• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

चर्चित गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

क्यानाडानेपाल आश्विन १२ २०७७
  • 528
    SHARES
  • चर्चित गायक दुर्गेश थापाको चलचित्रमा इन्ट्री, अनमोल र सुहानासँग ‘ए मेरो हजुर ४’ खेल्दै

    काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्रमा इन्ट्री गरेका छन् । यसअघि दीपकराज गिरीको चलचित्र ‘छ माया छपक्कै’ मा प्रोमोसनल गीतमा देखिएका दुर्गेशले अब नायकको भूमिका निभाउने भएका छन् ।

    उनी नयाँ चलचित्र ‘ए मेरो हजुर ४’मा जोडिएका छन् । उनी गायक र मुख्य एक भूमिकामा अनुबन्धित भएका छन् । 

    ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

    यो चलचित्रको छायाँकन आगामी शुक्रबारबाट सुरु गर्ने निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

    चलचित्रको निर्देशन झरना थापाले गर्दैैैछिन् । यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाइएको छैन ।


    आश्विन १२, २०७७ सोमवार १८:१२:०४ बजे : प्रकाशित

    अर्कोसमाचार

    फेरि विवादमा तानिए र्‍यापर भिटेन, कारवाही गर्न साइबर ब्युरोलाई चिठी

  • 514
    SHARES
  • फेरि विवादमा तानिए र्‍यापर भिटेन,  कारवाही गर्न साइबर ब्युरोलाई चिठी

    काठमाडौ ।  'हामी यस्तै त हो नि ब्रो गीत' का गायक समीर घिसिङ (भिटेन) फेरि विवादमा तानिएका छन् । दसैंको बेला सार्वजनिक गरिएको नयाँ गीत 'पारा' लाई लिएर उनी विवादमा तानिएका हुन् ।

    भिडियोमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै  भिटेनलाई कारबाही गर्न  प्रहरी प्रधान कार्यलयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको छ । 

    उनले गीतमा बोलेको शब्दका कारण गीतमाथि अनुसन्धान गर्न  प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई पत्र पठाएको हो । यस अघि पनि भिटेन गीतकै कारण विवादमा तानिएका थिए । 

    प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गीत बनाएपछि गित नै डिलिट गर्नु परेको थियो भने आइन्दा यस्तो कार्य नगर्ने कागज गराई छाडिएको थियो । 


    कार्तिक १३, २०७७ बिहिवार १८:२६:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # र्‍यापर भिटेन

  • क्यानाडानेपाल डेस्क

    हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण  

  • 410
    SHARES
  • हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण  

    काठमाडौं - हास्यकलाकार मनोज गजुरेललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई आइतबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । उनले आफुलाई कोरोना पोजेटिभ देखिएको बार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

    उनले फेसबुकमार्फत टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनले कोरोना जुनसुकै बेला लाग्ने बताउदै आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा 'पोजिटिभ' देखिई हालेमा पनि नआत्तिन र बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध गरेका छन् । 

    उनले अन्तिममा लेखेका छन्  - /मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको  छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाईरसको हार झन् चाँडो हुनेछ ।'


    कार्तिक ११, २०७७ मंगलवार ०७:४१:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # मनोज गजुरेल

  • क्यानाडानेपाल डेस्क

    कार्टुन क्रूको 'रातो रिबन कालो कपालमा' सुधीर र गरिमाको धमाकेधार अभिनय 

  • 950
    SHARES
  • कार्टुन क्रूको 'रातो रिबन कालो कपालमा' सुधीर र गरिमाको धमाकेधार अभिनय 
    काठमाडौँ। नेपाली सङ्गीत क्षेत्रकी एक बहुप्रतिभाशाली तथा लोकप्रिय गायिका अन्जु पन्तको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र सञ्जीव लामिछानेको सुमधुर स्वरमा रहेको रातो रिबन कालो कपाल बोलको आधुनिक गीत सार्वजनिक गरिएको हो ।
     
    'रातो रिबन कालो कपालमा’ बोलको सो गीतमा शब्द यादव लम्सालले दिएका हुन् भने सङ्गीत अर्जुन पोखरेलले भरेका छन्। निर्देशक रामजी लामिछानेको सो गीतको भिडिओमा कार्टुन क्रूका सरोज अधिकारी, आष्मा विश्वकर्मा, मोडेल सुधीर श्रेष्ठ, गरिमा शर्माको मुख्य अभिनय देख्न सकिन्छ । साथै वसन्त अधिकारी र सञ्जीव लामिछानेको सहायक भूमिका रहेको छ।  
     
    म्युजिक भिडियोलाई छायाङ्कन सौरभ लामाले गरेका छन् भने यस भिडिओको सम्पादन अर्जुन जी सीले गरेका हुन्।  गीतलाई पूर्सोत्तम सुबेदीले एरेन्ज गरेका छन्।   भिडिओमा कलाकारहरूलाई नचाउने निर्देशक रामजी लामिछाने स्वयम् हुन्।  
     


    कार्तिक ९, २०७७ आइतवार १९:४१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कार्टुन क्रू
  • # सुधीर र गरिमा

  • क्यानाडानेपाल डेस्क

    लोकगायक श्रेष्ठको हृदयाघात कारण निधन

  • 708
    SHARES
  • लोकगायक श्रेष्ठको हृदयाघात कारण निधन

    काठमाडौं - लोकगायक मधुराप्रसाद श्रेष्ठको निधन भएको छ । उनको घोराही उपमहानगरपालिका –१४ मिलनचोकस्थित निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो। 

    श्रेष्ठको  हृदयाघात कारण निधन भएको जनाइएको छ । उनले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए । 

    उनी एक कुशल गायक, सर्जक एव सङ्गीतकार हुन् । २००२ सालमा प्युठान जिल्लामा जन्मिएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।  
     


    कार्तिक ६, २०७७ बिहिवार २१:०३:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मधुराप्रसाद श्रेष्ठको निधन

  • क्यानाडानेपाल डेस्क

    गायक सुनिल गिरीको दशैँ कोशेली 'मसला'

  • 780
    SHARES
  • गायक सुनिल गिरीको दशैँ कोशेली 'मसला'

    काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत 'मसला' को भिडियो सार्वजनिक भएको छ । सुनिल र गायिका एलिना चौहानको स्वर रहेको मसलामा टिकटक स्टार सुधिर श्रेष्ठ, लोकप्रिय हाँस्य कलाकार बुद्धि तामागं,  सुन्दरी नायिका जेबिका कार्की र विशाल रेग्मीको अभिनय रहेको छ । 

    गायक गिरीकै कन्सेप्ट, निर्देशन, शब्द, संगीत र एरेन्जमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । 

    विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन छायांकार हरि हुमागाईले गरेका हुन् । गायक गिरीका को होला त्यो मसँग आँखा जुधाउने, रोगै पिरती, सोल्टिनी भनी बोलाको, मुग्लान लगायतका गीतहरु चर्चित छन् ।


    कार्तिक ६, २०७७ बिहिवार २०:३२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मसला

  • क्यानाडानेपाल डेस्क

    कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त

  • 670
    SHARES
  • कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त

    काठमाडौं । लोकप्रिय कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् । कलाकार आचार्यले बिहीबार बिहान आफू र पत्नी रमिला आचार्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

    ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद,’ हरिवंशले फेसबुकमा लेखेका छन् । नयाँ सिनेमा, टेलिफिल्म र विज्ञापन सुटिङ गर्ने क्रममा आफूमा कोरोना संक्रमण फैलिएको आचार्यले बताएका थिए । 

    कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका बेला हरिवंशले कोरोनालाई सामान्य नठान्न आग्रह गर्दै यसपटकको दशैंमा आफ्नो घरमा टीका लगाउन नआउन उनले सबैलाई भनेका थिए ।


    कार्तिक ६, २०७७ बिहिवार ०९:४७:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिवंश आचार्य

  • क्यानाडानेपाल डेस्क