• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

बलिउडका चर्चित अभिनेत्रीहरू किन तानिए लागुऔषध सम्बन्धी अनुसन्धानमा

आश्विन ११ २०७७
  • 1.1K
    SHARES
  • बलिउडका चर्चित अभिनेत्रीहरू किन तानिए लागुऔषध सम्बन्धी अनुसन्धानमा

    बीबीसी।  बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ। गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो।

    उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ। यसै महिनाको सुरुमा राजपूतकी केटीसाथी/प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो।

    उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन्। राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटनाबारे थुप्रै खालका अनुमानहरू गरिएका छन्। नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आफ्नो अनुसन्धान बृहत् बनाएको छ र उसले शनिवार पादुकोणसँग मुम्बइमा ६ घण्टा सोधपुछ गरेको थियो।

    यसैबीच, अन्य दुई अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरलाई पनि एनसीबीकै अर्को कार्यालयमा छुट्टै सोधपुछ गरिएको थियो। अर्की अभिनेत्री रकुल प्रीत सिंहसँग शुक्रवार यसैगरी सोधपुछ गरिएको थियो। तर अधिकारीहरूले उनीहरूमाथि कुनै आरोप भने लगाएका छैनन्। गत जुन १४ तारिखमा ३४ वर्षीय राजपूत मुम्बइस्थित उनकै निवासमा मृत फेला परेका थिए र त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो।

    तर पछि उनका परिवारले प्रेमिका चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको लगायत अन्य अपराध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो। यी सबै आरोपलाई चक्रवर्तीले अस्वीकार गर्दै आएकी छन्। अहिले यो मामिलालाई तीनवटा सङ्घीय निकायहरूले अनुसन्धान गरिरहेका छन्।

    मामिला के हो?

    नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अहिले दुईवटा छानबिन गरिरहेको छ। पहिलो रिया चक्रवर्ती, उनका भाइ र राजपूतका पूर्व व्यवस्थापकमाथिको अनुसन्धान पहिलो हो। तीनैजनालाई पक्राउ गरिएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार अर्को अनुसन्धान भनेको बलिवुडमा लागुऔषधको व्यापक प्रयोग हुन्छ भन्ने दाबी बारे हो।  अधिकारीहरूले उक्त अनुसन्धानबारे थोरै विवरणहरू सार्वजनिक गरेका छन् जसका कारण सञ्चारमाध्यममा व्यापक अनुमानहरू गरिएका छन्।

    अनुसन्धानको एउटा हिस्साको रुपमा एनसीबीका अधिकारीहरूले चक्रवर्तीको ह्वाट्सएप मेसेजहरूको अध्ययन गरिरहेका छन् जसमा उनले नार्कोटिक्सबारे छलफल गरेको आरोप छ।

    अनुसन्धानमा दीपिका कसरी तानिइन्?

    यो अहिलेसम्म स्पष्ट छैन। नार्कोटिक्सका अधिकारीहरूका अनुसार ह्वाट्सएप मेसेजमा दीपिका र उनकी व्यवस्थापक पनि सहभागी छन्। त्यसैकारण उनीहरूलाई सोधपुछका लागि बोलाइएको हो। तर ती मेसेजहरूमा के छ भन्ने अझै खुलेको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले किन यो मामिलामा अभिनेत्रीहरूलाई मात्रै एनसीबीमा बोलाइएको र किन अभिनेतालाई नबोलाइएको भनेर प्रश्नहरू उठाएका छन्।

    प्रतिक्रिया कस्तो रहेको छ?

    टेलिभिजन च्यानलहरूको समाचार दिने आक्रामक तरिकालाई लिएर धेरैले आलोचना गरेका छन्। राजपूतको मृत्युयता सञ्चारमाध्यमले उनका थेरापिष्ट, साथीहरू, परिवार, सहकर्मीदेखि उनका पूर्व भान्सेको समेत अन्तर्वार्ता लिइसकेका छन्।

    र, आधिकारिक जानकारी कम मात्रै सार्वजनिक भएका कारण समाचार च्यानलहरूले जति पनि सूचना चुहिन्छ त्यसको विभिन्न कोणबाट विश्लेषण गर्न समय खर्चिएका छन्।

    यसरी एउटा विषयमा धेरै समय खर्चिँदा अन्य सान्दर्भिक र गम्भीर मुद्दाहरूबाट आममानिसको ध्यान अन्यत्र मोडेको भन्दै थुप्रै मानिसहरूले आवाज उठाइरहेका छन्। विश्वमै कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या भारतमा दोस्रो नम्बरमा छ। अहिले त्यहाँको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ भने छिमेकी देश चीनसँगको सम्बन्ध पनि नराम्ररी बिग्रिएको छ।


    आश्विन ११, २०७७ आइतवार १७:११:१५ बजे : प्रकाशित

    अर्कोसमाचार

    अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    आषाढ १

  • 202
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म ुबेल बटमुको रिलिज मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण रिलिज हुन नसकेको फिल्म बेल बटम आउँदो २७ जुलाइ मा रिलिज गरिने भारतिय मिडियामा जनाइएको छ । 

    यसअघि यस फिल्म अप्रिल २ मा रिलिज गर्ने भनिएको थियो । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 

    रञ्‍जित तिवारीले निर्देशन गरेको यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    आषाढ १, २०७८ मंगलवार २१:०७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेल बटम
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    आषाढ १

  • 444
    SHARES
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    काठमाडौं - फिल्म 'तन्हाजी : द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को पछिल्लो समय निकै चर्चा छ । कोरोना कम भएपछि यस फिल्म सुटिङ गर्ने तयारी गरिएको छ ।

    भारतिय मिडियाका अनुसार 'आदिपुरुष' ले प्रभासको पछिल्लो एसएस राजामौलीको निर्देशन रहेको फिल्म 'बाहुबली २ : द कन्क्लुजन' को रेकर्ड तोड्ने भएको छ। 

    metro rail.jpg

    'बाहुबली २' मा  करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। तर 'आदिपुरुष'मा ८ हजार भिएफएक्स समेटिएको बताइएको छ । फिल्म सन् २०२२ को अगस्तमा रिलिज गर्ने तयारी गरिएको छ ।  

    metro rail.jpg

    पौराणीक कथामा आधारीत रहने यस फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउनेछन् भने सैफ अली खानले लंकेशको भूमिका निभाउनेछन् । फिल्म ुआदिपुरुषु ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्नेछन् । 

    त्यस्तै यस फिल्म ४ सय करोड लागतमा बन्ने बताइएको छ । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

     


    आषाढ १, २०७८ मंगलवार २१:४०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभास
  • # बाहुबली
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    आषाढ २

  • 862
    SHARES
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    काठमाडौं - भारतका चर्चित कलाकार तथा अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा बुधबार बिहान  निधन भएको हो । 

    कुनै समयका व्यस्त कलाकार रहेका वैद्यको मुम्बईको अन्धेरी आफ्नै निवासमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

    chndra.jpeg

    गएको साता बिहिबारदेखि ज्वरो आएपछि उनलाई क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि भोलिपल्ट नै उनलाई घरमा ल्याइएको थियो । 

    उनी 'रामायण' बाट निकै चर्चामा आएका थिए । उनले रामायणमा राजा दशरथको महामन्त्री 'आर्य सुमन्त' को भूमिका निभाएका थिए । 

    उनले बलिउडका एक सय भन्दा बढी फिल्ममा काम गरेका थिए । उनले फिल्म निर्देशन पनि गरेका थिए । उनले १९६४ मा  फिल्म ‘चा चा चा’ र १९६६ मा फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन गरेका थिए । 

     


    आषाढ २, २०७८ बुधवार १२:४६:३८ बजे : प्रकाशित

    ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    आषाढ २

  • 248
    SHARES
  • ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    काठमाडौं - पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको फिल्म बेल बटमको निकै चर्चा छ । कोरोना महामारीका कारण तोकिएको समयमा रिलिज हुन नसकेको यस फिल्म अब रिलिजको तयारीमा छ । 

