• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

प्रधानमन्त्रीमाथि डा. भट्टराईको फेरि कटाक्ष : ठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न कसले रोकेको ?

क्यानाडानेपाल आश्विन ३० २०७७
  • 6.9K
    SHARES
  • प्रधानमन्त्रीमाथि डा. भट्टराईको फेरि कटाक्ष : ठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न कसले रोकेको ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिले राजनीतिक वृत्तमा खैलाबैला मच्चाएको छ । केही दिन अघि गोरखामा आयोजित कार्यक्रममा डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनाको नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

    जसको अहिले सवाल जवाफ भइरहेको छ । शुक्रबार बिहान ६५ औं प्रहरी दिवसको अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डा. भट्टराईको आरोप खण्डन गर्दै सरकार भ्रष्टाचारविरुद्ध लागिरहेको बताए । 

    उनले भने, ‘नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अगाडि बढेको छ । हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु । एउटा निर्णय नभएको,  कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको कुरोमा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन् । अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ । देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर,  भड्काएर,  गलत बाटोमा लाग्ने हर्कत हामी गर्दैनौँ । हामी सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अगाडि बढ्छौँ ।’ 

    डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कडा जवाफ : गलत सूचना दिएर जनतालाई भड्काउने ? डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कडा जवाफ : गलत सूचना दिएर जनतालाई भड्काउने ?

    तर, प्रधानमन्त्री ओलीको सो जवाफ आएको केही घण्टामै डा. भट्टराईले पनि सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । ठूलो भ्रष्टाचार प्रकणमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न कसले रोकेको प्रश्न गर्दै उनले कुराले हैन काम गरेर देखाउन चुनौती दिए । 

    उनले लेखेका छन्, ‘ प्रधानमन्त्री ओली को भ्रष्टाचारप्रति साँच्चै शुन्य सहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त? कुराले हैन काम गरेर देखाउनोस्, नत्र ढाँटको कुरा खाई पत्याउनु...।’


    आश्विन ३०, २०७७ शुक्रवार १२:२१:४२ बजे : प्रकाशित

    अर्कोसमाचार

    ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

  • 1.0K
    SHARES
  • ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूतको ओइरो खुमलटारमा लाग्न थालेको छ ।

    प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारका तीनजना विशेष दूतको खुमलटारमा दौडधूप लागेको हो ।

    बिहीबार बेलुका प्रधानमन्त्री ओलीले आफ्नो प्रियपात्र शंकर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । तर, प्रचण्डले पोखरेलमार्फत अब बालुवाटार नआउने पार्टीको बैठकमै सबै हिसाब किताब हुने सन्देश दिएपछि ओलीले शुक्रबार बिहान पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई खुमलटार पठाएका हुन् ।

    प्रचण्डले सबैलाई एउटै सन्देश पठाएको बुझिएको छ । उनले अब आफू बालुवाटार नआउने अडान राखेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली तनावमा परेका हुन् ।

    त्यसैले उनले प्रचण्डसँग सम्बन्ध सुधारका लागि तारन्तार आफ्ना विशेष दूत खुमलटार पठाएको बुझिएको छ । यदि ओली एकलौटी ढंगले अघि बढे केही दिनभित्रै नेपालको राजनीतिमा अर्को परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # ओली र प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

  • 174
    SHARES
  • कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । देशको अहिलेको अवस्थाले यस्तो स्थिति आएको उनको भनाइ छ ।

    श्क्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सबै सचेत हुनुपर्ने बताएका हुन् ।

    थापाले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडानेपाल डेस्क

    ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

  • 244
    SHARES
  • ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनदेखि तनावमा छन् । पार्टीको किचलो सल्टने भन्दा पनि झन् बल्झन थालेपछि ओली तनावमा परेका हुन् । त्यससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई विश्वासघात गरेको ठहरमा ओली पुगेका छन् ।

    भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याएको मूल्य ओलीले चुकाउनुपर्ने देखिएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयले नेकपामा ठूलै तरंग ल्याउने स्थिति देखिएको छ ।

    यो विषयलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशक्त ढंगले अघि बढाउने संकेत दिइसकेका छन् । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रभावशाली नेता भीम रावललगायतले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख भेटेकोमा आपत्ति मात्र जनाएका छैनन्, यो विषयलाई पार्टीमा छलफल पनि गर्नुपर्ने बताउन थालेका छन् ।

    यो विषय जटिल बन्दै गएपछि बिहीबार प्रधानमन्त्री ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले झुक्याएको गुनासो गरेका छन् । सरकारको प्रतिनिधि भनेर मोदीले गुप्तचर प्रमुख पठाएको उनको भनाइ छ । यता, दस दिनदेखि नेकपा अध्यक्ष प्रचण्डसँग संवाद ठप्प भएपछि ओली छटपटीमा परेका छन् ।

    ओलीले आफ्ना विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर प्रचण्ड निवास खुमलटार पठाएका थिए । पोखरेलले प्रधानमन्त्रीले बालुवाटार बोलाएर ठोस कुराकानी गर्न चाहेको सन्देश दिए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ ।

    आफू निकट नेताहरुलाई विरुद्धमा भड्काएर आफूलाई कमजोर बनाउन लागेको र पार्टी एकताको काम पनि टुंगोमा पुर्याउन ओलीले नचाहेपछि प्रचण्ड बालुवाटार जान अनिच्छुक देखिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:११:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालुवाटारमा
  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

  • 346
    SHARES
  • शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

    काठमाडौं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका छन् । 

    बिहिबार सामाजिक सञ्जालमा डा  कोइरालाले पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न मुद्दा दर्ता गर्न प्रहरीले नलिएको बिषयमा टिप्पणी गर्दै देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका हुन् । उनले हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन् - 'दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?'


    कार्तिक १३, २०७७ बिहिवार १४:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क

    हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

  • 1.5K
    SHARES
  • हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

    काठमाडौं । सत्तारुढ नेकपामा नेताहरुबीच तीव्र धु्रवीकरण भइरहेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको हो । पार्टी एकता भएको साढे दुई वर्षमै अधिकांश माओवादी नेता एमालेकरण भइसकेका छन् । अर्थात् उनीहरूले अब माओवादी पक्षधरता त्यागेको देखिएको छ ।

    खुला रूपमा नभने पनि गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह, शक्ति बस्नेत अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । उनीहरू सबै माओवादीका बलिया नेताहरु हुन् ।

    सबैभन्दा आश्चर्य त के छ भने कुनै समय पुष्पकमल दाहाल प्रचण्डका प्रवक्ता नै मानिने हरिबोल गजुरलेसमेत ओलीसँगै टाँसिएका छन् । गजुरेलले दिएका अभिव्यक्ति प्रचण्डको मानिने गरिन्थ्यो । तर, केही समयदेखि गजुरेलले प्रचण्डलाई सहयोग पुग्ने गरी कुनै अभिव्यक्ति दिएका छैनन् । बरु प्रधानमन्त्री ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । ओलीलाई नै बलियो गरी गजुरेलले अभिव्यक्ति दिन थालेपछि प्रचण्ड निकै रुष्ट बनेको बताइन्छ ।

    नेकपा उच्च स्रोतका अनुसार केही समययता गजुरेल प्रचण्ड निवास खुमलटारसमेत जान छाडेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिएकाले गजुरेलले प्रचण्डको साथ छाडेको चर्चा नेकपामा हुन थालेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १३:३३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

  • 300
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक २१ गतेका लागि बोलाइएको छ । यसअघि दुईपटक बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । 

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय समिति बैठक कात्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उल्लेख छ ।

    ‘पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

    यसअघि आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस बैठक स्थगित भएको थियो ।


    कार्तिक १३, २०७७ बिहिवार १३:०२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय समिति बैठक

  • क्यानाडानेपाल डेस्क