• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

सशस्त्र प्रहरी जवान खोलामा मृत फेला

क्यानाडानेपाल डेस्क आश्विन ११ २०७७
  • 636
    SHARES
  • सशस्त्र प्रहरी जवान खोलामा मृत फेला

    काठमाडौं - कैलालीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा  सुर्खेत घर भएका २२ वर्षीय कुमार तारु मगर रहेका छन् । 

    उनी सशस्त्र प्रहरी गण धनगढीको जुगेडामा कार्यरत रहेका थिए । उनी आज बिहान धनगढी उपमहानगरपालिका १४ को खुटिया खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    शुक्रबार साझँदेखी हराएका उनलाई खोजी गर्ने क्रममा खुटिया खोलामा मृत फेला परिएको हो । उनी अफिसबाट बाहिर जान्छु निस्किएको र फर्केर नआएपछि खोजी शुरु गरिएको थियो । उनको शरिरमा कुनै चोट नदेखिएको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
     


    आश्विन ११, २०७७ आइतवार ००:०४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सशस्त्र प्रहरी
  • # मृत फेला

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    पोलमा चढेका विद्युत प्राधिरणका प्राविधिकको करेन्ट लागेर ज्यान गयो

  • 102
    SHARES
  • पोलमा चढेका विद्युत प्राधिरणका प्राविधिकको करेन्ट लागेर ज्यान गयो

    काठमाडौं - महोत्तरीको बर्दिबासमा करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु भएको छ । 

    बर्दिबास-१ को सडक किनारको पोलमा चढेका रौतहटको पौराहा गाउँपालिका ६ का ३२ वर्षीय गौरीनन्द  पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । 

    करेन्ट लागेपछि गौरीनन्दलाई पोलमै अल्झिएको देखेपछि गाउँलेले उद्धार गरी उपचारका लागि बर्दिबास जनसेवा अस्पताल लगेको बताइएको छ ।

    उनको थप उपचारका लागि जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । त्यहाबाट काठमाडौं रेफर गरिए पनि उनको जनकपुरमै मृत्यु भएको जनाइएको छ । 

     


    कार्तिक १५, २०७७ शनिवार १५:४८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर

  • क्यानाडानेपाल डेस्क

    सार्वजनिक गाडीमा यात्रुले देख्नेगरी भाडादर नटाँसेमा कारबाही गरिने

  • 130
    SHARES
  • सार्वजनिक गाडीमा यात्रुले देख्नेगरी भाडादर नटाँसेमा कारबाही गरिने

    काठमाडौं - काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादरको विवरण नटाँसे कारबाही गरिने भएको छ । 

    यात्रुले देख्नेगरी भाडादरको विवरण नटाँसेमा सवारी साधनलाई कारबाही गरिने  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

    सार्वजनिक गाडीले चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न र यात्रुहरु ठगिनबाट रोक्नका लागि भाडादर टाँस्नुपर्न्े नियम बनाइएको महाशाखाले जनाएको छ ।

    यो अभियान शुक्रबार देखि शुरु गरिएको र हालसम्म् ४ सय बढी सवारी साधनहरूमा भाडादर टाँसिएको जनाइएको छ । 


    कार्तिक १५, २०७७ शनिवार १५:२२:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भाडादर नटाँसेमा कारबाही

  • क्यानाडानेपाल डेस्क

    नेपाली चलचित्र क्षेत्र कति भासियो, कसरी उठ्ला ?

    क्यानाडानेपाल

    कार्तिक १५

  • 132
    SHARES
  • नेपाली चलचित्र क्षेत्र कति भासियो, कसरी उठ्ला ?

    बीबीसी।  कोरोनाभाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन लागु गरिएपछि सानो, ठूलो स्तरमा अन्य विभिन्न क्षेत्र खुल्न थाले पनि अझै नखुलेको र अन्योलमा रहेको नेपाली चलचित्र क्षेत्र हो।

    करिब चार महिनाको लकडाउन र त्यसपछिको निषेधाज्ञा खुले पनि अझै न सिनेमाघरहरू खुलेका छन्, न नै चलचित्रको छायाङ्कन हुन सकेको छ। म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायाङ्कन र निर्माण अझै सुरु भएको छैन।

    कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर चलचित्र निर्माण हुन थाल्यो भने पनि दर्शकहरू पहिले जस्तै चलचित्र हेर्न हलमै जाने अवस्था नरहेको चलचित्र निर्देशक तथा निर्माताहरू बताउँछन्। चलचित्र क्षेत्रको लगानी उठाउने एकल माध्यम सिनेमा घरसम्म दर्शक पुर्‍याउन र महामारीका माझ चलचित्रको गुणस्तर वृद्धि गर्दै लैजान अब के गर्नुपर्छ?

