• Feb 28 2021 | २०७७, फाल्गुण १६गते

२०७७, फाल्गुण १६गते

भारतमा एकैदिन ११ सय बढीको कोरोना संक्रमणबाट मृत्यु

क्यानाडानेपाल आश्विन ९ २०७७
  • 1.1K
    SHARES
  • भारतमा एकैदिन ११ सय बढीको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट भारतमा मृत्यु हुने र संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमित फेला पर्न थालेका छन् । 

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ८५ हजार ९ सय १९ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ५८ लाख १६ हजार १ सय ३ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ४४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ हजार ३ सय १७ पुगेको छ । 

    त्यस्तै हालसम्म ४७ लाख ५२ हजार ९ सय ९१ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।  


    आश्विन ९, २०७७ शुक्रवार १४:०२:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 234
    SHARES
  • अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

    वासिङ्टन – कोरोनाको संक्र मणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ ।

    राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ ।

    एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।

    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ । यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ । यो प्रस्तावलाई अब सिनेटले पारित गर्नु पर्नेछ । अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ ।

    अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्या न गइसकेको छ । शनिबार पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्या न गएको थियो ।यसैबीच, युरोपेली मुलुकहरुमा कडा लकडाउन गरिएका छन् । फ्रान्समा अझ कडा लकडाउन गरिएको छ ।

    बेलायतमा यसै महिनाको शुरुमा १०० वर्षीय पूर्व योद्धा टम मूरको कोरोना संक्रमणकै कारण निधन भएको छ । उहाँले गत वर्ष कोभिड–१९ का कारण स्वास्थ्य संस्थाका लागि चार करोड ५० लाख अमेरिकी डलर चन्दा संकलन गरेर रेकर्ड बनाउनु भएको थियो । एएफपी 


    फाल्गुण १६, २०७७ आइतवार १८:०९:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोरोनाविरुद्धको खोप

  • क्यानाडानेपाल डेस्क

    आधुनिक गणितको सुरुवात एउटा विलुप्त इस्लामिक पुस्तकालयबाट कसरी भयो ?

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 266
    SHARES
  • आधुनिक गणितको सुरुवात एउटा विलुप्त इस्लामिक पुस्तकालयबाट कसरी भयो ?

    काठमाडौँ।  द हाउस अफ विज्डम (बेयत अल-हिकमाह) नामक प्राचीन पुस्तकालयको भग्नावशेष उपलब्ध छैन। तेह्रौँ शताब्दीमा ध्वस्त पारिएको भनिएको यो पुस्तकालय ठ्याक्कै कहाँ पर्थ्यो वा कस्तो देखिन्थ्यो हामीलाई थाहा छैन।

    तर यो प्रतिष्ठित पुस्तकालय इस्लामिक स्वर्ण युगको समयमा बग्दादको महत्त्वपूर्ण बौद्धिक पाठशाला थियो र यहाँ नै हाम्रो आधुनिक समयको अरेबिक सङ्ख्या सहितका रूपान्तरणकारी हिसाबका सिद्धान्तहरूको जन्म भएको थियो।

    खलिफा हारुन अल-राशिदको निजी सङ्कलनका रूपमा आठौँ शताब्दीको अन्त्यतिर स्थापना गरिएको यो पुस्तकालयलाई त्यसको ३० वर्षपछि सार्वजनिक पुस्तकालयमा परिणत गरिएको थियो। द हाउस अफ विज्डमले संसारभरिका वैज्ञानिकहरूलाई बग्दादतर्फ तानेको जस्तो देखिन्थ्यो। उनीहरूलाई उक्त शहरको विद्वत्त र जिज्ञासु वातावरणले तानेको थियो। मुस्लिम, यहुदी र इसाई सबै प्राज्ञहरूलाई त्यहाँ अध्ययन गर्न दिइन्थ्यो।

