• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

फेरि विवादमा तानिए र्‍यापर भिटेन, कारवाही गर्न साइबर ब्युरोलाई चिठी

क्यानाडानेपाल कार्तिक १३ २०७७
  • 962
    SHARES
  • फेरि विवादमा तानिए र्‍यापर भिटेन,  कारवाही गर्न साइबर ब्युरोलाई चिठी

    काठमाडौ ।  'हामी यस्तै त हो नि ब्रो गीत' का गायक समीर घिसिङ (भिटेन) फेरि विवादमा तानिएका छन् । दसैंको बेला सार्वजनिक गरिएको नयाँ गीत 'पारा' लाई लिएर उनी विवादमा तानिएका हुन् ।

    भिडियोमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै  भिटेनलाई कारबाही गर्न  प्रहरी प्रधान कार्यलयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको छ । 

    उनले गीतमा बोलेको शब्दका कारण गीतमाथि अनुसन्धान गर्न  प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई पत्र पठाएको हो । यस अघि पनि भिटेन गीतकै कारण विवादमा तानिएका थिए । 

    प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गीत बनाएपछि गित नै डिलिट गर्नु परेको थियो भने आइन्दा यस्तो कार्य नगर्ने कागज गराई छाडिएको थियो । 


    कार्तिक १३, २०७७ बिहिवार १८:२६:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # र्‍यापर भिटेन

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    फिल्म ‘बोक्सीको घर’ बन्ने 

    क्यानाडानेपाल

    मंसिर ९

  • 268
    SHARES
  • फिल्म ‘बोक्सीको घर’ बन्ने 

    काठमाडौ - फिल्म ‘बोक्सीको घर’ बन्ने भएको छ । नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशनमा फिल्म ‘बोक्सीको घर’ बन्ने भएको हो । 

    फिल्म निर्माण हुने बारे अभिनेत्री केकी अधिकारीले जानकारी गराएकी हुन् । सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन रहने यस फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहने बताइएको छ । 

    kk.jpg

    फिल्मलाई निर्देशक बद्री अधिकारीले निर्माण गर्ने बताइएको छ । केकी अधिकारी फिल्मसले निर्माण गर्ने यस फिल्ममा कलाकारका लागि आगामी साता खुला अडिशन आह्वान गरिनेछ । 

    फिल्ममा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहेछ । 

     


    मंसिर ९, २०७७ मंगलवार २०:५९:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बोक्सीको घर

  • क्यानाडानेपाल डेस्क

    छोराको जन्मदिनमा गायक श्रेसन श्रेष्ठले ल्याए 'बरदान' 

    क्यानाडानेपाल

    मंसिर ८

  • 380
    SHARES
  • छोराको जन्मदिनमा गायक श्रेसन श्रेष्ठले ल्याए 'बरदान' 

    काठमाडौं - गायक श्रेसन श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । गायक श्रेष्ठले आफ्नो छोरा १ बर्ष पुगेको अबसर पारेर 'बरदान' बोलको गीत सार्वजनिक गरेका हुन् । 

    छोरालाइ समर्पित गरेर लेखेको उक्त गीतमा एल्भिस जोशीको संगीत र जोबन भुजुको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा आफ्नी श्रीमती सृष्टि र छोरा श्रेयार्थ र आफु देखिएका छन् । 

    भीडियोलाइ रोबिन श्रेष्ठले खिचेका हुन् । त्यस्तै भिडियोमा अनुप अधिकारीको सम्पादन र श्रेसनकै निर्देशन रहेको छ । श्रेसन श्रेष्ठको चौथो गीती संग्रह 'सृष्टि' मा यो गित समावेश गरिएको छ ।


     


    मंसिर ८, २०७७ सोमवार १३:४६:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बरदान

  • क्यानाडानेपाल डेस्क

    एउटै चलचित्रमा काम गर्दै आर्यन र सलोन

    क्यानाडानेपाल

    मंसिर ८

  • 272
    SHARES
  • एउटै चलचित्रमा काम गर्दै आर्यन र सलोन

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुने आर्यन सिग्देल । चलचित्र ‘चच हुईं’ पछि कुनै चलचित्रमा नदेखिएका आर्यन अब भने नयाँ चलचितमा देखिने भएका छन् । 

    उनले लभस्टोरी थ्रिलर चलचित्र ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने बताइएको छ । प्रविण झाले निर्देशन गर्ने यस चलचित्रको शनिवार एक कार्यक्रम गरी घोषणा गरिएको छ । चलचित्रको लागि अभिनत्रीको खोजी भइरहेको छ । 

    अभिनेत्रीको टुंगो लागेपछि छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । 

    आर्यनले पनि यस चलचित्रको स्क्रिप्टले आफूलाई आकर्षित गरेको बताएका छन् । यस चलचित्रमा अब दर्शकले आर्यन र सलोनलाई एकसाथ देख्न पाउने भएका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको यस चलचित्रको २०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।


    मंसिर ८, २०७७ सोमवार १३:०६:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आर्यन र सलोन

