• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ९ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

क्यानाडानेपाल डेस्क कार्तिक १ २०७७
  • 488
    SHARES
  • विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ९ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं - कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।  
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ८४ हजार ८ सय ५४ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख ९ हजार १ सय ३० पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा २ करोड ९६ लाख ५५ हजार ६ सय १ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख २३ हजार ६सय ४४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८२ लाख ८८ हजार २ सय ७८ पुगेको छ ।  

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ५३ हजार २ सय २९ पुगेको छ भने संक्रमितको संख्या ५२ लाख १ हजार ५ सय ७० पुगेको छ ।

    त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार ७ सय २३ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ६९ हजार ३ सय १३ पुगेको छ ।

    w.PNG


    कार्तिक १, २०७७ शनिवार ०९:३४:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    असारमा हिउँद पुग्न सक्छ, पञ्चाङ्ग संशोधन गर्नुपर्ने कुरा किन उठेको हो ?

    क्यानाडानेपाल

    कार्तिक १५

  • 106
    SHARES
  • असारमा हिउँद पुग्न सक्छ, पञ्चाङ्ग संशोधन गर्नुपर्ने कुरा किन उठेको हो ?

    बीबीसी।  विगत केही वर्षदेखि नेपालमा चाडपर्वको समय नमिलेको, तिथिमिति फरक परेको, महिना नै घटाउन खोजेको चर्चा-परिचर्चा चलिरहेको छ। अधिकमास परेका वर्षमा यस्तो चर्चा प्रबल रूपमा हुने गरेको छ। यस विषयमा थाहा पाउन नेपाली कालगणना पद्धति बुझ्नु आवश्यक हुन्छ।

    कालगणना नेपालमा पञ्चाङ्गमार्फत् गरिन्छ। नेपालमा प्रचलित पञ्चाङ्गहरू मुख्यतया सूर्य तथा चन्द्रमाको गतिका आधारमा बनेका छन्।

    सूर्यले विभिन्न ऋतु तथा याम परिवर्तनमा ठूलो भूमिका खेलेको हुन्छ भने चन्द्रमाले मासगणना देखाउँछ । नेपालमा चाडपर्वहरू तिथि र मिति दुवैका आधारमा मनाइने गरिन्छ। नयाँ वर्ष, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्तिजस्ता चाडहरू मितिअनुसार मनाइन्छ भने दशैँ-तिहार जस्ता चाडपर्वहरू तिथिका आधारमा निर्धारित हुन्छन्। तिथि र मितिको अन्तर धेरै नपरोस् भनेर झन्डै तीन वर्षमा एउटा अधिकमास राख्ने गणना पद्धति चलेको देखिन्छ।

    साउने सङ्क्रान्तिमा सूर्य दक्षिणतिर लाग्ने भएकाले दक्षिणायन प्रारम्भ विन्दु भन्ने गरिएको थियो तर हिजोआज सूर्य दक्षिणतिर असार को ६-७ गतेबाट नै लाग्ने गर्छ। त्यस्तै पहिले सूर्य माघ १ गते उत्तरतिर लाग्ने गर्थ्यो तर हिजोआज पुष ६-७ गते नै सूर्य उत्तरतिर लागेको प्रत्यक्ष देख्न सकिन्छ।

    त्यस्तै वर्षमा दुई पटक दिन र रात बराबर हुने गर्छन्। तिनलाई 'विषुवत् दिन' भनिन्छ। अहिले ती दिन पनि २४-२५ दिनअगाडि नै पर्न थालिसकेका छन्। झन्डै ७२ वर्षमा एक दिनका दरले यसरी दिन बिग्रिने क्रम चलिरहेको छ।

    शास्त्रमा के छ ?

    अयन विन्दुको (उत्तरायण हुने दिन र दक्षिणायन हुने दिनको विन्दु) विषयमा अथर्ववेदमा "भानुराश्लेशा अयनं मघा मे" भनेर अयनको चर्चा गरिएको छ। यसले मघा नक्षत्रमा सूर्य हुँदा दक्षिणायन हुन्छ भन्ने सङ्केत गर्छ।

    त्यसपछि बौधायनश्रौतसूत्रमा र वेदाङ्गज्योतिषकालमा मघामा दक्षिणायन हुनेकुरा नमिलेको थाहा भयो। त्यसलाई मघाबाट सारेर अश्लेषार्धमा लगियो। त्यसैले बौधायनादि र लगधले अश्लेषाको अर्धमा सूर्य हुँदा दक्षिणायन हुन्छ भन्ने कुरा लेखे। त्यसपछि वराहमिहिरले पञ्चसिद्धान्तिकामा यसबारे थप चर्चा गरे।

    आश्लेषार्धादासीधदा निवृत्तिः किलोष्णकिरणस्य।

    युक्तमयनं तदासीत् साम्प्रतमयनं पुनर्वसुतः।।

    अर्थात् अश्लेषा नक्षत्रको आधामा सूर्य पुग्दा दक्षिणायन हुन्छ भन्ने कुरा प्राचीनकालमा सत्य थियो तर अहिले त पुनर्वसु नक्षत्रमा अर्थात् कर्कट राशिमा सूर्य पुग्दा (श्रावण १ गते ) दक्षिणायन आरम्भ हुन्छ। यसरी आफ्नो पालामा दक्षिणायन हुने नक्षत्र फेरिएको कुरा स्पष्ट रूपमा उल्लेख गरेका छन्।

    अहिले दक्षिणायन परिवर्तन भइसकेको स्पष्ट देखिन्छ। तर आजसम्म पनि श्रावण १ लाई नै दक्षिणायन विन्दु मान्दै आइएको छ। यस्तै उत्तरायण विन्दुबारे तैत्तिरीय ब्राह्मणमा "पुण्यं नक्षत्रमभिसंविशामः" लेखिएको छ। अर्थात् उत्तरायण विन्दु धनिष्ठा नक्षत्रको अन्त्यमा भएको कुरा स्पष्ट नै छ।

    त्यसपछि उत्तरायण विन्दु धनिष्ठा नक्षत्रको मध्यमा "मैत्रायण्युपनिषद्मा मघाद्यं श्रविष्ठार्धमाग्नेयम्" भनिएको छ। धनिष्ठार्धमा रहेको उत्तरायण विन्दु वेदाङ्गज्योतिषकालमा धनिष्ठाको पहिलो विन्दुमा सारिएको कुरा लगधले "प्रपद्येते श्रविष्ठादौ" भनेर र बौधायनले "माघमासे धनिष्ठाभिरुत्तरेणैति भानुमान्" भनेर उत्तरायण बिन्दु सरेको र सारिएको उदाहरण तथा प्रमाण भेटिन्छ ।

    अयन विन्दु नमिलाउँदा के फरक पर्छ ?

    प्राचीन विद्वान् र ज्योतिषीहरूले त दक्षिणायन विन्दुलाई मघाबाट अश्लेषार्धमा र अश्लेषार्धबाट पुनर्वसुको अन्तिम पाउमा अर्थात् कर्कटादिमा सारेको प्रमाण पाइएको छ। अहिले पनि अयन विन्दुलाई सार्दा शास्त्रको मर्यादा नै कायम हुने बरु नसार्दा शास्त्रको मर्यादा भङ्ग हुने देखिन आएको छ। तसर्थ हालसम्म पनि दक्षिणायन विन्दु कर्कटादिमा नै छ भनेर मान्नु शास्त्रको मर्यादाविपरीत हुन्छ।

    अतः वास्तविक रूपमा दक्षिणायन विन्दु जहाँ छ त्यहीँबाट वा त्यसको आसन्न विन्दुबाट दक्षिणायन तथा उत्तरायण विन्दुलाई सार्नु उपयुक्त हुन्छ। मघामा दक्षिणायन विन्दु अथर्ववेदकालमा थियो। तर बौधायन र लगधले ४८० वर्षपछि अश्लेषार्धमा अयन विन्दु सारे। त्यसपछि अश्लेषार्धमा भएको दक्षिणायन विन्दुलाई झन्डै १,६८० वर्षपछि वराहमिहिरले समयसापेक्ष रूपमा सारे।