     भव्य पुस्तकालय

    लण्डनमा अहिले अवस्थित ब्रिटिश लाइब्रेरी वा प्यारिसको बिब्लियोथेक न्याशोनलजस्तै भव्य द हाउस अफ विज्डम मानविकी र विज्ञान सङ्कायका कैयौँ विषयको अध्ययन केन्द्र बनेको थियो। द हाउस अफ विज्डम १२५८ को मङ्गोल घेराबन्दीका क्रममा क्षतिग्रस्त भएको थियो। किंवदन्तीअनुसार धेरै लेखोटहरू टाइग्रेस नदीमा फाल्दा त्यहाँको पानी नै मसीका कारण कालो बनेको थियो। तर उक्त पुस्तकालयमा गरिएको खोजले शक्तिशाली, अमूर्त गणितीय भाषा आविष्कार गरेको थियो जसलाई पछि इस्लामी साम्राज्य, युरोप र अन्तत: विश्वले नै स्वीकार गर्न पुग्यो।

    सरे विश्वविद्यालयका भौतिक विज्ञानका प्राध्यापक जिम अल खलिली भन्छन्, “हाम्रो लागि ठ्याक्कै कहाँ र कहिले द हाउस अफ विज्डम स्थापना गरिएको थियो भन्दा पनि वैज्ञानिक अवधारणाहरूको रोचक इतिहास र उनीहरूको विकास कसरी भयो भन्ने कुरा महत्त्वपूर्ण बन्नुपर्छ।” द हाउस अफ विज्डमको गणितसम्बन्धी विरासत जान्नका लागि इतिहासमा फर्कनुपर्छ।

    युरोपमा जसले अहिलेको गणितलाई भित्र्याए 

    इटालीयन पुनर्जारणको प्रभाव कमजोर नभएसम्म लिओनार्दो दा पीसा सयौँ वर्षदेखि युरोपमा गणितका पर्यायका रूपमा थिए। पीसामा ११७० मा जन्मिएका इटलीका यी गणितिज्ञले आफ्नो प्रारम्भिक शिक्षा बुगीया भन्ने उत्तर अफ्रिकाको तटीय क्षेत्रमा अवस्थित व्यापार केन्द्रमा प्राप्त गरेका थिए।

    जीवनको दुई दशक नाघेपछि उनी मध्यपूर्वतिर निस्किए र उनलाई भारतबाट इरान हुँदै पश्चिमा विश्वमा पुगेको अवधारणाहरूले मोहित बनायो। जब उनी इटली फर्किए उनले लिबर अबासी नामक हिन्दू अरेबिक अङ्क प्रणाली व्याख्या गर्ने पहिलो पश्चिमा कृति प्रकाशित गरे।

    यो कृति १२०२ मा सार्वजनिक हुँदा हिन्दू-अरेबिक अङ्क प्रणाली केही विद्वानलाई मात्रै थाहा थियो। युरोपका व्यापारी र अध्येताहरू रोमन सङ्ख्यामै निर्भर थिए जसले गुणन र भाग गर्ने कामलाई एकदमै जटिल बनाएको थियो (उदाहरणका लागि एमएक्ससीआईलाई एलभीआईआईले गुणनको प्रयास गर्नूस्)।

    उक्त पुस्तकले कसरी अङ्क गणितको सहायताले नाफा, मुद्रा सटही, तौल, ब्याजजस्ता विषयसँग जोडिएका व्यावहारिक समस्या हल गर्न सकिन्छ भन्ने उल्लेख गरेको थियो। बालबालिकाले विद्यालयमा अब नयाँ सङ्ख्याहरू अध्ययन गर्नसक्ने उल्लेख गर्ने उक्त पुस्तकमा शून्य र एकदेखि नौसम्मका सङ्ख्याको चर्चा गरिएको थियो।

    फिबोनाची पनि भनिने पीसाको सिर्जनशीलता गणितिज्ञका रूपमा मात्रै सीमित छैन। शताब्दीऔँदेखि आफूले जानेका सूत्रहरू, दशमलव राख्ने प्रणाली र बीजगणितबाट मुस्लिम वैज्ञानिकहरूले प्राप्त गरेको लाभका बारेमा उनले मिहिन ढङ्गले बुझेका थिए।

