• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

तीनवटा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु

क्यानाडानेपाल आश्विन ९ २०७७
  • 1.3K
    SHARES
  • तीनवटा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु

    काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीनवटा मन्त्रालय विभाजन गर्ने सहमति जुटेको छ । मन्त्रालय विभाजन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्ड सहमत भए पनि नेकपाको स्थायी कमिटीमा छलफल हुन भने बाँकी नै छ । 

    केही समयअघि सम्पन्न स्थायी कमिटीले मन्त्रिपरिषद् पुनर्गठन, मन्त्री र राजनीतिक नियुक्ति गर्दा पार्टीको सहमति लिनुपर्ने निर्णय गरेको थियो । ओली र प्रचण्डबीच आन्तरिक सहमति भए पनि पार्टी बैठकले नै निर्णय गर्ने बुझिएको छ । यही असोज १५ गतेदेखि नेकपाको केन्द्रीय समिति बैठक बोलाइएको छ ।

    यदि प्रधानमन्त्रीको ओलीको प्रस्ताव स्थायी कमिटी वा सचिवालयबाट पारित भएमा उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय फुट्ने चर्चा छ ।

    आपूर्तिमा लेखराज भट्ट, ऊर्जामा वर्षमान पुन र शिक्षामा गिरिराजमणि पोखरेल मन्त्री छन् । यी तीनवटै मन्त्रालयमा दुई दुईवटा सचिवको पनि व्यवस्था रहेकाले मन्त्रालय विभाजन हुन सक्ने बताइएको छ ।

    विगतमा पनि यी मन्त्रालय मर्ज गरी एक बनाइएको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पनि मर्ज गरेर एउटै बनाइएको थियो । 

    मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओली, प्रचण्ड र माधवकुमार नेपाल समूहकालाई समेट्नुपर्ने भएकाले पनि तीनवटा मन्त्रालय विभाजनको गृहकार्य भइरहेको हो ।


    आश्विन ९, २०७७ शुक्रवार १७:५३:०१ बजे : प्रकाशित

    अर्कोसमाचार

    ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता  

  • 216
    SHARES
  • ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता  

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता भएको छ ।

    शनिवार प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । ११ दिनदेखि दुई अध्यक्षबीच बोलचाल बन्द रहेको थियो ।
     
    केहि दिनअघिदेखि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको थियो । तर आज भने प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  

    भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। उनीहरूबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने बिषयमा छलफल भएको थियो । त्यसपछि कुनै छलफल हुन सकेको थिएन । 


    कार्तिक १५, २०७७ शनिवार १४:१०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली-प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

  • 1.2K
    SHARES
  • ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूतको ओइरो खुमलटारमा लाग्न थालेको छ ।

    प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारका तीनजना विशेष दूतको खुमलटारमा दौडधूप लागेको हो ।

    बिहीबार बेलुका प्रधानमन्त्री ओलीले आफ्नो प्रियपात्र शंकर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । तर, प्रचण्डले पोखरेलमार्फत अब बालुवाटार नआउने पार्टीको बैठकमै सबै हिसाब किताब हुने सन्देश दिएपछि ओलीले शुक्रबार बिहान पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई खुमलटार पठाएका हुन् ।

    प्रचण्डले सबैलाई एउटै सन्देश पठाएको बुझिएको छ । उनले अब आफू बालुवाटार नआउने अडान राखेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली तनावमा परेका हुन् ।

    त्यसैले उनले प्रचण्डसँग सम्बन्ध सुधारका लागि तारन्तार आफ्ना विशेष दूत खुमलटार पठाएको बुझिएको छ । यदि ओली एकलौटी ढंगले अघि बढे केही दिनभित्रै नेपालको राजनीतिमा अर्को परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # ओली र प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

  • 230
    SHARES
  • कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । देशको अहिलेको अवस्थाले यस्तो स्थिति आएको उनको भनाइ छ ।

    श्क्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सबै सचेत हुनुपर्ने बताएका हुन् ।

