• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

गण्डकीमा थप ४१ जनामा कोरोना संक्रमण, कहाँका कति ?  

क्यानाडानेपाल डेस्क आश्विन ९ २०७७
  • 538
    SHARES
  • गण्डकीमा थप ४१ जनामा कोरोना संक्रमण, कहाँका कति ?  

    काठमाडौं - शुक्रबार गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका १७ जना, गोरखाका १२ जना र नवलपरासीका ९ जना, लमजुङका ३ जना  रहेको छ । 

    यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ सय ४५ पुगेको छ । 

    120042290_186761142831671_4574862485724274369_o.jpg

    f.jpg

     


    आश्विन ९, २०७७ शुक्रवार १९:०३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # गण्डकी प्रदेश

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    पोखरामा बागलुङका कोरोना संक्रमित पुरुषको ज्यान गयो

  • 298
    SHARES
  • पोखरामा बागलुङका कोरोना संक्रमित पुरुषको ज्यान गयो

    काठमाडौं । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बागलुङ गलकोट नगरपालिका ३ का ७२ वर्षीय पुरुष रहेका छन् । उनको बिहिबार बेलुका ५ बजेर ५ मिनेट जादा मृत्यु भएको हो । 

    गत ८ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएका ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतीष्ठान अन्तर्गतको कोरोना अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । अस्पतालका अनुसार मृतक पुरुषमा अन्य दीर्घ रोग पनि रहेको जनाइएको छ । 

     


    कार्तिक १३, २०७७ बिहिवार २१:०२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    स्याङ्जामा एक युवकको ज्यान लिएको आरोपमा ४ जना समातिए

  • 328
    SHARES
  • स्याङ्जामा एक युवकको ज्यान लिएको आरोपमा ४ जना समातिए

    स्याङ्जा - स्याङ्जामा एक युवकको ज्यान लिएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा पुरीस्वाराका ३४ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेबहादुर गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् । 

    उनीहरुलाई पुतलीबजार नगरपालिका ६ पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी ज्यान लिएको आरोपमा पक्राउ गरिएको हो । 

    मंगलबार मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप हुँदा सूर्यबहादुर घाइते भएका थिए । कुटपीटबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । 
      


    कार्तिक १३, २०७७ बिहिवार २०:०५:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडानेपाल डेस्क

    काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

  • 286
    SHARES
  • काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा बिहिबार रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको गृह मन्त्रालयमा जानकारी दिएको बताइएको छ । 

    कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेसन बसेका छन् । उनले आफूलाई टाउको दुख्ने बाहेक अन्य लक्षण नदेखिएको गृह मन्त्रालयलाई जानकारी गराएका हुन् । 
     


    कार्तिक १३, २०७७ बिहिवार १९:००:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ३ हजार ३८ जनाले जिते कोरोना 

  • 866
    SHARES
  • नेपालमा एकैदिन ३ हजार ३८ जनाले जिते कोरोना 

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जनाले कोरोनालाई जितेको जानकारी दिए ।

    यससँगै नेपालमा कोरोना जित्नेको संख्या एक लाख २४ हजार ८६२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २,३६४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।  यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १८:०९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    पुनर्निर्माणका क्रममा मौलिकता जोगाउन नसकिएको चिन्ता

    क्यानाडानेपाल

    कार्तिक १३

  • 196
    SHARES
  • पुनर्निर्माणका क्रममा मौलिकता जोगाउन नसकिएको चिन्ता

    बीबीसी। विनाशकारी भूकम्प गएको साढे पाँच वर्ष पुग्दै गर्दा त्यतिखेर ध्वस्त भएका झन्डै आठ लाख निजी घरहरूमध्ये नब्बे प्रतिशतभन्दा धेरैको पुनर्निर्माण सम्पन्न हुन लागेको अधिकारीहरूले बताएका छन्। यो अवधिमा करिब पाँच खर्ब रुपैयाँको विशाल धनराशीको खर्च भएको पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा अब तिनको गुणस्तर र प्रभावबारे लेखाजोखा गर्ने समय आएको विज्ञहरू ठान्छन्।

    कस्तो रह्यो पुनर्निर्माण

    भूकम्पलगत्तै गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पुनर्निर्माणको उद्देश्य बिल्ड ब्याक बेटर अर्थात् थप बलियो र राम्रो पुनर्निर्माण हुने बताइएको थियो।

    तर के उक्त उद्देश्य प्राप्त भयो त?

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी गोविन्दराज पोखरेल यसको उत्तर मिश्रित भएको ठान्छन्। "भूकम्पीय जोखिम थेग्छ कि थेग्दैन भन्ने सवालमा पुनर्निर्माण गरिएका घरहरू निश्चय पनि थप बलिया छन्। कम्तीमा एकदम ठूलो भूकम्प आयो भने ज्यान जोगाउन सक्ने समय ती संरचनाले दिन्छन्। तर अर्को पाटोमा भने हामी चुकेको जस्तो लाग्छ," उनले भने।

    मौलिकता हराएको चिन्ता

    नेपाल उसै पनि गाउँले भरिएको देश हो र ती गाउँका मौलिकता नै नेपालको पहिचान रहँदै आएको छ। त्यस्तो मौलिकता धर्मसंस्कृति र रहनसहनमा मात्र होइन बस्तीमा पनि झल्कन्छ। तर पुराना परम्परागत शैलीका घरहरू भने अब विस्थापित हुँदै गएको पोखरेलको चिन्ता छ।

    "चाहे अर्घाखाँचीतिरका मौलिक वस्ती हुन् वा तामाङ्शैलीका घरहरू हुन्, पुनर्निर्माणका बेला तिनलाई जोगाउन सकिएन। सबैले सिमेन्ट र कङ्क्रिटको एकै खालका घर बनाउन नै रुचि देखाए। सरकार र प्राधिकरणले यसमा जनतालाई सुरक्षित र मौलिक विकल्प दिन नै सकेन," उनको चिन्ता छ।

    उनीसँग पुनर्निर्माणको गुणस्तर, आम चेतना र अभ्यास, मौलिकताको विस्थापन, एकीकृत बस्तीजस्ता विषयमा गरिएको विस्तृत कुराकानी सुन्न  लिङ्कमा थिच्नुहोस्।

     

     


    कार्तिक १३, २०७७ बिहिवार १७:२०:०६ बजे : प्रकाशित

    चितवनमा कोरोना संक्रमणबाट रौतहटकी महिलाको मृत्यु

  • 244
    SHARES
  • चितवनमा कोरोना संक्रमणबाट रौतहटकी महिलाको मृत्यु

    रौतहट - कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । 

    नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

    मिर्गाैला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।रासस


    कार्तिक १३, २०७७ बिहिवार १४:४५:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क