• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

के काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुन्छ ?

क्यानाडानेपाल डेस्क कार्तिक १ २०७७
  • 3.4K
    SHARES
  • के काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुन्छ ?

    काठमाण्डू उपत्यकामा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा फेरि निषेधाज्ञा जारी हुन्छ कि भनेर कतिपयले आशङ्का गर्न थालेका छन्।

    पछिल्लो समय देशभरि फेला पर्ने कोरोनाभाइरस सङ्क्रमितमध्ये आधा जति काठमाण्डू उपत्यकाका तीन जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरका हुने गरेका छन्।

    दशैँमा मानिसहरूको चहलपहल बढी हुने गरेकोले जनस्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना नगरिए त्यो बेला सङ्क्रमण झन् बढ्न सक्ने भन्दै जनस्वास्थ्यविद्‌हरूले सचेत गराउँदै आएका छन्।

    शुक्रवार काठमाण्डू, ललितपुर, भक्तपुर र काभ्रेको अन्तरजिल्ला समवन्य समितिको बैठकपछि ललितपुर र भक्तपुर जिल्लाले आइतवारदेखि अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गर्ने सूचना जारी गरेका छन्।

    ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमा भिडभाड भई कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा जारी सेवा स्थगित गर्ने निर्णय गरिएको बीबीसी न्यूज नेपालीलाई बताए।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्तिक २ गतेबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द रहने बताइन्।

    जिल्ला प्रशासन कार्यालयकै केही कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि आफूहरूले केही दिनअघि नै उक्त कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरिसकेको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

    निषेधाज्ञाको सम्भावना छ?
    हुन त यसअघि नै सङ्घीय सरकारले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयमाथि भए अवस्था हेरी निषेधाज्ञा जारी गर्ने अधिकारी जिल्ला प्रशासन कार्यालयहरूलाई दिइसकेको छ।

    तर अधिकारीहरूका अनुसार सङ्घीय सरकार पनि प्रत्यक्ष रूपमा जोडिने भएकोले काठमाण्डू उपत्यकाको हकमा निषेधाज्ञाबारे उसको पनि सरोकार हुने गरेको छ।

    काठमाण्डू र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार हालका लागि निषेधाज्ञा जारी गर्ने विषयमा कुनै निर्णय लिइएको छैन।

    यद्यपि फेरि पनि निषेधाज्ञा जारी हुने वा नहुने कुरा केही विषयमा निर्भर गर्ने उनीहरूको भनाइ छ।

    "कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै गयो र त्यसले विकराल रूप लिन थाल्यो भने फेरि निषेधाज्ञा जारी गर्ने अवस्था हुन सक्छ," भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्।

    यसअघि काठमाण्डू उपत्यकाका तीनवटै जिल्लाले एकसाथ समान समयावधिका लागि निषेधाज्ञा जारी गरेका थिए।

    निषेधाज्ञाको हकमा सङ्घीय सरकारले कस्तो खालको निर्देशन दिन्छ भन्ने कुरामा पनि काठमाण्डू उपत्यकामा पुनः निषेधाज्ञा जारी गर्ने वा नगर्ने विषय निर्भर गर्ने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

    "सङ्घीय राजधानीसँग जोडिएको पनि कुरा हो। एउटा जिल्लाले गरेपछि बाँकी दुइटाले पनि गर्नुपर्ने हुनसक्छ। त्यसकारण नेपाल सरकारले हामीलाई कस्तो खालको निर्देशन दिन्छ त्यसमा पनि निषेधाज्ञा निर्भर गर्छ," उनले थपे।

    उपत्यकामा सङ्क्रमणको अवस्था
    केही समययता काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला गर्ने क्रम जारी छ।

    शुक्रवारकै कुरा गर्नुपर्दा पुष्टि भएका कुल ४,३९२ सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका थिए

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा बढी काठमाण्डूमा सक्रिय सङ्क्रमित देखिएका छन्।

    असोज ३० गते अपराह्णसम्म काठमाण्डूमा १६,५०६ (देशभर कुल सक्रिय सङ्क्रमितको ४४%), ललितपुरमा २,६६१ (४.५%) र भक्तपुरमा १,५२२ (४%) सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

    समग्रमा अहिले सक्रिय सङ्क्रमित रहेका ३७,३८२ जनामध्ये ५५ प्रतिशतभन्दा बढी उपत्यकामा तीन जिल्लाका रहेका छन्। यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    कार्तिक १, २०७७ शनिवार १६:०९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति ?