    फिल्म आउँदो २७ जुलाइ मा रिलिज गर्ने तयारी गरिएको बताइएको छ । यस्तै अक्षयकुमारले यस फिल्ममा आफ्नो पारिश्रमिक घटाएको बताइएको छ।

    rush.jpg  

    यस फिल्ममा शुरुमा अक्षयले ११७ करोड पारिश्रमिक लिएका थिए । अब भने उनले यस फिल्ममा ३० करोड पारिश्रमिक घटाउन तयार रहेको बताइएको छ ।  उनले  सन् २०२२ मा बढाएर पारिश्रमिक १३५ करोड पुर्याएका थिए । 

    तर अहिले उनले बच्चन पाण्डे का लागि पारिश्रमिक घटाएर ९९ करोड पुर्याएका छन् । उनले बच्चन पाण्डेमा ९९ करोड पारिश्रमिक वुझेको भारतिय मिडियामा बताइएको छ । 

    निर्माता बासु भागनानीले  फिल्म बेल बटमको बजेट कम रहेको भन्दै पारिश्रमिक घटाउन आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 


    आषाढ २, २०७८ बुधवार २२:१०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार
  • द्रौपदीको भूमिका निभाउन रिया चक्रवर्तीलाई अफर

    आषाढ ३

  • 660
    SHARES
  • द्रौपदीको भूमिका निभाउन रिया चक्रवर्तीलाई अफर

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री रिया चक्रवर्ती एक ठुलो प्रोजेक्टमा काम गर्ने भएकी छिन् । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि चर्चामा आएकी रियालाई हालै फिल्मको अफर आएको भारतिय मिडियामा बताइएको छ । 

    उनी पौराणिक कथा महाभारतबाट प्रेरित एक फिल्ममा द्रौपदीको भूमिकामा अभिनय गर्ने चर्चा छ । उनलाई यस फिल्मबाट अफर आएको र निर्णय दिन मात्र बाकीँ रहेको बताइएको छ । 

    उनको पछिल्लो फिल्म 'चेहेरे' पनि अहिले चर्चामा छ । दर्शकहरु फिल्म चेहेरेको प्रतिक्षामा छन् । कोरोना महामारीका कारण रिलिज हुन नसकेको 'चेहेरे' अब रिलिज हुने तयारीमा छ । 

    रूमी जाफरीले निर्देशनमा बनेको फिल्म 'चेहरे' मा रियासँगै अमिताभ बच्चन, इमरान हाशमी, अन्नु कपुर, रघुवीर यादवलगायतका कलाकारको अभिनय रहेको छ । 

    अमिताभ, रिया र इमरान अभिनित फिल्म 'चेहरे' को ट्रेलर सार्वजनिक  अमिताभ, रिया र इमरान अभिनित फिल्म 'चेहरे' को ट्रेलर सार्वजनिक 
     


    आषाढ ३, २०७८ बिहिवार १४:५१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रिया चक्रवर्ती
  • कानुनी झमेलामा फसे सोनु सुद, छानबिन गर्न अदालतको निर्देशन

    आषाढ ३

  • 192
    SHARES
  • कानुनी झमेलामा फसे सोनु सुद, छानबिन गर्न अदालतको निर्देशन

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्ला्े समय उनी रियल लाईफका हिरो नै बनेका छन् । 

    अहिलेको कोरोना महामारीको बेला उनको सहयोग र खटाई देखेर धेरै छक्क परिरहेका छन् । दुख परेकाहरुका लागि भगवान बनेर आएका सोनुको कार्यको चौतर्फि चर्चा भइरहेको छ । 

    यसैबीच उच्च अदालतले उनीमाथि छानबिन गर्न निर्देशन दिएको छ । भारतिय मिडियाका अनुसार सोनुले कोरोनाभाइरससँग सम्बन्धित औषधिहरु कसरी पाए भन्ने बिषयमा छानबिन गर्न महाराष्ट्र सरकारलाई आदेश दिएको हो । 

    उनीहरुविरुद्ध उजुरी परेपछि अदालतले सो आदेश दिएको हो । अनुसन्धानको क्रममा सोनुले औषधिहरु फरक–फरक फार्मेसीबाट लिएको पत्ता लागेको बताइएको छ । पछिल्लो समय उनले सरकार नपुगेको ठाउँमा पनि पुगेर कोरोना प्रभावितलाई सहयोग गरिरहेका छन् । 


    आषाढ ३, २०७८ बिहिवार २१:५९:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनु सुद
  • images
    images
    ताजा खबर