    यसरी जोडिन्छ गणित अरब विश्वसँग

    वास्तवमा लिबर अबासी नवौँ शताब्दीका गणितिज्ञ अल ख्वारिज्मीका सूत्रहरूमा लगभग निर्भर थिए। उनले पहिलो पटक समीकरणहरू हल गर्ने वैज्ञानिक विधि प्रस्तुत गरेका थिए। गणितका क्षेत्रमा गरेका अनुसन्धानका कारण अल-ख्वारिज्मीलाई बीजगणितका पिताका रूपमा लिने गरिन्छ।

    अलजिब्रा भन्ने शब्द उनको कारणले आएको हो जसको अरेबिक शब्द अल-जेबरको अर्थ टुटेका अङ्गहरू पुनः जोड्नु भन्ने बुझिन्छ। उनी ८२१ मा खगोलशास्त्री र हाउस अफ विज्डमका प्रमुख लाइब्रेरीअन नियुक्त भएका थिए।

    अल-ख्वारिज्मीले मुस्लिम विश्वलाई दशमलव प्रणालीबारे जानकारी दिएको उल्लेख गर्दै अल खलिली भन्छन्, “लिओनार्दो दा पीसा र अरूले त्यसलाई युरोपमा विस्तार गर्न सघाए।”

    फिबोनाचीको आधुनिक गणितमा रूपान्तरणकारी प्रभाव अल ख्वाराजमीकै विरासतको हिस्सा हो। दुई व्यक्तिको जीवनकालमा लगभग चार शताब्दीको फरक रहे पनि उनीहरूलाई प्राचीन पुस्तकालयले जोडेको थियो।

    हाउस अफ विज्डम किंवदन्ती

    हाउस अफ विज्डमका बारेमा धेरै जानकारी नभएकाले होला इतिहासकारहरू यसको क्षेत्र र उद्देश्यलाई बेलाबेला बढाइचढाइ पनि गर्छन्। “केहीले द हाउस अफ विज्डम धेरैका आँखामा भव्य देखिएको जस्तो नभएको तर्क गर्छन्।

     तर अल ख्वारीजमीजस्ता व्यक्तिको आबद्धता र उनले गणित, खगोल विज्ञान र भूगोलमा गरेका कामले मेरा लागि द हाउस अफ विज्डम अनुवाद गरिएका पुस्तकका ठेली भएको ठाउँभन्दा पनि वास्तविक पाठशाला भएको बलियो प्रमाण दिएको छ।”

    उक्त पाठशालाका अनुवादक तथा विज्ञहरूले आफ्नो काम सर्वसाधरणसम्म पुगोस् भन्नका लागि निकै मेहनत गर्ने गरेको ठानिन्छ। यूकेको द ओपन युनिभर्सिटीकी गणित इतिहास विषयकी प्राध्यापक जुन ब्यारो ग्रीनका अनुसार द हाउस अफ विज्डममा ग्रीक अवधारणाहरूलाई अरबी अनुवादकहरूले भाषिक रूप दिँदै अहिलेको हाम्रो गणितको बुझाइको आधार तयार पारेका हुन्।

    उक्त पुस्तकालय वैज्ञानिक अन्वेषणको केन्द्र पनि रहेको थियो। लिओनार्दो दा पीसाको गणितका क्षेत्रमा योगदान कक्षाकोठाहरूमा खासै अध्ययन गराइँदैन। उनको कथा झण्डै एक हजार वर्षअघि पश्चिमा इसाई जगत्‌ बौद्धिक रूपमा अँध्यारोमा नै रहेको बेला एउटा दरबारको पुस्तकालयबाट सुरु हुन्छ। यो कथाले हाम्रो युरोप केन्द्रित गणितसम्बन्धी सोचलाई भत्काउँछ र इस्लामिक विश्वले हासिल गरेका वैज्ञानिक उपलब्धिलाई उजागर गर्छ। बीबीसी 


    फाल्गुण १६, २०७७ आइतवार १५:१४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आधुनिक गणित
  • # इस्लामिक पुस्तकालय

  • क्यानाडानेपाल

    अमेरिकाले स्वीकृति दिएको एक मात्रा लगाए पुग्ने कोभिड खोपका यस्ता छन् विशेषता

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 206
    SHARES
  • अमेरिकाले स्वीकृति दिएको एक मात्रा लगाए पुग्ने कोभिड खोपका यस्ता छन् विशेषता

    काठमाडौँ।  अमेरिकी नियामक निकायले तेस्रो कोभिड खोप स्वीकृत गर्दै जोन्सन एन्ड जोन्सनको एक मात्रा लगाए प्रभावकारी हुने खोपलाई अनुमति दिएको छ। फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले स्वीकृत गरेको सो खोप फाइजर र मोडेर्नाको खोपभन्दा सस्तो एवम् सामान्य चिसो तापक्रममा राख्न सकिने खालको छ।

    परीक्षणमा यो खोपले गम्भीर बिरामी हुनबाट बचाउने र समग्रमा ६६ प्रतिशत प्रभावकारी भएको देखिएको छ। यो खोप बेल्जियमको कम्पनीले निर्माण गरेको हो। सो कम्पनीले अमेरिकालाई जून महिनाको अन्त्यसम्ममा एक अर्ब मात्रा उपलब्ध गराउने वाचा गरेको छ। अमेरिकी नागरिकका लागि पहिलो मात्रा खोप अगामी साता उपलब्ध हुने बताइएको छ।

    यूके, ईयू र क्यानडाले खोप मगाइसकेका छन् भने कोभ्याक्सले गरिब राष्ट्रहरूका लागि पाँच अर्ब मात्रा मगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले स्वीकृतिलाई सबै अमेरिकीको लागि खुशीको खबर भन्दै कोभिडविरुद्धको सङ्घर्ष नसकिएको बताए। 

    उनले एउटा विज्ञप्तिमा भनेका छन्: "हामी आजको समाचारले खुशी भए पनि म सबै अमेरिकलाई हात धोइरहन, सामाजिक दूरी कायम राखिरहन र मास्क लगाइरहन अनुरोध गर्छु।"

    अमेरिका, दक्षिण अफ्रिका र ब्रजिलमा गरिएको परीक्षणमा यो गम्भीर बिरामी हुनबाट जोगाउन ८५ प्रतिशत प्रभावकारी देखिएको छ र सामान्य लक्षण भएका सङ्क्रमणहरू जोड्दा यसको प्रभावकारिता ६६ प्रतिशत देखिएको छ।

    यो खोपको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खोप लगाएका व्यक्तिहरूको मृत्यु नभएको र खोप लगाएको २८ दिनपछि सङ्क्रमण भएका कोही पनि अस्पताल भर्ना हुनु नपरेको नतिजा हो। नयाँ प्रकारको कोरोनाभाइरसमा यो कम प्रभावकारी देखिए पनि त्यसविरुद्ध पनि गम्भीर बिरामीको हकमा यो प्रभावकारी नै रहेको बताइएको छ। अमेरिकाबाहेक बहरेनले यो खोपलाई बिहीवार स्वीकृति दिएको थियो। बीबीसी 

     

     

     


    फाल्गुण १६, २०७७ आइतवार ११:३१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोभिड खोप
  • # अमेरिकाले स्वीकृति

  • क्यानाडानेपाल

    विश्वभर करिब ९ करोड कोरोना संक्रमित निको भए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 216
    SHARES
  • विश्वभर करिब ९ करोड कोरोना संक्रमित निको भए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं - कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन्। कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिले विश्वका विभिन्न देशमा कोरोनो खोप पनि लगाउन शुरु गरिएको छ । 

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ४३ लाख ७३ हजार १ सय ९७ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ लाख ३७ हजार ४ सय ९४ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा ८ करोड ९९ लाख २५ हजार ९ सय ३२  कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । 

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ५४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ९२ लाख २ हजार ८ सय २४ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ९६ लाख ३२ हजार ५ सय २३ पुगेको छ ।

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ५४ हजार २ सय ६३ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५ लाख १७ हजार २ सय ३२ पुगेको छ ।