    थापाले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडानेपाल डेस्क

    ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

  • 332
    SHARES
  • ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनदेखि तनावमा छन् । पार्टीको किचलो सल्टने भन्दा पनि झन् बल्झन थालेपछि ओली तनावमा परेका हुन् । त्यससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई विश्वासघात गरेको ठहरमा ओली पुगेका छन् ।

    भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याएको मूल्य ओलीले चुकाउनुपर्ने देखिएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयले नेकपामा ठूलै तरंग ल्याउने स्थिति देखिएको छ ।

    यो विषयलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशक्त ढंगले अघि बढाउने संकेत दिइसकेका छन् । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रभावशाली नेता भीम रावललगायतले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख भेटेकोमा आपत्ति मात्र जनाएका छैनन्, यो विषयलाई पार्टीमा छलफल पनि गर्नुपर्ने बताउन थालेका छन् ।

    यो विषय जटिल बन्दै गएपछि बिहीबार प्रधानमन्त्री ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले झुक्याएको गुनासो गरेका छन् । सरकारको प्रतिनिधि भनेर मोदीले गुप्तचर प्रमुख पठाएको उनको भनाइ छ । यता, दस दिनदेखि नेकपा अध्यक्ष प्रचण्डसँग संवाद ठप्प भएपछि ओली छटपटीमा परेका छन् ।

    ओलीले आफ्ना विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर प्रचण्ड निवास खुमलटार पठाएका थिए । पोखरेलले प्रधानमन्त्रीले बालुवाटार बोलाएर ठोस कुराकानी गर्न चाहेको सन्देश दिए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ ।

    आफू निकट नेताहरुलाई विरुद्धमा भड्काएर आफूलाई कमजोर बनाउन लागेको र पार्टी एकताको काम पनि टुंगोमा पुर्याउन ओलीले नचाहेपछि प्रचण्ड बालुवाटार जान अनिच्छुक देखिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:११:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालुवाटारमा
  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

  • 380
    SHARES
  • शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

    काठमाडौं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका छन् । 

    बिहिबार सामाजिक सञ्जालमा डा  कोइरालाले पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न मुद्दा दर्ता गर्न प्रहरीले नलिएको बिषयमा टिप्पणी गर्दै देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका हुन् । उनले हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन् - 'दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?'


    कार्तिक १३, २०७७ बिहिवार १४:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क

    हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

  • 1.6K
    SHARES
  • हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

    काठमाडौं । सत्तारुढ नेकपामा नेताहरुबीच तीव्र धु्रवीकरण भइरहेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको हो । पार्टी एकता भएको साढे दुई वर्षमै अधिकांश माओवादी नेता एमालेकरण भइसकेका छन् । अर्थात् उनीहरूले अब माओवादी पक्षधरता त्यागेको देखिएको छ ।

    खुला रूपमा नभने पनि गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह, शक्ति बस्नेत अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । उनीहरू सबै माओवादीका बलिया नेताहरु हुन् ।

    सबैभन्दा आश्चर्य त के छ भने कुनै समय पुष्पकमल दाहाल प्रचण्डका प्रवक्ता नै मानिने हरिबोल गजुरलेसमेत ओलीसँगै टाँसिएका छन् । गजुरेलले दिएका अभिव्यक्ति प्रचण्डको मानिने गरिन्थ्यो । तर, केही समयदेखि गजुरेलले प्रचण्डलाई सहयोग पुग्ने गरी कुनै अभिव्यक्ति दिएका छैनन् । बरु प्रधानमन्त्री ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । ओलीलाई नै बलियो गरी गजुरेलले अभिव्यक्ति दिन थालेपछि प्रचण्ड निकै रुष्ट बनेको बताइन्छ ।

    नेकपा उच्च स्रोतका अनुसार केही समययता गजुरेल प्रचण्ड निवास खुमलटारसमेत जान छाडेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिएकाले गजुरेलले प्रचण्डको साथ छाडेको चर्चा नेकपामा हुन थालेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १३:३३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल

  • क्यानाडानेपाल डेस्क