• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ  

क्यानाडानेपाल डेस्क आश्विन २९ २०७७
  • 1.6K
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ  

    काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बुधबार ६ रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    बुधबार प्रतितोला ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     


    आश्विन २९, २०७७ बिहिवार ११:३९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

  • 306
    SHARES
  • घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । दसैंपछि बिहीबारबाट सुनचाँदी बजार खुलेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ मूल्य कायम गरिएको छ ।  बिहीबार तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो ।


    तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको छ । ९४ हजार २ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९४ हजार कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा भने स्थीर रहेको छ । चाँदी शुक्रबारका लागि पनि तोलाको ११ सय ८० रुपैयाँ कायम भएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:११:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # घट्यो

  • क्यानाडानेपाल डेस्क

    विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने

  • 310
    SHARES
  • विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने

    काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।

    कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

    ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ । चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ

    प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख
    यसैबीच, एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको जनाइको छ ।रासस


    कार्तिक १३, २०७७ बिहिवार १८:४३:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व बैंक

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

  • 450
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

    काठमाडौं । बिहिबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
     

     


    कार्तिक १३, २०७७ बिहिवार ११:४०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्से साढे आठ अङ्कले वृद्धि

  • 358
    SHARES
  • धितोपत्र बजार : नेप्से साढे आठ अङ्कले वृद्धि

    काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ । नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो । केही दिन पहिले पनि नेप्से एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचक १.९१ ले वृद्धि भई ३१८.५६ मा पुगेको छ । कूल १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर रु एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ मा पुगेको छ ।

    स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १४.०४, जलविद्युत् ६.४३, जीवन बीमा १०.१ र सामूहिक लगानी कोष ०.०६ ले ओरालो लागेको छ । यस्तै बैंकिङ १२.१, व्यापार ९.३३, विकास बैंक १.७१, वित्त ५.३८, निर्जीबन बीमा ३८.५२, उत्पादन २९.४८, अन्य ५.२७ र लघुवित्त ०.८१ ले वृद्धि भएको छ ।

    कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड १५ लाख ४५ हजार २३७ बराबरको कारोबार भयो । यस्तै, एनआइसि एशिया बैंक रु नौ करोड ८५ लाख ६९ हजार ८३५, अपि पावर कम्पनी रु आठ करोड ८२ लाख ७१ हजार १५५, प्राइम बैंक रु सात करोड ९७ लाख ६३ हजार ५८५, नेपाल बैंक रु सात करोड ८० लाख ९४ हजार ७८८ र ग्लोबल आइएमइ बैंक रु सात करोड ५५ लाख ८८ हजार ६१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    यस्तै, जनरल इन्स्योरेन्स ९.८९, नेपाल फाइनान्स ९.८६, अपि पावर कम्पनी ४.१९, सेञ्चुरी बैंक ३.७२, प्राइम बैंक ३.०६ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए ।

    त्यस्तै, माउण्टेन हाइड्रो ३.६१, रैराङ हाइड्रोपावर ३, नेपाल हाइड्रो डेभलपर २.७३, पञ्चकन्या माई हाइड्रोपावर २.७०, सप्तकोशी डेभलपमेन्ट बैंक २.४४, राधी विद्युत् कम्पनीका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।(रासस)


    कार्तिक ६, २०७७ बिहिवार १८:५८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

  • 460
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

    काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।   

    बुधबार प्रतितोला ९५ हजार ५०० रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    कार्तिक ६, २०७७ बिहिवार १२:१०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङमा सञ्चालनमा ल्यायो नयाँ शाखा 

  • 348
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङमा सञ्चालनमा ल्यायो नयाँ शाखा 

    काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका–१ स्थित शेराबजार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

    बैंकको नयाँ शाखाको उद्घाटन सोमबार जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले गरेका थिए । 

    नगर प्रमुख पौडेलले कोरोना महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाई बैंकिङ सेवा उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । 

    यससँगै बैंकको अब ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको बैंकले जनाएको छ । 

     


    कार्तिक ६, २०७७ बिहिवार १०:५४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैंक

  • क्यानाडानेपाल डेस्क