    चलचित्र निर्माता तथा नायिका केकी अधिकारी र निर्देशक तथा चलचित्र समीक्षक दीपेन्द्र लामासँग साप्ताहिक 'बीबीसी बहस' मा गरिएको एक छलफल सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।


    कार्तिक १५, २०७७ शनिवार १३:१६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली चलचित्र
  • # कसरी उठ्ला

  • क्यानाडानेपाल

    झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 150
    SHARES
  • झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - झापामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ का ७३ वर्षीय वृद्ध रहेका छन् ।

    उनको आज बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    गत कात्तिक ६ गते कोरोना सक्रमण पुष्टि भएका उनलाई ७ गते कोभिड अस्पतालमा भर्ना गरिएकोथियो । उनी मुटुरोगी पनि रहेको अस्पतालले जनाएको छ । यससँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।


    कार्तिक १५, २०७७ शनिवार १३:०८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति ?

    क्यानाडानेपाल

    कार्तिक १४

  • 238
    SHARES
  • नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति ?

    काठमाडौँ।  नेपालमा पछिल्ला केही वर्षहरूमा रेलमार्ग विस्तार र रेल सञ्चालन सम्बन्धी विषयबारे चर्चा चुलिए पनि अपेक्षा अनुसार काम हुन नसकेको एक पूर्वाधारविद्ले बताएका छन्।

    रेलमार्गको औचित्य भए पनि विभिन्न विषयमा सरकार आँफै स्पष्ट हुन नसक्दा मुलुकको ठूलो स्रोत जोखिममा पर्न सक्ने पूर्वाधारविद् सूर्यराज आचार्यले बीबीसी नेपाली सेवालाई बताए। तर रेल विभागबाट हालसालै सेवा निवृत्त भएका पूर्व महानिर्देशक बलराम मिश्र नेपालका लागि रेल नयाँ प्रविधि भएकाले यसबारे क्रमिक रूपमा काम भइरहेको बताउँछन्।

    नेपालमा हाल पूर्व-पश्चिम रेलमार्गदेखि, भारत र चीनसँग जोडिने रेलमार्गसम्मका परियोजनाबारे चर्चा चुलिएको छ। त्यसबाहेक विभिन्न स्थानमा मेट्रो रेलदेखि मोनो रेल चलाउने भन्दै राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै उल्लेख गरेपछि जनअपेक्षा पनि चुलिएको छ।

    समस्या के हो?

    तर लामो अन्तरालपछि केही समयअघि भारतबाट खरिद गरिएको रेल नेपालमा भित्रिए पनि आवश्यक कानुनी तथा भौतिक पूर्वाधारको कमीका कारण त्यसलाई पाल ओढाएर राख्नु परेको छ।

    आचार्यका अनुसार नेपालमा रेलमार्ग निर्माण र रेल सञ्चालनका विषयमा केही आधारभूत समस्या देखिन्छ। त्यसलाई सल्टाउनका लागि तत्काल राजनीतिक तहमा रेलको औचित्यदेखि गेज, गति अनि प्रविधि लगायतका विषयमा छलफल गरेर स्पष्ट खाका तयार पार्न जरुरी छ।

    "प्राविधिक तहमा हाम्रो रेल सञ्जालको योजनाबारेनै गम्भीर गृहकार्य भएको छैन। रेल, सडक र हवाई मार्गको एकीकृत गुरुयोजना तयार पार्न आवश्यक छ," उनले भने। रेलको विकास सहरको विकाससँग नजोडिएसम्म प्रभावकारी हुन नसक्ने मत राख्ने उनी जनशक्ति र संस्थागत विकासमा पनि ध्यान दिइनुपर्ने ठान्छन्।

