• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

अमेरिका निर्वाचनको मत सर्वेक्षण, को अगाडि डोनल्ड ट्रम्प कि जो बाइडेन ?

क्यानाडानेपाल आश्विन १० २०७७
  • 2.4K
    SHARES
  • अमेरिका निर्वाचनको मत सर्वेक्षण, को अगाडि डोनल्ड ट्रम्प कि जो बाइडेन ?

    बीबीसी।  अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्नेछन्। रिपब्लिकन पार्टीबाट निर्वाचित पदासीन राष्ट्रपति ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन्।

    सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए। निर्वाचन नजिकिँदै गर्दा मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन्। हामी यहाँ ती सर्वेक्षणबारे जानकारी दिनेछौँ। हामी तिनले कसले निर्वाचन जित्छ भन्ने विषयमा के कुरा स्पष्ट पार्न सक्छन् र के कुरा स्पष्ट पार्न सक्दैनन् भन्ने पनि बताउनेछौँ।

    उम्मेदवारहरूको देशभरि स्थिति कस्तो छ?

    राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन। सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ। हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि थिइन्। 

    डोनल्ड ट्रम्पले भन्दा उनले झन्डै ३० लाख बढी मत पाइन्। तर उनी पराजित भइन्। किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन।यो कुरा एकातिर राखौँ। देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन्।

    केही सातायता ५० प्रतिशत मतदाताले उनलाई रुचाएको देखिएको छ। कहिलेकाहीँ त उनी १० अङ्कले अग्रता लिन्छन्। यसविपरीत सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन्। निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो।

    कुनकुन राज्यले निर्वाचनको छिनोफानो गर्छन्?

    गत निर्वाचनमा क्लिन्टनले मतको सङ्ख्याभन्दा स्थान महत्त्वपूर्ण हुने पत्तो पाइन्। अधिकांश राज्यमा सधैँ उसैगरी मतदान हुन्छ। अर्थात् केही सीमित राज्यमा दुवै उम्मेदवारसँग जित्ने सम्भावना हुन्छ। ती राज्यसँग कसलाई जिताउने र कसलाई हराउने क्षमता हुन्छ। तिनलाई 'ब्याटलग्राउन्ड स्टेट' अर्थात् कडा प्रतिस्पर्धा हुने राज्य भनिन्छ।

    अमेरिकामा इलेक्टरल कलेज प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ। यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ। निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ। 

    माथिको नक्साले सङ्केत गरे जस्तै कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ। तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन्।

    कडा प्रतिस्पर्धा हुने राज्यहरूमा को अगाडि छ ?

    अहिले ब्याटलग्राउन्ड भनिने राज्यहरूमा जो बाइडनको स्थिति राम्रो देखिएको छ। तर अझै समय बाँकी छ र स्थिति तीव्र गतिमा फेरिन सक्छ। झन् डोनल्ड ट्रम्प आफैँ संलग्न भएको निर्वाचनमा। 

    सर्वेक्षणहरूका अनुसार मिशिगन, पेन्सलभेनिया र विस्कन्सनजस्ता तीन औद्योगिक राज्यमा बाइडनसँग ठूलो अग्रता छ। गत निर्वाचनमा त्यहाँ ट्रम्प एक प्रतिशतभन्दा कम मतान्तरले विजयी भएका थिए। तर सन् २०१६ मा ट्रम्प ठूलो मतान्तरले विजयी भएका ब्याटलग्राउन्ड राज्यहरूमा उनको निर्वाचन अभियान टोली बढी चिन्तित हुने देखिन्छ।

    आईअवा, ओहायो र टेक्ससमा आठदेखि १० प्रतिशत मतान्तरले उनी विजयी भएका थिए। तर अहिले तीनवटै राज्यमा बाइडन र ट्रम्पको उस्तै स्थितिमा देखिएका छन्। सर्वेक्षणले गर्ने सङ्केत अङ्कले ट्रम्पले किन जुलाईमा आफ्नो निर्वाचन अभियानका प्रबन्धक फेरे र उनी किन बारम्बार "मिथ्या सर्वेक्षण" भन्ने गर्छन् भन्ने बुझाउँछ। बाजी थाप्नेहरू अझै पनि ट्रम्पलाई पन्छाइहाल्ने पक्षमा छैनन्। अहिले पनि उनीहरू ट्रम्पले निर्वाचन जित्ने एकतिहाइ सम्भावना देख्छन्।

    के कोरोनाभाइरसले ट्रम्पको अङ्कगणितलाई प्रभाव पारेको छ ?

