• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला

क्यानाडानेपाल डेस्क कार्तिक १ २०७७
  • 354
    SHARES
  • अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला

    मथुरा, एएनआई - भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो ।  

    विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । 

    दर्शालुहरुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । 

    हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ । 
      


    कार्तिक १, २०७७ शनिवार १८:४९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाँके बिहार मन्दिर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का 

    क्यानाडानेपाल

    कार्तिक १४

  • 32
    SHARES
  • टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का 

    बीबीसी।  ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ। हालसम्म हताहतीबारे कुनै खबर प्राप्त भएको छैन।

    तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएका छन्। टर्कीमा भूकम्प गइरन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।


    कार्तिक १४, २०७७ शुक्रवार १८:५६:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # टर्की र ग्रीस

  • क्यानाडानेपाल

    साउथ फिल्मबाट आफ्नो करियर सुरु गर्ने बलिउडका यी चर्चित अभिनेत्री

  • 62
    SHARES
  • साउथ फिल्मबाट आफ्नो करियर सुरु गर्ने बलिउडका यी चर्चित अभिनेत्री

    काठमाडौँ। साउथ फिल्म सामूहिक रूपमा दक्षिण भारतको पाँच अलग फिल्म उद्योगहरूको सगोलमा चिनिन्छ। जसमा, तमिल, तेलुगु, मलयालम, कन्नड़ र  तुलु फिल्म उद्योगहरूको समावेशीकरण रहेको छ। यी सबै फिल्म उद्योगका एकल इकाईहरु चेन्नई, हैदराबाद, कोची, बेंगलुरु, म्याङलोर र त्रिवेंद्रममा अवस्थित् छन्।

    यद्यपि लामो समय देखि एक फिल्म उद्योगको रुपमा विकसित भएपनि कलाकारहरु आफुलाई बलिउडमा स्थापित गर्न पाउँदा आफ्नो भाग्य उदय भएको मान्ने गर्छन्। 

    जान्नुहोस् साउथ फिल्मबाट आफ्नो करियर शुरु गर्ने बलिउडका चर्चित अभिनेत्री

    १. प्रियंका चोपडा : बलिउड देखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । तर बलिउडमा प्रवेश गर्नु भन्दा अघि साउथबाट उनले आफ्नो फिल्मको करियर शुरु गरेकी थिइन्।  उनले सन् २००२ को तमिल फिल्म थामिझामबाट आफ्नो अभिनय शुरु गरेकी थिइन्। 

    २. एश्वर्या राय बच्चन : एक समयकी मिस वर्ल्ड एश्वर्या राय बच्चनले पनि आफ्नो फिल्मी करियर साउथ फिल्मबाट गरेकी थिइन्।  उनले सन् १९९७को मनिरत्नमबाट निर्देशित फिल्म इरुवरबाट आफ्नो बलिउड यात्रा तय गरेकी थिइन्। 

    ३. दीपिका पादुकोण :  बलिउड देखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री हुन्,  दिपिका पादुकोण। उनले बलिउडका सुपरस्टार साहरुख खानसँग ओम शान्ति ओममा जोडी बनाएर बलिउडमा आफ्नो नाम स्थापित गर्न सफल भएकी थिइन्।  तर, एक समय उनले आफ्नो करियर साउथ फिल्मबाट सुरुगरेकी थिइन्।  उनले सन् २००६ मा कन्नड फिल्म  ऐश्वर्यामा अभिनय गरेकी थिइन्। 

    ४. इलियाना डी क्रुज :  इलियानाले पनि बलिउड प्रवेश गर्नु भन्दा अघि साउथ फिल्ममा काम गरेकी थिइन्।  उनले सन् २००६ मा तेलगु फिल्म देवदासुबाट आफ्नो अभिनय क्षेत्रलाई सुरुवात गरेकी थिइन्। 

    ५. यामी गौतम :गौताम यस्ती अभिनेत्री जसले आफ्नो करियर विज्ञापनबाट सुरु गरेकी हुन्। विज्ञापनबाट सुरु गरेकी उनि अहिले बलिउडमा एक स्थापित नाम हुन्।  उनले पनि आफ्नो पहिलो फिल्म साउथबाट गरेकी थिइन्।  उनले कन्नड फिल्म उल्लास उत्साहबाट अभिनय सुरु गरेकी थिइन्। 

