• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

बलिउडका यी कलाकार, कसले कति पढेका छन् ? 

आश्विन ९ २०७७
  • 6.2K
    SHARES
  • बलिउडका यी कलाकार, कसले कति पढेका छन् ? 

    काठमाडौँ। बलिउडका नायक नायिका हरेक कुरामा आफुलाई अगाडी राख्ने गर्दछन र हरेक विषय वस्तुको ज्ञानपनि राख्ने गर्दछन् । सफलता हासिल गर्दागर्दै पनि उनीहरु केहि न केहि चिजमा चुकिरहेका हुन्छन्। यस्तै कति नायक नायिकाहरु सफलताको शिखर चुम्न सफल भएका छन् तर शिक्षाको हिसाबले उनीहरु धेरै पछाडी रहेका छन्। 

    जानिराखौँ कसले कति पढे

    १. दिपिका पादुकोण: बलिउडकी चर्चित नायिका हुन् दिपिका पादुकोण र तर पढाई मामला उनि धेरै पछाडी रहेकी छिन्। उनले १२ कक्षा सम्म मात्रै पढेकी छिन्।  उनले ग्रेजुएशनको लागि निवेदन दिएकी थिइन् तर व्यस्तताको कारण कलेज जान पाइनन्।   

    २. आलिया भट्ट: कम उमेरमा सफलताको शिखर चुम्न सफल नायिका हुन् आलिया भट्ट।  उनले पनि कक्षा १२ सम्ममात्र पढेकी छिन्। सानै उमेरदेखि अभिनयमा रुचि राखेकी आलियाले १२ क्लास उतिर्ण गर्ने वित्तिकै बलिउडमा प्रवेश गरेकी हुन्।  

    ३. प्रियंका चोपडा: विश्व सुन्दरीको ताज पहिरेकी प्रियंका चोपडाले कक्षा १२ सम्ममात्र पढेकी छिन्। उनले ग्रेजुएशनको लागि निवेदन दिएकी थिइन् तर विश्व सुन्दरीको ताज जितिसकेपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन्। 

    ४. कंगना रनौत: कक्षा १२ उतिर्ण गरिसकेपछि आफ्नो पढाईलाई छोडेर  कंगना बलिउडमा करियर बनाउन दिल्ली आईन तर उनले आफुले सोचेको जस्तो काम नपाएपछि उनले मुम्बाईमा आफ्नो कला प्रस्तुत गर्न थालेकी हुन्। आजको दिनमा कंगना बलिउडकी चर्चित नायिकामा पर्दछिन्।  

    ५. अक्षय कुमार: अक्षय कुमारले स्कूलको पढाई पुरा गरिसकेपछि मुम्बाईको गुरु नानक खालसा कलेजमा एडमिशन लिएका थिए तर एक बर्ष पछि उनले मार्शल आर्ट्स सिक्न विदेश होमिए र पछि बैंककमा उनले कुकको काम पनि गरेका थिए।  भारत आएपछि उनले मार्शल आर्ट्स सिकाउने क्लासहरु पनि सुचारु गरे तर उनले त्यसमा सफलता हासिल गरेनन र बलिउडमा उनले आफ्नो झण्डा गाड्न सफल भए।
      
    ६. आमिर खान: बलिउडमा मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिन्छन् आमिर खान। सानै उमेर देखि उनलाई अभिनयमा रुचि भएका कारणले उनले कक्षा १२ सम्ममात्र पढेका छन्।  १२ कक्षासम्म मात्रै पढेका आमिरलाई बलिउडमा सबैभन्दा बढी ज्ञान भएको अभिनेता भनेर पनि चिनिन्छ। 

    ७. सलमान खान: सलमान खान आफैले थूप्रै अन्तरवार्तामा आफुलाई पढाईमा त्यति रुचि नभएको खुलाएका छन्। उनले स्कुलको जीवन सकेपछि कलेजमा एडमिशन लिएका थिए तर पछि बीचमै आफ्नो पढाईलाई स्थगित गरेका थिए।
       
    ८. काजोल: राम्रो अंग्रेजी बोल्ने काजोलले १० कक्षा सम्म मात्र पढेकी छिन्।  कक्षा १० उतिर्ण गरेपछि उनले बलिउडमा प्रवेश गरेकी हुन्।
      
    ९. करिना कपुर: करिनाले कक्षा १२ उतिर्ण गरेपछि उनले कमर्स कलेजमा एड्मिशन लिएकी थिइन् तर सोहि वर्ष बलिउडमा प्रवेश गरेका कारण उनले आफ्नो कलेजको पढाइलाई बिचमै रोक्नु पर्यो।  