    तर त्यसयता १,७०० वर्षभन्दा लामो समयसम्म त्यसले कुनै संशोधनविना निरन्तरता पाउँदै आएको छ। आवश्यक संशोधन नहुँदा २४-२५ दिनको फरक परिसकेको स्पष्ट देखिन्छ। यसले गर्दा आषाढको ६-७ गतेपछि सायन सूर्य दक्षिणायनमा गइसक्दा पनि हाम्रा पञ्चाङ्गमा दक्षिणायनमा गर्न नहुने भनिएका व्रतबन्ध र विवाहका साइतहरू दिने र पौष ६-७ गते नै सूर्य उत्तरायणमा गइसक्दा पनि उत्तरायणमा गरिने विवाह व्रतबन्ध आदिको साइत नदिने गल्ती भइरहेको देखिन्छ।

    साथै आषाढ ६-७ पछि र श्रावण १ गतेअघि मृत्यु हुनेहरूको उत्तरायणमा मृत्यु भएको ठानिए पनि वास्तवमा दक्षिणायन लागि सकेको हुन्छ। त्यस्तै पौषको ६-७ गतेपछि माघ १ गतेअघि मृत्यु हुँदा दक्षिणायन ठानिए पनि वास्तवमा उत्तरायण लागिसकेको हुन्छ।

    समाज र लोकव्यवहारमा जन्म र मृत्युको समयको सांस्कृतिक महत्त्व देखिन्छ। तर प्रचलित पञ्चाङ्ग अनुसरण कालगणना अवास्तविक भई अनर्थ भएको देखिन्छ।  

    सनातन हिन्दू धर्मशास्त्रको ग्रन्थ हेमाद्रीमा "सङ्क्रान्तेद्वादशभिर्दिनैरर्वाक् पुण्यकालो भवति तस्मिन् सङ्क्रान्तिनिमित्तं दानादिकर्तव्यमिति। एवं न्यूनातिरिक्तेऽपि बोद्ध्यम्" भनिएको छ। अर्थात् सबै महिनाको राशि सङ्क्रान्तिभन्दा १२ दिनअगाडि नै सायन सङ्क्रान्ति हुने र त्यसैमा सङ्क्रान्तिको सकलकर्म गर्नुपर्छ भन्ने यसको तात्पर्य हो।

    त्यो समयमा अयनांश १२ मात्रै थियो तर अहिले यो बढ्दै गएर २४ पुगिसकेको छ। यसरी प्राचीनकालमा अयन विन्दुहरू सार्ने प्रचलन रहेको प्रमाण देखिन्छ। अहिले चलेको चर्चा पनि अयन विन्दु सार्ने र सँगसँगै चाडपर्वको समय पनि मिलाउने भन्ने हो।

    मिलाउँदा कस्ता समस्या उत्पन्न हुन सक्छन् ?

    आधुनिक समाजमा पञ्चाङ्ग अर्थात् पात्राहरू एक ठाउँबाट मात्र प्रकाशित हुँदैनन्। मुख्यतया भारत र नेपालका पात्रामा एकरूपता हुनुपर्ने भएकाले दुवै देशका विद्वान्‌हरूले संयुक्त रूपमा यसलाई मिलाउनुपर्ने देखिन्छ।

    नेपालमा मात्र परिवर्तन गरियो भने शिवरात्रि र विवाहपञ्चमी पर्व एक महिनापहिले नै नेपालमा मनाइने तर भारतीय तीर्थालुहरू ती पर्वका लागि महिनापछि आउने हुनसक्छ।

    वराहमिहिरले जस्तो सबैतिर एकै पटक मिलाउन कठिन पर्ने देखिन्छ। नमिलाउँदा ऋतुअनुसार मनाउनुपर्ने चाडपर्व भिन्न ऋतुमा पर्न जाने, मिलाउँदा विभिन्न खालका समस्या आइपर्ने देखिएको छ। तसर्थ यसलाई ढिलोचाँडो जसरी पनि मिलाउनुपर्छ र मिलाउने वर्ष अधिकमास परेको वर्ष हुनुपर्ने भनिएको हो। यदि यसलाई यथास्थितिमा छोडियो भने कालान्तरमा श्रावणमा हुने वर्षा पुषमा पुग्ने र पुष-माघमा हुने जाडो असार-श्रावणमा हुन पुग्छ।

    मिलाउन खोज्दा एक महिना नै लोप हुने हो त ?