    त्यस्तै भारतमा हालसम्म एक करोड १० लाख ९६ हजार ४ सय ४० कोरोना संक्रमित छन् भने एक लाख ५७ हजार ८७ ले ज्यान गुमाइसकेका छन् । 

    d.PNG


    फाल्गुण १६, २०७७ आइतवार ०९:२८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 220
    SHARES
  • म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    याङ्गुन – म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले यहाँका राजनीतिक दलका प्रतिनिधिहरूलाई शुक्रबार राजधानी न्यापितमा भेटी पछिल्लो निर्वाचन प्रक्रियाका बारेमा छलफल गरेको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।आयोगले यही फेब्रुअरी ५ तारिखदेखि गत वर्षको निर्वाचन परिणामबारे उठाइएका विषयहरूलाई समीक्षा गरिरहेको बताएको छ ।

    आयोगले निर्वाचनबारे उठेका अनियमितताका मुद्दालाई सम्पन्न गरी मतदाताको नयाँ सूची तयार गर्ने र संविधानिक व्यवस्था बमोजिम स्वच्छ तथा स्वतन्त्र नयाँ निर्वाचन गर्ने बताएको छ ।म्यानमारमा फेब्रुअरी १ मा राष्ट्रपति यू विन मिन्ट र नेतृ आङ साङ सुकीलगायतका नेशनल लिग फर डिमोक्र्यासी (एनएलडी) का दर्जनौँ अन्य अधिकारीलाई सुरक्षा नियन्त्रणमा लिई सेनाले सत्ता हातमा लिएको थियो । सेनाको निकट मानिने जुन्ता पार्टीले अनपेक्षित पराजयपछि निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाइएको थियो ।

    सन् २०२० को नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको एनएलडी पार्टीलाई स्पष्ट दुई तिहाई बहुमत आएको र निर्वाचन कानून अनुसार यही फेब्रुअरी २ देखि नयाँ संसद बोलाइएका थियो । नयाँ संसद चालु हुनुभन्दा एक दिन पहिल्यै सेनाले सरकारको नेतृत्व आफ्नो हातमा लिई एनएलडीका नेता कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिई एक वर्षे सङ्कटकालको घोषणा गरेको छ ।

    सैनिक सरकारको यो कदमलाई अलोकतान्त्रिक भन्दै विश्व समुदायबाट म्यानमारको सैनिक नेतृत्वको आलोचना हुँदै आएको छ । एनएलडीलगायतका प्रजातन्त्र पक्षधर दलहरूले सरकारको कदमविरूद्ध निरन्तर सडक प्रदर्शन गर्दै आएका छन् ।सिन्ह्वा 


    फाल्गुण १६, २०७७ आइतवार ०८:४४:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानमार

  • क्यानाडानेपाल डेस्क

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 216
    SHARES
  • पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    मस्को - सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गर्नुभएको छ ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो ।

    बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आ णविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ । यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गर्नुभएको छ ।

    गोर्बाचेभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा भन्नुभयो, “एक महिना पहिले बाइडेनले अमेरिकी सत्ताको नेतृत्व गरेपछि फोनवार्ता गरेका दुई नेताले निकट भविष्यमा भेट गरी आण विक हतियारको नियन्त्रण विषयमा कुटनीतिक पहललाई जारी राख्नुपर्छ ।”

    “मुख्य कुरा आणविक युद्धबाट जोगिनु हो । यस्तो समस्याबाट जोगिनु पर्ने भएकोले यसलाई एक्लै समाधान गर्न असम्भव छ, भेट्नु जरुरी छ,” सोभियतकालीन नेता गोर्भाचोभले भन्नुभयो ।

    “निरस्त्रीकरण प्राप्त गर्ने र सुरक्षालाई सुदृढ पार्ने दृढ इच्छा भएमा धेरै समाधान भेट्न सकिन्छ ।”

    यस वर्षको शुरूमा ८९–वर्षीय गोर्भाचोबले दुबै पक्षलाई सम्बन्ध सुधार गर्न आग्रह गर्दै रूस र अमेरिकाबीचको अहिलेको अवस्था ‘ठूलो चिन्ताको विषय भएको बताउनुभएको थियो ।एएफपी 


    फाल्गुण १६, २०७७ आइतवार ०७:४९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भ्लादिमीर पुटिन
  • # जो बाइडेन

  • क्यानाडानेपाल डेस्क