    क्यानाडानेपाल

    कार्तिक १४

  • 156
    SHARES
  • नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति ?

    काठमाडौँ।  नेपालमा पछिल्ला केही वर्षहरूमा रेलमार्ग विस्तार र रेल सञ्चालन सम्बन्धी विषयबारे चर्चा चुलिए पनि अपेक्षा अनुसार काम हुन नसकेको एक पूर्वाधारविद्ले बताएका छन्।

    रेलमार्गको औचित्य भए पनि विभिन्न विषयमा सरकार आँफै स्पष्ट हुन नसक्दा मुलुकको ठूलो स्रोत जोखिममा पर्न सक्ने पूर्वाधारविद् सूर्यराज आचार्यले बीबीसी नेपाली सेवालाई बताए। तर रेल विभागबाट हालसालै सेवा निवृत्त भएका पूर्व महानिर्देशक बलराम मिश्र नेपालका लागि रेल नयाँ प्रविधि भएकाले यसबारे क्रमिक रूपमा काम भइरहेको बताउँछन्।

    नेपालमा हाल पूर्व-पश्चिम रेलमार्गदेखि, भारत र चीनसँग जोडिने रेलमार्गसम्मका परियोजनाबारे चर्चा चुलिएको छ। त्यसबाहेक विभिन्न स्थानमा मेट्रो रेलदेखि मोनो रेल चलाउने भन्दै राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै उल्लेख गरेपछि जनअपेक्षा पनि चुलिएको छ।

    समस्या के हो?

    तर लामो अन्तरालपछि केही समयअघि भारतबाट खरिद गरिएको रेल नेपालमा भित्रिए पनि आवश्यक कानुनी तथा भौतिक पूर्वाधारको कमीका कारण त्यसलाई पाल ओढाएर राख्नु परेको छ।

    आचार्यका अनुसार नेपालमा रेलमार्ग निर्माण र रेल सञ्चालनका विषयमा केही आधारभूत समस्या देखिन्छ। त्यसलाई सल्टाउनका लागि तत्काल राजनीतिक तहमा रेलको औचित्यदेखि गेज, गति अनि प्रविधि लगायतका विषयमा छलफल गरेर स्पष्ट खाका तयार पार्न जरुरी छ।

    "प्राविधिक तहमा हाम्रो रेल सञ्जालको योजनाबारेनै गम्भीर गृहकार्य भएको छैन। रेल, सडक र हवाई मार्गको एकीकृत गुरुयोजना तयार पार्न आवश्यक छ," उनले भने। रेलको विकास सहरको विकाससँग नजोडिएसम्म प्रभावकारी हुन नसक्ने मत राख्ने उनी जनशक्ति र संस्थागत विकासमा पनि ध्यान दिइनुपर्ने ठान्छन्।

    अपेक्षा बढी

    उनले भने, "हामीले यदि चीन र भारतले रेल बनाइदेलान् र चालकदेखि मर्मत सम्भार समेत उतैबाट आउने भन्ने आशा गर्‍यौँ भने त्यो हामीले धान्न सक्दैनौँ, यो प्रविधिमा हामी नजाऔँ।" तर रेल विभागबाट सेवानिवृत मिश्र नेपाल रेलमार्ग विकास अनि प्रविधिका विषयमा बामे सर्ने क्रममा रहेको हुँदा सबै कुरा अहिले नै भइहाल्नुपर्छ भन्ने किसिमले सोच्न नहुने बताउँछन्।

    रेलमार्गबारे राष्ट्रिय बहस गर्ने र एकीकृत गुरुयोजना तयार पार्ने विषयमा उनको विमति छैन। तर विभिन्न क्षेत्रमा क्रमिक रूपमा काम भइरहेको जनाउँदै उनी निकट भविष्यमा रेलको राम्रो पद्धति स्थापित गरेर विकासको बाटोमा लग्न सकिने गरेर काम भइरहेको बताउँछन्।

    उनी भन्छन्, "रेल विभागले अहिलेको आवश्यकता अनुसार गुरुयोजना बनाएको छ र त्यसै अनुसार अध्ययन भइरहेको छ। जनशक्ति तयार पार्नेदेखि विभिन्न विषयमा तयारी भइरहेको छ।"

