• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ‘एक्सन’

आश्विन २० २०७७
  • 2.3K
    SHARES
  • images
    images
    स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ‘एक्सन’

    काठमाडौं । स्वास्थ्य तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल निकै आलोचित मन्त्रीमा पर्छन् । विशेषगरी कोरोनाभाइरस संक्रमण नियन्त्रणमा प्रभावकारी  काम गर्न नसकेकोदेखि अनियमिततामा संलग्नलाई कारबाही गर्न तदारुकता नदेखाएको उनीमाथि आरोप लाग्दै आएको छ । 

    images

    कोरोना संक्रमितले उपचार नपाएको, महामारीका बेला अरु बिरामीले स्वास्थ्य सेवा नपाएको, पीसीआर परीक्षणका लागि रातभर अस्पतालमा लाइन लाग्नुपर्ने अवस्था हुँदा पनि स्वास्थ्य मन्त्री ढकालले कुनै कदम चाल्न नसकेको आरोप लागिरहेको छ । 

    तर, बेला उनले एक्सन लिएका छन् । मुलुकभरका ठूला २५ अस्पतालका निर्देशकहरूसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले उपचार नपाएर कुनै पनि बिरामी गेटबाट फर्कन नपरोस् भन्दै निर्देशन दिएका छन् । 

    बिरामीको उपचारमा आवश्यक पर्ने सामग्रीको अभाव हुन नदिने भन्दै उनले उपचार नपाएर कुनै पनि बिरामी अस्पतालको गेटबाट नफर्कने वातावरण बनाउन निर्देशकहरुलाई निर्देशन दिएका हुन् ।

    दशैं तिहारजस्ता नेपालीहरुको महान चाडमा मनाउने क्रममा हुने भेटघाटले कोरोना संक्रमणलाई बढाउन सक्ने सम्भानालाई मध्यनजर गर्दै स्वास्थ्यमन्त्री ढकालले यसका लागि तयारीका साथ रहन अस्पताललाई निर्देशन दिएका हुन् । 

    साथै स्वास्थ्यमन्त्री ढकालले निर्देशन मात्रै दिएनन् । कोरोनाभाइर संक्रमण नियन्त्रणको अग्रभागमा रहेर काम गरेका चिकित्सक र स्वास्थ्यकर्मीको समस्या र मन्त्रालयसँग गरेको अपेक्षाबारे पनि जानकारी लिएका छन् । 


    आश्विन २०, २०७७ मंगलवार १२:३०:४५ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

  • 382
    SHARES
  • नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

    काठमाडौं - बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।

    images

    पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ । 

    दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।

    यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् । 

    जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

    जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

    पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:४८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जमरा

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

  • 418
    SHARES
  • नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ७७ वटा परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ३७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ३ सय ६२ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १२ हजार २ सय ९७ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ८४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आश्विन ३१, २०७८ आइतवार १६:५७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

  • 240
    SHARES
  • क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

    images

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । उनका आफन्तले केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:११:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहन वैद्य

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ९ सय ३७ जना निको भए

  • 392
    SHARES
  • नेपालमा एकैदिन ५ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ९ सय ३७ जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ६ सय ९७ वटा परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ४ सय ३० पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ९ सय ३७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय ७४ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक १, २०७८ सोमवार १८:०३:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 198
    SHARES
  • नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९ सय १६ वटा परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ५ सय ६९ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय १५ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १२ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक २, २०७८ मंगलवार १८:००:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

  • 150
    SHARES
  • चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

    काठमाडौं - चीनले नेपाललाई थप २० लाख मात्रा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादको क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेका हुन् । 

    images

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीचको कुराकानीमा थप २० लाख मात्रा खोप अनुदान दिने कुरा भएको बारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 
         
    उनीहरुबीच करिब एक घण्टा लामो कुराकानीभएको थियो ।दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । 

    कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा पनि कुराकानी भएको  थियो ।


    कार्तिक २, २०७८ मंगलवार १९:३३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल