• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठनमा दबाब

क्यानाडानेपाल डेस्क आश्विन ११ २०७७
  • 606
    SHARES
  • प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठनमा दबाब

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् । 

    पार्टी भित्र केही समयदेखी देखिएको किचलो टुंगिएसँगै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनमा जुटेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठन बाध्यताको रुपमा चित्रण गर्दै केही साथिहरु विदा हुन सक्ने अवस्था आउने बताएका थिए । 

    एक मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने, "पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आएकोले केही मन्त्रीहरु विदा हुनुपर्ने अवस्था आउन सक्छ ।" प्रधानमन्त्री ओलीले कोही असफल भएर हट्नुपर्ने बाध्यता नभएको बताउदै पार्टीको निर्णय कार्यान्वयन गर्दा हेरफेर हुनसक्ने बताएको एक मन्त्रीले बताए । 

    मन्त्रिपरिषद् बैठक बस्नु भन्दा अगाडि ओली र प्रचण्डबीच पनि छलफल भएको थियो । स्रोतका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको र दुवै सहमत भएको बताइएको छ । 

    अहिले नै अर्थमन्त्री नियुक्त नगरी बाँकी मन्त्रालयमा रहेका मन्त्रीहरु हेरफेर गर्ने र जिम्मेवारी दिने बारे तयारी भइरहेको स्रोतले बताएको छ । पार्टी भित्रको आन्तरिक विवाद सुल्झाउन र नेताहरु बीच सम्बन्ध राम्रो बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने बाध्यतामा प्रधानमन्त्री ओली रहेको स्रोतको दाबी छ ।


    आश्विन ११, २०७७ आइतवार ०१:४८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् पुनर्गठन

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के के भए कुराकानी ?

  • 114
    SHARES
  • ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के के भए कुराकानी ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार छलफल भएको छ । ओली(प्रचण्डबीचबीच करिब ११ दिनपछि शनिबार शनिवार छलफल भएको हो । 

    आजको छलफलमा ओली-प्रचण्डबीच नेकपाभित्रको जारी विवाद समाधान गर्ने बिषयलाई लिएर छलफल भएको बताइएको छ । आजको छलफलको क्रममा प्रचण्डले ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेको स्रोतले जनाएको छ । 

    त्यस्तै आजको छलफलमा कोरोना महामारीको नियन्त्रण तथा रोकथाम, कर्णाली विवाद प्रकरण लगायतका बिषयमा छलफल भएको बताइएको छ । 

    यसअघि पार्टीका दुई अध्यक्षबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने बिषयमा छलफल भएको थियो । त्यसपछि कुनै छलफल हुन सकेको थिएन । 

    पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस लगायतका विभिन्न विषयलाई लिएर प्रचण्ड ओलीसँग असन्तुष्ट रहेका थिए । त्यसपछि ओली निकटका नेताहरु सन्देश लिएर खुमलटार पुगेपनि प्रचण्ड छलफलमा बस्न मानेका थिएनन् । 
     


    कार्तिक १५, २०७७ शनिवार १६:०५:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली-प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता  

  • 232
    SHARES
  • ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता  

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता भएको छ ।

    शनिवार प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । ११ दिनदेखि दुई अध्यक्षबीच बोलचाल बन्द रहेको थियो ।
     
    केहि दिनअघिदेखि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको थियो । तर आज भने प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  

    भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। उनीहरूबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने बिषयमा छलफल भएको थियो । त्यसपछि कुनै छलफल हुन सकेको थिएन । 


    कार्तिक १५, २०७७ शनिवार १४:१०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली-प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

  • 1.2K
    SHARES
  • ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूतको ओइरो खुमलटारमा लाग्न थालेको छ ।

    प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारका तीनजना विशेष दूतको खुमलटारमा दौडधूप लागेको हो ।

    बिहीबार बेलुका प्रधानमन्त्री ओलीले आफ्नो प्रियपात्र शंकर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । तर, प्रचण्डले पोखरेलमार्फत अब बालुवाटार नआउने पार्टीको बैठकमै सबै हिसाब किताब हुने सन्देश दिएपछि ओलीले शुक्रबार बिहान पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई खुमलटार पठाएका हुन् ।

    प्रचण्डले सबैलाई एउटै सन्देश पठाएको बुझिएको छ । उनले अब आफू बालुवाटार नआउने अडान राखेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली तनावमा परेका हुन् ।

    त्यसैले उनले प्रचण्डसँग सम्बन्ध सुधारका लागि तारन्तार आफ्ना विशेष दूत खुमलटार पठाएको बुझिएको छ । यदि ओली एकलौटी ढंगले अघि बढे केही दिनभित्रै नेपालको राजनीतिमा अर्को परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # ओली र प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

  • 232
    SHARES
  • कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । देशको अहिलेको अवस्थाले यस्तो स्थिति आएको उनको भनाइ छ ।

    श्क्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सबै सचेत हुनुपर्ने बताएका हुन् ।

    थापाले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडानेपाल डेस्क

    ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

  • 332
    SHARES
  • ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनदेखि तनावमा छन् । पार्टीको किचलो सल्टने भन्दा पनि झन् बल्झन थालेपछि ओली तनावमा परेका हुन् । त्यससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई विश्वासघात गरेको ठहरमा ओली पुगेका छन् ।

    भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याएको मूल्य ओलीले चुकाउनुपर्ने देखिएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयले नेकपामा ठूलै तरंग ल्याउने स्थिति देखिएको छ ।

    यो विषयलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशक्त ढंगले अघि बढाउने संकेत दिइसकेका छन् । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रभावशाली नेता भीम रावललगायतले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख भेटेकोमा आपत्ति मात्र जनाएका छैनन्, यो विषयलाई पार्टीमा छलफल पनि गर्नुपर्ने बताउन थालेका छन् ।

    यो विषय जटिल बन्दै गएपछि बिहीबार प्रधानमन्त्री ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले झुक्याएको गुनासो गरेका छन् । सरकारको प्रतिनिधि भनेर मोदीले गुप्तचर प्रमुख पठाएको उनको भनाइ छ । यता, दस दिनदेखि नेकपा अध्यक्ष प्रचण्डसँग संवाद ठप्प भएपछि ओली छटपटीमा परेका छन् ।

    ओलीले आफ्ना विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर प्रचण्ड निवास खुमलटार पठाएका थिए । पोखरेलले प्रधानमन्त्रीले बालुवाटार बोलाएर ठोस कुराकानी गर्न चाहेको सन्देश दिए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ ।

    आफू निकट नेताहरुलाई विरुद्धमा भड्काएर आफूलाई कमजोर बनाउन लागेको र पार्टी एकताको काम पनि टुंगोमा पुर्याउन ओलीले नचाहेपछि प्रचण्ड बालुवाटार जान अनिच्छुक देखिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:११:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालुवाटारमा
  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

  • 380
    SHARES
  • शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

    काठमाडौं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका छन् । 

    बिहिबार सामाजिक सञ्जालमा डा  कोइरालाले पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न मुद्दा दर्ता गर्न प्रहरीले नलिएको बिषयमा टिप्पणी गर्दै देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका हुन् । उनले हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन् - 'दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?'


    कार्तिक १३, २०७७ बिहिवार १४:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क