शनिबार
७ मङ्सिर
२०७६

महरा काण्डको समाचार ब्रेक गर्ने पत्रकार अजयबाबु सिवाकोटीले अदालतमा दिएको बयान

आइतबार कार्तिक १७, २०७६/ Sunday 11-03-19

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौनदुराचारको आरोपका सम्बन्धमा आइतबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । गएको असोज १९ गते महरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । बिहीबार (कात्तिक १४) गते अभियोग दर्ता भएपछि काठमाडौं जिल्ला अदालत र सरकारी वकिलको कार्यालय काठमाडौंले विभिन्न व्यक्तिहरुसँग बयान लिएको छ । 

गएको असोज १२ गते महराले संघीय संसदकी महिला कर्मचारीलाई उनकै डेरामा पुगेर यौनदुराचार गरेको आरोप लागेपछि १४ गते सभामुख पदबाट राजीनामा दिएक महरालाई असोज १९गते प्रहरीले पक्राउ गरेको हो । सो काण्डको समाचार ब्रेक गर्ने हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु सिवाकोटीले दिएको बयान जस्तोको तस्तै

‘मैले विगत ९ वर्षदेखि ’इन्टर इन्फरमेशन एण्ड कम्युनिकेस टेक्नोलोजी नेपाल प्रा.लि.’ (Enter Information and Communication Technology Nepal Pvt.Ltd) द्वारा हाम्रा कुरा डटकमको प्रधान सम्पादकको रूपमा कार्यरत रही विभिन्न क्षेत्रमा घटेका घटनाको बारेमा सत्यतथ्य समाचारहरू सम्प्रेषण गर्दै आइरहेको छु । सोही क्रममा मिति ७६।०६।१३ गते बिहान अनुमानित ८ बजे तिर सांसदमा कार्यरत महिलालाई सभामुख कृष्ण बहादुर महराले मिति २०७६।०६।१२ गते राति महिलाको कोठामा गई जवरजस्ती करणी गरेको भन्ने सुचना पाए पश्चात १३ गते बिहान खाना खाई अफिस पुगेर सो घटना सम्बन्धमा बुझ्ने क्रममा पीडित महिलाले घटना पश्चात सांसद उमा रेग्मीलाई समेत फोन गरेको भन्ने थाहा पाएँ । मैले उमा रेग्मीलाई फोन गरी पीडितको सम्पर्क नम्वर मागी फोन गरेको हुँ । उमा रेग्मीले मलाई पीडितको ९८४३... नम्बर दिएकी थिइन । त्यसपछि मैले पीडितसँग सम्पर्क गरी मैले सुनेको घटना सम्बन्धमा कुरा गरी उक्त घटना सम्बन्धमा म तपाईसँग भेटेर कुरा गर्न चाहन्छु भनेँ । 

मैले पीडितलाई भनेपछि निजले मलाई आफू बस्ने जिल्ला काठमाडौं महानगरपालिका(३२ तिनकुने सुविधानगरस्थित घरको लोकेशन दिएकी हुन् । त्यसपछि म निजले दिएको लोकेशन अनुसार निज बस्ने एरिया तिर गई मिति २०७६।०६।१३ गते दिउँसो अनुमानित सवा २ बजे तिर निज बस्ने गरेको कोठामा पुगेको हुँ । म पीडित परिवर्तित नाम वृत्त नयाबानेश्वर २६(३०) ०७६र०७७ सँग कुरा गर्दा निज संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रहेको र निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई २०४७ सालदेखि चिनेको भनी बताएकी थिइन । त्यसपछि मैले मिति २०७६र०६र१२ गते भएको घटना सोधी निजको सहमतिमा नै निजले बताएको कुरा भिडियोमा रेकर्ड गरेको हुँ ।

अन्तर्वार्ताको क्रममा निजले मलाई निवर्तमान सभामुखले निजको कोठामा आउछु भनी फोन गरी साँझ बाहिरबाट रक्सी सेवन गरी साथमा रक्सीको बोत्तल बोकी श्रीमान् कोठामा नभएको बाहिर गएको निजलाई समेत जवरजस्ती रक्सी सेवन गराइ जवरजस्ती करणी गरी कुटपिट गरेका हुन् । त्यसपछि मैले प्रहरी बोलाउछु भनी बताएपछि निज कृष्ण बहादुर महरा भगी गएका हुन भनी बताएकी हुन् । निजलाई मैले प्रतिकार गर्दा निजको चस्माको डण्डी भाँचिएको र सिसा फ्रेमबाट निस्केर कोठामा नै खसेको भनी चस्माको डण्डी र फ्रेम तथा जुत्ताको तलुवा समेत देखाएकी थिइन । निजको कोठामा सामानहरू छरपस्ट थियो । मैले निजसँग अन्तर्वार्ता लिई रहँदा प्रतिवादी कृष्ण बहादुर महराले ९८५११... नम्बरबाट पीडितलाई बारम्बार फोन गरेका थिए जुन कुरा मैले उपलब्ध गराएको पीडितसँग लिएको अन्तर्वार्ताबाट समेत देखिन्छ । त्यसपछि मैले उक्त भिडियो अन्तर्वार्ता समाचार बनाएर बाहिर सम्प्रेषण नगर्दै उक्त कुरा निज प्रतिवादी कृष्ण बहादर महराले थाहा पाई विभिन्न व्यक्तिहरुमार्फत मलाई फोन गर्न लगाई घटनाको बारेमा पीडितसँग लिएको भिडियो अन्तर्वार्ता सार्वजनिक नगर्नको लागि दबावसमेत दिएका र प्रलोभन समेत देखाएका थिए ।’