• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यौन चाहना बढाउँछ तारेको लसुनले 

क्यानाडानेपाल डेस्क आश्विन २९ २०७७
  • 25.1K
    SHARES
  • यौन चाहना बढाउँछ तारेको लसुनले 

    काठमाडौँ। काँचो लसुन सेवन गर्नु स्वास्थ्यका हिसावले निकै लाभदायिक रहेको प्रायःसबैलाई ज्ञात नै छ। डाइटिसियनहरूले पनि लसुनका अनेकौं गुणहरूका कारण खानामा दैनिक समावेश गर्न सल्लाह दिने गर्दछन्।  तर, के तपाईंले कहिल्यै तारेको लसुन खानु भएको छ ? काँचो लसुन जतिकै तारेको लसुन स्वास्थ्यका निकै लाभदायक हुन्छा।  

    यसको दैनिकरुपमा सेवन गर्दा धेरै रोगहरु लाग्नबाट बचाउँछ । पेटको स्वास्थ्यका लागि मात्र नभएर यसले तौल घटाउन, कोलेस्ट्रोललाई नियन्त्रण गर्न, मधुमेहको जोखिम कम गर्न, यौन स्वास्थ तथा यौन चाहनालाई पनि कायम राख्न मद्दत गर्दछ।  

    जानिराखौँ तारेको लसुन खाँदाका फाइदा 

    – तारेको लसुन दैनिकरुपमा सेवन गर्दा यसले मुटु रोगको जोखिम कम गर्छ।  यसले शरीरमा रहेको नराम्रो कोलेस्ट्रोललाई हटाई राम्रो कोलेस्ट्रोलको मात्रालाई बढावा दिन्छ, जसले गर्दा मुटु स्वास्थ्य रहने गर्दछ। यसैगरी, उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक दुई पोटी तारेको लसुन सेवन गर्दा रक्तचाप नियन्त्रणमा रहने गर्दछ।  

    – यदि तपाईं तौल घटाउन कोशिस गर्दै हुनुहुन्छ भने यस्तो अवस्थामा आफ्नो तौल घटाउने आहारमा काँचो लसुनलाई समावेश गर्न सकिन्छ। लसुनलाई एक भोक नलाग्ने जडिबुटी पनि भनिन्छ। लसुन सेवन गर्दा पेट लामो समयसम्म भरिपूर्ण भए जस्तो अनुभूति हुन्छ, जसका कारण खाना बढी खाइँदैन।  यसले शरीरको मेटाबोलिजमलाई पनि सन्तुलनमा राख्दछ। गर्भावस्थामा पनि तारेको लसुन निकै फाइदाजनक हुन्छ, यसले आमा र बच्चा दुवैको स्वास्थ्यको लागि फाइदाजन हुनेगर्दछ।  

    – तारेको लसुन खाँदा हड्डीहरू बलियो हुने गर्दछ। यसले छिट्टै बुढ्यौली हुने समस्याबाट बचाउने गर्दछ। सुत्नु अघि जहिल्यै राति तारेका लसुनका एक दुई पोटी खाँदा शरीरमा रहेका विषाक्त पदार्थहरू पिसाबबाट निष्कासित हुने गर्दछन्।  

    – काँचो वा तारेको लसुन दुवै स्वास्थ्यका लागि लाभदायक छन्।  यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै क्यान्सर जस्तो प्राण घातक रोगबाट पनि बचाउने गर्दछ।  त्यसगरी, लसुनको दैनिक सेवनले हर्मोन्सहरुलाई पनि सन्तुलन राखी यौन स्वास्थ्यलाई कायम राख्दछ।


    आश्विन २९, २०७७ बिहिवार १९:३५:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तारेको लसुन
  • # यौन चाहना

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    दशैँमा ग्यास्ट्रिक रोगीले के खाने के नखाने ?

  • 556
    SHARES
  • दशैँमा ग्यास्ट्रिक रोगीले  के खाने के नखाने ?

    सामान्यतया मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिने ग्याष्ट्रिक एउटा लक्षण हो । पेटमा भरिने ग्यास कारण पेट दुख्ने, पेट पोल्ने, छाति पोल्ने, स्वर भासिने, कसै कसैको दाँत दुख्ने जस्ता समस्या नै ग्याष्ट्रिक रहेको पेट तथा कलेजो रोग विशेषज्ञ डा. रविन शर्माले जानकारी दिए । ग्याष्ट्रिक हुने कारण ग्यास्ट्रिक कसै कसैमा मुटुको औषधि र पेनकिलरहरु बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ । चुरोट खाने मान्छेमा पनि ग्याष्ट्रिक हुन्छ । धेरै चिल्लो, पिरो अमिलोे, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ।

    तनावका कारण पनि ग्याष्ट्रिके हुन्छ । ग्याष्ट्रिकका लक्षणहरू पेट फुलेको जस्तो लाग्ने, पेट दुख्ने, छाती र घाँटीमा पोल्न, दुख्ने, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु पनि लक्षणहरु हुन् ।

    ग्यास्ट्रिक साधारणतया सबैमा हुने समस्या हो । अधिकांस मानिसमा जोखिम हुँदैन । तर कहिले काहीँ यसको समयमा उपचार भएन वा ठूलो रुप लियो भने कुनै पनि अवस्थामा यसको असर पर्न सक्छ । जस्तो अल्सर हुने सक्छ यदि अल्सर फुट्यो भने कसै कसैमा रगत बग्ने, ब्लड प्रेसर लो हुने, दिशा कालो हुने हुन्छ । त्यहि अल्सर लामो समय सम्म उपचार भएन र ब्याक्टेरीयाहरु लामो समयसम्म पेटमा भयो भने पेटको क्यान्सर पनि हुने सम्भावना हुन्छ ।

    उपचारमा धेरै बिरामीलाई साधारण किसिमको उपचार नै भए हुन्छ । कम पावरको औषधि एच टु ब्लकर भन्ने औषधिबाट नै सुरु हुन्छ । यदि त्यसले भ्याएन भने पिपि आइ भन्ने औषधि दिइन्छ ।

     दशैंमा ग्यास्ट्रिक हुनेले कति खाने ?के खाने ? कसरी खाने दशैं आयो भन्दैमा जथाभावी चिल्लो, पिरो, अमिलो, मसलादार खाना नखाने । यदी खानै परेमा कम खाने । सकेसम्म मद्यपान, धुमपान नगर्ने । आफ्नो शरीरलाई नपच्ने खाना नखाने तथा ग्यास्ट्रिक समस्या हुनेले थोरै थोरै खाने तर खाइ रहने गर्नुपर्छ ।


    कार्तिक ९, २०७७ आइतवार १५:५९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्यास्ट्रिक
  • # दशैं

  • क्यानाडानेपाल डेस्क

    दशैंमा मासु खाइसकेपछि मनतातो पानिको ५ आश्चर्यजनक फाइदा  

  • 412
    SHARES
  • दशैंमा मासु खाइसकेपछि मनतातो पानिको ५ आश्चर्यजनक फाइदा  

    काठमाडौँ। पानी एक प्राकृतिक औषधी हो र यसले विभिन्न रोगहरूलाई निर्मूल गर्न मद्दत गर्दछ। सामान्यतया मनतातो पानी भन्नाले न चिसो न तातो जसलाई सजिलै सँग मानिसले पिउन सक्छन् । यसले पाचन सुधार गर्नुका साथै, कब्जियतको समस्यालाई पनि निर्मूल गरी शरीर लाइ आराम महसुस गराउँदछ। त्यसै गरी मनतातो पानी जाडो मौसममा मात्र नभएर यो हरेक मौसमका लागी लाभदायक छ। अध्ययन अनुसार मनतातो पानीले केही हद सम्म शारीरिक दुखाइहरू समेतलाई कम गर्ने गर्दछ। दशैंमा मासु खाइ सकेपछि मनतातो पानि सेवन गर्दा हुन्छन् यस्ता फाइदा :

     जानिराखौँ मनतातो पानीको अचुक फाइदाहरू:

    १. पाचन प्रणालीको सुधार: दैनिकरुपमा मनतातो पानीको सेवनले पाचन प्रणालीलाई सुधार गर्नुको साथै यसले खानालाई सजिलै पचाउन मद्दत गर्दछ। यसले कब्जियत भएका व्यक्तिलाई समेत रामवाणको काम गर्दछ। कतिपय मानिसहरूलाई जाडो मौसममा पिसाब सम्बन्धी समस्या हुने गर्दछ जसका कारण उनीहरूले नियमित रूपमा टोइलेट गइराख्नु पर्दछ। यस्तो समस्याबाट बच्न यदि त्यस्ता मानिसले जाडो मौसममा सधैँ मनतातो पानी पिउँदा यस्ता समस्याहरू हटेर जान्छ ।
      