    यो वर्षको आरम्भदेखि नै अमेरिकामा कोरोनाभाइरस महामारीबारे समाचार प्रमुखताका साथ प्रकाशित भएको छ। अनि राष्ट्रपति ट्रम्पको गतिविधिबारे दलगत आधारमा भिन्नभिन्न प्रतिक्रिया आएको छ। मध्यमार्चमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेर राज्यहरूलाई कोरोनाभाइरस महामारीन नियन्त्रण गर्न ५० अर्ब डलर उपलब्ध गराएपछि उनको लोकप्रियता उत्कर्षमा पुगेको थियो।

    त्यो बेला ५५ प्रतिशत अमेरिकीहरूले उनको कामलाई अनुमोदन गरेको इप्सस नामक मतसर्वेक्षण कम्पनीको तथ्याङ्कमा देखिन्छ। तर त्यसपछि उनले डेमोक्र्याटहरूबाट प्राप्त समर्थन गुमाए। तर रिपब्लिकनहरूले समर्थन गरिराखे। ताजा विवरणअनुसार अहिले उनका आफ्नै समर्थकले दक्षिणी र पश्चिमी राज्यहरूमा कोरोनाभाइरस महामारी फेरि फैलिएपछि ट्रम्पले गरेको कार्यबारे प्रश्न उठाएका छन्।

    जुलाई महिनाको आरम्भतिर उनलाई रिपब्लिकनहरूको समर्थन झरेर ७८ प्रतिशत भएको थियो। यसले उनी किन कोरोनाभाइरससम्बन्धी विषयप्रति आशावादी छैनन् र स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइरहेका छन् भन्ने बुझाउन सक्छ।

     केही समयअघि उनले पहिलो चोटि मास्क लगाए अनि देशवासीहरूलाई पनि त्यसै गर्न आग्रह गरे। मास्क प्रभावकारी हुने भन्दै उनले सबैलाई "राष्ट्रप्रेम" देखाउन भने। यूनिभर्सिटी अफ वाशिङ्टनका विज्ञहरूले निर्वाचनको दिनसम्म अमेरिकामा मृतकको सङ्ख्या २,५०,००० नाघ्ने अनुमान गरेका छन्।

    सर्वेक्षणहरू कति विश्वसनीय हुन्छन्?
    सन् २०१६ मा मत सर्वेक्षणहरूले गरेको सङ्केत मिलेन भनेर तिनलाई खण्डन गर्न सजिलो छ। राष्ट्रपति ट्रम्पले बारम्बार त्यसै गर्ने गरेका छन्। तर यो पूर्णतः सत्य हैन।

    अधिकांश राष्ट्रिय मत सर्वेक्षणहरूले हिलरी क्लिन्टन केही प्रतिशतले अगाडि भएको देखाएका थिए। तर यसको अर्थ उनीहरू असत्य थिए भन्ने हैन। उनले आफ्ना प्रतिद्वन्द्वीभन्दा ३० लाख बढी मत ल्याएकी थिइन्।

    सर्वेक्षकहरूले सन् २०१६ मा स्नातक तह उत्तीर्ण गरेका मतदाताहरूको प्रतिनिधित्व राम्ररी गराउन सकेका थिएनन्। तसर्थ कडा प्रतिस्पर्धा हुने केही राज्यमा ट्रम्पलाई हुने फाइदा पत्ता लाग्न सकेको थिएन। अहिले अधिकांश मत सर्वेक्षण कम्पनीहरूले यो गल्ती सच्याइसकेका छन्।

    तर यो वर्षको स्थिति कोरोनाभाइरस महामारीका कारण सामान्य अवस्थाको भन्दा अनिश्चित छ। अहिले अर्थतन्त्रमा परेको प्रभाव र मानिसहरूले नोभेम्बरमा कसरी मतदान गर्छन् भन्ने पनि अनिश्चित छ। त्यसैले निर्वाचन हुन धेरै दिन बाँकी भएकाले मतसर्वेक्षणहरूलाई शङ्काको दृष्टिले हेर्नुपर्छ।


