• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

शाहिद कपूरले नेटफ्लिक्ससँग गरे १०० करोडको डील

क्यानाडानेपाल डेस्क आश्विन ९ २०७७
  • 574
    SHARES
  • शाहिद कपूरले नेटफ्लिक्ससँग गरे १०० करोडको डील

    काठमाडौं - भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहे पनि फिल्मी कामहरु भने धमाधम भइरहेका छन् । कोरोनाभाइरसलाई मध्यनजर गर्दै अहिले बलिउड फिल्मका शूटिङहरु भइरहेका छन् । 

    फिल्महरु नेटफ्लिक्स र ओटिटी मा रिलिज भइरहेका छन् । त्यस्तै फिल्म निर्माताहरुले नयाँ फिल्मको पनि घोषणा गरिरहेका छन् । यस्तै बलिउड अभिनेता शाहिद कपुर पनि नयाँ फिल्ममा जोडिदै गइरहेका छन् । 

    फिल्म ‘कबीर सिंह’ हिट भएपछि कुनै फिल्ममा नदेखिएका शाहिद अब नयाँ फिल्म 'जर्शी' र 'योद्धा' मा देखिदैछन् । अहिले उनी फिल्म 'जर्शी' को शूटिङमा लखनउमा व्यस्त छन् । यसैबीच शाहिद कपूरले नेटफ्लिक्ससँग् १०० करोडको डील गरेको भारतिय मिडियामा जनाइएको छ । 

    उनले केहि फिल्म, वेबसीरिज र कन्सेप्ट ड्रिभन फिक्शन सीरिज उपलब्ध गराउने भएपछि उनलाई १०० करोडको अफर गरिएको बताइएको छ । उनले आफुलाई आएको अफरको बारेमा भने कुनै जानकारी गराएका छैनन् । 

    sahid.jpg


     


    आश्विन ९, २०७७ शुक्रवार १८:३३:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहिद कपूर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार 

  • 484
    SHARES
  • विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार 

    काठमाडौं - बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु प्रहार भएके छ् । सोमबार बेलुका अभिनेत्री मालवी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते भएकी उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । 

    उनीमाथि मुम्बईको बर्सोवा क्षेत्रमा चक्कु प्रहार भएको हो। अभिनेत्री मालवीले आफूमाथि चक्कु प्रहार गर्ने प्रोड्यूसर योगेश मालवी रहेको बताएकी छिन् ।

    malabi malhotra.PNG

    आफूसँग विवाह गर्न नमानेको आरोपमा योगेश मालवीले चक्कु प्रहार गरेको अभिनेत्री मालवीको आरोप छ । योगेश उनका फेसबुकका साथि हुन् । 
     
    घटनापछि मालवीले भनिन् - ५ मिनेट टाढा कफी पसल थियो, त्यहाँबाट म फर्किरहेकी थिएँ। त्यसपछि अचानक योगेश आफ्नो कारबाट आएर मसँग कुरा गर्न खोजे। त्यसपछि उसले मलाई आफ्नो कार तिर लाग्यो र चक्कु प्रहार गर्यो।

    वास्तवमा ऊ मेरो अनुहारमा आक्रमण गर्न चाहान्थ्यो तर मैले उसको अनुहारमा हात राखिदिए। उसको स्क्वायर मेरो दाहिने हातमा थियो। त्यसपछि म भुइँमा लोटे पछि केही व्यक्ति मेरो सहयोगका लागि आए र मलाई अस्पताल लगे।

    m.jpg


    कार्तिक १३, २०७७ बिहिवार २०:३८:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मालवी मल्होत्रा

  • क्यानाडानेपाल डेस्क

    एउटै फिल्मको यति धेरै पारिश्रमिक लिन्छन् महेश बाबू, कति छ सम्पत्ति ?

  • 2.1K
    SHARES
  • एउटै फिल्मको यति धेरै पारिश्रमिक लिन्छन् महेश बाबू, कति छ सम्पत्ति ?

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । १९७९ मा कमियो नीडा मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका उनी नयाँ फिल्मका कारण मात्र नभई सामाजिक कार्यबाट पनि चर्चामा आइरहने गर्छन् । 

    यसैबीच हालै उनले बाढी पिडितका लागि ठुलो रकम सहयोग गरेर चर्चामा आएका थिए । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका उनका धेरै प्रशंसकहरू छन् ।

    li-korea.jpg

    भारतिय मिडियाका अनुसार उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । 

    उनले एक फिल्ममा काम गरेको २० देखि २२ करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनका हरेक फिल्मले बक्सअफिसमा राम्रो व्यापार पनि गरेका छन् । फिल्ममा उनको लुक्स, अभिनय र स्टाइल धेरैले रुचाउने गर्छन् । 

    भारतिय मिडियाका अनुसार उनको १५० करोडभन्दा बढी सम्पत्ति रहेको छ । उनलाई साउथ सुपरस्टार रजनीकान्त धेरै नै मनपर्ने गर्छ ।  


    कार्तिक १३, २०७७ बिहिवार १९:४३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बाबू