    होइन। कुनै पनि महिना लोप हुँदैन। यसलाई एउटा उदाहरणबाट बुझौँ। मान्नुहोस् तपाईँको घडी केही दिनदेखि एक घण्टा ढिलो चलिरहेको थियो। थाहा पाएपछि तपाईँले घडीको समय मिलाउनुभयो। त्यसो गर्दा तपाईँका लागि त्यो दिन २३ घण्टाको हुन्छ कि २४ घण्टाको?

    घडी मिलाउँदा दिनको समय घट्ने हैन। तर एक घण्टा मिलाउँदा गणनामा फरक परे जस्तो देखिए पनि समय फेरिँदैन। त्यसरी नै पञ्चाङ्ग मिलाउँदा झट्ट सुन्दा एक महीना लोप भए जस्तो लागे पनि महिला लोप हुने हैन र हुन सक्दैन पनि।


    कार्तिक १५, २०७७ शनिवार १०:३४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पञ्चाङ्ग
  • # संशोधन
  • # असारमा हिउँद

  • क्यानाडानेपाल

    फ्रान्सलाई आतङ्कित पार्नेगरी फेरि भएको चक्कु प्रहारको घटना के हो ? 

    क्यानाडानेपाल

    कार्तिक १५

  • 112
    SHARES
  • फ्रान्सलाई आतङ्कित पार्नेगरी फेरि भएको चक्कु प्रहारको घटना के हो ? 

    बीबीसी।  फ्रान्सको दक्षिणी सहर निसस्थित एउटा चर्चमा गरिएको चक्कु प्रहारमा तीन जनाको मृत्यु भयो। प्रहरीले चलाएको गोली लागेका एज सन्दिग्घ आक्रमणकारीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

    राष्ट्रपति एमानुअल माक्रोँले बिहीवारको उक्त घटनालाई 'इस्लामिक आतङ्कवादी आक्रमण' भनेका छन्। घटनापछि चर्च र विद्यालयहरूको सुरक्षाको निम्ति हजारौँ सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् र राष्ट्रिय सुरक्षा सतर्कतालाई उच्च तहमा पुर्‍याइएको

    चर्चमा के भएको थियो ?

    फ्रान्सका प्रमुख प्रतिआतङ्कवाद अभियोजनकर्ता जाँ फ्राँस्वा रिकार्टले निगरानी क्यामराले खिचेका दृश्तमा ती सन्दिग्ध व्यक्ति बिहीवार बिहान रेलबाट निस पुगेको र त्यहाँ उसले कपडा फेरेको देखिएको पत्रकार सम्मेलनमा जानकारी दिए।

    ती व्यक्ति ४०० मिटर हिँडेर नोट्र-डाम चर्च गई स्थानीय समयानुसार बिहान ८:२९ मा भित्र पसेका थिए। त्यहाँ उसले एकजना वृद्धाको टाउको झन्डैझन्डै छुट्ट्याइदिएको र अर्का पुरुषको घाँटीमा प्रहार गरेको बताइएको छ। अर्की महिला चर्चबाट भाग्न सफल भइन् र एउटा मदिरालयनजिक पुगेकी थिइन्। तर घाइते भएकी उनको पनि पछि मृत्यु भयो।

    पीडितहरू चर्चमा उपस्थित भएकै कारणले निसाना बनाइएको प्रमुख अभियोजनकर्ता रिकार्टको भनाइ छ। उनले भनेअनुसार प्रहरी घटनास्थल पुग्दा खतरनाक रूपमा प्रस्तुत भएका ती व्यक्तिले बारम्बार 'अल्लाहु अकबर' (ईश्वर महान् छन्) भनेका थिए।

     प्रहरीले गोली हानेर उनलाई अस्पताल पुर्‍याइएको थियो। प्रहरीले आक्रमणमा प्रयोग भएको र अन्य दुईवटा चक्कु बरामद गरेको छ। त्यस्तै ती सन्दिग्ध व्यक्तिको झोलामा दुईवटा फोन र एउटा कुरान पनि फेला परेको अधिकारीहरूले जनाएका छन्।

    पीडित को थिए ? 