    ६. श्रीदेवी : बलिउडको एक चर्चित नाम हो, श्रीदेवी।  अभिनयले मात्रै हैन आफ्नो अन्दाज र नृत्यले लाखौंको मुटुमा बस्न सफल अभिनेत्री श्रीदेवीले पनि आफ्नो करियर साउथ फिल्मबाट गरेकी थिइन्।  उनले सन् १९६७ देखि आफ्नो अभिनय क्षमता प्रस्तुत् गर्दै आएकी छिन्।  शुरुवाती दिनमा उनले बालकलाकारको भूमिकाबाट आफ्नो अभिनय सुरु गरेकी थिइन्। 

    ७. कृति सेनन : बलिउडमा प्रवेशमा गर्नु भन्दा अघि कृति सेननले आफ्नो करियर साउथ फिल्मबाटै गरेकी थिइन्।  उनले साउथका चर्चित अभिनेता महेश बाबुसँग काम गर्ने मौका पाएकी थिइन्।  दुवै अभिनेताले अभिनय गरेको उक्त फिल्म अहिले पनि लोकप्रिय छ।  सो फिल्मको नाम हो नेनोक्कादीन र यसको बजेट ७० करोड भारतीय रुपैंया रहेको थियो। 

    ८. हेमा मालिनी : कुनै समय बलिउडकी ड्रिम गर्ल भनेर चिनिने हेमा मालिनीले पनि आफ्नो अभिनयको सुरुवात साउथ चलचित्रबाट गरेकी थिइन्।  उनले सन् १९६ ३को साउथ फिल्म इधु सथियमबाट आफ्नो अभिनय करियर सुरु गरेकी हुन्। 

    ९. तपसी पन्नु : अहिले बलिउडमा आफ्नो नाम स्थापित गर्न सफल अभिनेत्री हुन्, तपसी पन्नु।  उनले बलिउडका सर्वोकृष्ट अभिनेताहरु सँग पनि काम गरिसकेकी छिन्।  उनले आफ्नो करियरको सुरुवातमा सन् २०१० मा साउथको फिल्म जुमाण्डी नादनबाट गरेकी थिइन्। 

    १०. रेखा : हिन्दी सिनेमा जगतमा इभरग्रिन अभिनेत्री हुन्, रेखा।  बलिउड करियरमा दर्जनौँ सुपरहिट चलचित्र दिएकी रेखाले आफ्नो करियरको सुरुवात साउथ फिल्मबाट गरेकी थिइन्।  उनको सो फिल्मको नाम थियो, अपरेशन ज्याकपट नल्ली सीआइडी। 

    ११. दिशा पटानी : बलिउडमा आफ्नो अभिनय क्षमताका साथ साथै आफ्नो रुपले लाखौँ दर्शकलाई घायल बनाउन सफल दिशाले पनि आफ्नो करियरको सुरुवात साउथको फिल्मबाट गरेकी थिइन्।  उनले पहिलो साउथ फिल्म थियो, लोफर।  यस फिल्ममा सफलता हाँसिल गरेपछि उनले एम.एस धोनी फिल्म पाएकी हुन्।    


    कार्तिक १४, २०७७ शुक्रवार १८:४९:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साउथ फिल्म
  • # बलिउड
  • # अभिनेत्री

  • क्यानाडानेपाल डेस्क

    भारतीय विमान सेवा किन सामुद्रिक विमानमा परिणत हुँदैछ ?

    क्यानाडानेपाल

    कार्तिक १४

  • 164
    SHARES
  • भारतीय विमान सेवा किन सामुद्रिक विमानमा परिणत हुँदैछ ?

    बीबीसी।  भारतीय वायुसेवा स्पाइस जेट महामारीमा यात्रा वृद्धिका निम्ति सामुद्रिक विमानमा परिणत हुँदैछ। देशको ठूलो क्षेत्रीय विमान सेवाले १८ वटा समुद्री मार्गका निम्ति अनुमति पाएको छ। त्यसमध्येको एउटा मार्ग गुजरातस्थित केवडियासम्मको छ जहाँ भारतका 

    पहिलो गृहमन्त्री वल्लभ भाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो १८२ मिटरको सालिक छ। महामारीका बेला स्पाइस जेटले कार्गो ढुवानी र साना जहाजबाट क्षेत्रीय उडान लगायतका आम्दानीका नयाँ स्रोतमा आफूलाई केन्द्रित गरेको छ।

    सामुद्रिक विमानका लाभ के हुन्?

    विमान सेवा कम्पनीहरूले कोरोनाभाइरसको महामारीका बेला नाफा कायम राख्न सङ्घर्ष गरेका छन्। कैयौँले अस्तित्व कामय राख्न सकेका छन् र व्यापक रूपमा रोजगारी कटौती गरेका छन्। केही विमान सेवाले आयस्रोतका वैकल्पिक बाटो खोजिरहेका छन्।

    स्पाइस जेटका अध्यक्ष अजय सिंहले भारत सरकारद्वारा प्रोत्साहनको प्रयासको सङ्ज्ञा दिँदै सामुद्रिक विमानले क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग गर्ने बताए। "निकै महँगा विमानस्थल र धावनमार्गविना नै विमानहरू साना जलाशय र छोटा धावनमार्गमा अवतरण र त्यहाँबाट उडान गर्न सक्छन्।"

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वल्लभ भाइ पटेलको १४५ औँ जन्म जयन्तीका अवसरमा शनिवार अहमदावाददेखि केवडियासम्मको उडानमा सहभागी हुने ठानिएको छ। ३० मिनेट लामो उडानमार्फत् स्पाइसको विमानले सेवा सुरु गर्नेछ, जसको एकतर्फको भाडा भारतीय रुपैयाँ १५ बाट सुरु हुनेछ।

    ट्वीनअटरको प्रयोग

    स्पाइस जेटले आफ्ना ३०० वटा ट्वीनअटर जहाजलाई सामुद्रिक विमानको रूपमा प्रयोग गर्नेछ। तीनमा यात्रु र चालक दलका सदस्य‍सहित १९ जना अटाउन सक्छन्। फ्लाइट ग्लोबल म्यागेजिनका ग्रेग वाल्ड्रोन भन्छन्, "साना सेवा प्रदायकमाझ ट्वीनअटर निकै लोकप्रिय छ र मालदिभ्स लगायतमा सामुद्रिक विमानको रूपमा निकै प्रयोग भइरहेका छन्।" उनका अनुसार सानो आकारले गर्दा ती जहाज ठूला विमान पुग्न अव्यावहारिक हुने ठाउँहरूमा पनि पुग्न सक्छन्।

    स्पाइस जेटले नागपुर, गुवाहाटी र मुम्बईमा सन् २०१७ मा भारतमा सामुद्रिक विमानको परीक्षण सुरु गरेको थियो। उसले जलाशय र अन्तरदेशीय जलमार्गहरूमार्फत् हवाई सम्पर्कको सम्भावना खोजी गरिरहेको छ। भारतमा राष्ट्रव्यापी लकडाउनका बेला स्पाइस जेटले १० लाखभन्दा बढी भारतीयलाई स्वदेश फर्काउँदा सक्रिय रूपमा उडान गरेको थियो।


    कार्तिक १४, २०७७ शुक्रवार १७:२०:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय विमान
  • # सामुद्रिक विमान

  • क्यानाडानेपाल

    फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेसँगै सडकमा सात सय किलोमिटरसम्म कारहरूको जाम 

    क्यानाडानेपाल

    कार्तिक १४

  • 120
    SHARES
  • फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेसँगै सडकमा सात सय किलोमिटरसम्म कारहरूको जाम 

    बीबीसी।  फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडकमा व्यापक चाप देखिएको छ। स्थानीय सञ्चार माध्यमहरूले इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको जनाएका छन्।

    कोरोनाभाइरस महामारीसँग जुझ्न त्यहाँ शुक्रवार मध्यरातबाट प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ। सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ।

    राष्ट्रपति एम्यानुअल माक्रोँले फ्रान्स 'कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलोभन्दा कडा हुनेमा सन्देह नरहेको' बताएका छन्। फ्रान्समा गत एप्रिल महिनायता अहिले कोरोनाभाइरस सङ्क्रमितको दैनिक रूपमा मृत्यु हुने सङ्ख्या उच्च दरमा पुगेको छ। 

    त्यहाँ बिहीवार सङ्क्रमणका ४७,६३७ नयाँ घटना पुष्टि भएको थियो भने २५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। लकडाउनको समय गाउँहरूमा बिताउन प्यारिसवासीहरूले सहर छाडेको फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन्।

    किन छाडे प्यारिस ?

