• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

वास्तुशास्त्रका यस्तो रहस्य जसले गरिबलाई पनि बनाइदिन्छ धनी

क्यानाडानेपाल डेस्क आश्विन १२ २०७७
  • 5.0K
    SHARES
  • वास्तुशास्त्रका यस्तो रहस्य जसले गरिबलाई पनि बनाइदिन्छ धनी

    काठमाडौँ। मानिसले जीवनमा थुप्रै किसिमका नकारात्मक ऊर्जाको सामना गर्नुपर्दछ। कार्यलयमा होस् वा घरमा मानिसलाई गलत वास्तुको कारणले हानि पुगिरहेको हुन्छ। नकारात्मक ऊर्जाकै कारण धनको अभाव हुने, पारिवारिक समस्या हुने जस्ता अनेक समस्या हुने गर्दछ।

    यदि घरको वा कार्यलयको वास्तु ठिक छ भने मानिसलाई अत्यधिक लाभ हुनुका साथ उसमा सधैं सकारात्मक ऊर्जाको प्रभाव पर्ने गर्दछ।

    जानिराखौं वास्तुका यस्ता उपाय जसले नकारात्मक ऊर्जालाई टाढा राख्नुका साथै मानिसलाई आर्थिक अभावबाट बचाउँछ

    १. तामाका ३ सिक्काः घरको दराजमा यदि सुन, चाँदी र पैसा राख्ने गर्नुहुन्छ भने त्यस ठाउँमा तामाका तीन सिक्का राख्दा अत्यधिक लाभ हुने वास्तुशास्त्रको मान्यता छ। त्यसैगरि उक्त तीन सिक्कालाई लक्ष्मीपूजा, शिवरात्रि र होलीमा पूजा गर्दा घरमा आर्थिक लाभ हुने गर्दछ।

    २. श्रीयन्त्रको स्थापनाः घरको पूजा कोठामा शुभ दिनमा श्रीयन्त्रको स्थापना गरियो भने घरमा पारिवारिक सुख बढ्नुका साथै शुक्रबार महालक्ष्मीको मन्त्र जाप गरेर श्रीयन्त्रको पूजा गर्ने हो भने देवी लक्ष्मी प्रशन्न रहनुका साथै धन लाभसमेत हुने मान्यता छ।

    ३. घोडाको तस्बिरः घरमा कहिल्यै पनि भगवानका प्रतिमा वा मुर्तिलाई एक अर्काको आमनेसामने राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। यसले घरमा पारिवारिक कलह र अशान्ति निम्त्याउने गर्दछ। त्यसगरी घरमा घोडाको तस्बिर दक्षिण दिशामा फर्काएर राख्दा अत्याधिक लाभ हुने गर्दछ।

    ४. झाडु वा कुचोः घरमा झाडु वा कुचो राख्दा कसैको पनि आँखा नपुग्ने स्थानमा राख्नुपर्ने हुन्छ। त्यसैगरी झाडु वा कुचो माथि कुनैपनि किसिमका भारि वस्तु राख्नु नहुने साथै यसलाई कहिल्यै पनि लडाएर राख्नु हुँदैन। झाडु वा कुचोलाई वास्तुशास्त्रमा धेरै महत्व स्थान दिएको छ र यसलाई सहि तरिकाले घरमा राख्दा सकारात्मक ऊर्जाको प्रभाव बढ्ने गर्दछ।

    ५. उठ्ने समयः वास्तुशास्त्र वा हिन्दु परम्परा अनुसार मानिसले जहिल्यै पनि सुर्योदय हुनु भन्दा अगाडि उठ्नु पर्छ । यदि सुर्योदय पछि उठ्यो भने वास्तुदोष हुने र घर र जीवनमा नकारात्मक शक्ति प्रभाव बढ्ने गर्दछ।

    ६. मुख्य द्वारः घरको मुख्य द्वार वा ढोकामा ओमको आकृति बनाउनु अत्यधिक लाभ हुने गर्दछ। यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश नगर्ने, त्यसैगरी त्यस ओम आकृतिलाई दैनिक धुप बत्ति गरियो भने घरमा सुख र सम्वृद्धि छाउने गर्दछ