    अधिकारीहरूले कुनै पनि पीडितको नाम खुलाएका छैनन्। तर प्रमुख अभियोजनकर्ताले पहिलो महिलाको उमेर ६० वर्ष भएको बताए। उनको शव चर्चको प्रवेशद्वार नजिकै भेटिएको थियो। फ्रान्सको सञ्चारमाध्यमका अनुसार पुरुष चर्चको हेरचाहको जिम्मेवारीमा रहेका कर्मचारी भएको उल्लेख गरेका छन्। श्रीमती र दुई सन्तान रहेका उनको उमेर ५५ वर्ष थियो। अर्की पीडित महिलाको उमेर ४४ वर्ष भएको बताइएको छ।

    आक्रमणकारी को हुन् ?

    प्रहरीले अहिलेसम्म ती सन्दिग्ध आक्रमणकारीको नाम पुष्टि गरेको छैन। फ्रान्स र इटलीका सञ्चारमाध्यमले आक्रमणकारीको नाम ब्राहिम आवीसावी भएको बताएका छन्। रिकार्टका अनुसार सन् १९९९ मा जन्मिएका उनी ट्युनिशियाली नागरिक हुन्। उनी सेप्टेम्बर २० मा युरोप पसेको बताइएको छ।

    फ्रान्सेली सुरक्षा निकायलाई ती व्यक्तिबारे जानकारी नभएको उनले बताए। ट्युनिशियाका अधिकारीहरूले पनि अनुसन्धान सुरु गरेका छन्। तर न्यायसेवाका एक वरिष्ठ अधिकारीले ती व्यक्ति देशभित्र आतङ्ककारीको सूचीमा नरहेको बताए।

    समग्र अवस्था कस्तो छ ?

    फ्रान्समा पछिल्ला हप्ता इस्लामिक हिंसा एउटा मुख्य मुद्दा बनेको छ। यो महिनाको सुरुमा प्यारिसबाहिर एकजना शिक्षकको शिरोच्छेदन गरेर हत्या गरिएको थियो। स्यामुअल पटीले अभिव्यक्तिको स्वतन्त्रता पढाउने क्रममा आफ्ना विद्यार्थीलाई विवादित बन्न पुगेको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए।

    उनको मृत्युको शोकमा देशव्यापी रूपमा भिड जम्मा भएपछि उनको हत्याले फ्रान्समा धर्मनिरपेक्षता र अभिव्यक्ति स्वतन्त्रताबारे बहस उत्पन्न भएको छ। राष्ट्रपति माक्रोँले पटीको मृत्युको बदलामा इस्लामिक अतिवादलाई परास्त गर्ने बताए। कैयौँ मुस्लिम देशहरूमा उनको अभिव्यक्तिका कारण प्रदर्शनहरू भएका छन् र फ्रेन्च सामान बहिष्कारको आह्वान गरिएको छ।


    कार्तिक १५, २०७७ शनिवार ०९:१८:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रान्स
  • # चक्कु प्रहार
  • # आतङ्कित

  • क्यानाडानेपाल

    टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का 

    क्यानाडानेपाल

    कार्तिक १४

  • 288
    SHARES
  • टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का 

    बीबीसी।  ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ। हालसम्म हताहतीबारे कुनै खबर प्राप्त भएको छैन।

    तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएका छन्। टर्कीमा भूकम्प गइरन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।


    कार्तिक १४, २०७७ शुक्रवार १८:५६:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # टर्की र ग्रीस

  • क्यानाडानेपाल

    भारतीय विमान सेवा किन सामुद्रिक विमानमा परिणत हुँदैछ ?

