• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

बिहारमा विधानसभा निर्वाचन मिति घोषणा, तीन चरणमा हुने 

आश्विन ९ २०७७
  • 1.9K
    SHARES
  • images
    images
    बिहारमा विधानसभा निर्वाचन मिति घोषणा, तीन चरणमा हुने 

    काठमाडौं । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ । बिहारको ४८ जिल्लामा हुन लागेको विधानसभा निर्वाचनको मिति घोषणा गरिएको हो । 

    images

    घोषित कार्यक्रमअनुसार पहिलो चरणमा १६ जिल्लामा ७१ सिटका लागि हुने निर्वाचन २८ अक्टोबरमा गरिनेछ ।  

    साथै दोस्रो चरणमा १७ जिल्लामा ९४ सिटका लागि हुने निर्वाचन ३ नोभेम्बरमा हुने सार्वजनिक चुनावी कार्यक्रममा उल्लेख गरिएको छ । र अन्तिम तथा चरणको चुनाव भने १० नोभेम्बरमा हुने भएको छ । तेस्रो चरणको चुनाव भने १५ जिल्लामा ७८ सिटका लागि हुनेछ ।


    आश्विन ९, २०७७ शुक्रवार २०:०७:१७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बिहार
  • # निर्वाचन
  • अर्कोसमाचार

    भारतमा एकैदिन ८ हजार बढी कोरोना संक्रमित थपिए  

  • 266
    SHARES
  • भारतमा एकैदिन ८ हजार बढी कोरोना संक्रमित थपिए  

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए।
     
    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार ६ सय २० जना पुगेको छ ।  
     
    पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४६ लाख ३२ हजार ६ सय १५ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २ सय ६६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४० लाख ५३ हजार ८ सय ५६ पुगेको छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:०९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    इन्डोनेसियामा ज्वालमुखी बिस्फोट हुँदा १३ जनाको मृत्यु, दर्जनौं घाइते

  • 132
    SHARES
  • इन्डोनेसियामा ज्वालमुखी बिस्फोट हुँदा १३ जनाको मृत्यु, दर्जनौं घाइते

    काठमाडौं - इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । शनिवार माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो । 

    images

    भागदौड मच्चिदा दर्जनौं घाइते भएका छन् । ज्वालामुखी बिस्फोट हुँदा धुवाँ र धुलोले लुमाजाङ जिल्लाका ११ वटा गाउँमा असर परेको जनाइएको छ । 

    बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो । बिस्फोटमा परेर ३५ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको शरिर जलेको नामइएको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको जनाइएको छ । 


     


    मंसिर १९, २०७८ आइतवार १२:२८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्वालमुखी बिस्फोट

  • क्यानाडा नेपाल

    दिल्ली पुग्यो ओमिक्रोन भाइरस 

  • 178
    SHARES
  • दिल्ली पुग्यो ओमिक्रोन भाइरस 

    काठमाडौँ। भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको नयाँ भेरिएएन्ट ओमिक्रोनको पहिलो केस भेटिएको छ।

    images

    दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जानियाबाट दिल्ली फर्किएका ३७ वर्षीय पुरुषमा यो संक्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।  

    भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको यो पाँचौं केस हो। यसअघि, ओमिक्रोन भेरिएन्टका दुई केसहरू बेंगलुरुमा, एउटा मुम्बईमा र एउटा गुजरातमा भेटिएको थियो। 

    यसैगरी, गत हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोनमा भेरिएन्टको बारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ भेरिएन्टबाट प्रभावित देशहरूमा यात्रा प्रतिबन्ध लगाउन अपील गरेका थिए ।


    मंसिर १९, २०७८ आइतवार १३:५६:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    राजनीतिज्ञ दाइलाई सहयोग गरेका कारण सीएनएनद्वारा प्रख्यात प्रस्तोता बर्खास्त 

    बीबीसी

    मंसिर १९

  • 128
    SHARES
  • राजनीतिज्ञ दाइलाई सहयोग गरेका कारण सीएनएनद्वारा प्रख्यात प्रस्तोता बर्खास्त 