    २. रुघा खोकीलाई टाढा राख्ने : चिसो मौसममा प्राय: मानिसहरूलाई रुघा खोकी लाग्ने गर्दछ। दैनिक मनतातो पानीको सेवनले जाडो मौसममा हुने सम्पूर्ण भाइरल तथा सङ्क्रमणहरूलाई टाढा राख्दछ। त्यसै गरी, यदि कोही व्यक्ति त्यस्तो सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउँछ भने सङ्क्रमणको समस्या आउन नदिन दैनिक मनतातो सेवन गर्नु लाभदायक हुने गर्दछ।
           
    ३. रक्त प्रवाहमा सहयोग: दैनिक मनतातो पानीको सेवनले शरीरमा रक्त प्रवाह राम्रो सँग हुने गर्दछ। यदि शरीरमा राम्रो सँग रक्त प्रवाह भयो भने रक्तचाप देखि हृदय सम्बन्धी रोगको जोखिम कम भएर जान्छ।  त्यसैगरि रात्रिकालीन अवस्थामा मनतातो पानीले नुहाउँदा आरामदायी निद्रा लाग्ने गर्छ। 

    ४. तनावको स्थिति घटाउन सहयोगी:  एक अध्ययनका अनुसार, नियमितरुपमा मनतातो पानी पिउँदा केन्द्रीय स्नायु प्रणालीको कार्यहरू सुधार हुनुको साथै यसले चिन्ता वा तनावबाट मुक्ति दिने गर्दछ।  त्यसै गरी, यदि त्यस मनतातो पानीमा थोरै दूध मिसाएर पिउँदा मानिसलाई शान्त महसुस गराई कार्यक्षमतालाई वृद्धि गर्ने  गर्दछ।  

    ५.अनावश्यक तौल घटाउन मद्दत गर्दछ: जाडो मौसममा मानिसहरू प्राय: चिल्लो, पिरो, फ्राइड तथा अन्य परिकारका खानाहरू सेवन गर्ने गर्दछन् र यी खानाहरू चिसो मौसममा पच्ने पनि गर्दछन्। अन्ततः यसले तौल बढ्ने समस्या निम्त्याउद छ जसले गर्दा जाडो मौसममा प्राय:को तौल बढ्ने गर्दछ। यदि नियमित रूपमा मनतातो पानी पिउँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।


    कार्तिक ९, २०७७ आइतवार १४:०४:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दशैं
  • # मनतातो
  • # पानि

  • क्यानाडानेपाल डेस्क

    दशैंमा मासु पचाउने यी हुन् पाँच पेय पदार्थ

  • 1.8K
    SHARES
  • दशैंमा मासु पचाउने यी हुन् पाँच पेय पदार्थ

    काठमाडौँ। बडादशैं नेपालीहरुको एउटा मुख्य सांस्कृतिक चाड हो । यस चाडको महिमा पूजाआजाका साथसाथै  किनमेल, खानपिन,भेटघाट र मनोरञ्जनमा निहित छ । दशैंमा गरिने बिभिन्न सांस्कृतिक तथा सामाजीक कार्यहरूको कारण यो चाडलाई विश्वमै एक महत्वपुर्ण चाडको रूपमा लिने गरिन्छ ।

    उल्लाहसमय यस चाडमा आफ्ना प्रत्येक आफन्तसँग ढोगभेट गरी टीका जमरा लगाउने चलनले  नै यसको महत्व बढाएको हो । साथै यस चाडमा मिष्ठान्न खाने कुरा खाने, घर घरमा मासु पकाउने र मिठो गरि खाने चलन छ। 

    सामान्यतया खानालाई पाचन प्रणालीको प्रक्रियालाई २४ देखि ७२ घण्टा लाग्ने गर्दछ भने कस्तो प्रकारको खाना खाइएको छ, त्यसमा निर्भर हुने गर्दछ। साथै लैंगिक आधारमा पनि पाचन प्रक्रिया निर्धारण हुने गर्छ।  एक अमेरिकी गैरसरकारी संस्था 'मायो क्लिनिक'अनुसार ठूलो आन्द्रामा खानाको औसत समय लिंगको आधारमा निर्धारण हुन्छ, महिलाको पेटमा ४७ घण्टा रहन्छ भने पुरुषको पेटमा ३३ घण्टा रहने गर्दछ।

    त्यस्तै, माछा मासुमा भएका प्रोटिन र फ्याटहरू जस्ता जटिल अणुहरूलाई शरीरले अलग गर्न लामो समय लाग्ने र पूर्ण रूपमा पचाउन दुई दिनसम्म लाग्ने गर्दछ। त्यस्तै यस्ता किसिमका भारि खानेकुरालाई पचाउन पिउनुस यी पाँच पेय पदार्थ:

    १) कफी : कफीले शुभ बिहानीलाई मात्र शुभ बनाउने नभएर यसले मानिसको पाचन प्रणालीमा पनि राम्रो प्रभाव सिर्जना गर्दछ। कफीले पेटमा भएका खानालाई छिटो छिटो पाचन प्रक्रियामा पुर्याउने गर्दछ।  यदि सहि मात्रमा यसको सेवन गर्ने हो भने पाचन प्रणाली मजबुद भएर जान्छ भने अत्यधिक रुपमा यसको सेवन गर्नाले पखालापनि लाग्न  सक्छ। 

    २) कागती पानी: कागती भिटामिन सी को राम्रो श्रोतको रुपमा चिनिन्छ। यसले शरीरमा भएका सम्पूर्ण नकारात्मक तत्वलाई निष्कासन गर्न मद्दत गर्दछ। दैनिकरुपमा बिहान मनतातो पानिअदुवा मा कगाती मिसाएर पिउदा कब्जियत समेत कम हुने गर्दछ।  आयुर्वेदका अनुसार कागतीमा भएको विशेष गुणले शरीरको अग्नि त्वत्वलाई उत्प्रेरित गर्न मद्दत गर्दछ जसले खानालाई सजिलै पचाउन र शरीरमा भएका विषादी तत्वलाई पनि सजिलै निस्कासन गर्दछ। 

    ३) अदुवा चिया : अदुवामा भएको प्राकृतिक गुणले पाचन प्रक्रियालाई उत्तेजित गरि खानालाई पच्न सजिलो बनाउने गर्दछ।  त्यसैगरी अदुवा चिया एक प्राकृतिक जीवाणुरोधक र पेटमा भएको सबै असजिलोलाई शान्त गर्न मद्दत गर्दछ।

    ४) मह पानि: महमा भएका थुप्रै गुणहरुका कारण विभिन्न रोगहरु निवारण हुने गर्दछ।  यसको उचत्तम फाइदा लिन एक कप मनतातो पानीको साथ एक चम्मच मह मिश्रण गरि पिउनु पर्ने हुन्छ। मह मनतातो पानिमा मिसाएर पिउँदा पाचन प्रक्रिया राम्रो हुने गर्दछ। 

    ५) टमाटरको जुस : फाइबरको अभावका कारण मानिसमा कब्जियत हुने गर्दछ।  टमाटरमा भएको उच्चतम गुणले  मानिसको पाचन प्रणालीलाई सुध्रिद गर्ने गर्दछ र अन्य फलफूल जुसको तुलनामा यसमा अत्यधिक फाइबर हुने गर्दछ।    


    कार्तिक ९, २०७७ आइतवार ११:००:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दशैं
  • # मासु पचाउने
  • # पाँच पेय पदार्थ

  • क्यानाडानेपाल डेस्क

    लेमनग्रासका यी ५ फाइदा, थाहपाएपछि यसको सेवन अवश्य गर्नु हुनेछ

  • 568
    SHARES
  • लेमनग्रासका यी ५ फाइदा, थाहपाएपछि यसको सेवन अवश्य गर्नु हुनेछ

    काठमाडौँ। लेमनग्रास गाउँ घरदेखि शहर सम्म पाइने एक महत्त्वपूर्ण वनस्पति हो। यसमा पाइने पोषक तत्वले शरीरको सम्पूर्ण स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ। लेमनग्रास भिटामिन ए, बी, सी र फोलेटको राम्रो स्रोत हो। सानोतिनो शारीरिक समस्याको निदान खोज्न मात्र होइन, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि लेमनग्रासको चिया नियमित पिउन सकिन्छ ।

