• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

पानीमा मात्र बस्ने अनौठो भालु, जुन अन्तरिक्षमा पनि बाच्न सक्छ !

क्यानाडानेपाल डेस्क आश्विन ११ २०७७
  • 610
    SHARES
  • पानीमा मात्र बस्ने अनौठो भालु, जुन अन्तरिक्षमा पनि बाच्न सक्छ !

    काठमाडौं - भालू देख्ने बित्तकै धेरैलाई डर लाग्छ । जंगलमा वा चिडियाखानामा भालूलाई हामिले देखेकै छौ होला । हामिले कालो भालू त देखेका छौं भने सेता भालूको बारेमा पनि सुनेका छौ । भालू जमिनमा हिड्छ भन्ने पनि सबैलाई थाहा ५ । तर के तपाईले पानीमा पौडने भालुको बारेमा जान्नु भएको छ । 
     
    विश्वमा यस्तो अनौठो भालू पनि छ, जुन पानीमा मात्र रहन्छ । जसलाई हाम्रो भाषामा पानी भालू पनि भन्ने गर्छौ । टार्डिग्रेडका नामले चिनिएको यो अनौठो भालूका अचम्म लाग्दा बिषेशता पनि छन् । 

    पानीमा पाइने यो भालू परिस्थिति, मौसम र वातावरणमा आफुलाई जिवित राख्न सक्छ । पानी जस्तो सुकै चिसो, बरफ र गर्मी भएपनि सजिलै बाच्ने गर्छ । यसका आठ मोटा मोटा खुट्टा अचम्मको मुख हुन्छ ।

    तपाईलाई थाहा छ, यो जीव अन्तरिक्षमा समेत जीवित रहन सक्ने अनुमान लगाइएको छ । यो धेरैजसो दलदलमा रहने गर्छ । यस बारे शोधकर्ताले यसका दुई प्रजातिको डीएनए परीक्षण गरेका थिए । खोजमा जीवको असाधारण र जीवित रहने क्षमताका बारेमा पत्ता लागेको थियो । 


    आश्विन ११, २०७७ आइतवार ००:२७:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो भालु

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हरियो रङ्गको कुकुर जन्मिएपछि...

    क्यानाडानेपाल

    कार्तिक १४

  • 552
    SHARES
  • हरियो रङ्गको कुकुर जन्मिएपछि...

    बीबीसी।  यो वर्ष पहिलेभन्दा धेरै अनौठा घटनाहरू भए। इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले त्यस्तै एउटा अनौठो घटना देखे। उनले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको छ।

    भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ। पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ। हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ।

    गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको भन्ठानिएको छ। तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ। मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्। हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ।

     


    कार्तिक १४, २०७७ शुक्रवार १२:४४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरियो रङ्गको कुकुर

  • क्यानाडानेपाल

    यो हो विश्वकै महँगो गितार, कति छ मूल्य ?

  • 334
    SHARES
  • यो हो विश्वकै महँगो गितार, कति छ मूल्य ?

    काठमाडौं । गितार बारे धेरैलाई थाहा छ । बजारमा गितार सजिलै किन्न पनि पाइन्छ । अहिले धेरै युवाको हातमा गितार हुन्छ । 

    गितार बजाउदै गीत गुनगुनाएको पनि देखिन्छ । बजारमा गीतार कति मूल्यसम्ममा पाइन्छ होला । तपाइलाई थाहा छ विश्वकै महँगो गितार कुन होला । अमेरिकी गायक कर्ट कोबेनको गितार विश्वकै महँगो गितार मानिन्छ । 

    २७ वर्षको उमेरमा आफ्नो ज्यान फालेका कोबेनले आफ्नो मृत्यु भन्दा अगाडि सन् १९९३ १८ नोभेम्बर मा एमटिभीको लाइभ कार्यक्रममा प्रस्तुती दिएका थिए । उक्त भिडियोलाई अहिलेसम्म ३० करोड भन्दा बढीले हेरिसकेका छन् । 

    उक्त कार्यक्रममा उनले बजाएको गितारको मूल्य ६० लाख पाउण्डमा लिलामी भएको छ ।  उक्त महँगो गितारलाई अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पीटर फ्रीडम्यानले किनेका छन् । 

    s.PNG

     


    कार्तिक १३, २०७७ बिहिवार २२:०९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगो गितार

  • क्यानाडानेपाल डेस्क

    ८ वर्षका बालकको विवाह ६१ वर्षकी महिलासँग गरिदिएपछि ...

  • 966
    SHARES
  • ८ वर्षका बालकको विवाह ६१ वर्षकी महिलासँग गरिदिएपछि ...

    काठमाडौं - विश्वमा धेरै अनौठा घटनाहरु भइरहेका हुन्छन् । धेरै घटनाहरु अनौठा र पत्याउनै गाह्रो हुने हुन्छन् । हामिलाई थाहाँ नै छ, विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । 

    उनीहरुको आफ्नै रीति रिवाज र परम्परा हुन्छन् । तपाईलाई अचम्म लाग्ला ! दक्षिण अफ्रिकामा एक अनौठो विवाह भएको छ । ८ वर्षका एक बालकले ६१ वर्षकी महिलासँग विवाह गरेका छन् । 

    ६१ वर्षकी शाबानगुले ८ वर्षका सानेले मैसिलेलासँग विवाह गरेकी हुन् । यो विवाह पारम्परिक तरिकाले सम्पन्न गरिएको छ । शाबानगु र मैसिलेला हेर्दा हजुरआमा र नाति जस्तै देखिन्छन् । 

