES
  • इटालियन सिरी ‘ए’ : मिलानको सानदार जित

    काठमाडौं - सोमबार राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा एसी मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा एसी मिलानले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । उक्त खेलमा मिलानको लागि ज्लाटान इब्राहिमोभिचले गोल गरे । खेलको ३५औं मिनेटमा मिलानका ज्लाटानले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि दोस्रो हाफको शुरुवातमै मिलानले पेनाल्टी पायो । पेनाल्टीमार्फत मिलानका खेलाडीले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन । मिलान २–० गोलले जिवयी भयो । 
     


    आश्विन ६, २०७७ मंगलवार १३:३७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए’

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

  • 148
    SHARES
  • विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।  

    युभेन्टसका स्टार समेत रहेका रोनाल्डोलाई गएको १३ अक्टोबरमा कोरोनासंक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ देखिएपनि उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । 

    india.jpg

    कोरोना पुष्टिपछि होम आइशोलेशनमा बसेका रोनाल्डो नेसन्स लिगअन्तर्गत स्वीडेनसँगको खेल र च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेल पनि गुमाएका थिए। यसअघि जमैकाका धावक उसेन बोल्ट लगायतका खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो । 

    india.jpg

     
     


    कार्तिक १५, २०७७ शनिवार १३:५६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडानेपाल डेस्क

    रोमाञ्चक खेलमा चेन्नई सुपरकिंग्सले हरायो कोलकातालाई, मुम्बई इन्डियन्स प्ले अफमा

    क्यानाडानेपाल

    कार्तिक १४

  • 282
    SHARES
  • रोमाञ्चक खेलमा चेन्नई सुपरकिंग्सले हरायो कोलकातालाई,  मुम्बई इन्डियन्स प्ले अफमा

    एजेन्सी । युएईको दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । 

    कोलकाता पराजित भएसँगै मुम्बई इन्डियन्स प्ले अफमा पुगेको छ । कोलकाताको प्ले अफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।


    कार्तिक १४, २०७७ शुक्रवार ०९:३३:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चेन्नई–सुपरकिंग्स
  • # कोलकाता

  • क्यानाडानेपाल

    नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

  • 458
    SHARES
  • नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

    काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहिबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । 

    कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । 

    नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ । 

    मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । रासस  


    कार्तिक १४, २०७७ शुक्रवार ०७:२४:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आफ्नो जीवनमा आधारित चलचित्रबारे उत्पन्न विवादका विषयमा मुथैया मुरलीधरन के भन्छन् ?

    क्यानाडानेपाल

    कार्तिक १३

  • 464
    SHARES
  • आफ्नो जीवनमा आधारित चलचित्रबारे उत्पन्न विवादका विषयमा मुथैया मुरलीधरन के भन्छन् ?

    दक्षिण भारतमा व्यापक विरोध भएसँगै मुख्य अभिनेता पछि हटेको भए पनि आफ्नो जीवनमा आधारित चलचित्र सार्वजनिक हुने श्रीलङ्का प्रख्यात पूर्वक्रिकेट खेलाडी मुथैया मुरलीधरनले बताएका छन्। बीबीसीकी नलिनी शिवथासनले मुरलीधरनसँग कुराकानी गर्दै चलचित्रबारे विवादको व्याख्या गरेकी छन्।

    "क्रिकेटमा मात्रै होइन, म धेरै विषयमा विवादमा परेको छु। मैलै धेरै अवरोधहरू पार गरेँ। यो मैले सामना गरेका धेरै चुनौतीमध्ये एक हो," चलचित्रबारे देखिएको विवादका विषयमा बोल्दै ४८ वर्षीय मुरलीधरनले भने।

    श्रीलङ्कामा अल्पसङ्ख्यक तमिल समुदायका सदस्य मुरलीधरनले लामो समयसम्म चलेको गृह युद्धबीच राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका थिए। त्यहाँ पृथकतावादी तमिल र बहुसङ्ख्यक सिन्हाला समुदायका सुरक्षा फौजबीच लामो समयसम्म युद्ध चलेको थियो।