    यसमा पाइने पोटासियम, क्याल्सियम, म्याग्नीशियम र आइरनले शरीरको समग्र संयन्त्रलाई ठिक राख्दछ। लेमनग्रासमा एन्टिअक्सीडेन्ट, फिनोलिक यौगिकहरूले शरीरमा हुने थुप्रै रोगहरुलाई हटाउन औषधीको रूपमा काम गर्ने गर्दछ । यसको मुख्य तत्व भनेको कागती वा सिट्रस हो, जसमा एन्टिफंगल र एन्टि माइक्रोबियल गुणहरू हुन्छन्।

    जानिराखौँ यसका ५ फाइदा

    कोलस्ट्रोलः यसमा एन्टिहाइपरलिपिडेमिक र एन्टीहाइपरकोलेस्ट्रोलेमल गुणहरु पाइन्छ, जसले कोलेस्ट्रोलको स्तरलाई स्वस्थ राख्न सहयोग पु¥याउँछन्। एक अध्ययनका अनुसार दैनिक लेमनग्रासको सेवनले ट्राइग्लिसिसराइड्स स्तरलाई ठीक राख्दछ। यसैगरी, यसको सेवनले शरीरबाट एलडीएल (लो डेनिसिटी लिपोप्रोटीन) कोलेस्ट्रोलको शरीरबाट कम मद्दत गर्दछ।

    डिटोक्सिफिकेसन वा शरीरबाट विषाक्त तत्वको निस्कासन : शरीरमा हुने डाइयुरेटिक गुणबाट हानिकारक विषाक्त पदार्थ निस्कासन गर्न सहयोग गर्दछ। यस्ता विषाक्त तत्व शरीरबाट निस्कासन भएपछि शरीरका अंगहरुले राम्रोसँग काम गर्दछ। लेमनग्रासमा हुने डाइयुरेटिक गुणका कारण पिसाब लाग्ने क्रम बढ्ने गर्दछ जसका कारण शरीरबाट विषाक्त पदार्थ पिसाबबाट बाहिर निस्किन्छ।

    पेटको समस्याः एक अध्ययनका अनुसार, लेमनग्रासको एसेन्शियल ओइलमा एन्टिमाइक्रोबियल र एन्टि ब्याक्टेरियल गुण हुन्छ। जसले पेटमा हुने इन्फेक्शनबाट बचाउने गर्दछ। यसले पाचन तन्त्रको पनि सुधार गर्दछ र ग्यास्ट्रिक तथा अल्सरलाई रोकथाम गर्दछ।

    अनुहारको छालाका लागि फाइदाजन : लेमनग्रासमा पाइने एन्टीसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यसले अनुहारको छाला स्वास्थ्य राख्ने काम गर्दछ। यदि कसैको अनुहारमा धेरै चिल्लो आउँछ भने यस्तो अवस्थामा लेमनग्रास निकै फाइदाकारी हुन्छ । साथै, यसले मुहारलाई पनि सफा र चम्किलो बनाउन मद्दत गर्दछा।

    शरीरमा प्रतिरक्षा प्रणालीको सुधार : लेमनग्रासले पाचन, श्वासन, शरीरका तन्तुहरुलाई ठीक राख्न मद्दत गर्दछ। शरीरका लेमन ग्रासले शरीरका पोषक तत्वलाई अवशोषित गरि रोग प्रतिरोधात्मक क्षमतमा बढवा दिन्छ। शरीरमा हुने कोशीकाहरुको संयन्त्रलाई पनि ठिकमा राख्दछ।


    कार्तिक ४, २०७७ मंगलवार २०:१५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लेमनग्रास
  • # फाइदा

  • क्यानाडानेपाल डेस्क

    रायोको सागका १० चमात्कारी फाइदा

  • 1.5K
    SHARES
  • रायोको सागका १० चमात्कारी फाइदा

    काठमाडौँ। रायोको साग सुन्ने वित्तिकै सायद हामी सबैको मुखमा पानी आउँछ। रायोको सागमा उच्च फाइबर हुन्छ, जसको कारण यसले पाचन प्रणाली ठीक राख्दछ। साथै यसमा पाइने अन्य खनिज, भिटामिन र प्रोटिनले समग्र स्वास्थ्यलाई लाभदायिक हुन्छ। यसमा कम क्यालोरी पाइन्छ, जसका कारण शरीरको तौल घटाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