    आश्विन १२, २०७७ सोमवार १८:२३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वास्तुशास्त्र
  • # रहस्य

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    शनिवार सबै कार्यहरूमा सफलता सुनिश्चित गर्न अपनाउनुहोस् यस्तो उपाय 

  • 172
    SHARES
  • शनिवार सबै कार्यहरूमा सफलता सुनिश्चित गर्न अपनाउनुहोस् यस्तो उपाय 
    काठमाडौँ।  शनिवारको शनि ग्रहको दिन हो जसको प्रकृति ज्यादै  क्रोधित र ढिलो गतिको हुने गर्दछ। यस दिन सुरुवात गरेका काम लामो समयको लागि टिक्ने र तुरुन्त राम्रो परिणाम पाइने विश्वास छ।
     
    यस दिन जागिरको वा अन्य काम सुरु गर्नु, फलाम खरिद विक्री गर्नु, विवाह गर्नु र दान गर्नु अत्यधिक शुभ तथा लाभकारी मानिन्छ।  यद्यपि यस दिन अदालतको मामिला र औषधीय मूलक काम सुरु गर्दा अशुभ हुनुका साथै पूर्व दिशातर्फ यात्रा गर्न नहुने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।
     
    यसबाहेक,यस दिन कालो रङ्ग कपडा लागा उदा वा बैजनी रङ्गको फुल आफूसँग राख्दा विशेष कृपा आउनुका साथै शनिदेव प्रसन्न रहने मान्यता छ। त्यसै गरी, शनिवारको दिन तिलका दानालाई पेस्ट बनाएर खादा साथै कालो बैजनी बैगुनलाई सेकाएर वा पोलेर खादा लाभकारी र  साथ साथै भाग्योदय पनि हुने गर्दछ। शनिवार घरबाट निस्कनु अघि घ्यु खाएमा राम्रो परिणाम आउने विश्वास छ।    


    कार्तिक १५, २०७७ शनिवार ०८:३५:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शनिवार
  • # सफलता

  • क्यानाडानेपाल डेस्क

    दक्षिणकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ कार्तिक १४ गते शुक्रबारको राशिफल

    क्यानाडानेपाल

    कार्तिक १४

  • 246
    SHARES
  • दक्षिणकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ कार्तिक १४ गते शुक्रबारको राशिफल

    मेष
    आज कामहरु अधुरै रहन सक्छन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहला ।

    वृष
    कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

    मिथुन
    आज शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । आफन्त संग रमाइलो भेटघाट हुनेछ । व्यापार ठिकै रहला । 
    कर्कट
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सफल यात्राको 
    योगपनि छ ।

    सिंह
    चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

    कन्या
    आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत 
    लाभ हुनेछ ।

    तुला

    सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता र शुभ समाचार सुन्न पाइएला ।

    वृश्चिक
    आज शुभकार्यको चर्चा चल्नेछ । लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    धनु
    वैदेशिक कार्य अघी बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    मकर
    बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।   

    कुम्भ
    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन र प्रसंसा मिल्नेछ । 

    मीन
    सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ । 
    - ज्यो.प. नारायणप्रसाद दुलाल


    कार्तिक १४, २०७७ शुक्रवार ०९:०८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • # दक्षिणकाली–माता

  • क्यानाडानेपाल

    आज कोजाग्रत पूर्णिमा: देवी महालक्ष्मीको पूजाराधनासहित बडादशैँ समापन हुँदै

  • 648
    SHARES
  • आज कोजाग्रत पूर्णिमा: देवी महालक्ष्मीको पूजाराधनासहित बडादशैँ समापन हुँदै

    काठमाडौं - धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।

    शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजीकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दशैँपर्व नेपालीले आआफ्नो गच्छेअनुसार मनाउँछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्।

    माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए। महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ।

    कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ। आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ।

    चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो। कार्तिक स्नान र आकाशदीपदान पनि शनिबारदेखि नै शुरु हुने छ। रासस


