• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

क्यान्सरसँग लडिरहेका सञ्जयको तस्बिर सार्वजनिक, सबैले गरे स्वास्थ्य लाभको कामना

क्यानाडानेपाल आश्विन १९ २०७७
  • 3.3K
    SHARES
  • क्यान्सरसँग लडिरहेका सञ्जयको तस्बिर सार्वजनिक, सबैले गरे स्वास्थ्य लाभको कामना

    काठमाडौं - बलिउड अभिनेता सञ्जय दत्त अहिले क्यान्सरसँग लड्दैछन् । फोक्सोको क्यान्सरबाट ग्रसित सञ्जयले आफ्नो शुरुवाती उपचार मुम्बईको एक अस्पतालमा गराएका छन् । यसैबीच हालै क्यान्सरसँग लडिरहेका सञ्जयको एक तस्बिर सार्वजनिक भएको छ । 

    सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिर हेर्दा सञ्जयको स्वास्थ्य अवस्था बिग्रिएको देखिएको छ । उनको तौल पनि निकै कम देखिएको छ । 

    केहि समयअघि उनले आफू केही समयका लागि उपचारका लागि छुट्टी लिन लागेको बताएका थिए । क्यान्सरको उपचार गराइरहेका सञ्जयको स्वास्थ्यबारे पछिल्लो जानकारी  परिवारले अहिलेसम्म दिएको छैन ।

    उनको तस्बिर सार्वजनिक भएपछि धेरैले उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तसिबरमा उनका एक फ्यानले भनेका छन्  ‘आशा गर्छु, उनी चाँडै नै निको हुनेछन् ।’ 


    आश्विन १९, २०७७ सोमवार १०:५१:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सञ्जय दत्त

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अभिनेत्री सोमीसँग लामो समयसम्म प्रेमसम्बन्धमा रहेका थिए सलमान, उनी भन्छिन् - सलमानले मलाई धोका दिए

    क्यानाडानेपाल

    चैत्र ३०

  • 190
    SHARES
  • अभिनेत्री सोमीसँग लामो समयसम्म प्रेमसम्बन्धमा रहेका थिए सलमान, उनी भन्छिन् - सलमानले मलाई धोका दिए

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुने सलमान खान । सन् १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका सलमानले हालसम्म धेरै फिल्ममा अभिनय गरेर चर्चा कमाइरहेका छन् । 

    एक पछी अर्को फिल्ममा ब्यस्त रहने सलमान पछिल्लो समय कोरोनाभाइरसका कारण केही फिल्ममा मात्र व्यस्त भएका छन् । 

    ५५ वर्ष पुग्दा पनि अहिलेसम्म विवाह नगरेका सलमानको बेलाबेलामा प्रेमसम्बन्धबारे पनि चर्चा हुने गर्छ । फिल्म क्षेत्रमा काम गर्ने समयमा उनको नाम धेरै अभिनेत्रीहरुसँग जोडियो । भनिन्छ उनी सोमी अलीसँग पनि ८ बर्षसम्म प्रेमसम्बन्धमा रहेका थिए । 

    salman-somy.jpg

    सामाजिक सञ्जालमा सक्रिय रहने पूर्वप्रेमिका सोमीले सलमानले आफुलाई धोका दिएको आरोप पनि लगाएकी छन् । उनले एक अन्तवार्तामा आफ्नो पूरानो सम्बन्धको बारेमा खुलेर बोलिन् । 

    उनले सलमानसँग ब्रेकअप भएको २० बर्ष पुगेको बताइन् । उनले भनिन् - ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भएको छ । उनले मलाई धोका दिएका थिए । त्यसैले मैले उनीसँग सम्बन्ध तोडेँ ।

    उनले सलमानसँग आफ्नो सम्बन्ध तोडिएपछि ५ वर्षसम्म बोलचाल बन्द भएको बताइन् । सोमी पाकिस्तानी मुलकी अमेरिकी अभिनेत्री हुन् । उनले ९० को दशकमा बलिउडका धेरै फिल्ममा काम गरेकी थिइन् । 

       


    चैत्र ३०, २०७७ सोमवार २०:०४:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमित भएका अक्षय कुमार अस्पतालबाट डिस्चार्ज  

