• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

क्यानाडानेपाल डेस्क कार्तिक १ २०७७
  • 460
    SHARES
  • गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको छ । सन्देशमा उहाँले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।

    उहाँले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न हामी सक्रिय रहेको जानकारीसमेत दिनुभएको छ । “गरिबी निवारणका यी लक्ष्य हासिल गर्न सर्वसुलभ आधुनिक पूर्वाधार एवं मानव पूँजी निर्माण, उच्च र दीगो उत्पादन तथा उत्पादकत्व वृद्धि, उच्च र समतामूलक राष्ट्रिय आय निर्माण गर्न हामी योजनाबद्ध ढङ्गले अगाडि बढिरहेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “मानव अधिकारको संरक्षण, समावेशी एवं न्यायपूर्ण समाजको निर्माण, सन्तुलित एवं दीगो विकासमा हामीले आशातीत सफलता प्राप्त गरिरहेका छौँ ।”

    सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडिबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई मुलुकभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न अनवरत प्रयास गरिरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । आर्थिक सामाजिक रूपमा पछाडि परेका जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने, सबै प्रकारका साधन स्रोत र अवसरमा पहँुच सुनिश्चित गर्ने, आत्मसम्मानपूर्वक बाच्ने र मानव अधिकारको संरक्षण गर्दै जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक सक्रिय रहेको सन्देशमा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आगामी बाटो तय गरेको बताउनुभएको छ । “हामीले गरिबी निवारण नीति, १५औँ योजना, दीगो विकास लक्ष्य, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजना तय गरिसकेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “निरपेक्ष गरिबीको रेखामुनी रहेको १८.७ प्रतिशत जनसङ्ख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशतभन्दा तल सीमित गर्दै आगामी २३ वर्षभित्र शून्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने सङ्कल्प गरेका छौँ ।”

    उहाँले समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव रहेको उल्लेख गर्दै परिपूर्ण लोकतन्त्रले राजनीतिक अधिकार र स्वतन्त्रता, अधिकार र अवसरमा न्यायोचित पहुँच, सामाजिक न्याय र समानता, सुशासन, भयरहित र सुरक्षित तथा मर्यादित जीवन सुनिश्चित गर्ने बताउनुभयो । विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्काेतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौँ नेपाली गाउँबाट शहर र शहरबाट विदेशतिर जान बाध्य भएको उहाँको भनाइ रहेको छ ।

    “विगतमा हाम्रो देश भित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भारइरसको यस विश्वव्यापी महामारीले भत्काएको विश्व अर्थव्यवस्थाले उत्पन्न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रो आफ्नै उत्पादन प्रणालीले सङ्कटको सामना गर्ने सामथ्र्य राख्ने थियो”, उहाँले सन्देशमा भन्नुभएको छ, “हाम्रो जनशक्तिलाई दक्षता तथा सीप पलायनबाट जोगाउँदै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने फलदायी उद्यमशीलताको बाटोमा अग्रसर हुन सबैमा आह्वान गर्दछु ।”

    मुलुकको जनशक्तिलाई मुलुक निर्माणमा सदुपयोग गर्ने र समाजिक हितको सकारात्मक बाटोतर्फ डो¥याउन सचेत अभियानको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ । गरिबीबाट समृद्धितर्फ अगाडि बढ्न नसके हाम्रो जनशक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनूचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा रहने भन्दै उहाँले समृद्धिका हरेक पहलकदमीमा अवरोध गर्दै गरिबीलाई आफ्नो अनूचित स्वार्थ सिद्ध गर्ने साधनका रुपमा सधैँ दुरुपयोग गर्ने प्रवृत्तिबाट समाजलाई बचाउन सबै सजग रहनुपर्ने बताउनुभयो ।

    युवालाई स्वदेशमा नै रोजगारीअहिले सरकार रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेकोसमेत उहाँले बताउनुभएको छ । “कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पंक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौँ”, उहाँले भन्नुभएको छ, “यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ । राष्ट्रको यस सङ्कल्पमा समाजका सम्पूर्ण तप्काको रचनात्मक सहभागिता हुनेछ भन्ने मैले आशा गरेको छु ।” उहाँले कोभिड–१९ को विषम परिस्थिति सामना गर्दै मुलुकलाई गरिबीबाट समृद्धितर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।रासस 


    कार्तिक १, २०७७ शनिवार १४:५७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

  • 1.0K
    SHARES
  • ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूतको ओइरो खुमलटारमा लाग्न थालेको छ ।

    प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारका तीनजना विशेष दूतको खुमलटारमा दौडधूप लागेको हो ।

    बिहीबार बेलुका प्रधानमन्त्री ओलीले आफ्नो प्रियपात्र शंकर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । तर, प्रचण्डले पोखरेलमार्फत अब बालुवाटार नआउने पार्टीको बैठकमै सबै हिसाब किताब हुने सन्देश दिएपछि ओलीले शुक्रबार बिहान पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई खुमलटार पठाएका हुन् ।