    अफ्रिकाको श्वानमा सम्पन्न यस विवाहमा एक हजार डलर खर्च भएको बताइएको छ । खासमा मैसिलेलाको हजुरबुवाको अन्तिम इच्छा पुरा गर्नको लागि मृत्यु अघि यसो गरिएको हो । 

    मृत्यु भन्दा पहिला नातिको दुलही हेर्ने इच्छा पुरा गर्न एक सय जना पाहुनाको अगाडी विवाह गरिएको बताइएको छ । नाति मैसिलेलाको विवाह नगरेमा हजुरआमाले परिवारमा नराम्रो हुने भनेकाले सो विवाह गरिएको उनकी आमाले बताएकी छिन् । त्यसैले सो विवाह परम्परामा मात्र भएको थियो । 


    कार्तिक १३, २०७७ बिहिवार २१:२२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विवाह

  • क्यानाडानेपाल डेस्क

    १ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि ....

  • 1.9K
    SHARES
  • १ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि ....

    काठमाडौं । बच्चाहरुको हामिले धेरै नै ख्याल गर्नुपर्छ । बच्चाहरु चनचले हुने हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ । धेरै बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् । 

    जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भारतमा एक अनौठो घटना घटेको छ । सुन्दा अचम्म लग्ला, भारतको गुजरातस्थित भावनगर जिल्लामा एक बच्चीको शिर प्रेसर कुकरमा फसेपनि धेरै नै समस्या भएको छ । 

    dd.jpg

    अचानक एक वर्षकी बच्चीको टाउको कुकरमा फसेपछि अस्पताल लगियो । अस्पतालमा बच्चीलाई अक्सिजन दिएर कुकर निकाल्न प्रयास गरियो । तर निकाल्न सकिएन । 

    dasainn.jpg

    अस्पतालमा प्रियान्शी नामकी ती बच्चीको त्यो अवस्था देखेर सबै चकित र दुखीत पनि भए । भारतिय मिडियाका अनुसार बच्चीको टाउकोबाट कुकर निकाल्न कुकर नै काट्नु परेको बताइएको छ । खासमा खेल्ने क्रममा ती बच्चिको टाउकोमा कुकर अड्किएको थियो । 

    d.jpg
     


    कार्तिक ६, २०७७ बिहिवार २१:४८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुकर अड्किएपछि

  • क्यानाडानेपाल डेस्क

    औषधिय गुण भएको विश्वकै यो महँगो तरकारी, जसको मूल्य किलोकै एक लाख भन्दा बढी पर्छ

  • 1.2K
    SHARES
  • औषधिय गुण भएको विश्वकै यो महँगो तरकारी, जसको मूल्य किलोकै एक लाख भन्दा बढी पर्छ

    काठमाडौं । बजारमा धेरै थरीका तरकारीहरु पाइन्छ । तरकारी अनुसार मूल्यय पनि फरक फरक छ ।

    कुनै तरकारी महँगा छन् त कुनै सस्ता । सामान्य तरकारीको मूल्य महँगो भएमा बढीमा किलोको  १ सय देखी २ सय सम्ममा पाइन्छ । 

    hop.jpg

    तर यस्तो तरकारी पनि छ, जुन निकै महँगो गर्छ । यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै लाख रुपैयाँ बढी पर्दछ । 

    हप शूट्स नामको यो तरकारी सोचेभन्दा धेरै नै महँगो छ । यसको बोटमा लाग्ने फूललाई ‘हप कोन्स भन्ने गरिन्छ । यस तरकारीमा औषधिय गुणहरु हुने हुनाले निकै महँगो पर्ने बताइएको छ । यो तरकारी जडीबुटीको रुपमा पनि प्रयोग गरिन्छ । 

    यो तरकारी किन्दा १ लाख २८ हजार रुपैयाँ बढी पर्ने गर्छ । यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलिएको छ ।  


    कार्तिक ५, २०७७ बुधवार २१:३७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगो तरकारी

  • क्यानाडानेपाल डेस्क

    टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया, छुट्टिएपछि खुशी हुँदै घर फर्किए

  • 2.7K
    SHARES
  • टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया, छुट्टिएपछि खुशी हुँदै घर फर्किए

    एजेन्सी । टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल अप्रेशन भएको छ । लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरिएपछि उनीहरु आफ्नो घर  पाकिस्तान फर्किएका हुन् । 

    टाउको जोडिएका उनीहरुको गएको बर्ष सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याएको थियो । सफा र मर्वा बिबीलाई छुट्याएपछि घर फर्किन पाउँदा निकै खुशी लागेको आमा जानियाब बिबीले बताएकी छिन् । 

    सफा र मर्वा बिबी २०१९ को फेब्रुअरीमा सफलतापूर्वक अलग गरिएपछि दुई जुम्ल्याहा आफ्नो आमा र अंकलको साथमा लण्डनमा बसिरहेका थिए । 

    t.jpg

    बसोबास गर्दा र उपचार गर्दा उनीहरुको करिब १० लाख पाउन्ड खर्च भएको बताइएको छ । उक्त खर्च भने पाकिस्तानका व्यवसायी मुर्तजा लखानीले व्यहोरेको बताइएको छ । अहिले उनीहरुलाई हिड्न सहयोगको लागि फिजिकल थेरापी भइरहेको जनाइएको छ । 

     


    कार्तिक ४, २०७७ मंगलवार २१:३३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टाउको जोडिएका जुम्ल्याहा

  • क्यानाडानेपाल डेस्क