• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

सरकारले लकडाउन नगर्ने ग्यारेन्टी गरे अग्रिम बुकिङ्ग खोल्छौँ' : यातायात व्यवसायी

कार्तिक ३ २०७७
  • 826
    SHARES
  • सरकारले लकडाउन नगर्ने ग्यारेन्टी गरे अग्रिम बुकिङ्ग खोल्छौँ' : यातायात व्यवसायी

    बीबीसी।  कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र सरकारले दशैँ-तिहारमा यात्रा नगर्न सुझाव दिइरहेका कारण लकडाउन नगर्ने ग्यारेण्टी भए मात्रै बसको अग्रिम बुकिङ्ग खुला गर्ने यातायात व्यवसायीले बताएका छन्।

    सुरक्षाका उपाय अपनाएर दशैँ मनाउन गाउँघर जाने कतिपयको चाहना टिकट नपाउँदा अन्योलपूर्ण बनेको छ। यातायात व्यवस्था विभागले भने अग्रिम बुकिङ्ग नभए पनि घर जान चाहनेले रोकिनु नपर्ने भन्दै आश्वस्त पारेको छ।

    हेर्नुहोस् बीबीसी तयार पारेको यो भिडिओ 


    कार्तिक ३, २०७७ सोमवार १०:४२:३२ बजे : प्रकाशित

    अर्कोसमाचार

    डाकाहरुको समूहद्वारा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती, गम्भिर घाइते भएका परिवारको अस्पतालमा उपचार हुँदै

    आषाढ ३

  • 570
    SHARES
  • डाकाहरुको समूहद्वारा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती, गम्भिर घाइते भएका परिवारको अस्पतालमा उपचार हुँदै

    काठमाडौं - महोत्तरीमा डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानेका छन् । गए राति सम्सी गाउँपालिकामा बस्ने वीरेन्द्र साहको घरमा डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका हुन् । 

    सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स सञ्चालन गर्दै आएका वीरेन्द्रमाथि डाकाहरुको समूहले गोली र रड प्रहार गरेका हुन् । 

    राति ९/१० जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरुले नलकटुवा पेस्तोलले पसले ५० वर्षीय साहको ढाडमा गोली हानेको अन्य परिवारका सदस्यलाई पनि रड प्रहार गरेको प्रहरीले जनाएको छ । 

    घाइते भएका शाह र उनकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवको अहिले जनकपुरस्थित गोदावरी अस्पतालमा  उपचार भइरहेको छ ।  

    डाकाहरुको समूहले पसलबाट नगद रु दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा रु नौ लाख ९७ हजार लुटपाट गरी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 


    आषाढ ३, २०७८ बिहिवार १२:२३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डकैती
  • काठमाडौँ महानगरले मेलम्ची र हेलम्बु बाढी पहिरो पीडितलाई २ करोड रुपैयाँ दिने

  • 200
    SHARES
  • काठमाडौँ महानगरले मेलम्ची र हेलम्बु बाढी पहिरो पीडितलाई २ करोड रुपैयाँ दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो पीडितलाई दुई करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । 

    बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

    यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् ।

    हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको भन्दै मेयर शाक्यले उक्त रकम सहयोग गर्ने बताएका हुन् । 

    गत मंगलबार आएको बाढी पहिरोले मेलम्ची र हेलम्बुका सयौँ परिवार विस्थापित भएका छन् । 


    आषाढ ३, २०७८ बिहिवार १४:५२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची र हेलम्बु
  • # बाढी पहिरो

  • क्यानाडा नेपाल

    मनसुनको शुरुआतमै बाढीपहिरो : ७ जनाको मृत्यु, २५ बेपत्ता

    आषाढ ३

  • 214
    SHARES
  • मनसुनको शुरुआतमै बाढीपहिरो : ७ जनाको मृत्यु, २५ बेपत्ता

    काठमाडौँ - मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु¥याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

    गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेलपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको शुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ । प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक÷एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।

    सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिनुभयो । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक÷एक जना वेपत्ता छन् ।

    सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

    मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।

    जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन । कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पाटनमा गाइवस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ ।

    बाढी पहिरोले १२९ घर बगायो-मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा बर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङगले जानकारी दिनुभयो । उहाँका अनुसार बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङगमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

    उद्धार र राहत वितरण जारी -मनाङको चामे र तालगाउँ क्षेत्रका ५०० बढी प्रभावितहरुलाई यहाँको सिरनताललगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ । यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित विएण्डवी अस्पतालमा ल्याईएको छ ।

    सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ व्यागलगायत सामान काठाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैसी चराउन गएका बेला फसेका चार जनालाई सकुसल उद्धार गरिएको छ । यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई दुधपोखरी माविमा ल्याएर राखिएको आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।रासस


    आषाढ ३, २०७८ बिहिवार १८:४९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनसुन
  • # बाढीपहिरो
  • पृथ्वीनारायण शाहको तस्बिरले प्रदेश प्रमुखको कार्यकक्षमा स्थान पायो 

  • 276
    SHARES
  • पृथ्वीनारायण शाहको तस्बिरले प्रदेश प्रमुखको कार्यकक्षमा स्थान पायो 

    काठमाडौँ । डेढ दशकअघि मुलुकको कुनै पनि स्थानमा रहेका शाहवंशीय राजाको तस्बिर हटाउनेदेखि शालिकहरु तोडफोड गर्ने कार्य भयो । तत्कालीन राजारानीको नामबाट राखिएको संस्थाको नाम पर्ने लहड चल्यो । तर, गणतन्त्र घोषणा भएको १३ वर्षपछि मुलुकको एकीकरणको जस पाएका पृथ्वीनारायण शाहले सम्मान पाउन थालेको देखिन्छ । 

    शाहवंशीय राजाबारे फरक फरक मत राख्ने राजनीतिज्ञ तथा आमजनता रहेका छन् । तर, पछिल्लो केही वर्षयता भने पृथ्वीनारायण शाहबारे एकमत हुँदै जान थालेको देखिन्छ । पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने आवाज बलियो बनिरहेका बेला प्रदेश २ ले पृथ्वीनाराण शाहप्रति सम्मान व्यक्त गरेको देखिन्छ । 

    प्रदेश प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीकोसँगै पृथ्वीनारायण शाहको तस्बिर पनि राखिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा करिब चार गुणा ठूलो पृथ्वीनारयण शाहको तस्बिर राखिएको देखिएको छ ।

    टुक्राटुक्रा परेको राज्यलाई एकीकरण गरेर सिङ्गो नेपाल बनाएका र विदेशसँगको लडाइँबाट मुलुकको जोगाएर राष्ट्रनिर्माताको नामले समेत चिनिएका पृथ्वीनारायण शाहलाई सम्मान दिन थालिएको हो । 

    बिहीबार प्रदेश प्रमुखको कार्यालय प्रदेश २ को फेसबुक पेजमा पोष्ट गरिएको केही तस्बिरहरुमा प्रदेश प्रमुखको कार्यकक्षमा फ्रेममा राखिएको पृथ्वीनारायण शाहको तस्बिर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरसँगै राखिएको हो ।  

    pradesh 2.PNG

    संघीय सरकार संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियासँग प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजबीच भेटवार्ता भएको सार्वजनिक गरिएको तस्बिरमा पृथ्वीनारायण शाहको तस्बिर कार्यकक्षमा राखिएको देखिएको हो । 

    संघीय सरकार तथा अन्य प्रदेशले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्याकक्षमा पृथ्वीनारायणको तस्बिर राखेको देखिएको छैन । तर, यसको सुरुवात प्रदेश २ का प्रमुखले गरेको देखिन्छ ।  


    आषाढ ३, २०७८ बिहिवार २०:०१:२९ बजे : प्रकाशित

    सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीयको मृत्यु

    आषाढ ३

  • 240
    SHARES
  • सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीयको मृत्यु

    सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । 

    हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् । मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । 

    हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।रासस


    आषाढ ३, २०७८ बिहिवार २०:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिन्धुपाल्चोक
  • बाख्रा चराउन गएका दुई बालबालिकाको पहिरोमा पुरिएर ज्यान गयो

    आषाढ ३

  • 186
    SHARES
  • बाख्रा चराउन गएका दुई बालबालिकाको पहिरोमा पुरिएर ज्यान गयो

    काठमाडौं - डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन् । 

    लगातारको वर्षाका कारण पहिरो खस्दा उनीहरुको बिहिबार मृत्यु भएको हो। गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरूमाथि पहिरो खसेको प्रहरीले जनाएको छ ।

    दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खसेर उनीहरु च्यापिएका थिए ।  


    आषाढ ३, २०७८ बिहिवार २१:३३:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पहिरो
  • images
    images
    ताजा खबर