    कार्तिक १४, २०७७ शुक्रवार ०७:२८:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोजाग्रत पूर्णिमा
  • # दशैं

  • क्यानाडानेपाल डेस्क

    ५ यस्ता कार्य जसले बनाउँछ महापापी 

  • 980
    SHARES
  • ५ यस्ता कार्य जसले बनाउँछ महापापी 

    काठमाडौँ। हिन्दु धर्मले मानव संस्कृति र सभ्यताको सबै पक्षलाई अँगालेको छ। अन्य धर्महरू जस्तो  हिन्दु धर्मको कुनै एक संस्थापक, एकल धर्मशास्त्र र एकल सहमति जनाउने कुनै एक शिक्षाको पाठ नरहेको पाइन्छ।  हिन्दु धर्मको विशालता र विषमताले यसको इतिहास र विकासको सन्दर्भमा अध्ययनकर्ता माथि ठुलो चुनौती प्रदान गर्ने गर्दछ। 

     हिन्दु धर्मले उदारताको परिचय दिने गर्दछ जसको अर्थ एउटा हिन्दु व्यक्तिले कुनै पनि देवी देवताको अनुसरण गर्न र कुनै पनि ग्रन्थलाई अपनाउन पाउँदछ जुन अन्य धर्ममा लागु भएको देखिँदैन। यद्यपि उदारताको परिचय दिए पनि हिन्दु धर्मशास्त्रमा केही कार्य गर्न भने वञ्चित गरिएको छ  र यदि ती कार्य गरेमा उसलाई महापातक वा महापापी ठहर गरिने प्रचलन छ।

     यी हुन् त्यस्ता कार्य 

    ब्रह्म हत्या : यसलाई सजिलो तरिकाले बुझ्दा एक ब्राह्मण जाती को हत्या भनेर बुजिन्छ तर यसले एक प्रकाण्ड विद्वान ब्राह्मणलाई जनाउँदछ जसले सम्पूर्ण वेद, शास्त्र, ग्रन्थ, पुराण आदी ज्ञानलाई नियन्त्रण गरी आफ्नो मस्तिष्कमा भण्डारण गरेको  हुन्छ तसर्थ उसको हत्या भनेको ज्ञानको भण्डारलाई नष्ट गर्नु हो र यस्तो कार्य गर्नेलाई हिन्दु धर्मशास्त्र अनुसार महापापी भन्ने गरिन्छ ।    
     
    सुवर्णस्त्येन: संस्कृतमा सुवर्ण भन्नाले सुन र स्त्येंन भन्नाले चोरी हो।  सामान्य भाषामा सुवर्णस्त्येन भन्नाले सुनको चोरी भनेर बुजिन्छ।  त्यस्तै पुरातन समयमा सुनलाई एक बहुमूल्य र सामान्य रूपमा भविष्यको लगानीको रूपमा लिइन्थ्यो जुन आजको दिनसम्म लागु हुन्छ।  हिन्दु शास्त्रका अनुसार कसैको सुन चोर्नु भनेको उसका सबै भावी खुसीहरूलाई नष्ट गर्नुका साथै उनीहरूको सबै मेहनत र बचतलाई चोर्नु हो, जसले मूल रूपमा केवल एक व्यक्तिलाई मात्र नभई पुरै परिवारलाई विस्थापित गर्न सक्ने भएकाले हिन्दु शास्त्रमा सुन चोर्नु भनेको महापाप गर्नु हो।
      