    आश्विन १०, २०७७ शनिवार १९:३१:३५ बजे : प्रकाशित

    अर्कोसमाचार

    कोरोनाको महामारी बढेपछि फ्रान्समा फेरी लकडाउनको घोषणा

  • 164
    SHARES
  • कोरोनाको महामारी बढेपछि फ्रान्समा फेरी लकडाउनको घोषणा

    पेरिस - फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरी लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्वोधन गर्दै उनले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरेका छन् ।

    नयाँ व्यवस्थाअनुसार कसेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ । अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ ।

    फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् । “सङ्क्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,” म्याक्रोनले भने । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए ।

    म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक“ लगाउनुपर्ने बताए । उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारी पनि दिएका थिए ।
    नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमती दिइने भएको छ ।

    भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उहाँले जानकारी दिएका छन् । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ । ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ ।

    राष्ट्रपति म्याक्रोनले स्वरोजगार व्यवसायी, पसलेहरु, साना व्यवसायीक प्रतिष्ठान, मध्यम व्यवसायीलगायतका लागि विषेश प्याकेज ल्याउने घोषणा पनि गरेका छन् । यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले पनि आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन सवैलाई सतर्कता अपनाउन आह्वान गर्दै रातको समयमा कफुर्यको घोषणा गरेका छन् ।

    युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरी तीव्र रुपमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन । ती केही देशहरुले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यू लगाएका छन् ।-एएनआई


    कार्तिक १३, २०७७ बिहिवार २१:४०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रान्स

  • क्यानाडानेपाल डेस्क

    दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः १७ वर्षको जेल सजाय

  • 240
    SHARES
  • दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः १७ वर्षको जेल सजाय

    सियोल: दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ ।सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका अनुदारवादी नेता लीलाई उहाँकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

    यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उहाँले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ । उहाँलाई जेलमा फिर्ता लान प्रहरी उहाँको सियोलस्थित घरमा पुगेको थियो ।

    योन्हाप समाचार एजेन्सीका अनुसार उहाँले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गर्नुभएको थियो भने उहाँको उक्त अनुरोधलाई प्रहरीले उहाँलाई सोमबार हिरासतमा लिनेगरी मानेको छ ।अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्व राष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।

    लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । तर उहाँले उक्त मुद्दामा पुनरावेदन अदालतले उहाँलाई १७ बर्षका लागि सजाय तोकिएको थियो । उहाँले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नया निर्णय नहुँदासम्मका लागि उहाँलाई जमानतमा रिहा गरिएको थियो ।

    अदालतले उहाँलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुष स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।
    लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्नता रहेको आरोप लागेको छ ।स्मरण रहोस् लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले आफ्नो जेल सजाय बिताइरहेका छन् ।

    पूर्व राष्ट्रपति तथा उदारवादी नेता रो मू–ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उहाँले आत्म हत्या गर्नुभएको थियो । रो वर्तमान् राष्ट्रपति मून जाय–इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गरेका थिए ।एएफपी


    कार्तिक १३, २०७७ बिहिवार १९:३१:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ली म्युङ–वाक

  • क्यानाडानेपाल डेस्क

    अमेरिकी वाणिज्य दूतावास नजिकै किन पक्राउ परे १९ वर्षे अभियानकर्मी ?

    क्यानाडानेपाल

    कार्तिक १३

  • 180
    SHARES
  • अमेरिकी वाणिज्य दूतावास नजिकै किन पक्राउ परे १९ वर्षे अभियानकर्मी ?

    बीबीसी।  हङकङका एक प्रभावशाली अभियानकर्तालाई सादा पोशाकमा रहेका प्रहरी अधिकारीहरूले अमेरिकी वाणिज्य दूतावास नजिकैबाट गिरफ्तार गरी हिरासतमा लिएका छन्।

    टोनी चुङ्ग शरणका लागि निवेदन दिन मङ्गलवार वाणिज्य दूतावास जाने योजनामा रहेको फ्रेन्ड्स्‌ अफ हङकङ नामक समूहले जनाएको छ। प्रहरीले चुङ्ग र अन्य दुईलाई एउटा जारी अनुसन्धानसँग सम्बन्धित रहेर पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्ने तिनैजना स्वतन्त्रता समर्थक समूहका पूर्व सदस्यहरू थिए।

    यसअघि पनि पक्राउ

    यूकेमा रहेको सङ्गठन हङकङ वाचले चीनको राष्ट्रिय सुरक्षासम्बन्धी कानुन अन्तर्गत यी पक्राउहरू गरिएको र बेइजिङले अन्तर्राष्ट्रिय कानुन एवम् मानवअधिकारसम्बन्धी प्रतिबद्धताको उल्लङ्घन गरेको यो पछिल्लो उदाहरण भएको जनाएको छ।