  • क्यानाडानेपाल डेस्क

    अनलाइन टयालेन्ट शोको उपाधि चुमे अनुभवले

    क्यानाडानेपाल

    मंसिर ८

  • 442
    SHARES
  • अनलाइन टयालेन्ट शोको उपाधि चुमे अनुभवले

    काठमाडौं ।  हेर्दा साना देखिए पनि अनुभव थपलिया बहुप्रतिभावान् क्षमताका धनी छन् । प्रतिभा भएकै कारण उनले अनलाइन टयालेन्ट शोको उपाधि चुम्न सफल भएका छन् । 

    हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोमा फस्ट रनरअप नित्या शर्मा, सेकेण्ड रनरअप खावात सुब्बा, थर्ड रनरअप खगेन्द्र अधिकारी र फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले जितेका छन् । 

    प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।  

    हिमालयन म्यूजिक एकेडेमी अध्यक्ष गजमेरले उक्त पुरस्कार कोरोना महामारीको संकट टरेपछि एक भब्य कार्यक्रमको आयोजना गरेर बिजेताहरुलाई प्रदान गरिने बताए । 

    कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ सर्मथन दिने विषयमा जोड दिए ।


    मंसिर ८, २०७७ सोमवार १२:२९:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनलाइन टयालेन्ट शो

  • क्यानाडानेपाल डेस्क

    दिप्ताले बेलायतबाटै ल्याइन् 'यो जिन्दगी'

    क्यानाडानेपाल

    मंसिर ७

  • 414
    SHARES
  • दिप्ताले बेलायतबाटै ल्याइन् 'यो जिन्दगी'

    काठमाडौँ । गायिका दिप्ता थापाको 'यो जिन्दगी' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिप्ताको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जीत देउजाको शब्द सिर्जना रहेको छ । दिप्ताका पिता दिपक थापाले बजारमा ल्याएको उक्त गीतमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता गौतमले गरेकी छन् । नविन निरौलाले कलर गरेको भिडियोको छायाङ्कन, एडिट र निर्देशन बेलायतका कुशल सञ्चारकर्मी तथा निर्देशक कुशल श्रेष्ठले गरेका छन् । 

    भिडियो बेलायतमा एक कार्यक्रमका बिच बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा वहादुर सुवेदीले विमोचन गरेका हुन् । विमोचन गर्दै राजदूत सुवेदीले यस गीतमा प्रयोग भएका शव्दहरु निकै मार्मिक भएको भन्दै गीतका सर्जक तथा लेखक सन्जीत देउजा तथा लय शब्द, अरेन्ज गर्ने सबै कलाकारहरु प्रति बधाई सहित धन्यवाद दिए । 

    विदेशी भूमिमा रहेर पनि दिप्ताले प्रस्तुत गरेको उक्त भिडियोले नया पुस्तालाई पनि नया सन्देश दिनुका साथै कला र संस्कृतिको संरक्षणमा आफु जुन ठाँउमा रहेपनि योगदान दिन सकिने कुरा स्पष्ट भएको कलाप्रेमी अगुवाहरुले बताएका छन् ।  सो अवसरमा देश विदेशमा रहेका नेपाली विभिन्न संघसंस्था, कलाकार आफन्तजन एवं कलाप्रेमीहरुले गायिका थापालाई शुभकामना दिएका थिए । हेर्नुहोस् भिडियो


    मंसिर ७, २०७७ आइतवार २१:४०:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दिप्ता थापा

  • क्यानाडानेपाल डेस्क

    फिल्मको शैलीमा निर्माण हुँदै 'टम एन्ड जेरी', यस्तो बन्यो ट्रेलर

    क्यानाडानेपाल

    मंसिर ७

  • 374
    SHARES
  • फिल्मको शैलीमा निर्माण हुँदै 'टम एन्ड जेरी', यस्तो बन्यो ट्रेलर

    काठमाडौं - धेरैलाई मनर्ने कार्टून हो 'टम एन्ड जेरी' । धेरै पुरानो मानिएको कार्टून टम एन्ड जेरी अब फिल्मको शैलीमा हेर्न पाइने भएको छ । 

    ९० को दशकमा निर्माण भएको यस कार्टुन फिल्मको शैलीमा निर्माण गरेर हलमा प्रदर्शन हुने भएको छ । हालै यस फिल्मको ट्रेलर पनि सार्वजनिक भएको । ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । 

    यसअघि टिभीमा मात्र हेर्दै आइएको यो कार्टुन अब फिल्ममा हेर्न पाइने भएपछि दर्शकहरु उत्साहित भएका छन् । फिल्म ‘टम एन्ड जेरी’ ५ मार्च २०२१ मा हलमा प्रदर्शन हुने बताइएको छ ।

    टिम स्टोरीको निर्देशनमा बनेको यस फिल्ममा टम र जेरीको लडाई देख्न पाइनेछ । फिल्ममा टम बिरालो हो भने जेरी मुसाको नाम हो ।


     


    मंसिर ७, २०७७ आइतवार २१:२७:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टम एन्ड जेरी

  • क्यानाडानेपाल डेस्क