    जानिराखौं रायोको सागका अन्य फाइदा

    – रायोको सागमा भरपुर मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ, जसले गर्दा मानिसको हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ।

    – भिटामिन के र ओमेगा ३ फ्याटी एसिडको पाइने हुँदा रायोको सागले एन्टिइन्फ्लेमेटरी प्रभावहरू पु¥याउँछ। यसलाई दैनिकरुपमा सेवन गर्दा क्यान्सर, मुटु रोग र हाडजोर्नीको समस्याबाट बचाउन मद्दत गर्छ ।

    –रायोको सागमा प्रशस्तरुपमा पाइने फाइबरले गर्दा शरीरको पाचन प्रणालीलाई सुधार गर्नुका साथै यसले मेटाबोलिजमको दर बढाउँछ।

    – रायोको सागमा एन्टिअक्सिडेन्ट तत्वहरु पाइन्छ, जस्तै भिटामिन, भिटामिन ए र भिटामिन सी। यस बाहेक रायोको सागमा भरपुर मात्रामा म्याग्निज र फोलेट पाइन्छ। त्यसैगरी यो भिटामिन ई, सी र एको राम्रो श्रोत हो, जसले रेडिकलहरू हटाउन मद्दत पु¥याउँछ। यसैगरी, यसले दम, मुटु रोग र रजोनिवृत्तिबाट पीडित भएका महिलाहरुका लागि फाइदा गर्दछ।

    – रायोमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी गुणहरूले क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम कम गर्दछ। अध्ययनकाअनुसार, यसले मूत्राशय, पेट, स्तन, फोक्सो, प्रोस्टेट र अण्डाशयको क्यान्सर रोक्न उपयोगी हुन्छ।

    – रायोको सागमा उपस्थित एन्टिआक्सीडेन्टहरू र सल्फरले शरीरलाई डिटक्सिफिकेशन अर्थात् शरीरमा भएका विषाक्त निष्कासन गर्न मद्दत गर्दछ। जसले गर्दा, मुटु, फोक्सो र कलेजोलाई स्वास्थ्य राख्न सहयोग गर्दछ।

    – रायोको सागले शरीरमा भएको ब्याड अर्थात् नराम्रो कोलेस्ट्रोलको स्तरलाई कम गरि मुटुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ। साथै, यसमा पाइने फोलेटले मुटु रोगको लागि जिम्मेवार होमोसिस्टीनलाई बढ्नबाट रोक्दछ।

    – रायोको सागमा पाइने भिटामिन सीले इन्फ्लेमेटरी पदार्थ हिस्टामिनलाई बिच्छेद गर्न मद्दत गर्दछ। यस बाहेक म्याग्नेशियमले ब्रोन्कियल ट्युब र फोक्सोलाई राहत प्रदान गर्दछ।

    –अध्ययनका अनुसार यस सागलाई दैनिक तीन पटक खाँदा यसले मानसिक स्वास्थ्यलाई राम्रो गर्दछ। यसले ४० प्रतिशतसम्म मानसिक कम गर्न मद्दत गर्दछ।

    – सुर्तिजन्य धुवाँ तथा पदार्थले शरीरमा भिटामिन एको कमि निम्त्याउने गर्दछ, जसका कारण इम्फिजेमा हुनेगर्दछ। यदि रायोको साग खाँदा फोक्सोमा भएका विषाक्त पदार्थलाई हटाइ स्वस्थ राख्न मद्दत गर्दछ।


    आश्विन ३०, २०७७ शुक्रवार १९:३९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रायोको साग
  • # १० चमात्कारी फाइदा

  • क्यानाडानेपाल डेस्क

    फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न ५ साधारण विधि

  • 2.1K
    SHARES
  • फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न ५ साधारण विधि