    विवादास्पद राष्ट्रिय सुरक्षासम्बन्धी कानुन अन्तर्गत पक्राउ पर्ने १९ वर्षीय चुङ्ग पहिलो चिनिएका अनुहार हुन् र उनलाई गत जुलाई महिनामा पनि पक्राउ गरिएको थियो। स्वतन्त्र हङकङको पक्षमा वकालत गर्ने सङ्गठनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको थियो र पछि धरौटीमा रिहा गरिएको थियो।हङकङको राष्ट्रिय सुरक्षा कानुन गत जुनबाट कार्यान्वयनमा आएको थियो।

    कानुनमा के छ ?

    चीनको केन्द्रीय र हङ्‍कङको क्षेत्रीय सरकारविरुद्ध घृणा फैलाउने काम गरे वा पृथकतावाद, विद्रोह, आतङ्कवाद र विदेशीसँगको साँठगाँठको अपराध गरेको पाइए आजीवन कारावाससम्मको सजाय हुने भन्ने उक्त कानुनमा उल्लेख छ।

    त्यस्ता व्यवस्थाहरूले सन् १९९७ मा ब्रिटिश शासन अन्त्य भएर ५० वर्षका लागि हङकङले पाएको स्वतन्त्रताको सुनिश्चितता अन्त्य हुने आलोचकहरूले बताएका थिए। सो कानुनको विश्वभर आलोचना भएको थियो। प्रजातन्त्र समर्थक थुप्रै समूहहरूले सुरक्षा कानुन ल्याइएपछि त्यसको अवज्ञा गरेका थिए।

    साउथ चाइना मर्निङ पोष्ट पत्रिकाका अनुसार मङ्गलवार बिहान चुङ्गलाई पक्राउ गरिँदा उनी वाणिज्य दूतावासको अगाडि रहेको कफी पसलमा थिए। वाणिज्य दूतावास नजिकै खिचिएको भिडिओ सामग्रीमा ती किशोरलाई सादा पोशाकमा रहेका मानिसहरूले समातेर लगेको देखिन्छ। स्टुडेन्टलोकलिज्म समूहले त्यतिबेला अधिकारीहरूले चुङ्गसहित आफ्नो समूहका तीनजनालाई पक्राउ गरिएको जनाएको छ।

    सोधपुछ

    प्रहरीले जारी रहेको एउटा अनुसन्धान अन्तर्गत पक्राउ गरिएको जनाएको छ। पक्राउ गरिएको केही घन्टापछि मिडियाको अपुष्ट विवरण अनुसार चारजना अभियानकर्मी अमेरिकी वाणिज्य दूतावास प्रवेश गरेका थिए तर उनीहरूलाई फर्काइएको थियो।

    अमेरिकी वाणिज्य दूतावासले त्यसबारेमा सोधपुछ गर्दा कुनै प्रतिक्रिया जनाएको छैन। गत अगष्टमा, चिनियाँ अधिकारीहरूले हङकङबाट ताइवान जान लागेको ठानिएको डुङ्गालाई रोकेर १२ जना मानिसहरूलाई पक्राउ गरेको बताइन्छ। त्यसरी पक्राउ परेकाहरूले ताइवानमा शरण खोज्ने प्रयास गरेको हङकङका सञ्चारमाध्यमले जनाएका थिए।


    कार्तिक १३, २०७७ बिहिवार १९:००:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिकी वाणिज्य दूतावास
  • # पक्राउ

  • क्यानाडानेपाल

    फ्रान्सको निस शहरमा घातक चक्कु हमला 

    क्यानाडानेपाल

    कार्तिक १३

  • 228
    SHARES
  • फ्रान्सको निस शहरमा घातक चक्कु हमला 

    बीबीसी। फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ। घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

    प्रहरीले गोली हानेर संदिग्ध हमलाकारीलाई नियन्त्रणमा लिएको विवरण प्राप्त भएको छ जसलाई अहिले अस्पताल पुर्‍याइएको छ। एउटा अपुष्ट समाचारका अनुसार पीडितमध्ये एक महिलाको शिरछेदन गरिएको छ।

    सो शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले त्यसलाई "आतङ्कवादी हमला" भनेका छन्। फ्रान्सका आन्तरिक मामिलामन्त्रीले घटना भएको ठाउँतिर नजान मानिसहरूलाई अपील गरेका छन्। 