    भारतबाट खरिद गरिएको रेल पालले छोपेको विषयलाई लिएर सरकारको तीव्र आलोचना भइरहेको छ। तर मिश्रले भने, "कोभिडका कारण थोरै तयारी गर्न सकिएन। कानुनी कारणले गर्दा रेल ल्याइहाल्नुपर्ने अवस्था थियो। छ महिनादेखि त्यो सीमा नजिकै राखिएको थियो।"

    तर आचार्य एक दशकअघि सम्झौता भएको रेल छ महिनाअघिबाट सुरु भएको महामारीका कारण रोकियो भन्नुको औचित्य माथि प्रश्न गर्छन्। नयाँ चीज भएकाले विज्ञहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने अवस्था भए पनि झन् नकारात्मक प्रचार गरिएकोमा मिश्रको विमति छ।

    मिश्र र आचार्यबीचको बहस सुन्न तलको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १४, २०७७ शुक्रवार १५:१७:१२ बजे : प्रकाशित

    तेजेन्द्रजङ्ग थापा: 'दङ्गाकाबीच भारतबाट नेपाल ल्याएपछि राजा वीरेन्द्रले मलाइ चकलेट दिनुभयो' (भिडिओ)

    क्यानाडानेपाल

    कार्तिक १४

  • 168
    SHARES
  • तेजेन्द्रजङ्ग थापा: 'दङ्गाकाबीच भारतबाट नेपाल ल्याएपछि राजा वीरेन्द्रले मलाइ चकलेट दिनुभयो' (भिडिओ)

    तस्बिर: बीबीसी नेपाली सेवा 

    स्वर्गीय राजा वीरेन्द्रले चढ्ने एभ्रो जहाज हालसालै नेपाली सेनाले नारायणहिटी सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ। त्यसमा राजा वीरेन्द्रलाई कैयौँ पटक उडाउने पाइलट तेजेन्द्रजङ्ग थापा हुन्। थापा भन्छन्, “फ्लाइट सकेपछि मेरै नाम लिएर सिगार वा चकलेट बक्सिन्थ्यो।“ बेलायतमा पढेका पूर्व सहायक रथी थापा नेपाली सेनाका प्रथम पाइलट समेत हुन्।

    ४६ सिटको यो जहाज बेलायत सरकारले ४० वर्षअघि नेपाललाई उपहार दिएको थियो। त्यसमा राजा र उनका पाहुनाहरूलाई उडाइन्थ्यो। थापासँग कुराकानी गरेर बीबीसीले बनाएको यो भिडिओ हेर्नुहोस्।

     

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १४, २०७७ शुक्रवार १४:१२:२१ बजे : प्रकाशित

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट एफपियु युनामिड (डार्फर, सुडान) मिसन जाने प्रहरी टोलीलाई बिदाइ

    क्यानाडानेपाल

    कार्तिक १४

  • 180
    SHARES
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट एफपियु युनामिड (डार्फर, सुडान) मिसन जाने प्रहरी टोलीलाई बिदाइ

    काठमाडौं। संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरेका छन् ।

    बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे।

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा शुभकामना दिए ।

    परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास उनले व्यक्त गरे ।

    संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, तपाईं एउटा मुलुक हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ ।’ 

    मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न खटि जाने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले त्यसतर्फ खटि जाने समूहमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए । उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    श्रोत: नेपाल प्रहरी 


    कार्तिक १४, २०७७ शुक्रवार १३:४९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मिसन जाने
  • # प्रहरी टोलीलाई बिदाइ

  • क्यानाडानेपाल

    भक्तपुरमा कोरोना संक्रमण र मृत्यु दर बढ्यो

  • 154
    SHARES
  • भक्तपुरमा कोरोना संक्रमण र मृत्यु दर बढ्यो

    काठमाडौं । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा शुक्रबार बिहानसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार पाँच सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ ।

    त्यसैगरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । 

    कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १।२३ प्रतिशत रहेको उनको भनाइ छ ।  त्यसैगरी कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ सङ्क्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:५४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • # कोरोना संक्रमण
  • # मृत्यु दर

  • क्यानाडानेपाल डेस्क

    समृद्धि र धन प्राप्तिको महत्व बोकेको कोजाग्रत पूर्णिमा, यसरी भरपूर उठाउनुहोस् फाइदा

  • 152
    SHARES
  • समृद्धि र धन प्राप्तिको महत्व बोकेको कोजाग्रत पूर्णिमा, यसरी भरपूर उठाउनुहोस् फाइदा