  • क्यानाडानेपाल डेस्क

    श्रद्धा कपूर नागिन बन्दै 

  • 556
    SHARES
  • श्रद्धा कपूर नागिन बन्दै 

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् श्रद्धा कपूर ।  सन् २०१० को फिल्म ुतीन पत्तीु बाट अभिनय यात्रा शुरु गरेकी श्रद्धाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । 

    भारतिय मिडियाका अनुसार उनी फेरि ठूलो पर्दामा देखिदैछिन् । फिल्ममा उनी पहिलो पटक नागिनको भूमिकामा देखिने बताइएको छ । विशाल फुरियाले निर्देशन गर्ने फिल्म नागिन मा उनले इच्छाधारी नगिन बन्न लागेकी हुन् । 

    shraddhakapoor.jpg

    आफू इच्छाधारी नगिन बन्न लागेको बारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । प्रेमकथामा आधारित रहने यस फिल्मको कथा मनपरेपछि उनले फिल्म साइन गरेकी हुन् । 

    उनले यस फिल्मलाई लिएर आफू उत्साहित भएको बताएकी छिन् । यसअघि पनि ८० को दशकमा श्रीदेवीले नागिन बनेर सबैको मन जितेकी थिइन्  ।

    फिल्मलाई निखिल द्विवेदी, विशाल फुरिया र सैफरान ब्राडकास्ट तीनजना मिलेर बनाउन लागेको भारतिय मिडियाका बताइएको छ । 


    कार्तिक १३, २०७७ बिहिवार १३:२३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्रद्धा कपूर

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री काजल अग्रवालको विवाह भोलि हुँदै, को हुन् बेहुला ?

  • 4.7K
    SHARES
  • अभिनेत्री काजल अग्रवालको विवाह भोलि हुँदै, को हुन् बेहुला ?

    काठमाडौं - साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाह भोलि अर्थात ३० अक्टोबरमा हुँदैछ । काजलको परिवारले उनलाई मिल्दो बेहुला व्यवसायी गौतम किचलूलाई खोजेका छन् । 

    व्यवसायी गौतम किचलूसँग काजलले भोलि मुम्बईमा विवाह गर्दैछिन् । काजलको घरमा अहिले विवाहको धमाधम तयारी भइरहेको छ । कोरोनाभाइरसको जोखिम अवस्थामान विवाहमा नजिकको आफन्त, साथीहरू मात्र बोलाइने बताइएको छ ।  

    काजलले विवाहपछि पनि आफ्नो कामलाई निरन्तरता दिने बताएकी छिन् । विवाहको कार्यक्रम दुई दिन चल्ने बताइएको छ । 

    बलिउडमा फिल्म 'क्यों हो गया ना' बाट डेब्यू गरेकी उनी पछि साउथ फिल्ममा लागेकी थिइन् । उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।  


    कार्तिक १३, २०७७ बिहिवार १२:०८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काजल अग्रवाल

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'लुडो' मा नयाँ लुक्समा देखिए अभिषेक 

  • 494
    SHARES
  • फिल्म 'लुडो' मा नयाँ लुक्समा देखिए अभिषेक 

    काठमाडौं - बलिउड अभिनेता अभिषेक बच्चन नयाँ लुक्समा देखिएका छन् । उनी अब नयाँ फिल्म 'लुडो' मा देखिदैछन् । 

    फिल्ममा उनले बिट्टूको भूमिका निभाउने भारतिय मिडियामा जनाइएको छ । यस फिल्ममा आफ्नो हुने लुक्स अभिषेकले देखाएका छन् ।  

    उनले सामाजिक सञ्जालमा तस्बिरसँगै लुक्स बारे बताएका छन् । उनले आफ्नो भूमिका निकै क्लासिक भएको बताएका छन् ।

    यस फिल्म १२ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुँदैछ । उनको नयाँ लुक्स देखेपछि फिल्मलाई लिएर दर्शकहरु उत्साहित भएका छन् ।  


    कार्तिक १२, २०७७ बुधवार १८:२५:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुडो
  • # अभिषेक

  • क्यानाडानेपाल डेस्क

    विवाहमा नेहाले गाइन् पति रोहनप्रीतका लागि यस्तो रोमान्टिक गीत

  • 6.1K
    SHARES
  • विवाहमा नेहाले गाइन् पति रोहनप्रीतका लागि यस्तो रोमान्टिक गीत

    काठमाडौं - बलिउडकी चर्चित गायिका नेहा कक्कडले पञ्जावी गायक रोहनप्रित सिंहसँग विबाह गरेकी छिन् । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहाले रोहनप्रित सिंहसँगको प्रेम सम्बन्धपछि विवाहमा परिणत गरेकी हुन् । 

    भारतिय मिडियाका अनुसार उनीहरुको २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा धुमधामले विवाह भएको हो ।

    विवाहपछि अहिले नेहाको विवाहको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहको दिन दुवैले रोमान्टिक गीत पनि गाएका थिए ।

    नेहाले विवाहमा मिलिंद गाबाको गीत मैं तेरी हो गई गाएकी थिइन् । अहिले उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

     


    कार्तिक १२, २०७७ बुधवार १६:०८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेहा कक्कड
  • # विवाह

  • क्यानाडानेपाल डेस्क