    त्यहाँको संसद्‍मा एक मिनेटको मौन धारण गरिएको छ जहाँ प्रधानमन्त्री जँ क्यासटेक्सले बिहीवार रातीबाट कार्‍यान्वयनमा आउने लकडाउनका उपायबारे जानकारी गराइरहेका थिए।


    कार्तिक १३, २०७७ बिहिवार १६:०५:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रान्स
  • # निस

  • क्यानाडानेपाल

    फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

    क्यानाडानेपाल

    कार्तिक १३

  • 196
    SHARES
  • फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

    बीबीसी।  सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

    मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो। अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो।

    केरकार

    फेसबुकले ती आरोपहरू अस्वीकार गरेको छ र कुनै पार्टीको समर्थक नरहेको दाबी गरेको छ। तर यो विवादले सबैभन्दा ठूलो बजारमा उक्त सामाजिक सञ्जाललाई नाजुक अवस्थामा पुर्‍याइदियो। पछि भारतका लागि फेसबुकका व्यापार प्रमुख अजित मोहन त्यहाँको एउटा संसदीय समितिको केरकारमा परे।

    "जनसेवामा आफ्नो रुचिलाई अगाडि बढाउन" फेसबुकको जिम्मेवारीबाट अङ्खी दासले राजीनामा दिएको मङ्गलवार एउटा वक्तव्य जारी गर्दै मोहनले बताएका छन्।

    अङ्खी दास भारतमा फेसबुकका लागि काम गर्ने शुरूवाती चरणकी एक कर्मचारी भएको, कम्पनीको प्रगतिमा उनले "सक्रिय भूमिका" निर्वाह गरेको र "ठूलो योगदान" पुर्‍याएको मोहनले उल्लेख गरेका छन्।

    गत अगस्ट महिनामा भारतीय जनता पार्टीका एक सांसदले पोस्ट गरेका मुस्लिमविरोधी सामग्रीहरूबारे द वाल स्ट्रीट जर्नलले प्रश्न गरेपछि बल्ल फेसबुकले त्यसलाई हटाएको थियो।

    भूमिका

    त्यो प्रकरणलाई लिएर अङ्खी दास सञ्चारमाध्यममा चर्चामा आएकी थिइन्। उनी त्यो विवादको केन्द्रमा थिइन् किनकि मुस्लिमविरोधी ती सामग्री हटाउन अस्वीकार गरेको उनीमाथि आरोप लागेको थियो। द वाल स्ट्रीट जर्नलका अनुसार उनले कर्मचारीहरूलाई "प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरूलाई नीति उल्लङ्घनका घटनामा दण्डित गर्दा त्यसले भारतमा फेसबुकको व्यापार परिदृश्यमा क्षति पुर्‍याउने" बताएकी थिइन्।

    बीजेपीका कम्तीमा अरू तीनजना समर्थकले पनि सोही प्रकृतिका पोस्टहरू गरेको र त्यसबाट फेसबुकको नीति उल्लङ्घन भएको देखिँदा समेत त्यसलाई नहटाइएको सो पत्रिकाले जनाएको छ।

    त्यसपछि द वाल स्ट्रीट जर्नलले आफ्नो दोस्रो रिपोर्टमा पनि अङ्खी दासको भूमिकाबारे प्रश्न उठायो जसमा उनले बीजेपी र मोदीलाई समर्थन गरेको तथा आन्तरिक सन्देशमा विपक्षी दलहरूलाई तल देखाएको आरोप लगाइएको थियो। तीस करोडभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक भारतमा निकै लोकप्रिय छ। भारतमा फेसबुककै अर्को मञ्च ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन्।


    कार्तिक १३, २०७७ बिहिवार १५:५१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फेसबुक
  • # भारत नीति

  • क्यानाडानेपाल

    अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

  • 236
    SHARES
  • अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

    वासिङ्टन - अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाउनु भएको देखिएको छ । 

    बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नु हुनेछ । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

    सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नुहुनेछ, र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।  गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहनु भएको छ । 

    विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ । 

    राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उहाँका कार्यशैलीलाई रुचाएका छैनन् । अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।एएनआई 


    कार्तिक १३, २०७७ बिहिवार १३:५५:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिकी चुनाव

  • क्यानाडानेपाल डेस्क