• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

४ सय करोड लागतमा बन्ने भयो प्रभाषको ‘आदिपुरुष’

क्यानाडानेपाल डेस्क आश्विन ३० २०७७
  • 1.7K
    SHARES
  • ४ सय करोड लागतमा बन्ने भयो प्रभाषको ‘आदिपुरुष’

    काठमाडौं - फिल्म 'तन्हाजी : द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' पछिल्लो समय निकै चर्चा चलिरहेको छ । फिल्म आदिपुरुष मा साउथका चर्चित अभिनेता प्रभाष, बलिउड अभिनेता सैफ अली खान लगायतका कलाकारको रहनेछ। 

    पछिल्लो समय यस फिल्ममा बलिउड अभिनेता अजय देवगनको इन्ट्री भएको चर्चा पनि चलिरहेको छ । ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्ने यस फिल्म ४ सय करोड लागतमा बन्ने बताइएको छ । 

    पौराणीक कथामा आधारीत रहने यस फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउनेछन् भने सैफ अली खानले लंकेशको भूमिका निभाउने बताइएको छ । यस फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुने बताइएको छ । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

    हालैको एक अन्तरवार्तामा निर्देशक राउतले लकडाउनको समयमा आँफुले थुप्रै अध्ययन र अनुसन्धान गरिरहेको बताए । उनले तान्हाजी द अनसंग वारियरको अत्यधिक सफलतापछि मानिसहरु आदिपुरुषमा पनि यस्ता भिजुअल हेर्न चाहेको बताए । 

     


    आश्विन ३०, २०७७ शुक्रवार १९:०८:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आदिपुरुष

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बलिउड अभिनेत्री काजल अग्रवाल आज बिहे गर्दै

  • 220
    SHARES
  • बलिउड अभिनेत्री काजल अग्रवाल आज बिहे गर्दै

    काठमाडौं । बलिउड तथा दक्षिण भारतीय फिल्मकी अभिनेत्री काजल अग्रवाल आज वैवाहिक जीवन बाँधिँदैछिन् । उनले प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

    कोभिड महामारीका कारण सीमित पारिवारिक जमघटका बीच काजलको बिहे हुँदैछ । काजलले अक्टोबर ६ मा आफूले विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

    काजोलको मेहेन्दी कार्यक्रम बिहीबार आयोजना गरिएको थियो । बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनी निकै चर्चित छिन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:१७:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काजल अग्रवाल
  • # बलिउड अभिनेत्री

  • क्यानाडानेपाल डेस्क

    विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार 

  • 720
    SHARES
  • विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार 

    काठमाडौं - बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु प्रहार भएके छ् । सोमबार बेलुका अभिनेत्री मालवी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते भएकी उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । 

    उनीमाथि मुम्बईको बर्सोवा क्षेत्रमा चक्कु प्रहार भएको हो। अभिनेत्री मालवीले आफूमाथि चक्कु प्रहार गर्ने प्रोड्यूसर योगेश मालवी रहेको बताएकी छिन् ।

    malabi malhotra.PNG

    आफूसँग विवाह गर्न नमानेको आरोपमा योगेश मालवीले चक्कु प्रहार गरेको अभिनेत्री मालवीको आरोप छ । योगेश उनका फेसबुकका साथि हुन् । 
     
    घटनापछि मालवीले भनिन् - ५ मिनेट टाढा कफी पसल थियो, त्यहाँबाट म फर्किरहेकी थिएँ। त्यसपछि अचानक योगेश आफ्नो कारबाट आएर मसँग कुरा गर्न खोजे। त्यसपछि उसले मलाई आफ्नो कार तिर लाग्यो र चक्कु प्रहार गर्यो।

    वास्तवमा ऊ मेरो अनुहारमा आक्रमण गर्न चाहान्थ्यो तर मैले उसको अनुहारमा हात राखिदिए। उसको स्क्वायर मेरो दाहिने हातमा थियो। त्यसपछि म भुइँमा लोटे पछि केही व्यक्ति मेरो सहयोगका लागि आए र मलाई अस्पताल लगे।

    m.jpg


    कार्तिक १३, २०७७ बिहिवार २०:३८:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मालवी मल्होत्रा

  • क्यानाडानेपाल डेस्क

    एउटै फिल्मको यति धेरै पारिश्रमिक लिन्छन् महेश बाबू, कति छ सम्पत्ति ?

  • 2.4K
    SHARES
  • एउटै फिल्मको यति धेरै पारिश्रमिक लिन्छन् महेश बाबू, कति छ सम्पत्ति ?

