• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

एड्स रोग नियन्त्रणमा प्रगति : दोस्रो व्यक्ति पनि एचआईभी संक्रमणमुक्त

क्यानाडानेपाल आश्विन ९ २०७७
  • 560
    SHARES
  • एड्स रोग नियन्त्रणमा प्रगति : दोस्रो व्यक्ति पनि एचआईभी संक्रमणमुक्त

    बीबीसी । लन्डनमा बस्ने एक पुरुष एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त हुने विश्वका दोस्रो व्यक्ति बनेको चिकित्सकहरूले बताएका छन्।

    एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने औषधि दिन बन्द गरिएको थियो।

    उनलाई एचआईभीविरुद्धको औषधिले नभई उनलाई लागेको एक प्रकारको क्यान्सरबाट प्राप्त गरिएको स्टेम सेल कोष प्रयोग गरी गरिएको उपचारद्वारा निको तुल्याइएको द ल्यान्सेट एचआईभी जर्नलमा उल्लेख गरिएको छ।

    त्यस्ता कोषमा एक प्रकारको असाधारण आनुवंशिक गुण हुन्छ जसले क्यास्टिलेजो जस्ता मानिसलाई एचआईभीविरुद्ध सुरक्षा प्रदान गर्दछ।

    त्यसअघि सन् २०११ मा टिमोथी ब्राउन एचआईभी सङ्क्रमण मुक्त हुने पहिलो व्यक्ति बनेका थिए। उनलाई साढे तीन वर्षअघि त्यस्तै उपचार सुरु गरिएको थियो।

    यो उपचार कस्तो हुन्छ?

    स्टेम सेल भनिनेको कोषको प्रत्यारोपण थालिएपछि शरीरभित्र एचआईभी भाइरसलाई त्यही व्यक्तिकै इम्युन सेल भनिने कोषलाई नयाँ प्रत्यारोपित कोषहरूले प्रतिस्थापन गर्न थाल्छन्।

    त्यसले एचआईभी सङ्क्रमण प्रतिरोध गर्न थाल्छ।अहिले लन्डनका ४० वर्षीय क्यास्टिलेजोको रगत, वीर्य वा तन्तुमा एचआईभी नभेटिएको उनका चिकित्सकहरूले बताएका छन्।

    क्यास्टिलेजोले अहिले आफ्नो परिचय पनि सार्वजनिक गरेका छन्। केम्ब्रिज विश्वविद्यालयका प्रमुख प्राध्यापक रवीन्द्रकुमार गुप्ताले बीबीसी न्यूजसँग भने: "यसले निश्चितरूपमा एचआईभी निको तुल्याइएको घटनाको प्रतिनिधित्व गर्दछ। साढे दुई वर्षदेखि उनलाई एन्टी रेट्रोभाइरल दिनु परेको छैन।"

    "सफल स्टेम सेल प्रत्यारोपणमार्फत एचआईभी निको पार्न सम्भव हुन्छ जुन काम नौ वर्षअघि 'बर्लिनका बिरामी'मा सफलतापूर्वक गरिएको थियो। त्यसलाई फेरि फेरि प्रयोग गर्न सकिन्छ।"

    त्यो उपचार पद्धतिमार्फत क्यास्टिलोजोको शरीरभित्रका ९९ प्रतिशत एचआईभी सङ्क्रमित कोषहरू सङ्क्रमणमुक्त भएका थिए।

    एन्टी रेट्रोभाइरल थेरापी अझै प्रभावकारी

    तर यो उपचार विश्वभरिका दशौँ लाख एचआईभी सङ्क्रमितहरूमा सम्भव हुँदैन। पछिल्लो थेरापी एचआईभी सङ्क्रमितमा नभई क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो।

    एचआईभी सङ्क्रमितहरूका लागि अझै पनि एन्टी रेट्रोभाइरल थेरापी प्रभावकारी साबित भइरहेको छ। त्यो उपचारमार्फत एचआईभी शरीरमा रहेका मानिसहरू लामो समयसम्म स्वस्थ भएर बाँच्न सकिरहेका छन्।

    – मिशेल रोबर्ट्स्, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन


    आश्विन ९, २०७७ शुक्रवार १७:२७:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एड्स
  • # एचआईभी