    काठमाडौँ।धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गा पक्ष सकिन्छ।

    शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ। 

    नेपाल तथा भारतका हिन्दु समुदायमा यस पूर्णिमालाई कुमार  पूर्णिमा, कोजागिरि पूर्णिमा, कौमुदी पूर्णिमा वा शरद पूर्णिमा पनि भन्ने गरिन्छ। मनसुनको अन्त्यसँगै यसबेला खेतबाट अन्न भित्र्याउने चलन छ। हिन्दु मान्यता अनुसार शरद पूर्णिमाको बेला चन्द्रमा आफ्नो सबै १६ कलाहरुसहित प्रकट हुने गर्दछ।  

    हिन्दू धर्मकाअनुसार प्रत्येक मानवको गुण केहि निश्चित कलासँग सम्बन्धित हुन्छ र सोह्रवटा विभिन्न कलाको समायोजनले एक सिद्ध मानवको सृजना हुने गर्दछ।  त्यस्तै भगवान श्रीकृष्ण यी सबै १६ गुण वा कलाका साथ जन्मेका थिए र भगवान विष्णुको पूर्ण अवतार थिए।  यसैगरी भगवान श्री रामसँग भने केवल १२ गुण वा कला साथ जन्मेका थिए।

    यसदिन चन्द्रमा सबै १६ कलाका साथ आकाशमा चम्कने भएकाले यसको किरणहरुमा विशेष किसिमको शक्ति वा गुण हुने र यस किरणले शरीरलाई सकारात्मक पोषण दिने गर्दछ।  

    त्यसैगरि यसदिन धनकी देवी लक्ष्मी पनि पृथ्वीमा आउने र मनुष्यको सम्पूर्ण क्रियाकलाप वा गतिविधिलाई नियाल्न पृथ्वीको चारैतिर घुम्ने पुराणहरुमा उल्लेख छ।

    साथै भारतको ब्रिज क्षेत्रमा यसदिनलाई रास पूर्णिमापनि भन्ने गरिन्छ किनभने यसदिन भगवान कृष्णले प्रेमको ईश्वरीय नाँच प्रदर्शन गरेका थिए।

    यसअर्थमा, यस दिन चन्द्रमा धर्तिको नजिक आउने र चन्द्रमाको प्रकाशमा एउटा विशेष गुण हुने मान्यता छ । यसदिन चन्द्रमाको किरणको  प्रत्यक्ष लाभ उठाउन र साथै धनकी देवी लक्ष्मी पृथ्वीमा अवतरण गर्ने हुँदा रातभर जागा रही देवी लक्ष्मीको आराधनामा लागेकामा समृद्धि र धन प्राप्त हुने धार्मिक विश्वास छ । यसदिन रात भरि जागा रही भजन कीर्तन गर्ने साथै कौडा र अरु विभिन्न किसिमका जुवा खेल्ने गर्छन् । 

    धर्मशास्त्रका अनुसार यसदिन अक्षक्रीड़ामा सामेल हुनु लाभादायिक हुने मान्याता छ। तर, यस पवित्र रातको गलत अर्थलगाई आजकाल भने धर्म र संस्कृति ठेस पुर्‍याउने काम भएको र कतिपय ठाउँमा जुवाले भएभरका सबै सम्पत्ति हार्दा परिवारको विचल्ली भएका खबर बर्षाैँनी आउने गरेको छ । 


    कार्तिक १४, २०७७ शुक्रवार ०९:२०:०१ बजे : प्रकाशित

    कोरोना संक्रमण भई निको भएका काभ्रे पोस्ट साप्ताहिकका सम्पादक चौलागाईको निधन

    क्यानाडानेपाल

    कार्तिक १४

  • 520
    SHARES
  • कोरोना संक्रमण भई निको भएका काभ्रे पोस्ट साप्ताहिकका सम्पादक चौलागाईको निधन

    काठमाडौं । कोरोना भाइरस संक्रमण भई निको भएका काभ्रे पोस्ट साप्ताहिकका सम्पादक विष्णु चौलागाईको निधन भएको छ ।

    उनको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो ।

    कोरोनालाई जिते पनि कडा निमोनिया र श्वासप्रश्वासका कारण चौलागाईको निधन भएको चिकित्सकहरूले जनाएका छन् ।

    काभ्रेमा पत्रकारिताको विकास गर्न चौलागाईको योगदान धेरै छ ।


    कार्तिक १४, २०७७ शुक्रवार ०९:१८:०२ बजे : प्रकाशित