    २४ वर्षीय एन्नाले एउटा पत्रिकालाई उत्तरी फ्रान्सस्थित आफ्नो अर्को घरमा बस्न जान प्यारिसस्थित अपार्टमेन्ट छाडेको बताएकी छन्। उनले पहिलो लकडाउन प्यारिसमा बिताउन 'मनोवैज्ञानिक रूपमा कठिन' भएको तर बेर्नेमा 'हावा स्वच्छ' रहेको अनि त्यहाँ आफूले स्वतन्त्र महसुस गर्ने बताइन्।

    गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिएका थिए। फ्रान्समा हाल कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ।

    युरोपका थुप्रै मुलुकहरूमा सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ। फ्रान्समा अहिले दैनिक करिब ५० हजार नयाँ सङ्क्रमितहरू भेटिने गरेको पछिल्लो विवरणले देखाउँछ। प्यारिसमा सघन उपचारमा प्रयोग हुने ७० प्रतिशत शैय्याहरू सङ्क्रमितहरूले भरिएका छन्। बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्धका धेरैजसो व्यवस्थाहरू मार्चमा लगाइए जस्तै नै छन्।


    कार्तिक १४, २०७७ शुक्रवार १६:०८:३६ बजे : प्रकाशित

     डा. फाउसीले भने, कोरोना भाइरसवीरुद्धको खोप जनवरीसम्म उपलब्ध हुने 

  • 592
    SHARES
  •  डा. फाउसीले भने, कोरोना भाइरसवीरुद्धको खोप जनवरीसम्म उपलब्ध हुने 

    काठमाडौँ। अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले कोरोना भाइरसविरुद्धको खोप छिट्टै आउने आशा गरेका छन्। उनले भने, ' यदि सबै ठीक ठाक रह्यो भने सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज आगामी डिसेम्बर महिनाको अन्त्य वा जनवरीको शुरुवातमा उच्च जोखिमयुक्त अमेरिकीहरूलाई उपलब्ध हुनेछ।'

    डा.  फाउसीले पटक पटक पहिला पनि कोरोना भाइरसविरुद्धको खोप प्रति यस्तै आशा व्यक्त गरेका थिए। उनी प्रायः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा परि राख्ने व्यक्ति हुन्।

     हालसालै, ट्रम्पले उनको बारे नकारात्मक प्रतिक्रिया दिएका थिए। कोरोना संक्रमण मुक्त भएका डोनाल्ड ट्रम्पले उनलाई 'मुर्ख' भनि संज्ञा दिएका थिए। डा. फाउसीले ट्रम्पलाई पटक पटक मास्क लगाउने सुझाव दिएका छन्।  

    fauci.JPG


    कार्तिक १४, २०७७ शुक्रवार १५:०४:२७ बजे : प्रकाशित

    के पाकिस्तानको संसद्‌मा 'मोदी मोदी' भनेर साँच्चै नारा लागेको थियो ?

    क्यानाडानेपाल

    कार्तिक १४

  • 172
    SHARES
  • के पाकिस्तानको संसद्‌मा 'मोदी मोदी' भनेर साँच्चै नारा लागेको थियो ?