    काठमाडौँ। मनाव शरीरको एक अति महत्वपूर्ण र सबैभन्दा सक्रिय अंग हो, फोक्सो। फोक्सोकै कारण शरीरका विभिन्न कोशीकाहरुले आवश्यक मात्रामा अक्सिजन पाउने गर्दछन्। श्वासप्रशासको क्रममा फोक्सोले शरीरबाट कार्बोनडायोक्साइड ग्यासलाई फ्याल्न मद्दत गर्दछ । एक स्वस्थ व्यक्तिले एक दिनमा लगभग २५ हजार पटक सास फेर्ने गर्छन् ।

    नदेखिने अंग भएका कारण प्रायःजसो मानिसहरुले सास फेर्न कुनै समस्या नभएसम्म फोक्सोको स्वास्थ्यलाई प्रायः उपेक्षित गर्ने गर्छन। दम, ब्रोन्काइटिस, निमोनिया, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी), फाइब्रोसिस, क्षयरोग,एक्युट रेस्पिरेटरि डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) फोक्सोको क्यान्सर इत्यादी जस्ता रोगहरु फोक्सोको संक्रमणका कारण उत्पन्न हुनसक्छन्।

    फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न ५ साधारण विधि

    धुमपान र मध्यपानबाट टाढा रहनुहोस् - फोक्सोलाई संक्रमण र यसलाई अस्वास्थ्य पार्ने कारक तत्व हुन्, धुमपान र मध्यपान। चुरोटको धुँवामा हजारौं हानिकारक रसायनहरू हुन्छन्, जसले तपाईंको शरीरलाई हानी गर्दछ। धूमपानले फोक्सोको क्यान्सर र सीओपीडी जस्ता गम्भीर फोक्सोको रोगहरु निम्त्याउन सक्छ। यदि तपाईं धुमपान गर्नु हुन्न भने पनि फोक्सोलाई सम्भावित नोक्सानीबाट जोगाउन अरुले उडाएको चुरोटको धुवाँबाट पनि जोगिनुहोस्।

    दुषित हावा तथा प्रदूषणबाट जोगिनुहोस् - हावामा रहेका धेरै दुषित तत्वले फोक्सोमा गम्भीर असर पर्नुका साथै प्रदूषणले सम्पूर्ण स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ। उदाहरणको लागि विभिन्न लोन्ड्रीहरुमा प्रयोग गरिएको सिन्थेटिक गन्ध र थुप्रै कारखानाबाट हावामा छोडिएका विषाक्त रसायनले पनि फोक्सोलाई संक्रमण गर्न सक्छन्।

    गहिरो श्वासप्रश्वासको व्ययाम गर्नुहोस् - पर्याप्त अक्सिजन आपूर्तिको अभावले फोक्सोमा समस्या निम्त्याउनुका साथै मुटु रोगको जोखिम पनि बढाउन सक्छ । नियमित रूपमा गहिरो सास फेर्ने व्यायामको अभ्यासले फोक्सोलाई सुदृढ बनाउन र अन्य अंगहरूमा निर्मित विषाक्त पदार्थहरू पनि हटाउन मद्दत गर्दछ।

    सहि आहारको चयन गर्नुहोस् - फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न आफ्नो आहारमा सहि मात्रामा एन्टिअक्सिडेण्ट्स, प्रोटीन, फोलेट र उपयुक्त कार्बोहाइड्रेटहरूजस्ता पोषक तत्वहरूको मिश्रण रहेको निश्चित गर्नुहोस्। यी पौष्टिक तत्त्वहरूले फोक्सोको स्वास्थ्य कार्यहरूलाई बढवा दिने गर्दछ र फोक्सोबाट हानिकारक विषाक्त पदार्थहरूलाई हटाउन मद्दत गर्दछ। साथै, ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट भएका खानाहरुलाई आफ्नो आहारबाट कटौती गर्नुहोस्।

    नियमित व्यायम - नियमित व्यायमले फोक्सोको स्वास्थ्य मात्र नभएर सम्पूर्ण शारीरको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ। नियमित व्यायाम गर्दा फोक्सोको कार्यक्षमता बढ्नुका साथै यसले मुटु र मांसपेसीहरूमा अक्सिजनलाई सजिलैसँग आपूर्ति गर्दछ।


    आश्विन २८, २०७७ बुधवार १७:४२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फोक्सो
  • # स्वास्थ र तन्दुरुस्त

  • क्यानाडानेपाल डेस्क