    १०. कट्रिना कैफ: बलिउडमा सायद कट्रिना मात्रै एउटा यस्ती अभिनेत्री हुन् जो कहिल्यै पनि स्कुल गएकी छैनन्।
      
    ११. करिश्मा कपुर: १७ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी करिश्माले आफ्नो पढाईलाई भने निरन्तरता दिन सकिनन्। उनले कक्षा १२ मात्र पढेकी छिन्।
      
    १२. ऐश्वर्या राय: आफ्नो स्कुले जीवनमा अब्बल ऐश्वर्या रायले पनि कक्षा १२ सम्म मात्र पढेकी छिन्। मोडलिङ जगतमा प्रवेश तथा विश्व सुन्दरीको ताज जितेपछि उनले आफ्नो पढाईलाइ निरन्तरता दिन सकिनन्।  

    १३. अर्जुन कपुर: अर्जुन कपुर कक्षा १२को परिक्षामा असफल भएपछि आफ्नो पढाईलाई त्यागी अभिनय तर्फ ध्यान दिन थाले।


    आश्विन ९, २०७७ शुक्रवार २३:०६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड
  • # कसले कति पढे
  • अर्कोसमाचार

    अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    आषाढ १

  • 202
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म ुबेल बटमुको रिलिज मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण रिलिज हुन नसकेको फिल्म बेल बटम आउँदो २७ जुलाइ मा रिलिज गरिने भारतिय मिडियामा जनाइएको छ । 

    यसअघि यस फिल्म अप्रिल २ मा रिलिज गर्ने भनिएको थियो । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 

    रञ्‍जित तिवारीले निर्देशन गरेको यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    आषाढ १, २०७८ मंगलवार २१:०७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेल बटम
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    आषाढ १

  • 444
    SHARES
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    काठमाडौं - फिल्म 'तन्हाजी : द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को पछिल्लो समय निकै चर्चा छ । कोरोना कम भएपछि यस फिल्म सुटिङ गर्ने तयारी गरिएको छ ।

    भारतिय मिडियाका अनुसार 'आदिपुरुष' ले प्रभासको पछिल्लो एसएस राजामौलीको निर्देशन रहेको फिल्म 'बाहुबली २ : द कन्क्लुजन' को रेकर्ड तोड्ने भएको छ। 

    metro rail.jpg

    'बाहुबली २' मा  करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। तर 'आदिपुरुष'मा ८ हजार भिएफएक्स समेटिएको बताइएको छ । फिल्म सन् २०२२ को अगस्तमा रिलिज गर्ने तयारी गरिएको छ ।  

    metro rail.jpg

    पौराणीक कथामा आधारीत रहने यस फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउनेछन् भने सैफ अली खानले लंकेशको भूमिका निभाउनेछन् । फिल्म ुआदिपुरुषु ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्नेछन् । 

    त्यस्तै यस फिल्म ४ सय करोड लागतमा बन्ने बताइएको छ । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

     


    आषाढ १, २०७८ मंगलवार २१:४०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभास
  • # बाहुबली
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    आषाढ २

  • 862
    SHARES
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    काठमाडौं - भारतका चर्चित कलाकार तथा अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा बुधबार बिहान  निधन भएको हो । 

    कुनै समयका व्यस्त कलाकार रहेका वैद्यको मुम्बईको अन्धेरी आफ्नै निवासमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

    chndra.jpeg

    गएको साता बिहिबारदेखि ज्वरो आएपछि उनलाई क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि भोलिपल्ट नै उनलाई घरमा ल्याइएको थियो । 

    उनी 'रामायण' बाट निकै चर्चामा आएका थिए । उनले रामायणमा राजा दशरथको महामन्त्री 'आर्य सुमन्त' को भूमिका निभाएका थिए । 

    उनले बलिउडका एक सय भन्दा बढी फिल्ममा काम गरेका थिए । उनले फिल्म निर्देशन पनि गरेका थिए । उनले १९६४ मा  फिल्म ‘चा चा चा’ र १९६६ मा फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन गरेका थिए । 

     


    आषाढ २, २०७८ बुधवार १२:४६:३८ बजे : प्रकाशित

    ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    आषाढ २

  • 248
    SHARES
  • ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    काठमाडौं - पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको फिल्म बेल बटमको निकै चर्चा छ । कोरोना महामारीका कारण तोकिएको समयमा रिलिज हुन नसकेको यस फिल्म अब रिलिजको तयारीमा छ । 