    बीबीसी।  केही भारतीय सञ्चारमाध्यमले छिमेकी पाकिस्तानको संसद्‌मा सांसदहरूबीच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गर्दै समाचार दिए।

    फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्‌‌मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्। तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्‌मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन्? सोमवार पाकिस्तानका विपक्षी नेता खवाजा आसिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका लागि दबाव दिँदै थिए। 

    यसै महिनाको सुरुमा फ्रान्सको प्यारिसनजिकै एकजना शिक्षकको हत्या गरिएको थियो। पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएर कक्षामा पढाएको भन्दै उनको हत्या गरिएको ठानिएको छ। त्यस्तो विवादास्पद कार्टुन छापिएको विषयमा आपत्ति जनाउँदै एउटा प्रस्तावमाथि मतदान हुनुपर्ने खवाजालगायतका सांसदहरूले दबाव दिइरहेका थिए।

    ती शिक्षकको हत्यापछि फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले जनाएको प्रतिक्रियाले अरब विश्वलाई आक्रोशित पारेको थियो र पाकिस्तानका प्रधानमन्त्रीले पनि आलोचना गरेका थिए।

    पाकिस्तानको संसद्‌मा भएको बहस

    तर सरकार र विपक्षीहरू उक्त विवादलाई लिएर आ-आफ्नै प्रस्तावहरू पारित गर्न दबाव दिँदै थिए। बहसका क्रममा एउटा समयमा, विदेशमन्त्री शाह महमुद कुरैशीले सदनलाई सम्बोधन गर्नै लाग्दा, विपक्षी सदस्यहरूले "भोटिङ, भोटिङ" अर्थात मत हालौँ भन्दै चिच्याउन थाले।

    उनीहरू सरकारको तर्फको प्रस्तावमाथि नभई आफ्नो पक्षले प्रस्तुत गरेको प्रस्तावमाथि मत हाल्न माग गरिरहेका थिए। कुनै प्रसङ्ग बिना दुई मिनेटको छोटो त्यही दृश्यमात्रै भारतीय सञ्चारमाध्यम र लोकप्रिय सामाजिक सञ्जालहरूमा प्रसारण र प्रकाशन भयो।

    टाइम्स नाउ, इण्डिया टिभी, द इकोनोमिक टाइम्स र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसैलाई विपक्षीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई असजिलो पार्न "मोदी, मोदी" भन्दै चिच्याएको भनी दाबी गरे।

    द इकोनोमिक्स टाइम्सले त्यसपछि समाचार हटाएको छ भने टाइम्स नाउले आफ्नो ट्वीट मेटेको छ। तर पाकिस्तानी बहसको उक्त सामग्रीसहितको समाचार इन्टरनेटमा छँदै छ।

    के त्यसो भए मोदीको नाम संसद्‌मा लिइएको थियो ?

    हो, लिइएको थियो- बहसको पछिल्लो भागतिर लिइएको थियो र फरक सन्दर्भमा लिइएको थियो। विदेशमन्त्री कुरैशीले बहसका क्रममा विपक्षीहरूले 'भारतको धारणा' कै पक्षमा बोलेको आरोप लगाएका बेला मोदीको नाम आएको थियो।

    चर्काचर्की बहसका बेला, कुरैशीले विपक्षीले सशस्त्र फौजभित्र फुट ल्याउन खोजेको र उनीहरूले पाकिस्तान विरोधी विवरण दिएको आरोप लगाए। त्यसपछि सरकार समर्थकहरूले उर्दू भाषामा स्पष्ट रूपमा 'मोदीका जो यार है, गद्दार है, गद्दार है' अर्थात् मोदीका जो मित्र हुन् ती देशद्रोही हुन् भनेका थिए।

    भारतीय समाचारहरूमा भने यी कुनै पनि सन्दर्भ जोडिएको छैन। पाकिस्तानमा विपक्षी सांसदहरूले नरेन्द्र मोदीको नाम लिएका थिए भन्ने दाबीका लागि बहसको जुन भाग प्रस्तुत गरिएको छ त्यो पूर्ण रुपमा फरक सन्दर्भको हो।

    पाकिस्तानमा भएका अन्य घटनाहरूलाई पनि भारतमा गलत गरिकाले प्रस्तुत गरेका अन्य थुप्रै उदाहरण छन्। हालैमात्र, पाकिस्तानी सहर कराचीमा गृहयुद्ध सुरु भयो भन्ने समाचार भारतीय सञ्चारमाध्यममा धेरै देखिएको थियो। तर त्यो सत्य होइन।


    कार्तिक १४, २०७७ शुक्रवार १३:३०:३७ बजे : प्रकाशित