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    आज मुलुकभर ३,५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

  • 250
    SHARES
  • आज मुलुकभर ३,५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४,०९६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,२८,९५८ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १६:१८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    आज मुलुकभर २,३६४ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु 

  • 326
    SHARES
  • आज मुलुकभर २,३६४ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु 

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,३६४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा २,३६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,०३८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,२४,८६२  पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १६:२७:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # नेपाल

  • क्यानाडानेपाल डेस्क

    आज मुलुकभर २,८५६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु   

  • 974
    SHARES
  • आज मुलुकभर २,८५६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु   

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,८५६  जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार  मन्त्रालयको नियमित अपडेटका अनुसार  पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    मन्त्रालयका अनुसार १२,३११  वटा नमुनाको परीक्षण गर्दा  २,८५६ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये  १,८४९ जना  बाग्मती प्रदेशका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या 

    एक लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,३३६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,११,६७० पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।


    कार्तिक ९, २०७७ आइतवार १६:५५:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    काठमाडौं उपत्यकामा ३,१०७ सहित मुलुकभर ५,७४३ जनामा कोरोना संक्रमण

  • 346
    SHARES
  • काठमाडौं उपत्यकामा ३,१०७ सहित मुलुकभर ५,७४३ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५,७४३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    मन्त्रालयका अनुसार २०,११८ वटा नमुनाको परीक्षण गर्दा  ५,७४३ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाडौं उपत्यकाका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा २,९९६ ना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ९९, ६०५ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।


    कार्तिक ५, २०७७ बुधवार १६:३३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    काठमाडौं उपत्यकामा १,७०२ सहित मुलुकभर ३,०९३ जनामा कोरोना संक्रमण

  • 354
    SHARES
  • काठमाडौं उपत्यकामा १,७०२ सहित मुलुकभर ३,०९३ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३,०९३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    मन्त्रालयका अनुसार १३, ८६१ वटा नमुनाको परीक्षण गर्दा ३,०९३ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये १,७०२ जना काठमाडौं उपत्यकाका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ३९ हजार १ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा २, १०८ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।


    कार्तिक ४, २०७७ मंगलवार १६:४३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    विश्वमा कोरोना तीव्र फैलने मुलुकको सूचीमा नेपाल ३५औँ स्थानमा

  • 370
    SHARES
  • विश्वमा कोरोना तीव्र फैलने मुलुकको सूचीमा नेपाल ३५औँ स्थानमा

    काठमाडौँ। विश्वभर कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

    विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड नाघेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार संसारभर संक्रमित हुनेको संख्या ४ करोड ६५ लाख ७ हजार ७१ रहेको छ। त्यस्तै, मृत्युहुनेको संख्या ११ लाख २३ हजार १ सय १२ पुगेको छ। यसैगरी हालसम्म विश्वमा ३ करोड ३५ लाख ९ हजार ८ सय ४५ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा अमेरिका, भारत, ब्राजिल, रुस, र स्पेन क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थानमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाउँछ। अमेरिकामा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ८४ लाख ५६ हजार ६ सय ५३ जना रहेका छन्। त्यस्तै भारतमा संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ६३ रहेको छ।

    त्यसैगरी, ब्राजिलमा संक्रमितको संख्या ५२ लाख ५१ हजार १ सय २७, रुसमा १४ लाख १५ हजार ३ सय १६ र स्पेनमा १० लाख १५ हजार ७ सय ९५ रहेको छ।

    यसैबीच, नेपालमा पनि कोरोनाभाइरसको संक्रमण द्रूत गतिमा फैलिरहेको छ। यो सामग्री तयार पार्दासम्म नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ लाख ३६ हजार ३६ रहेको छ भने यसबाट मृत्युहुनेको संख्या ७५७ पुगेको छ। नेपालमा ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् भने उपचार पछि निको हुनेको संख्या ९४ हजार ५ सय १ रहेका छन्। यसरी द्रूत गतिमा संक्रमण फैलिएसँगै संक्रमित मुलुकको नेपाल वर्ल्डोमिटर्सको सूचीमा ३५औँ स्थानमा परेको छ।


    कार्तिक ४, २०७७ मंगलवार १३:०४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # नेपाल ३५औँ स्थानमा

  • क्यानाडानेपाल डेस्क