    क्रिकेट जगत्‌मा सबैभन्दा प्रभावशाली बलरका रूपमा स्थापित हुनुअघि बलिङ् गर्ने तरिकालाई लिएर उनले विवादको सामना गर्नुपरेको थियो। तर एट हन्ड्रेड (८००) नाम दिइएको उनको जीवनमा आधारित चलचित्र भने उनका लागि हालसम्मकै ठूलो अवरोध हुन सक्छ।

    टेस्ट क्रिकेटमा उनले ८०० विकेट हात पारेका छन् जसकारण चलचित्रको नाम पनि एट हन्ड्रेड राखिएको छ। उक्त चलचित्रको छायाङ्कन सुरु भइसकेको छैन। दक्षिण भारतीय अभिनेता विजय सेतुपति मुरलिधरनका रूपमा देखिएको पोस्टर सार्वजनिक हुनासाथ तीव्र विरोध देखिएको थियो।

    निर्माताहरूले चलचित्रलाई युवाहरूलाई प्रेरणा दिने "स्पोर्टस बायोग्राफी" भनेका छन्। तर आलोचकहरूले भने राजनीतिक रूपमा विवादित व्यक्तिको प्रशंसा गर्न खोजिएको हुन सक्ने अनुमान गरेका छन्।

    गत वर्षको राष्ट्रपतीय निर्वाचनका बेला मुरलीधरनले गरेको टिप्पणीका कारण धेरै आक्रोश देखिएको थियो। उनले सन् २००९ मा समाप्त भएको युद्धको खुसियाली मनाउँदै एकजना प्रतिस्पर्धी गोटाबय राजपक्षलाई समर्थन गरेका थिए।

    सरकारले तमिल पृथक्तावादी विद्रोहीहरूलाई सखाप पार्ने गरी चलाएको कारबाहीका बेला राजपक्ष श्रीलङ्काका रक्षामन्त्री थिए। उक्त कारबाहीमा दशौँ हजार सर्वसाधारणको मृत्यु भएको थियो।

    युद्धको अन्तिमतिर करिब ४०,००० तमिल सर्वसाधारणको मृत्यु भएको विश्वास गरिन्छ र समान भाषा अनि जातीय पहिचान बोकेको तमिलनाडुमा यो भावनात्मक विषय बनेको छ। "मुरलीधरन तमिल भए पनि उनी तमिलजस्तो व्यवहार गर्दैनन् र हामी उनी कुनै पनि हिसाबले तमिलनाडु प्रवेश नगरून् भन्ने चाहन्छौँ - त्यो चाहे व्यक्तिगत रूपमा होस वा चलचित्रका रूपमा," चेन्नईस्थित एक युवा अधिकारवादी भी प्रभाले भने।

    "सन् २००९ पछि यो देशमा शान्ति प्राप्त गरेका थियौँ भन्ने मेरो भनाइको मतलब थियो। जब युद्ध समाप्त भयो त्यो मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो किनकि शान्ति स्थापित भएको थियो - तमिल सर्वसाधारण मारिए भनेर होइन," आईपीएल प्रतियोगितामा सनराइजर्स हैदराबाद टोलीको बलिङ्ग कोचका भूमिका निर्वाह गरिरहेका मुरलीधरनले दुबईबाट भने।

    "मैले युद्धमा कसैको पक्ष लिइनँ - राजपक्ष पक्ष वा अर्को पक्ष। म बीचमा थिएँ। श्रीलङ्कामा के भइरहेको छ भन्ने कुरा भारतका मानिसहरूलाई थाहा छैन।" मुरलीधरनको भारत र विषेशतः तमिलनाडुसँग नजिकको सम्बन्ध छ। उनकी श्रीमती तमिलनाडुकी हुन र उनी सन् २००८ देखि २०१० सम्म आईपीएल प्रतियोगितामा चेन्नई सुपर किङ्ग्सलाई प्रतिनिधित्व गर्थे।

    त्यसो भए चलचित्र किन यति धेरै विवादित बन्यो त?