    प्रचण्डले सबैलाई एउटै सन्देश पठाएको बुझिएको छ । उनले अब आफू बालुवाटार नआउने अडान राखेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली तनावमा परेका हुन् ।

    त्यसैले उनले प्रचण्डसँग सम्बन्ध सुधारका लागि तारन्तार आफ्ना विशेष दूत खुमलटार पठाएको बुझिएको छ । यदि ओली एकलौटी ढंगले अघि बढे केही दिनभित्रै नेपालको राजनीतिमा अर्को परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # ओली र प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

  • 178
    SHARES
  • कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । देशको अहिलेको अवस्थाले यस्तो स्थिति आएको उनको भनाइ छ ।

    श्क्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सबै सचेत हुनुपर्ने बताएका हुन् ।

    थापाले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडानेपाल डेस्क

    ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

  • 248
    SHARES
  • ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनदेखि तनावमा छन् । पार्टीको किचलो सल्टने भन्दा पनि झन् बल्झन थालेपछि ओली तनावमा परेका हुन् । त्यससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई विश्वासघात गरेको ठहरमा ओली पुगेका छन् ।

    भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याएको मूल्य ओलीले चुकाउनुपर्ने देखिएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयले नेकपामा ठूलै तरंग ल्याउने स्थिति देखिएको छ ।

    यो विषयलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशक्त ढंगले अघि बढाउने संकेत दिइसकेका छन् । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रभावशाली नेता भीम रावललगायतले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख भेटेकोमा आपत्ति मात्र जनाएका छैनन्, यो विषयलाई पार्टीमा छलफल पनि गर्नुपर्ने बताउन थालेका छन् ।

    यो विषय जटिल बन्दै गएपछि बिहीबार प्रधानमन्त्री ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले झुक्याएको गुनासो गरेका छन् । सरकारको प्रतिनिधि भनेर मोदीले गुप्तचर प्रमुख पठाएको उनको भनाइ छ । यता, दस दिनदेखि नेकपा अध्यक्ष प्रचण्डसँग संवाद ठप्प भएपछि ओली छटपटीमा परेका छन् ।

    ओलीले आफ्ना विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर प्रचण्ड निवास खुमलटार पठाएका थिए । पोखरेलले प्रधानमन्त्रीले बालुवाटार बोलाएर ठोस कुराकानी गर्न चाहेको सन्देश दिए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ ।

    आफू निकट नेताहरुलाई विरुद्धमा भड्काएर आफूलाई कमजोर बनाउन लागेको र पार्टी एकताको काम पनि टुंगोमा पुर्याउन ओलीले नचाहेपछि प्रचण्ड बालुवाटार जान अनिच्छुक देखिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:११:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालुवाटारमा
  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

  • 348
    SHARES
  • शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

    काठमाडौं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका छन् । 

    बिहिबार सामाजिक सञ्जालमा डा  कोइरालाले पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न मुद्दा दर्ता गर्न प्रहरीले नलिएको बिषयमा टिप्पणी गर्दै देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका हुन् । उनले हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन् - 'दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?'


    कार्तिक १३, २०७७ बिहिवार १४:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क

    हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

  • 1.5K
    SHARES
  • हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

    काठमाडौं । सत्तारुढ नेकपामा नेताहरुबीच तीव्र धु्रवीकरण भइरहेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको हो । पार्टी एकता भएको साढे दुई वर्षमै अधिकांश माओवादी नेता एमालेकरण भइसकेका छन् । अर्थात् उनीहरूले अब माओवादी पक्षधरता त्यागेको देखिएको छ ।

    खुला रूपमा नभने पनि गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह, शक्ति बस्नेत अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । उनीहरू सबै माओवादीका बलिया नेताहरु हुन् ।

    सबैभन्दा आश्चर्य त के छ भने कुनै समय पुष्पकमल दाहाल प्रचण्डका प्रवक्ता नै मानिने हरिबोल गजुरलेसमेत ओलीसँगै टाँसिएका छन् । गजुरेलले दिएका अभिव्यक्ति प्रचण्डको मानिने गरिन्थ्यो । तर, केही समयदेखि गजुरेलले प्रचण्डलाई सहयोग पुग्ने गरी कुनै अभिव्यक्ति दिएका छैनन् । बरु प्रधानमन्त्री ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । ओलीलाई नै बलियो गरी गजुरेलले अभिव्यक्ति दिन थालेपछि प्रचण्ड निकै रुष्ट बनेको बताइन्छ ।

    नेकपा उच्च स्रोतका अनुसार केही समययता गजुरेल प्रचण्ड निवास खुमलटारसमेत जान छाडेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिएकाले गजुरेलले प्रचण्डको साथ छाडेको चर्चा नेकपामा हुन थालेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १३:३३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

  • 302
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक २१ गतेका लागि बोलाइएको छ । यसअघि दुईपटक बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । 

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय समिति बैठक कात्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उल्लेख छ ।

    ‘पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

    यसअघि आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस बैठक स्थगित भएको थियो ।


    कार्तिक १३, २०७७ बिहिवार १३:०२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय समिति बैठक

  • क्यानाडानेपाल डेस्क