    सुर पान: हिन्दु धर्मका देवी देवताले चढाउन एउटा विशेष पेय पदार्थ प्रयोग गरिने चलन जसलाई सोमरस वा सोमपान भन्ने गरिन्छ र यसको सेवनले  चेतनालाई सर्वोच्च स्थानमा पुर्‍याउने गर्दछ। त्यस्तै ऋग्वेदमा सुर शब्दको पनि धेरै चोटि उल्लेख भएको पाइन्छ।  सोम भन्नाले सत्य, समृद्धि र प्रकाश हो भने सुर भन्नाले असत्य, दुः ख र अन्धकार हो। हिन्दु धर्मशास्त्रमा एउटा ब्राह्मणलाई सुर पान यानिकी जाँड रक्सी पिउन शक्त निषेधित गरिएको छ।  ब्राह्मणसङ ज्ञानको भण्डार हुने र उक्त पदार्थ सेवन गर्दा ज्ञानको दुरुपयोग हुने र समकालीन सन्दर्भमा यसले सबै प्रकारका हानिकारक लतहरू समावेश गर्दछ जस्तै  रक्सी, लागू औषध, चुरोट खैनी, तम्भाखु, जुवा, तास आदि।  

    गुरुतल्पग: गुरुतल्पग अर्थात् गुरु को अर्धाङ्गिनी वा छोरी चेली तर्फ व्यभिचार भन्ने बुजिन्छ। वैदिक युगमा औपचारिक विद्यालय नभएका कारण शिक्षाको लागि एक मात्र स्थान गुरु-कुल थियो, अर्थात् गुरुको घर र विद्यार्थीहरू गुरुकै घर परिसरमा रही अध्ययन गर्ने गर्थे। त्यस्तै गुरुको परिसरमा रहँदा गुरुको श्रीमती वा छोरी चेलीलाई आफूतिर आकर्षण गर्नु ठुलो पाप मानिन्थ्यो र अझै मानिन्छ। हिन्दु धर्मशास्त्रमा गुरुलाई आदरणीय पात्र मानिन्छ, गुरुलाई एक असल शिक्षक, सल्लाहकार, पण्डित,नेतृत्वकर्ता वा नेता आदि हुन् । समकालीन अनुप्रयोगमा कुनै पनि शोषणपूर्ण यौन सम्बन्ध वा शक्तिको प्रयोग गरी  निर्भर भएका बलात्कार वा रेप समावेश हुने गर्दछ ।

    संसर्ग र भ्रूण हत्या : संसर्ग अर्थात् माथि उल्लेखित सबै कार्यमा साथ वा समावेश हुनु र त्यसमा मन्जुरी हुनु हो। आधुनिक परिप्रेक्षकमा यसको अर्थ त्यस्ता अपराधीहरूसँग सङ्गत गर्नु वा तिनीहरू हानिकारक व्यवहारमा समावेश हुनु। त्यस्तै हिन्दु धर्मशास्त्रमा भ्रूण हत्या पनि एक महापापको रूपमा मान्ने गरिन्छ।  भ्रूण हत्या अर्थात् गर्भपात गराउनु वा शिशुको गर्भमै हत्या गर्नु हो।   
         


    कार्तिक १३, २०७७ बिहिवार १५:३८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महापापी
  • # हिन्दु धर्म

  • क्यानाडानेपाल डेस्क

    भगवान पशुपतिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक १३ गते बिहिबारको राशिफल

  • 354
    SHARES
  • भगवान पशुपतिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक १३ गते बिहिबारको राशिफल

    मेष राशि - मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ ।

    बृष राशि - अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

    मिथुन राशि - खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

    कर्कट राशि - दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

    सिंह राशि - स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    कन्या राशि - अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

    तुला राशि - भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    बृश्चिक राशि - अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

    धनु राशि - खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    मकर राशि - अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    कुम्भ राशि - नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

    मिन राशि - भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।ज्यो.प.सरोज घिमिरे


    कार्तिक १३, २०७७ बिहिवार ०७:१७:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक १२ गते बुधबारको राशिफल

  • 764
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक १२ गते बुधबारको राशिफल

    मेष राशि - मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    बृष राशि - अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

    मीथुन राशि - आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    कर्कट राशि - अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    सिंह राशि - मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

    कन्या राशि - हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

    तुला राशि - तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

    बृश्चिक राशि - स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    धनु राशि - मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मकर राशि - सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

    कुम्भ राशि - मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    मिन राशि - कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    कार्तिक १२, २०७७ बुधवार ०७:२४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क