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । १९७९ मा कमियो नीडा मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका उनी नयाँ फिल्मका कारण मात्र नभई सामाजिक कार्यबाट पनि चर्चामा आइरहने गर्छन् । 

    यसैबीच हालै उनले बाढी पिडितका लागि ठुलो रकम सहयोग गरेर चर्चामा आएका थिए । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका उनका धेरै प्रशंसकहरू छन् ।

    li-korea.jpg

    भारतिय मिडियाका अनुसार उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । 

    उनले एक फिल्ममा काम गरेको २० देखि २२ करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनका हरेक फिल्मले बक्सअफिसमा राम्रो व्यापार पनि गरेका छन् । फिल्ममा उनको लुक्स, अभिनय र स्टाइल धेरैले रुचाउने गर्छन् । 

    भारतिय मिडियाका अनुसार उनको १५० करोडभन्दा बढी सम्पत्ति रहेको छ । उनलाई साउथ सुपरस्टार रजनीकान्त धेरै नै मनपर्ने गर्छ ।  


    कार्तिक १३, २०७७ बिहिवार १९:४३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बाबू

  • क्यानाडानेपाल डेस्क

    श्रद्धा कपूर नागिन बन्दै 

  • 634
    SHARES
  • श्रद्धा कपूर नागिन बन्दै 

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् श्रद्धा कपूर ।  सन् २०१० को फिल्म ुतीन पत्तीु बाट अभिनय यात्रा शुरु गरेकी श्रद्धाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । 

    भारतिय मिडियाका अनुसार उनी फेरि ठूलो पर्दामा देखिदैछिन् । फिल्ममा उनी पहिलो पटक नागिनको भूमिकामा देखिने बताइएको छ । विशाल फुरियाले निर्देशन गर्ने फिल्म नागिन मा उनले इच्छाधारी नगिन बन्न लागेकी हुन् । 

    shraddhakapoor.jpg

    आफू इच्छाधारी नगिन बन्न लागेको बारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । प्रेमकथामा आधारित रहने यस फिल्मको कथा मनपरेपछि उनले फिल्म साइन गरेकी हुन् । 

    उनले यस फिल्मलाई लिएर आफू उत्साहित भएको बताएकी छिन् । यसअघि पनि ८० को दशकमा श्रीदेवीले नागिन बनेर सबैको मन जितेकी थिइन्  ।

    फिल्मलाई निखिल द्विवेदी, विशाल फुरिया र सैफरान ब्राडकास्ट तीनजना मिलेर बनाउन लागेको भारतिय मिडियाका बताइएको छ । 


    कार्तिक १३, २०७७ बिहिवार १३:२३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्रद्धा कपूर

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री काजल अग्रवालको विवाह भोलि हुँदै, को हुन् बेहुला ?

  • 6.9K
    SHARES
  • अभिनेत्री काजल अग्रवालको विवाह भोलि हुँदै, को हुन् बेहुला ?

    काठमाडौं - साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाह भोलि अर्थात ३० अक्टोबरमा हुँदैछ । काजलको परिवारले उनलाई मिल्दो बेहुला व्यवसायी गौतम किचलूलाई खोजेका छन् । 

    व्यवसायी गौतम किचलूसँग काजलले भोलि मुम्बईमा विवाह गर्दैछिन् । काजलको घरमा अहिले विवाहको धमाधम तयारी भइरहेको छ । कोरोनाभाइरसको जोखिम अवस्थामान विवाहमा नजिकको आफन्त, साथीहरू मात्र बोलाइने बताइएको छ ।  

    काजलले विवाहपछि पनि आफ्नो कामलाई निरन्तरता दिने बताएकी छिन् । विवाहको कार्यक्रम दुई दिन चल्ने बताइएको छ । 

    बलिउडमा फिल्म 'क्यों हो गया ना' बाट डेब्यू गरेकी उनी पछि साउथ फिल्ममा लागेकी थिइन् । उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।  


    कार्तिक १३, २०७७ बिहिवार १२:०८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काजल अग्रवाल

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'लुडो' मा नयाँ लुक्समा देखिए अभिषेक 

  • 514
    SHARES
  • फिल्म 'लुडो' मा नयाँ लुक्समा देखिए अभिषेक 

    काठमाडौं - बलिउड अभिनेता अभिषेक बच्चन नयाँ लुक्समा देखिएका छन् । उनी अब नयाँ फिल्म 'लुडो' मा देखिदैछन् । 

    फिल्ममा उनले बिट्टूको भूमिका निभाउने भारतिय मिडियामा जनाइएको छ । यस फिल्ममा आफ्नो हुने लुक्स अभिषेकले देखाएका छन् ।  

    उनले सामाजिक सञ्जालमा तस्बिरसँगै लुक्स बारे बताएका छन् । उनले आफ्नो भूमिका निकै क्लासिक भएको बताएका छन् ।

    यस फिल्म १२ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुँदैछ । उनको नयाँ लुक्स देखेपछि फिल्मलाई लिएर दर्शकहरु उत्साहित भएका छन् ।  


    कार्तिक १२, २०७७ बुधवार १८:२५:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुडो
  • # अभिषेक

  • क्यानाडानेपाल डेस्क

    images
    ताजा खबर