    क्यानाडानेपाल

    चैत्र ३०

  • 168
    SHARES
  • कोरोना संक्रमित भएका अक्षय कुमार अस्पतालबाट डिस्चार्ज  

    काठमाडौं। बलिउड अभिनेता अक्षयकुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। चैत्र २२ गते आफुलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका अक्षय भोलि पल्ट नै अस्पताल भर्ना भएका थिए । 

    उनले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र चिकित्सकको उचित सवाधानीको सल्लाहमा अस्पतालमा भर्ना भएको बताएका थिए । 

    durga.jpeg

    ८ दिन अस्पताल बसेर उनी आज डिस्चार्ज भएका छन् । अक्षय अस्पतालबाट डिस्चार्ज भएको बारे उनकी पत्नीले जानकारी दिएकी हुन् । 

    उनी आफ्नो आउँदो फिल्म ‘राम सेतु’ को छायांकनको क्रममा संक्रमित भएका थिए ।यस्तै उनको फिल्म ुराम सेतुु का ४५  कलाकारमा पनि कोरोना संक्रमण देखिएको छ । 

    भारतिय मिडियाका अनुसार ुराम सेतुु का ४५ जुनियर कलाकारमा संक्रमण देखिएको छ । सेटका धेरै कलाकारमा संक्रमण देखिएपछि फिल्मको सुटिङ पनि रोकिएको छ । 
     
     

     


    चैत्र ३०, २०७७ सोमवार १८:४३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार

  • क्यानाडानेपाल डेस्क

    आफ्नो अभिनयलाई 'थर्ड क्लास' भनेपछि अभिषेकले दिए यस्तो जवाफ

    क्यानाडानेपाल

    चैत्र २९

  • 362
    SHARES
  • आफ्नो अभिनयलाई 'थर्ड क्लास' भनेपछि अभिषेकले दिए यस्तो जवाफ

    काठमाडौं - बलिउड अभिनेता अभिषेक बच्चनको मूख्य अभिनय रहेको फिल्म 'द बिग बुल' अहिले ओटीटी प्लेटफर्म डिज्नी हटस्टारमा प्रदर्शनमा आएको छ । 

    ८ अप्रिलबाट रिलिज भएको यस फिल्मलाई दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन् । तर सामाजिक सञ्जालमा भने फरक प्रतिक्रिया आएको छ । कुनै प्रयोगकर्ताले यस फिल्मलाई ‘थर्ड क्लास’ पनि भनेका छन् ।

    फिल्म हेरिसकेपछि एक जनाले सधैं जस्तो अभिषेक बच्चनको कथित ‘थर्ड रेट’ अभिनय भनेका छन् । यसको जवाफमा अभिषेकले - 'मैले तपाईंलाई निराश हुन नदिएकोमा खुसी छु । फिल्म हेर्नका लागि समय निकालेकोमा धन्यवाद ।'भनेका छन् । 

    कूकी गुलाटीले निर्देशन गरेको यस फिल्ममा अभिषेकले शेयर दलाली हर्षद मेहताको भूमिका निभाएका छन् । फिल्ममा अभिषेक, इलियाना डिक्रूज, निकिता दत्ता, सौरभ शुक्ला, राम कपूर लगायतका कलाकारको अभिनय रहेको छ । 


    चैत्र २९, २०७७ आइतवार २१:१०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभिषेक बच्चन

  • क्यानाडानेपाल डेस्क

    ‘महाभारत’ मा इन्द्र बनेका अभिनेता कौलको कोरोनाका कारण ज्यान गयो

    क्यानाडानेपाल

    चैत्र २८

  • 414
    SHARES
  • ‘महाभारत’ मा इन्द्र बनेका अभिनेता कौलको कोरोनाका कारण ज्यान गयो

    काठमाडौं - भारतका चर्चित अभिनेता सतिश कौलको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो । 

    उनले बीआर चोपडाको टिभी कार्यक्रम ‘महाभारत’ मा इन्द्र देवको भूमिका निधाएका थिए । कोरोना संक्रमित रहेका कौलको निधन भएको बारे उनकी बहिनी सुष्माले पुष्टि गरेकी हुन् । उनको निधनमा भारतका कलाकारहरुले शोक व्यक्त गरेका छन् । 

    केही दिनदेखि बिरामी रहेका उनी कोरोनाको डरले स्वास्थ्य परिक्षण गराएका थिएनन् । स्वास्थ्य स्थिती खराब हुँदै गएपछिट उनलाई अस्पताल भर्ना गरिएको थियो ।  अस्पतालमा परिक्षण गर्दा उनका कोरोना पोजेटिभ देखिएको थियो । 

    कोरोना पोजेटिभ देखिएपनि उनको स्थीती सुधारोन्मुख रहेको थियो । तर उनको एक्कासी आज बिहान निधन भएको हो । उनले ३ सय भन्दा बढी पञ्जाबी र हिन्दी फिल्ममा काम गरेका थिए । 
     


    चैत्र २८, २०७७ शनिवार १८:०२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # महाभारत
  • # सतिश कौल

  • क्यानाडानेपाल डेस्क

    २० वर्षपछि बलिउडमा कमब्याक गर्दै शंकर, रणवीर र कियारालाई लिएर फिल्म बनाउदै

    क्यानाडानेपाल

    चैत्र २८

  • 864
    SHARES
  • २० वर्षपछि बलिउडमा कमब्याक गर्दै शंकर, रणवीर र कियारालाई लिएर फिल्म बनाउदै

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री कियारा आडवाणीको पछिल्लो समय फिल्म क्षेत्रमा बढी माग हुन थालेको छ । 

    फिल्म  ‘कविर सिंह’ बाट चर्चामा आएकी कियारा हालै एक नयाँ फिल्ममा जोडिएकी छिन् । उनले साउथ फिल्मका निर्देशक शंकरसँग ‘अन्नियन’ को हिन्दी रिमेकमा काम गर्ने भएकी छिन् । 

    kiyara.jpg

    भारतिय मिडियाका अनुसार यस फिल्ममा कियारासँगै अभिनेता रणवीर सिंहले पनि अभिनय गर्ने भएका छन् । २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘अन्नियन’मा कामको लागि शंकरले रणवीरसँग कुरा गरिरहेको बताइएको छ । एउटा वकिलको कथामा बन्ने यस फिल्म दर्शकले रुचाउने अनुमान गरिएको छ । 

    kiyara.PNG

    शंकर २० वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्ने भएका हुन् । यसअघि उनले धेरै बर्ष पहिले फिल्म नायक बनाएका थिए । जसमा अभिनेता अनिल कपुरको मूख्य अभिनय रहेको थियो । 


    चैत्र २८, २०७७ शनिवार १४:१३:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड
  • # रणवीर सिंह
  • # कियारा आडवाणी

  • क्यानाडानेपाल डेस्क

    दीपिकाको फिल्म ‘दि इन्टर्न’मा अमिताभ बच्चन

    क्यानाडानेपाल

    चैत्र २८

  • 260
    SHARES
  • दीपिकाको फिल्म ‘दि इन्टर्न’मा अमिताभ बच्चन

    काठमाडौं - बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन फिल्म ‘दि इन्टर्न’मा देखिने भएका छन् । गएको बर्षको जनवरीमा घोषणा गरिएको यस फिल्मलाई दीपिका पादुकोणले निर्माण गर्दैछिन् । 

    अभिनेता ऋषि कपुरको निधनपछि यो फिल्म बन्नेमा अन्योल रहेको थियो । तर अब यो फिल्म बन्ने र अमिताभको अभिनय रहने पक्का भइसकेको भारतिय मिडियामा जनाइएको छ ।

    हिन्दी रिमेक ‘दि इन्टर्न’ बारे दीपिकाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले फिल्म निर्माण प्रक्रिया अघि बढेको बताएकी छिन् ।

    उनले विशेष सहकर्मीसँग दोस्रो पटकसँगै काम गर्ने मौका मिलेको बताउदै अमिताभलाई स्वागत गरेकी छिन् । यसअघि फिल्म पिकुमा अमिताभ र दीपिकाले बाबुछोरीको भूमिका निभाएका थिए। 
     


    चैत्र २८, २०७७ शनिवार ११:३२:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन
  • # दीपिका पादुकोण
  • # दि इन्टर्न

  • क्यानाडानेपाल डेस्क