    क्यानाडानेपाल

    कार्तिक १४

  • 298
    SHARES
  • भारतीय विमान सेवा किन सामुद्रिक विमानमा परिणत हुँदैछ ?

    बीबीसी।  भारतीय वायुसेवा स्पाइस जेट महामारीमा यात्रा वृद्धिका निम्ति सामुद्रिक विमानमा परिणत हुँदैछ। देशको ठूलो क्षेत्रीय विमान सेवाले १८ वटा समुद्री मार्गका निम्ति अनुमति पाएको छ। त्यसमध्येको एउटा मार्ग गुजरातस्थित केवडियासम्मको छ जहाँ भारतका 

    पहिलो गृहमन्त्री वल्लभ भाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो १८२ मिटरको सालिक छ। महामारीका बेला स्पाइस जेटले कार्गो ढुवानी र साना जहाजबाट क्षेत्रीय उडान लगायतका आम्दानीका नयाँ स्रोतमा आफूलाई केन्द्रित गरेको छ।

    सामुद्रिक विमानका लाभ के हुन्?

    विमान सेवा कम्पनीहरूले कोरोनाभाइरसको महामारीका बेला नाफा कायम राख्न सङ्घर्ष गरेका छन्। कैयौँले अस्तित्व कामय राख्न सकेका छन् र व्यापक रूपमा रोजगारी कटौती गरेका छन्। केही विमान सेवाले आयस्रोतका वैकल्पिक बाटो खोजिरहेका छन्।

    स्पाइस जेटका अध्यक्ष अजय सिंहले भारत सरकारद्वारा प्रोत्साहनको प्रयासको सङ्ज्ञा दिँदै सामुद्रिक विमानले क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग गर्ने बताए। "निकै महँगा विमानस्थल र धावनमार्गविना नै विमानहरू साना जलाशय र छोटा धावनमार्गमा अवतरण र त्यहाँबाट उडान गर्न सक्छन्।"

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वल्लभ भाइ पटेलको १४५ औँ जन्म जयन्तीका अवसरमा शनिवार अहमदावाददेखि केवडियासम्मको उडानमा सहभागी हुने ठानिएको छ। ३० मिनेट लामो उडानमार्फत् स्पाइसको विमानले सेवा सुरु गर्नेछ, जसको एकतर्फको भाडा भारतीय रुपैयाँ १५ बाट सुरु हुनेछ।

    ट्वीनअटरको प्रयोग

    स्पाइस जेटले आफ्ना ३०० वटा ट्वीनअटर जहाजलाई सामुद्रिक विमानको रूपमा प्रयोग गर्नेछ। तीनमा यात्रु र चालक दलका सदस्य‍सहित १९ जना अटाउन सक्छन्। फ्लाइट ग्लोबल म्यागेजिनका ग्रेग वाल्ड्रोन भन्छन्, "साना सेवा प्रदायकमाझ ट्वीनअटर निकै लोकप्रिय छ र मालदिभ्स लगायतमा सामुद्रिक विमानको रूपमा निकै प्रयोग भइरहेका छन्।" उनका अनुसार सानो आकारले गर्दा ती जहाज ठूला विमान पुग्न अव्यावहारिक हुने ठाउँहरूमा पनि पुग्न सक्छन्।

    स्पाइस जेटले नागपुर, गुवाहाटी र मुम्बईमा सन् २०१७ मा भारतमा सामुद्रिक विमानको परीक्षण सुरु गरेको थियो। उसले जलाशय र अन्तरदेशीय जलमार्गहरूमार्फत् हवाई सम्पर्कको सम्भावना खोजी गरिरहेको छ। भारतमा राष्ट्रव्यापी लकडाउनका बेला स्पाइस जेटले १० लाखभन्दा बढी भारतीयलाई स्वदेश फर्काउँदा सक्रिय रूपमा उडान गरेको थियो।


    कार्तिक १४, २०७७ शुक्रवार १७:२०:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय विमान
  • # सामुद्रिक विमान

  • क्यानाडानेपाल

    फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेसँगै सडकमा सात सय किलोमिटरसम्म कारहरूको जाम 