    "सन् २०१० मा तमिलनाडुका मानिसहरूलाई श्रीलङ्काको गृह युद्धमा तमिलहरूमाथि के भयो भन्ने थाहा थियो तर उनीहरूले यस विषयमा मुरलीधरनलाई जोडेनन्," प्रभाले भने। "त्यसपछि हामीले उनले कसरी श्रीलङ्का सरकारलाई समर्थन गरिरहेका छन् भन्ने कुरा देखाउन अभियान सुरु गर्‍यौँ र सन् २०१३ सम्ममा हामी मुरलीधरन र श्रीलङ्काका अन्य खेलाडीमाथि यहाँ प्रतिबन्ध लगाउन सफल भयौँ।"

    चेन्नईस्थित एक स्वतन्त्र पत्रकार कविता मुरलीधरनका अनुसार उक्त चलचित्रबारे तीव्र प्रतिक्रिया उत्पन्न हुनुको कारण ४२ वर्षे अभिनेता विजय सेतुपति हुन।

    "सेतुपतिलाई प्रगतिशील अभिनेताका रूपमा हेरिन्छ। उनी धेरै सामाजिक मुद्दामा बोल्ने गर्छन् जस कारण धेरै मानिसलाई उनले मुरलीधरनको अभिनय गरेको हेर्न विषय पिडादायी बनेको थियो," उनले भनिन्।

    "तमिलनाडुका मानिसहरूले चलचित्रलाई गम्भीर रूपमा लिने गर्छन्। त्यहाँ चलचित्रलाई चलचित्रका रूपमा मात्रै हेरिँदैन - तमिल चलचित्र र राजनीति एकआपसमा सम्बन्धित छन्।"

    उक्त चलचित्रबाट पछि हट्न सेतुपतिलाई आफ्ना सहकर्मी अभिनेता अनि नेताहरूले दबाव दिएका थिए। तर अन्तिम निर्णय भने मुरलीधरनको आश्चर्यजनक हस्तक्षेपका कारण भएको हो। उनले ती अभिनेतालाई पछि हट्न आग्रह गरे। 

    "यो चलचित्रका कारण सेतुपतिलाई किन अनावश्यक समस्या हुनुपर्‍यो? यी समस्याहरू म उनीमाथि किन राख्न चाहन्छु?" उनले प्रश्न गरे। "यो मेरो लडाइँ हो, उनको होइन। त्यसैले म आफैँ लडाइँ लड्नेछु।"

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १३, २०७७ बिहिवार १५:०८:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुथैया मुरलीधरन
  • # क्रिकेट

  • क्यानाडानेपाल

    यूईएफए च्याम्पियन्स लिग : पीएसजीको जित 

  • 278
    SHARES
  • यूईएफए च्याम्पियन्स लिग : पीएसजीको जित 

    काठमाडौं । बुधबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजीले इस्तानबुल बासाकसेहिरलाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा पिएसजीका लागि मोइस कीनले नै दुई गोल गरे । खेलको ६४ र ७९औ मिनेटमा मोइस कीनले गोल गरी पिएसजीलाई जित दिलाए । जितसँम्गै पिएसजीको २ खेलमा ३ अंक रहेको छ ।  


    कार्तिक १३, २०७७ बिहिवार ०९:२७:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग

  • क्यानाडानेपाल डेस्क

    च्याम्पियन्स लिग : चेल्सीको सानदार जित

  • 258
    SHARES
  • च्याम्पियन्स लिग : चेल्सीको सानदार जित

    काठमाडौं - गए राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले एफके क्रानोडरलाई ४-० गोलले पराजित गरेको हो । उक्त खेलको पहिलो हाफमा नै चेल्सीले अग्रता पाएको थियो ।

    खेलको ३७ औँ मिनेटमा चेल्सीका कालम हड्सन ओडोइले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि दोस्रो हाफमा खेलको ७६ औँ मिनेटमा चेल्सीका टिमो वेर्नरले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । उनले पोनाल्टीमा गोल गरेका हुन् । 

    त्यसपछि खेलको ७९ औँ मिनेटमा हकिम जियचले र ९० औं मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरी चेल्सीलाई जित दिलाए । जितसँगै चेल्सीले चार अंक बनाएको छ । 
     


    कार्तिक १३, २०७७ बिहिवार ०८:३३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग

  • क्यानाडानेपाल डेस्क