    अपेक्षा बढी

    उनले भने, "हामीले यदि चीन र भारतले रेल बनाइदेलान् र चालकदेखि मर्मत सम्भार समेत उतैबाट आउने भन्ने आशा गर्‍यौँ भने त्यो हामीले धान्न सक्दैनौँ, यो प्रविधिमा हामी नजाऔँ।" तर रेल विभागबाट सेवानिवृत मिश्र नेपाल रेलमार्ग विकास अनि प्रविधिका विषयमा बामे सर्ने क्रममा रहेको हुँदा सबै कुरा अहिले नै भइहाल्नुपर्छ भन्ने किसिमले सोच्न नहुने बताउँछन्।

    रेलमार्गबारे राष्ट्रिय बहस गर्ने र एकीकृत गुरुयोजना तयार पार्ने विषयमा उनको विमति छैन। तर विभिन्न क्षेत्रमा क्रमिक रूपमा काम भइरहेको जनाउँदै उनी निकट भविष्यमा रेलको राम्रो पद्धति स्थापित गरेर विकासको बाटोमा लग्न सकिने गरेर काम भइरहेको बताउँछन्।

    उनी भन्छन्, "रेल विभागले अहिलेको आवश्यकता अनुसार गुरुयोजना बनाएको छ र त्यसै अनुसार अध्ययन भइरहेको छ। जनशक्ति तयार पार्नेदेखि विभिन्न विषयमा तयारी भइरहेको छ।"

    भारतबाट खरिद गरिएको रेल पालले छोपेको विषयलाई लिएर सरकारको तीव्र आलोचना भइरहेको छ। तर मिश्रले भने, "कोभिडका कारण थोरै तयारी गर्न सकिएन। कानुनी कारणले गर्दा रेल ल्याइहाल्नुपर्ने अवस्था थियो। छ महिनादेखि त्यो सीमा नजिकै राखिएको थियो।"

    तर आचार्य एक दशकअघि सम्झौता भएको रेल छ महिनाअघिबाट सुरु भएको महामारीका कारण रोकियो भन्नुको औचित्य माथि प्रश्न गर्छन्। नयाँ चीज भएकाले विज्ञहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने अवस्था भए पनि झन् नकारात्मक प्रचार गरिएकोमा मिश्रको विमति छ।

    मिश्र र आचार्यबीचको बहस सुन्न तलको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १४, २०७७ शुक्रवार १५:१७:१२ बजे : प्रकाशित

    तेजेन्द्रजङ्ग थापा: 'दङ्गाकाबीच भारतबाट नेपाल ल्याएपछि राजा वीरेन्द्रले मलाइ चकलेट दिनुभयो' (भिडिओ)

    क्यानाडानेपाल

    कार्तिक १४

  • 260
    SHARES
  • तेजेन्द्रजङ्ग थापा: 'दङ्गाकाबीच भारतबाट नेपाल ल्याएपछि राजा वीरेन्द्रले मलाइ चकलेट दिनुभयो' (भिडिओ)

    तस्बिर: बीबीसी नेपाली सेवा 

    स्वर्गीय राजा वीरेन्द्रले चढ्ने एभ्रो जहाज हालसालै नेपाली सेनाले नारायणहिटी सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ। त्यसमा राजा वीरेन्द्रलाई कैयौँ पटक उडाउने पाइलट तेजेन्द्रजङ्ग थापा हुन्। थापा भन्छन्, “फ्लाइट सकेपछि मेरै नाम लिएर सिगार वा चकलेट बक्सिन्थ्यो।“ बेलायतमा पढेका पूर्व सहायक रथी थापा नेपाली सेनाका प्रथम पाइलट समेत हुन्।

    ४६ सिटको यो जहाज बेलायत सरकारले ४० वर्षअघि नेपाललाई उपहार दिएको थियो। त्यसमा राजा र उनका पाहुनाहरूलाई उडाइन्थ्यो। थापासँग कुराकानी गरेर बीबीसीले बनाएको यो भिडिओ हेर्नुहोस्।

     

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १४, २०७७ शुक्रवार १४:१२:२१ बजे : प्रकाशित