    क्यानाडानेपाल

    कार्तिक १४

  • 216
    SHARES
  • फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेसँगै सडकमा सात सय किलोमिटरसम्म कारहरूको जाम 

    बीबीसी।  फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडकमा व्यापक चाप देखिएको छ। स्थानीय सञ्चार माध्यमहरूले इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको जनाएका छन्।

    कोरोनाभाइरस महामारीसँग जुझ्न त्यहाँ शुक्रवार मध्यरातबाट प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ। सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ।

    राष्ट्रपति एम्यानुअल माक्रोँले फ्रान्स 'कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलोभन्दा कडा हुनेमा सन्देह नरहेको' बताएका छन्। फ्रान्समा गत एप्रिल महिनायता अहिले कोरोनाभाइरस सङ्क्रमितको दैनिक रूपमा मृत्यु हुने सङ्ख्या उच्च दरमा पुगेको छ। 

    त्यहाँ बिहीवार सङ्क्रमणका ४७,६३७ नयाँ घटना पुष्टि भएको थियो भने २५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। लकडाउनको समय गाउँहरूमा बिताउन प्यारिसवासीहरूले सहर छाडेको फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन्।

    किन छाडे प्यारिस ?

    २४ वर्षीय एन्नाले एउटा पत्रिकालाई उत्तरी फ्रान्सस्थित आफ्नो अर्को घरमा बस्न जान प्यारिसस्थित अपार्टमेन्ट छाडेको बताएकी छन्। उनले पहिलो लकडाउन प्यारिसमा बिताउन 'मनोवैज्ञानिक रूपमा कठिन' भएको तर बेर्नेमा 'हावा स्वच्छ' रहेको अनि त्यहाँ आफूले स्वतन्त्र महसुस गर्ने बताइन्।

    गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिएका थिए। फ्रान्समा हाल कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ।

    युरोपका थुप्रै मुलुकहरूमा सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ। फ्रान्समा अहिले दैनिक करिब ५० हजार नयाँ सङ्क्रमितहरू भेटिने गरेको पछिल्लो विवरणले देखाउँछ। प्यारिसमा सघन उपचारमा प्रयोग हुने ७० प्रतिशत शैय्याहरू सङ्क्रमितहरूले भरिएका छन्। बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्धका धेरैजसो व्यवस्थाहरू मार्चमा लगाइए जस्तै नै छन्।


    कार्तिक १४, २०७७ शुक्रवार १६:०८:३६ बजे : प्रकाशित

     डा. फाउसीले भने, कोरोना भाइरसवीरुद्धको खोप जनवरीसम्म उपलब्ध हुने 

  • 704
    SHARES
  •  डा. फाउसीले भने, कोरोना भाइरसवीरुद्धको खोप जनवरीसम्म उपलब्ध हुने 

    काठमाडौँ। अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले कोरोना भाइरसविरुद्धको खोप छिट्टै आउने आशा गरेका छन्। उनले भने, ' यदि सबै ठीक ठाक रह्यो भने सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज आगामी डिसेम्बर महिनाको अन्त्य वा जनवरीको शुरुवातमा उच्च जोखिमयुक्त अमेरिकीहरूलाई उपलब्ध हुनेछ।'

    डा.  फाउसीले पटक पटक पहिला पनि कोरोना भाइरसविरुद्धको खोप प्रति यस्तै आशा व्यक्त गरेका थिए। उनी प्रायः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा परि राख्ने व्यक्ति हुन्।

     हालसालै, ट्रम्पले उनको बारे नकारात्मक प्रतिक्रिया दिएका थिए। कोरोना संक्रमण मुक्त भएका डोनाल्ड ट्रम्पले उनलाई 'मुर्ख' भनि संज्ञा दिएका थिए। डा. फाउसीले ट्रम्पलाई पटक पटक मास्क लगाउने सुझाव दिएका छन्।  

    fauci.JPG


    कार्तिक १४, २०७७ शुक्रवार १५:०४:२७ बजे : प्रकाशित