• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

आश्विन ९ २०७७
  • 1.1K
    SHARES
  • बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    काठमाडौं - बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ एक्लैनीका ५२ वर्षीय पुरुष रहेका छन् । 

    कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । 

    कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

     


    आश्विन ९, २०७७ शुक्रवार १४:५४:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बाँके
  • अर्कोसमाचार

    डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

    बैशाख २६

  • 726
    SHARES
  • डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

    काठमाडौं । अमेरिकी डिभीको नतिजा सार्वजनिक भएको छ ।  सन् २०२२ का लागि खोलिएको डिभीको नतिजा मे ८ अर्थात शनिवार रातीदेखि हेर्न सकिने भएको हो । 

    डिभीको नतिजा सार्वजनिक भएको बारे नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै जानकारी गराएको छ ।  दुतावासले  घरबाट मखउचयनचबm।कतबतभ।नयख यो वेबसाइटमा निःशुल्क डिभी परेको नपरेको नतिजा हेर्न सकिने जनाएको छ । 

    यस्तै दुतावासले डिभी परेकाहरुलाई भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने जनाएको छ । नतिजा हेर्न https://dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ ।

    दूतावासले भनेको छ - 'आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।'


    बैशाख २६, २०७८ आइतवार ०९:०३:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिभी
  • अस्पतालमा शय्या भरिएपछि काठमाडौँका कोरोना संक्रमित हेलिकोप्टरमार्फत चितवन लगिदै

    बैशाख २६

  • 210
    SHARES
  • अस्पतालमा शय्या भरिएपछि काठमाडौँका कोरोना संक्रमित हेलिकोप्टरमार्फत चितवन लगिदै

    चितवन - राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो ।जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । 

    यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन ।

    चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौँबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक सङ्क्रमितलाई हेलिकोप्टरबाट यहाँ ल्याइएको छ । 

    आज मात्रै एक सङ्क्रमितलाई काठमाडौँबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने सङ्क्रमितको सङ्ख्या ठूलो छ । उहाँले भन्नुभयो, “यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौँलगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन् ।” रासस


    बैशाख २६, २०७८ आइतवार ०९:५७:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • गुल्मीका ७ वर्षीय बालकले पाँचौँ दिनमा जिते कोरोना 

    बैशाख २६

  • 198
    SHARES
  • गुल्मीका ७ वर्षीय बालकले पाँचौँ दिनमा जिते कोरोना 

    तम्घास - गुल्मीमा एक सात वर्षीय बालकले पाँचौँ दिनमा कोरोनाभाइरसलाई जितेका छन् । 

    गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा रहेका अग्लुङका सात वर्षीय बालक राजेश राउतले कोरोना जितेका हुन्।

    उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । 

    कोरोना देखिएपछि गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा सा्ेही दिन उनलाई भर्ना गरेर अक्सिजन दिइएको थियो । 


    बैशाख २६, २०७८ आइतवार ११:३०:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # गुल्मी
  • बाँके अस्पतालमा एकै रातमा ८ जना कोरोना संक्रमितको मृत्यु

    बैशाख २६

  • 182
    SHARES
  • बाँके अस्पतालमा एकै रातमा ८ जना कोरोना संक्रमितको मृत्यु

    बाँके - बाँकेका अस्पतालमा गए राति कारोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ५ जना र शिक्षण अस्पताल कोहलपुरमा ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको हो । 

    मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिला रहेका छन् ।
     
    यस्तै लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गए राति नै मृत्यु भएको हो । 


    बैशाख २६, २०७८ आइतवार १२:४४:१६ बजे : प्रकाशित

    नेपालको भूउपग्रह अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

    बैशाख २६

  • 154
    SHARES
  • नेपालको भूउपग्रह अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

    काठमाडौँ – नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए ।

    आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधि रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो । पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चारले प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भारतको केपिएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले आर्थिक प्रस्ताव पठाएका छन् । आर्थिक प्रस्ताव पेश नगर्नेमा अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल छ । यसअघि चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्सको युरो कन्सल्ट, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी–एग्रोस्याटले आशयपत्र बुझाएका थिए ।

    यसैगरी अमेरिकाको स्पेस, युएईको एसथ्रिटेल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम, सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनर छन् । आर्थिक प्रस्ताव पेश गरेका चार कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट हुनेछ । चालीस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ ।

    प्रवक्ता पौडेलका अनुसार छनोटमा परेका चार कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्ताव माग गरिने छ । उनीहरुबाट आएको प्रस्ताव अध्ययन गरी प्राधिकरणले भूउपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा एक कम्पनीलाई दिनेछ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउन गत असारमा भूउपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै भूउपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

    चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, सउदी अरब, क्यानडा, अमेरिका, फ्रान्स, रुस र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भूउपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।रासस 


    बैशाख २६, २०७८ आइतवार १४:४८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूउपग्रह
  • झलनाथ खनाल कोरोना संक्रमणमुक्त, भने - सक्रिय रुपमा कामकाजमा फर्कनेछु 

    बैशाख २६

  • 104
    SHARES
  • झलनाथ खनाल कोरोना संक्रमणमुक्त, भने - सक्रिय रुपमा कामकाजमा फर्कनेछु 

    काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् । 

    एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना भएका उनले आफु कोरोना संक्रमणमुक्त भएको बार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

    उनले आज गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको बताएका छन्  । उनले स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि अस्पतालबाट डिस्चार्ज हुने पनि बताएका छन् । 

    अस्पतालबाट डिस्चार्ज भएपछि सक्रिय रुपमा कामकाजमा फर्कने पनि उनले बताएका छन् । उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।
     


    बैशाख २६, २०७८ आइतवार २२:०८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल