• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

गायक सुनिल गिरीको दशैँ कोशेली 'मसला'

क्यानाडानेपाल कार्तिक ६ २०७७
  • 1.1K
    SHARES
  • गायक सुनिल गिरीको दशैँ कोशेली 'मसला'

    काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत 'मसला' को भिडियो सार्वजनिक भएको छ । सुनिल र गायिका एलिना चौहानको स्वर रहेको मसलामा टिकटक स्टार सुधिर श्रेष्ठ, लोकप्रिय हाँस्य कलाकार बुद्धि तामागं,  सुन्दरी नायिका जेबिका कार्की र विशाल रेग्मीको अभिनय रहेको छ । 

    गायक गिरीकै कन्सेप्ट, निर्देशन, शब्द, संगीत र एरेन्जमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । 

    विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन छायांकार हरि हुमागाईले गरेका हुन् । गायक गिरीका को होला त्यो मसँग आँखा जुधाउने, रोगै पिरती, सोल्टिनी भनी बोलाको, मुग्लान लगायतका गीतहरु चर्चित छन् ।


    कार्तिक ६, २०७७ बिहिवार २०:३२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मसला

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ‘कुरा काट्ने मान्छेले काटुन्’ का गायक सुवासको गीतमा दीपक र उषाको अभिनय

    क्यानाडानेपाल

    मंसिर १३

  • 218
    SHARES
  • ‘कुरा काट्ने मान्छेले काटुन्’ का गायक सुवासको गीतमा दीपक र उषाको अभिनय

    काठमाडौं । लोकप्रिय संगीतकार दीपक शर्माको अभिनयमा तयार भएको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    संगीतकार शर्मा र टिकटकबाट चर्चामा आएकी सुन्दरी मोडल उषा उप्रेतीको अभिनय रहेको रोमान्टिक प्रेम गीतमा बैंशालु उमेरमा युवा युवतीले जानेर वा नजानेर देखादेख र हेराहेरमा नै गहिरो प्रेममा डुबेको  भिडियोमा देखावटी माया भन्दा पनि चोखो माया लगाउने जोडीको कथालाई देखाइएको छ । 

    जसमा  ‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायक सुवास पुरीको स्वर रहेको छ ।

     ‘देखावटी माया भन्दा मनभित्रको माया प्यारो हुन्छ’ भन्ने भावलाई देखाउन खोजीएको  ‘तिम्रो बोली’मा एरेन्ज नरेन्द्र बियोगीको रहेको छ भने छायांकन निशल पौडेलले गरेका छन् । हेर्नुहोस् भिडियो


    मंसिर १३, २०७७ शनिवार १९:४८:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तिम्रो बोली

  • क्यानाडानेपाल डेस्क

    सनी र रचनाको ‘कम्मरैमा खुर्पेटो’

    क्यानाडानेपाल

    मंसिर १३

  • 212
    SHARES
  • सनी र रचनाको ‘कम्मरैमा खुर्पेटो’

    नेपालको पहिलो लोक स्टार सनी विश्वकर्मा र नेपाल आइडल फेम्ड रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘कम्मरैमा खुर्पेटो’ गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत रहेको छ। 
     मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् । 


    मंसिर १३, २०७७ शनिवार १२:०३:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रचना रिमाल
  • # सनी विश्वकर्मा

  • क्यानाडानेपाल डेस्क

    सोल्टिनी बर्षा संग पलको भिडियो

    क्यानाडानेपाल

    मंसिर १३

  • 286
    SHARES
  • सोल्टिनी बर्षा संग पलको भिडियो

    किरण भुजेल र गीता शर्मामा स्वरमा रहेको नयाँ गीत 'मेरी सोल्टिनी' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । 
    सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा बर्षा राउत र पल शाह फिचर रहेका छन् ।  ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

     


    मंसिर १३, २०७७ शनिवार ११:३९:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बर्षा राउत
  • # किरण भुजेल
  • # पल शाह

  • क्यानाडानेपाल डेस्क

    सहयोग लिएर अनाथालयमा नन्दिता केसी

    क्यानाडानेपाल

    मंसिर १३

  • 322
    SHARES
  • सहयोग लिएर अनाथालयमा नन्दिता केसी

    अभिनेत्री नन्दिता केसी यतिबेला नेपालमा रहेकी छिन् । तिहार अगाडी नेपाल आएकी केसी पारिवारिक कामसंगै समाजसेवामा पनि व्यस्त रहेकी छिन् । उनले किर्तिपुरमा रहेको बेबी लाइफ होम र टोखाको पवित्रा समाज सेवा नेपाललाई सहयोग गरेकी छिन् । नन्दिताले बिहिबार किर्तिपुर र टोखामा पुगेर खाद्यन्न सहित आर्थिक रकम समेत सहयोग गरेकी छन् ।

    विनोद गुरुङ, बुद्ध भट्टराई, प्रिन्स पुलामीको नेतृत्व भएको यो सहयोग कार्यमा अमेरिकामा रहेका रविन भट्टराई, मनोज पौडेल, सागर ढकाल, किशोर पुलामी, भरत मगर, सृजना पौडेल, कविता पौडेल, सुनिशा क्षेत्री, मञ्जु क्षेत्री, अञ्जु क्षेत्री, जश्ना क्षेत्री, सिता क्षेत्री संलग्न छन् । यो काममा ड्रिमर्स ग्रुप डुयल डान्स पनि जोडिएको छ ।


    मंसिर १३, २०७७ शनिवार ११:२७:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नन्दिता केसी

  • क्यानाडानेपाल डेस्क

    कंगनाको पक्षमा अदालतको फैसला, क्षतिको मूल्यांकन गर्न आदेश

    क्यानाडानेपाल

    मंसिर १२

  • 316
    SHARES
  • कंगनाको पक्षमा अदालतको फैसला, क्षतिको मूल्यांकन गर्न आदेश

    काठमाडौं । बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको पक्षमा फैसला सुनाएको छ । बृहन्मुम्बई नगर निगम (बीएमसी)ले गैरकानुनी रुपमा निर्माण गरेको भन्दै कंगनाको अफिस भत्काएपछि यो विषय अदालतसम्म पुगेको हो ।

    बीएमसीले गत सेप्टेम्बर ९ मा कंगनाको मुम्बईस्थित अफिसमा डोजर चलाएपछि उनी अदालत पुगेकी थिइन् । शुक्रबार  बम्बे हाइकोर्टले गलत नियतका साथ बीएमसीले कंगनाको अफिसमा डोजर चलाएको फैसलामा उल्लेख गरेको छ।

    कंगनाले दुई करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेकी भए पनि अदालतले तोडफोडबाट भएको क्षति मूल्यांकन गर्न मुल्यांकनकर्ता तोकिदिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 

    कुनै पनि नागरिकका विरुद्ध शक्तिको दुरुपयोग गर्न स्वीकृत दिन नसकिने बताएको अदालतले  सार्वजनिक मञ्चमा बोल्दा संयमता अपनाउन कंगनालाई भनेको छ। अदालतको फैसलापछि अभिनेत्री कंगनाले लोकतन्त्रको जित भएको प्रतिक्रिया दिएकी छन् । 


    मंसिर १२, २०७७ शुक्रवार १६:२२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनौत

  • क्यानाडानेपाल

    सत्यराज र स्वरुपराज आचार्यको ‘मैसाब’

    क्यानाडानेपाल

    मंसिर ११

  • 656
    SHARES
  • सत्यराज र स्वरुपराज आचार्यको ‘मैसाब’

    काठमाडौं । गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘मैसाब’ सार्वजनिक गरिएको छ । बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको मैसाबमा गायकद्वय सत्यराज र स्वरुपराजको स्वर रहेको छ । 

    सो गीतमा संगीत पनि सत्य–स्वरुपकै रहेको छ भने शब्द सृजना अमृत खतिवडा भान्जाभाइ र सत्य–स्वरुपकै रहेको छ ।

    कविराज गहतराजको निर्देशन तथा दीपकराज सुनारको कोरियोग्राफी रहेको मैसाबकाे भिडिओमा नायक पल शाह र छुकिला शेर्पाको अभिनय रहेको छ । मैसाबको भिडिओलाई सुदीप बरालले छायांकन गरेका हुन् । 


    मंसिर ११, २०७७ बिहिवार १६:३४:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मैसाब
  • # सत्य–स्वरुप

  • क्यानाडानेपाल

    images
    images
    ताजा खबर