    काठमाडौँ।  अमेरिकी चर्चित प्रस्तोता क्रिस कुमोलाई उनका दाजु तथा न्यू योर्कका पूर्व गभर्नर एन्ड्रू कुमोले दुर्व्यवहार आरोप बेहोरिरहेका बेला पुर्‍याएको सहयोगका कारण सीएनएनले कामबाट बर्खास्त गरेको छ।

    images

    आफ्ना दाजुको बचाउका लागि कुमोले गरेको सहयोगबारे थप सूचना बाहिरिएपछि सीएनएनले उक्त निर्णय गरेको बताएको छ। एन्ड्र्यु कुमोले आफ्ना कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोजनकर्ताहरूले ठहर गरेपछि गत अगस्ट महिनामा राजीनामा गरेका थिए।

    ५१ वर्षीय कुमोले एउटा विज्ञप्तिमाफर्त् दु:ख व्यक्त गर्दै 'सीएनएनबाट मेरो समय यसरी समाप्त होस् भन्ने नचाहेको' बताएका छन्। उनले सीएनएनका लागि सन् २०१३ देखि काम गर्दै आएका छन् र सीएनएनका एक प्रख्यात प्रस्तोता मध्यमा पर्छन्।

    कुमोले सन् २०२० को राष्ट्रपतीय निर्वाचनबारे गरेका प्रस्तुतिको चर्चा हुने गरेको छ। सीएनएनको विज्ञप्तिमा 'एउटा प्रतिष्ठित कानुनी कार्यालय'लाई उनका राजनीतिकर्मी दाजुको यौन दुर्व्यवहार सम्बन्धी समस्यामा क्रिसले आफ्ना दाजुलाई सहयोग गर्न गरेको प्रयत्नबारे हेर्न नियुक्त गरिएको जनाइएको छ।

    तर समीक्षा भइरहेका बेला ''नयाँ सूचना प्रकाशमा आएको'' र त्यसैका आधारमा नेटवर्कले उनलाई ''तत्काल कार्यान्वयन हुने गरी'' जागिरबाट निष्कासन गरेको जनाइएको छ। आफ्ना दाजुलाई सहयोग गर्न क्रिस कुमोले पर्दा पछाडि गरेको प्रयत्न बाहिर आएपछि सीएनएनले गत मङ्गलवार नै उनलाई निलम्बन गरेको थियो।

    त्यस बेला सीएनएनले भनेको थियो, "परिवार पहिलो प्राथमिकतामा र काम दोस्रो प्राथमिकतामा पार्नुपर्ने आवश्यकता (क्रिस कुमोलाई) परेको अवस्थालाई सीएनएनले बुझेको छ"

    तर दाजुका लागि उनले दिएका सुझावहरू पत्रकारिताको आचारसंहिता विपरीत रहेको सीएनएनले जनाएको छ। सोमवार न्यूयोर्ककी महान्यायाधिवक्ता सार्वजनिक गरेको दस्ताबेजले कुमोले आफ्ना दाइको रक्षार्थ व्यापक भूमिका निर्वाह गर्नका लागि गभर्नरका कर्मचारीहरूलाई निरन्तर दबाव दिएको उल्लेख छ।

    ''तपाईँले मलाई विश्वास गर्न आवश्यक छ,'' आफ्ना दाइकी सेक्रेटरीलाई गत मार्चमा पठाएको टेक्स्ट मेसेजमा लेखिएको छ। ''हामीले गर्नै नहुने गल्तीहरू गरिरहेका छौँ।'' उनले भविष्यमा बाहिरिन सक्ने थप आरोपहरूबारे जान्नका लागि अन्य अमेरिकी सञ्चारमाध्यमहरूमा सम्पर्क गर्न प्रयास गर्ने वाचा समेत गरेको बताइएको छ।


    मंसिर १९, २०७८ आइतवार १५:०१:२४ बजे : प्रकाशित

    राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच भए यी सम्झौता 

  • 152
    SHARES
  • राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच भए यी सम्झौता 

    नयाँ दिल्ली - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ।नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

    images

    शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नुहुने जनाइएको छ।

    ”रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुने,” विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसक्नु भएको छ।शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताउँनुभयो। एएनआई 


    मंसिर १९, २०७८ आइतवार २०:४७:१७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    जहाजभित्रै एक यात्रु मृत भेटिएपछि उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान

  • 140
    SHARES
  • जहाजभित्रै एक यात्रु मृत भेटिएपछि उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान

    नयाँ दिल्ली - भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे । 

    images

    'मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ , ' एयर इन्डियाका एक अधिकारीले भने । 

    विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे । समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ । शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ ।एजेन्सी


    मंसिर १९, २०७८ आइतवार २१:२५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एयर इन्डिया

  • क्यानाडा नेपाल