    फिल्म आउँदो २७ जुलाइ मा रिलिज गर्ने तयारी गरिएको बताइएको छ । यस्तै अक्षयकुमारले यस फिल्ममा आफ्नो पारिश्रमिक घटाएको बताइएको छ।

    rush.jpg  

    यस फिल्ममा शुरुमा अक्षयले ११७ करोड पारिश्रमिक लिएका थिए । अब भने उनले यस फिल्ममा ३० करोड पारिश्रमिक घटाउन तयार रहेको बताइएको छ ।  उनले  सन् २०२२ मा बढाएर पारिश्रमिक १३५ करोड पुर्याएका थिए । 

    तर अहिले उनले बच्चन पाण्डे का लागि पारिश्रमिक घटाएर ९९ करोड पुर्याएका छन् । उनले बच्चन पाण्डेमा ९९ करोड पारिश्रमिक वुझेको भारतिय मिडियामा बताइएको छ । 

    निर्माता बासु भागनानीले  फिल्म बेल बटमको बजेट कम रहेको भन्दै पारिश्रमिक घटाउन आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 


    आषाढ २, २०७८ बुधवार २२:१०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार
  • द्रौपदीको भूमिका निभाउन रिया चक्रवर्तीलाई अफर

    आषाढ ३

  • 646
    SHARES
  • द्रौपदीको भूमिका निभाउन रिया चक्रवर्तीलाई अफर

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री रिया चक्रवर्ती एक ठुलो प्रोजेक्टमा काम गर्ने भएकी छिन् । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि चर्चामा आएकी रियालाई हालै फिल्मको अफर आएको भारतिय मिडियामा बताइएको छ । 

    उनी पौराणिक कथा महाभारतबाट प्रेरित एक फिल्ममा द्रौपदीको भूमिकामा अभिनय गर्ने चर्चा छ । उनलाई यस फिल्मबाट अफर आएको र निर्णय दिन मात्र बाकीँ रहेको बताइएको छ । 

    उनको पछिल्लो फिल्म 'चेहेरे' पनि अहिले चर्चामा छ । दर्शकहरु फिल्म चेहेरेको प्रतिक्षामा छन् । कोरोना महामारीका कारण रिलिज हुन नसकेको 'चेहेरे' अब रिलिज हुने तयारीमा छ । 

    रूमी जाफरीले निर्देशनमा बनेको फिल्म 'चेहरे' मा रियासँगै अमिताभ बच्चन, इमरान हाशमी, अन्नु कपुर, रघुवीर यादवलगायतका कलाकारको अभिनय रहेको छ । 

    अमिताभ, रिया र इमरान अभिनित फिल्म 'चेहरे' को ट्रेलर सार्वजनिक  अमिताभ, रिया र इमरान अभिनित फिल्म 'चेहरे' को ट्रेलर सार्वजनिक 
     


    आषाढ ३, २०७८ बिहिवार १४:५१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिया चक्रवर्ती
  • कानुनी झमेलामा फसे सोनु सुद, छानबिन गर्न अदालतको निर्देशन

    आषाढ ३

  • 190
    SHARES
  • कानुनी झमेलामा फसे सोनु सुद, छानबिन गर्न अदालतको निर्देशन

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्ला्े समय उनी रियल लाईफका हिरो नै बनेका छन् । 

    अहिलेको कोरोना महामारीको बेला उनको सहयोग र खटाई देखेर धेरै छक्क परिरहेका छन् । दुख परेकाहरुका लागि भगवान बनेर आएका सोनुको कार्यको चौतर्फि चर्चा भइरहेको छ । 

    यसैबीच उच्च अदालतले उनीमाथि छानबिन गर्न निर्देशन दिएको छ । भारतिय मिडियाका अनुसार सोनुले कोरोनाभाइरससँग सम्बन्धित औषधिहरु कसरी पाए भन्ने बिषयमा छानबिन गर्न महाराष्ट्र सरकारलाई आदेश दिएको हो । 

    उनीहरुविरुद्ध उजुरी परेपछि अदालतले सो आदेश दिएको हो । अनुसन्धानको क्रममा सोनुले औषधिहरु फरक–फरक फार्मेसीबाट लिएको पत्ता लागेको बताइएको छ । पछिल्लो समय उनले सरकार नपुगेको ठाउँमा पनि पुगेर कोरोना प्रभावितलाई सहयोग गरिरहेका छन् । 


    आषाढ ३, २०७८ बिहिवार २१:५९:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद
  • images
    images
    ताजा खबर